राम्रो चलचित्र बने आम्दानी पनि राम्रो – Janata Live
  • Saturday, February 4, 2023

राम्रो चलचित्र बने आम्दानी पनि राम्रो

  • जनता लाइभ
  • चैत २६, २०७५

राम्रो चलचित्र बने आम्दानी पनि राम्रो

सिन्धुपाल्चोक जिल्ला किउल गाविस ताक्पा खर्कमा जन्मेका ठिलेन लामा (ह्योल्मो) नेपाली चलचित्र निर्माण क्षेत्रमा लागि परेका छन् । उनले विशेष गरी समाजिक कथावस्तुमा आधारित चलचित्रहरु निर्माण गर्दै आएका छन् । उनै ठिलेन लामा ह्योल्मोसँग गरिएको कुराकानीः

तपाईं मोडल भन्ने कि निर्माता ?
म एउटा कलाकार हुँ । मैले मोडलिङ र निर्माण दुवै गर्छु । राम्रो राम्रो स्क्रिप्ट पाए भने चलचित्र बनाउने गरेको छु ।

तपार्इंले कस्ता खालका मुभीहरु निर्माण गर्दै आउनुभएको छ ?
मैले विशेष गरेर सामाजिक कथावस्तुमा आधारित चलचित्रहरु निर्माण गर्दै आएको छु । समाजमा जनचेतना जगाउने खालका सर्ट मुभीहरु निर्माण गर्ने गरेको छु । अब बनाउने मुभी पनि त्यस्तै समाजिक विषयवस्तुमा नै आधारित हुनेछ ।

तपाईंले त मोडलिङ पनि गर्नुहुन्छ हैन र ?
हो, म एउटा मोडल पनि हो । सुनिल कटवाल र सुनिता थेगिमको स्वरमा रहेको ‘हत्केलामा आपैंm पनि’ बोलको गीतबाट मोडलिङ सुरु गरेको हुँ । त्यसबाहेक अन्य ४÷५ वटा गीतमा अभिनय गरिसकेको छु ।

मोडलिङ गर्ने सौख हो ?
पहिले सौखकै रुपमा आयो । अहिले बुझ्दै जाँदा यसलाई व्यवसायिक रूपमा कसरी जान सकिन्छ भनेर यही क्षेत्रमा लाग्दै आएको छु ।

अरु क्षेत्रमा नलागेर किन यस क्षेत्रमा लाग्नु भएको ?
पहिले देखिनै आफुलाई कलाकार बन्ने सोच थियो । अन्य क्षेत्रमा भन्दा यसै क्षेत्रमा आफुलाई सहज भएको हुनाले यो क्षेत्रलाई रोजेको हुँ ।

यस क्षेत्रमा आम्दानी गर्न सकिँदैन भन्ने सुनिन्छ नि ?
सुरुमा आम्दानी भन्दा पनि सिक्ने अवसरका रुपमा हेरौँ । तर, अहिले राम्रो चलचित्र बनाउन सकियो भने आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका धेरै मुभीहरु छन् । पछिल्लो मुभी ‘छक्कापञ्जा’ लाई नै उदाहरण लिनसक्छौं ।

तर, तपाईंले त जातीय मुभी बनाउन लाग्नु भएको छ जातीय मुभीले आम्दानी गर्न सकेको त देखिदैन नि ?
मैले ह्योल्मो जातिको मुभी बनाउनुको उद्देश्य आम्दानी गरूला भनेर भन्दा पनि आफ्नो संस्कार संस्कृति र भाषालाई संरक्षण गर्न सकिन्छ कि भनेर यो चलचित्र बनाउन लागेको हुँ । यो चलचित्र निर्माणका लागि लाग्ने लागत हाम्रो समुदायबाट नै सहयोग संकलन गर्न सकिने भएको हुँदा यसलाई आर्थिक मुनाफाको रूपमा भन्दा संस्कृतिको जगेर्ना गर्ने तर्फ मेरो सोच हो ।

मुभीमात्र निर्माण गर्नुहुन्छ कि प्रोग्राम पनि गर्ने गर्नुभएको छ ?
मैले विभिन्न अवसरमा प्रोग्रामहरु पनि आयोजना गर्ने गरेको छु । यो भन्दा अगाडि हाम्रो आमा याङग्री फिल्म प्रालिबाट दसैं अगाडि थाइल्याण्डमा फि नान साँस्कृतिक कार्यक्रम आयोजना गरेको छु । म र आङदावा लामा मिलेर सहकार्य गरेका छौं ।

त्यस कार्यक्रमा को–को कलाकार लानु भएको थियो ?
हामीले त्यसबेला नायिका सञ्चिता लुइटेल, नायक शितल केसी, गायक रोज मोक्तान, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, गायिका एन्जिला रेग्मी, डान्सर स्वातिदेवी आचार्य, आङदावा लामा र म पनि कलाकारको रूपमा सहभागी भएको थिए ।

अन्तमा तपाईंकै शब्दमा
अहिलेसम्म मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । सम्पूर्ण नेपाली दाजुभाइलाई नेपाली फिल्म र नेपाली गीत संगीत हेरिदिन आग्रह गर्दछु । नेपाली कला संस्कृतिको जगेर्ना तपाईं हामीले नै नगरे कसले गर्ने ? त्यसैले हामी सबै मिलेर नेपाली कला संस्कृतिको संरक्षणमा लागौं भन्न चाहन्छु ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...