नेकपाका नेताहरूले चन्द्रागिरी हिल्स रिसोर्टमा के-के गरे ? – Janata Live
  • Sunday, February 5, 2023

नेकपाका नेताहरूले चन्द्रागिरी हिल्स रिसोर्टमा के-के गरे ?

  • पत्रपत्रिकाबाट
  • चैत ३०, २०७५

नेकपाका नेताहरूले चन्द्रागिरी हिल्स रिसोर्टमा के-के गरे ?

काठमाडौं । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका छन् ।
चन्द्रागिरी हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्य विभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्व एमाले र पूर्व माओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ ।

प्रधानमन्त्री निकट एक स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच जिल्ला अध्यक्ष र सचिवको सूची, जनसंगठनको नेतृत्व भागबन्डा, केन्द्रीय सदस्यहरूको कार्य्विभाजनलगायत समग्र विषयमा ‘प्याकेज’मा छलफल भएको छ ।

‘उहाँहरूले प्याकेजमै टुंगो लगाउने गरी फेददेखि टुप्पोसम्म सबै विषयमा छलफल गर्नुभएको छ,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘सचिवालयका अरू नेताहरूलाई पालैपालो वेग्लावेग्लै परामर्श गरिसक्नुभएकाले उहाँहरूले प्याकेजमै सबै टुंगो लगाउने गरी लामो गृहकार्य गर्नुभएको हो ।’

केन्द्रीय सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरी हिल्स पुगेका ओली–प्रचण्ड २३ घन्टा बिताएर शुक्रबार ४ बजे फर्किएका थिए ।

छलफलको सहयोगी भूमिकामा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । बादल एकता प्रक्रियाको बाँकी कामको गृहकार्यका लागि गठित ९ सदस्यीय कार्यदलका संयोजक थिए ।

बादलले पूर्वमाओवादी तथा महासचिव पौडेलले पूर्वएमाले समूहको तर्फबाट प्रस्ताव तयारीमा सहयोगी भूमिका खेल्दै आएका छन् । यी दुई नेता रहेको दुई सदस्यीय कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली तयार पारेपछि सचिवालय बैठकबाट पारित भएको थियो ।

झन्डै एक वर्षदेखि एकता प्रक्रिया अल्झिएकाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी स्थापना दिवस (आगामी ९ वैशाख)भित्रै सबै काम टुंग्याउने बताउँदै आएका छन् । यसैअनुसार दुई अध्यक्ष छलफलमा बसेको निकटस्थ स्रोतहरूले बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरूले भने पोलिटब्युरो गठनपछि केन्द्रीय सदस्यहरूको कार्य्विभाजन गर्नुपर्ने, जिल्ला नेतृत्व मापदण्डका आधारमा टुंग्याउनुपर्नेलगायत धारणा राख्दै आएका छन् ।

तर, लामो समयदेखि उठाउँदै आएका ती विषयमा दुवै अध्यक्षले बेवास्ता गरेकाले एकतर्फी सर्कुलर जारी गर्ने तयारी भइरहेको नेपाल पक्षीय नेताहरूको बुझाइ छ । त्यस्तो अवस्थामा समानान्तर कमिटीसमेत गठन गर्न सक्ने चेतावनी दिएर नेपाल पक्षले छुट्टै सूचीको गृहकार्य गरिसकेको छ । ओली–प्रचण्डले नेपालसँग छलफल गरेर एकता प्रक्रियाको बाँकी काम टुंग्याउने तयारी गरे पनि उनी एक सातादेखि अस्वस्थ छन् । अस्वस्थताकै कारण नेपालसँग दुई अध्यक्षले परामर्श गरेका छैनन् ।

चन्द्रागिरी बैठक एकताका लागि ‘ब्रेक थ्रु’ : ईश्वर पोखरेल

पार्टी एकताको बाँकी काम समयमै नटुंगिँदा नेता–कार्यकर्तामा नैराश्यता बढेको नेतृत्वले अनुभूति गरेको छ, त्यसैले एकता प्रक्रियाका बाँकी काममा ब्रेक थ्रु गर्न चन्द्रागिरी बैठकले विशेष भूमिका खेल्नेछ र अब एकताको काम टुंगिन्छ । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...