यस्तो छ मारातिका गुरू ङवाङ क्षोफेल ग्याछो रिन्पोछेको जीवनी – Janata Live
  • Sunday, February 5, 2023

यस्तो छ मारातिका गुरू ङवाङ क्षोफेल ग्याछो रिन्पोछेको जीवनी

  • जनता लाइभ
  • चैत २७, २०७५

यस्तो छ मारातिका गुरू ङवाङ क्षोफेल ग्याछो रिन्पोछेको जीवनी

मारातिका गुरू ङवाङ क्षोफेल रिन्पोछेको जन्म आज भन्दा ९१ वर्ष अघि पद्म संभव आदि गुरुहरुको गुह्य स्थानले सुप्रख्यात स्थान पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित रमनिय स्थल महाकुुलुङमा पीता छेरिङ दोर्जे तथा माता पासाङ किमा शेर्पा दुईको सुपुत्रको रुपमा सन् १९२२ मा भएको थियो । बाल्यकालदेखि नै कुलुङ ज्याम्पालिङ गुम्बामा रहनुहुने तोङारीको ञ्युङ्ने गुरुको चरणबाट लिपि पढ्न लेखनादिको अभ्यास गर्नुभयो । तेह्र वर्षको उमेरमा गुरु रोङ्फु साङगे ङवाङ तेन्जिन नोर्वुसँग दर्शन हुँदा गुरुले भन्नुभयो,‘तिमीलाई धर्म गर्ने सौभाग्य छ, त्यसैले धर्ममा प्रवेश गरे भविष्यमा बौद्ध शासन र सत्वप्राणीहरुलाई हित हुनेछ’ भन्नुभई उहाँको शुभनाम ङवाङ क्षोफेल ग्याछो भनि नामाकरण गर्नुभयो ।

यस शुभनामको अर्थ पनि पुज्य रिन्पोछेले यसरी बताउनु भएको छ;

ङवाङ – गुरुको शुभनामको प्रथम अक्षर हो

क्षोफेल – कुलुङ क्षेत्रमा धर्म विस्तार गर्ने अर्थ हो

ग्याछो – सागर नसुके सम्म धर्म परम्परा लोप नहुने अर्थ हो

भन्नुभई पहिलो पटक याङतीग कुसुङ थुगथिग अन्तरगत गुरुयोगको आगम तथा प्रपोदेश दिनुभयो । त्यसपछि क्रमश मिनतेर देशेग कुन्दुको आगम, अभिषेक र प्रपोदेश साथै फोवा ज्याकक्षुक्माको आगमादि श्रवण गर्नुभयो । त्यसै गरी सोलुखुम्बुको पेमकार पहाडमा गुरु डुक्पा रिन्पोछेको चरणबाट कुनजाङ श्यालुङ, ग्यालसे लगलेन, डुपथोप ज्ञाच्युको नामथर, स्वामि मिलारेपाको नामगुर, मापाल्मो विधि अन्तरगतको ञ्यङ्नेको आगम अभिषेक, क्षापतोर ज्याम्पालमाको प्रपोदेश र ख्यापदाग कर्मा तमक्षोबाट कोनक्षोग चिदु, शीठो ङेतोन ञिङपो, ज्योवो थुग्जे क्षेन्पो र नाम्क्षो शीङडुपको आगम अभिषेक । टागकार तासोर काग्युद रिन्पोछेको चरणबाट ज्याक्षोन कोनक्षोग चिदु र च्याङतेर डुपकोर नामसुम । देक्षेन क्षोखोर लिङ गुम्बाको गुरु छिरिङ दोनडुपबाट याङती यशे थोङडोल, लुङ फाग्मो सबग्या, च्याङतेर डुपकोर नामसुम र दोर्जे फूर्पाकोल आगम अभिषेक ।

जोगक्षेन येशे दोर्जेको चरणबाट गोन्पा साङथाल टोचे तथा टोमेको आगम अभिषेक, जोग्क्षेन कादकको दुलछोनको आगम अभिषेक, लुङफाग्मो सबतिगको अभिषेक, ज्याक्षोन शीठो कोनक्षोग चिदुको अभिषेक, खार्देरुश्यान, जोगक्षेन गोन्पा साङथालको रिग्पि चलको अभिषेक र ठेग्क्षोद थोतगालको परिचय । गुरु फुन्छोग रिन्पोछेको चरणबाट रत्नको सम्पूर्ण आगम अभिषेक । लगोदो गुरु कुनजाङ येशेबाट मग्युद साङवा मेदज्युङ, जोगक्षेन कादकको आगम प्रपोदेश, गोन्पा साङथलको ग्यालथाप चिलुग तथा येशे चिलुगको सम्पूर्ण आगम अभिषेक । गुरु बुद्ध छेवाङबाट छेडुप दोजे ठेङवा र तागश्याम दुद दुल टाग्मोको आगम अभिषेक ।

