आँखामा होइन, हृदयमा अटेको संसार – Janata Live
  • Sunday, February 5, 2023

आँखामा होइन, हृदयमा अटेको संसार

  • जनता लाइभ
  • चैत २३, २०७५

आँखामा होइन, हृदयमा अटेको संसार

संगीतमा ईश्वरको ‘अत्तर’
समयको कुरा सधैँ मान्छेको हातमा हुँदैन । मान्छेले सोच्दै नसोचेको नियति पनि भोग्न बाध्य हुनुपर्छ । त्यस्तै बाध्यताको सिकार भएर बाँच्नुप¥यो चर्चित गायक ईश्वर अमात्य, ४८ ले । किनकि उनी जन्मजात दृष्टिविहिन हुन् ।

फूलको अत्तर त महसुस गर्न सक्छन् । त्यस फूलको सौन्दर्यबारे भने अरुले भनेको सुनेकै आधारमा धारणा बनाउनुपर्छ । अद्यपि ‘अत्तर त्यो फुलको झरेपछि उडिजान्छ रे’ भन्ने चर्चित गीतका गायक हुन् उनी । उनी अर्थात्, ईश्वर अमात्य ।

पुख्र्यौली घर पाटन भएपनि उनको जन्म त्रिशुली नुवाकोटमा भयो । नेवारी समुदाय काठमाडौँबाट देशको विभिन्न ठाउँमा पुग्थे व्यापारको क्रममा । ईश्वरका बाबुआमा पनि व्यापारका लागि त्रिशुली पुगेका हुन् ।

०५२ सालतिर उनले पोखरामा रेस्टुरेन्टमा गीत पनि गाएका छन् । करिब एक वर्ष ‘प्रिन्स रेस्टुरेन्ट’मा गीत गाए । यस्तै गीतमात्र गाउँछु भन्नै पाइन्नथ्यो । त्यतिखेर उनले गीत गजलदेखि लोकगीतसम्म गाए । स्रोताको रोजाइअनुसार गाउनुपथ्र्यो । पोखराको गायनकै क्रममा भारत बङ्गाल निवासी ज्योस्ना भास्करसँग पीरति बस्यो । लगभग १५ दिनको प्रेमले उनीहरूलाई पोखराबाट काठमाडौँ तान्यो ।
ईश्वरले ०५२ सालको बडादशैको शुभसाइत पारेर ज्योस्नासँग विवाह गरे । एक छोरा जन्मिए ०५३ सालमा । उनी अहिले सेन्ट जेभियर्स कलेजमा पढ्दैछन् । गिटार बजाउँछन् । गाउँछन् पनि । यद्यपि उनले संगीतमा नै करियर बनाउँछु भनेर गाएका भने होइनन् ।

ईश्वरलाई त्रिशुलीमा हुँदै बुबाका साथीहरू गीत गाउन प्रोत्साहित गर्थे । अमात्य भन्छन्, ‘मलाई गीत गाउन प्रेरित गर्ने मेरा बुबाका साथीहरू र स्कुलका सहपाठी नै हुन् ।’ तर अहिले उनी नाम सम्झिँदैनन् ।

उनलाई युट्युवको आधुनिक प्रविधिबारे पनि उति ज्ञान छैन । उनका एकजना सहयोगी छन् । सबै काम उनैले गरिदिन्छन् । ज्योस्ना भास्करसँगको साथले उनको पारिवारिक जीवन सुखमय ढंगले बितिरहेको छ । उनी भन्छन्, ‘हिँड्दा मात्रै मलाई छडी चाहिन्छ । नत्र त यी दुई छन् नि ।’ उनी ‘परिवार’ र उनले गाएका गीतका ‘एल्बम’तिर सङ्केत गरेर भन्छन् ।

