मृत छोरा ब्यूँताउन पुगेकी महिलालाई बुद्धले दिए यस्तो ज्ञान – Janata Live
  • Friday, February 3, 2023

मृत छोरा ब्यूँताउन पुगेकी महिलालाई बुद्धले दिए यस्तो ज्ञान

  • जनता लाइभ
  • चैत २७, २०७५

मृत छोरा ब्यूँताउन पुगेकी महिलालाई बुद्धले दिए यस्तो ज्ञान

एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भयो । उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।

उनले रुदै बुद्धलाई भनिन्, ‘मेरो यो एक्लो छोरा हो । यही मेरे जीवनको आधार हो , यदी यो नरहे मेरा जीवन व्यर्थ छ । कृपया, यसलाई कुनै प्रकारले जीवित गरिदिनुहोस। तपाई जे पनि गर्न सक्नुहुन्छ , मेरो प्रार्थना स्वीकार गर्नुहोस।’

गौतम बुद्धले भने, ‘ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु, तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी अन्न लिएर आउ जसको घरमा कहिल्यै कसैको मृत्यु भएको छैन ।’

महिला खुशी भइन । उनने यो सामान्य काम हो भन्ने सोचिन् । उनले भनिन्, ‘म अहिले यस्तो घर खोज्छु ।’ उनि छोराको शव त्यहि छोडेर गाँउ तर्फ लागिन् । उनि प्रत्येक घरमा गएर भन्न लागिन, ‘यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुट्ठी अन्न दिनुहोस ।’

विहान हिडेकी उनि बेलुका भयो , तर उनले गाँउमा यस्तो घर भेटिनन् जहां कहिले कसैको मृत्यु नभएको होस । उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि बच्न सक्दैन । एक दिन सबैले मर्नु छ । उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसँग भनिन्, ‘तपाई मेरो छोरालाई जीवित नगर्नुहोस तर मलाई जीवन र मृत्युको रहस्य बताउनुहोस ।’

बुद्धले भने, ‘मैले तिमीलाई घर-घर यसकारण पठाएको थिए कि तिमी मृत्युको सत्यतालाई बुझ्न सक। जसले जन्म लिएको छ, उसले एक दिन अवश्य नै मर्नु पर्नेछ । मृत्यु नै जीवनको स्वभाव हो ।’ त्यसपछि उक्त स्त्री बुद्धसँग अत्मज्ञानको दीक्षा लिएर ध्यान गर्न थालिन्  ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...