कब्जियतबाट आराम पाउन अपनाउनुहोस् यी ५ सरल उपाय,सबैमा सेयर गरौं – Janata Live
  • Saturday, February 4, 2023

कब्जियतबाट आराम पाउन अपनाउनुहोस् यी ५ सरल उपाय,सबैमा सेयर गरौं

  • जनता लाइभ
  • बैशाख ०६, २०७६

कब्जियतबाट आराम पाउन अपनाउनुहोस् यी ५ सरल उपाय,सबैमा सेयर गरौं

कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ ।लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ ।

यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् ।

१ सुक्खा जामुन

६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् ।

पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो ।

२ नासपाती

दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् ।नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो ।

३ स्याउ

एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् ।सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो ।

४ सुन्तला

एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् ।ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो ।

५ कागती

आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो । यी जुसहरूले तपाईंको कब्जियत भगाइदिन्छन् ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...