ब्रेल लिपिमा संगीतको नोटेसन नहुँदा संगीत सिक्न सुविधायुक्त छैन । अमात्य भन्छन्, ‘सुनेको आधारमा नोटेसन पक्डिनु पर्छ । गाह्रो हुन्छ नि ।’ उनी कृष्ण नापितको शब्दमा आफैँले संगीत भरेर ‘मेघ गर्जिरहेछ, चट्याङ परिरहेछ’ बोलको गीत गाएर गायनमा प्रवेश गरेका हुन् । नुवाकोटमा हँुदै उनले क्लासिकल संगीत सिक्न थालेका थिए, त्यसैले उनलाई गायन त्यति अप्ठ्यारो विषय थिएन । उनी पुष्परत्न तुलाधारको संगीत प्रशिक्षणद्वारा नुवाकोटमै खारिएर काठमाडौँ छिरेका थिए ।

त्यसपछि उनले कलानिधि संगीत पाठशालामा २/३ वर्ष औपचारिक कक्षा पनि लिए । जसले उनको सुरिलो आवाजमा अझ सुर पनि भरिदियो । हालसम्म ३/४ सयजति गीत गाएका ईश्वरको साङ्गीतिक व्यक्तित्व खुलेको छ । उनी सुरुसुरुमा आफूले गाएका प्राय गीतमा आफैँ संगीत भर्ने गर्थे । यसो गर्दा नोटेसनले अप्ठ्यारो पार्दैनथ्यो,’ अमात्य भन्छन् ।

अमात्यले हालसम्म चारवटा सोलो एल्बम निकालिसकेका छन् । ‘नव प्रतिभा’, ‘ईश्वर’, ‘ईश्वर अमात्यको कथा’ उनका एल्बम हुन् । त्यसैगरी एउटा नेवारी भाषामा एल्बम पनि निकालेका छन् ।
अमात्य गायक–संगीतकार मात्रै होइनन्, संगीत प्रशिक्षक पनि हुन् । उनले ‘डोरेमी संगीत पाठशाला’मा दश वर्ष नियमित प्रशिक्षण दिए । त्यतिखेर उनले प्रशिक्षित गरेका संगीतका विद्यार्थीहरूमध्ये सन्तोष लामा त ‘नेपाली तारा’को दोस्रो सिजनमा विजेता नै बने । उनले प्रशिक्षण गरेकी इन्दिरा जोशी नेपाली ताराको पहिलो संस्करणमा टप फाइभसम्म पुगेकी थिइन् । उनी नेपाल आइडलजस्तो चर्चित ‘रियालिटी सो’मा निर्णायकसमेत भइन् । त्यसै गरी दाबा गुरुङ र निशा देशारले पनि संगीतमा रामै्र गरिरहेका छन् । अमात्य भन्छन्, ‘आफूले सिकाएका विद्यार्थीले प्रगति गर्दा पनि आफैँले सफलता पाएजस्तो लाग्दो रहेछ ।’

अहिले उनी घरमै सिकाउँछन् । आलोपालो गरेर उनको घरमा संगीत सिक्न आउनेको संख्या १० जति पुग्छ । यदाकदा स्टेजमा गाउन बोलाउँछन् । बुझ्नेले राम्रैसँग १०÷१५ हजार पनि दिन्छन् । ‘नबुझ्नेले पो बिताउछँन् त । समाजसेवा गरेजस्तो हुन्छ,’ अमात्य भन्छन् । अचेल पनि महिनामा दुई चारवटा स्टेजमा गाउने अफर आउँछन् । वास्तवमा स्टेजमा गाएको आयले आज उनको घरबार चलेको छ ।
अहिलेको संगीतको बजार एल्बमबाट युट्युबतिर बसाइँ स¥यो । युट्युबको जमाना आएपछि पुराना गीतहरू पनि युट्युबमा अपलोड हुन थाले । यसले गर्दा पुराना गीत पनि ‘डकुमेन्टेसन’ भएको उनको बुझाइ छ ।