परम पुज्य ठुल्शिग रिन्पोछेको चरणबाट ठोमा नाग्मो तथा नम्खा गोज्येद आदि संक्रान्तिको आगम अभिषेक र प्रपोदेश साथै जोवो थुग्ज्ये क्षेन्पो, ज्याङतेर डुपकोर नामसुम, देशेग कुन्दु, क्षागदोर तथा ञ्युङ्नेको आगम अभिषेक प्रपोदेश आदि सामान्य तथा असामान्य सबलम देशेक कुन्दुको चालुङको क्रम र जोवो थुग्जे क्षेन्पोको प्रपोदेश, कोनक्षोग चिदु तथा शीठो ङेतोन ञ्यीङपोको आगम अभिषेक, मेवाङ तुम्मो सुम, खोर्दे रुश्यान, ठेगक्षोद थोगाल, रिग्पि चालवाङ, न्यालुग ङोटोद, ञ्यीङमा ग्युदबुमको आगम, नौ गोन क्षेनको सम्पूर्ण आगम अभिषेक, याङती थुगथिग कोरजीको अभिषेक, जोगक्षेन याङती नागपो सेर डुचिगको अभिषेक, जोगक्षेन मारिक मुनसेल ताफाग यापयुम टाग्पो वाङदु आदिको उपदेश, ङाग्युर कामा तथा क्षिमेद सोगथिगको अभिषेक ।

परम पुज्य दिलगोन खेन्चे रिन्पोछेको चरणबाट कुनजाङ लामी श्यालुङ, जोगक्षेन येशे लामाको प्रपोदेश तथा अभिषेक, लोङक्षेन जोदुन, ठेगक्षोद थोगाल, क्षेगलीङ जोगक्षेन देसुम, ञ्यीङ् थिग याजी, ञ्याग फुरको अभिषेक र परम पुज्य दुदज्योम रिन्पोछेको चरणबाट रिन्क्षेन तेरजोद तथा ङाग्युर कमाको सम्पूर्ण आगम अभिषेक, फूर्पा पुटि रेगफुङको लाडुप, ताडिन नागपोको आगम अभिषेक ।

दुङसे ठिन्ले नोर्वु रिन्पोछेको चरणबाट नाङच्याङको प्रपोदेश साथै न्यालुङ रङज्युङ, ठोमा खाडो थुगथिग्, फूर्पा नामच्याग पुटि । खामटुल रिन्पोछेको चरणबाट चेच्युङ ञ्यीङथिग र कोनक्षोग चिदुको अभिषेक । जारोङ टागटुलबाट देशेग कुन्दुको डुपथापको आगम । ञ्याकार रिन्पोछेको चरणबाट जोवो थुग्जे क्षेन्पोको प्रपोदेश, परम पावन दलाई लामाबाट लगलेन सोदुन्मा, काल चक्र तथा खोर्वा दोङटुकको आगम अभिषेक ।

पेनक्षेन रिन्पोक्षेको चरणबाट मचि डुप्पा ग्याल्मोको आगम अभिषेक, अन्तत अधिक महान गुरुहरुको सम्मुसखबाट सद्धर्मको श्रवण गर्नुभयो । उहाँले सदुधर्मको श्रवणमा मात्र सिमित नभइ त्यसको मनन पनि गर्नु भइ श्रवण तथा मननकोचक्र सम्पन्न गर्नुभयो । त्यसपछि उहँले सद्धर्मको सार त्यसको साधना अभ्यास भएको जान्नुभई योगी मिलारेपा आदिको जीवनी अनुस्मरण गर्नुभई पेमकार पर्वत, जारोङफु, पाङछे, तेङगोन, मेनछे पहाड, अकार गुफा, लहुदो, थामे, बेखुङ, किरोङ, बेयुल खेन्पालुङ, ज्यासा पर्वत, सेङ्गेफुग, थोङडोलफुग, ञीश्यार दुरठोद, टोलाद फुग, पाँच पोखरी, याङठो फुग, दागम फुग, छेरिग फुग, रासा दिङमा, मेरातिङ फुग, सुर्के पहाड, रासा पहाड, ताग्मा दिङ, मारातिका, लाङकोर दुरठोद, कुलुङ आदि २९ वटा भन्दा अधिक अरण्यस्थानमा सद्धर्मको श्रवण, मनन र ध्यान एकैसाथ गर्नुभई त्याग तपस्याको चक्र पनि सम्पन्न गर्नुभयो । ध्यानको क्रममा आफ्नो इष्टदेव डाकिनी तथा धर्मपालहरुले रक्षा गर्नुभएको थियो । अधिक जल वृष्टि, ओला वृष्टि र दैविक प्रकोप आदिको समस्याहरुको समाधान गर्नुहुँदा परम पुज्य गुरु ठुल्शिग रिन्पोछे स्वयंले पनि उहाँलाई अनुमोदन गर्नुभएको थियो । परम गुरुहरुले व्याकृत गर्नु भए झै उहाँले समस्त सत्वप्राणीको हितका निम्ति अति संघर्षका साथ पवित्र स्थान मारातिका (हलेसी)मा वि.स. २०३७ सालमा बौद्ध विहारको स्थापना गर्नुभयो । साथै नयाँ भिक्षु संघलाई बौद्ध शिक्षा पठन पाठनको कार्य आरम्भ पनि गर्नुभएको थियो ।

अन्य स्थानहरुमा पनि लोकहितको कार्य गर्नुहुँदै अन्तत ७६ वर्षको उमेरमा आफ्नै विहार मारातिका क्षिमेद ताग्तेन क्षोलिङ गुम्बामा परम पावन ठुल्शिग रिन्पोछेसँगै एक सप्ताह सम्म ध्यानमा रहनुभई नित्यधारक विनयजनलाई मुक्त गराउने लिला प्रदर्शन तथा आफ्नो पुर्नजन्मको भविष्यवाणी गर्नुहुँदै अदभूत लक्षणका साथ सन् १९८९ मा चित्त धर्मधातुमा प्रवेश गर्नुभयो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...