अहिले ‘नसमाऊ नारीमा’ टाइपका गीतहरूले युट्युबबाटै लगानी उठाउँदा पुराना गम्भीर गीतका ‘भिवर्स’ बीस हजार पनि नपुग्ने अवस्था छ । संगीतको बजार र सूचनाप्रविधिको खासै चासो नराख्ने अमात्य भन्छन्, ‘गीत सुनाइको पनि तरिका हुन्छ । जे भएपनि पुराना र गम्भीर गीतको डकुमेन्टेसन भएको छ । हेर्ने चाहनेले सुलभ ढंगले हेर्न र सुन्न पाउँछन् ।’

उनलाई युट्युवको आधुनिक प्रविधिबारे पनि उति ज्ञान छैन । उनका एकजना सहयोगी छन् । सबै काम उनैले गरिदिन्छन् । ज्योस्ना भास्करसँगको साथले उनको पारिवारिक जीवन सुखमय ढंगले बितिरहेको छ । उनी भन्छन्, ‘हिँड्दा मात्रै मलाई छडी चाहिन्छ । नत्र त यी दुई छन् नि ।’ उनी ‘परिवार’ र उनले गाएका गीतका ‘एल्बम’तिर सङ्केत गरेर भन्छन् ।

उनी पाँच वर्षको छँदा बुबाले सधैँको लागि छोडेर गए । त्यसपछि ईश्वरको लालनपालन र रेखदेखको जिम्मा आमाको काँधमा आइप¥यो । त्यस विपत्तिले दिएको सङ्कटको प्रभाव हालसम्म पनि परिरहेको छ । केही वर्षअघिसम्म उनी सोह्रखुट्टेमा भाडामा बस्थे । तर हाल भने उनले घर किनिसकेका छन् । घरको कुरामा ईश्वर भन्छन्, ‘यो घर पनि दुई तीन वर्षअघि मात्र किनेको हो ।’ उनी पाटनको रैथाने हुनुको कुनै गर्व देखाउँदैनन् । शालीन मुद्रामा भन्छन्, ‘संगीत क्षेत्रमै लागेर बाँच्न सकेको छु । घर–परिवार पाल्न सकेको छु । खुसी लाग्छ ।’

उनको मुख्य सहारा ‘दृष्टि’ जन्मिनुअघि नै गुमाएका थिए । अर्को ‘भरोसा’ पनि पाँच वर्षकै उमेरमा गुमाउनुप¥यो । यसबीचमा दृष्टिविहिन हुनुपर्दाको ताडना र सकस पनि सहिरहनुप¥यो । तर संगीत क्षेत्रमा स्थापित हुन थालेपछि भने यस्तो महसुस गर्नुपरेको छैन । उनलाई कसैले दृष्टिविहिन भएकैले होच्याएको र दुव्र्यवहार गरेको थाहा छैन । ईश्वर भन्छन्, ‘म आफूलाई अरूभन्दा भाग्यमानी ठान्छु । मेरो सङ्गतमा आएजति सबैको माया पाएको छु ।’

यही सही सङ्गतले ईश्वरको भागमा राम्रा गीतहरू पनि परेका छन् । ‘छाया’ (कलेक्सन एल्बम) को ‘पिपलु बोटैमा ऐँजेरु पलायो’ भन्ने गीत सर्वाधिक हिट भयो । त्यसै गरी ‘कस्तो भाग्य’ (कलेक्सन एल्बम) को ‘मा¥यो नि मायाले’ भन्ने गीत पनि ईश्वरकै पोल्टामा प¥यो । ‘अत्तर त्यो फूलको झरेपछि’ भन्ने गीत त ईश्वरको पर्याय नै बन्यो । हल्का ‘क्लासिकल टच’ गीतमा त्यतिखेरको रोजाइ उनी नै हुन्थे । रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईको एकछत्र चर्चा भएका बखत उनलाई संगीतमा स्थापित हुन सकस पर्नुपर्ने हो, तर त्यस्तो भएन । सबैले उनलाई माया नै गरे । कहिल्यै आफ्नो प्रतिस्पर्धी ठानेनन् । बरु ती तीनजना भएका कलेक्सन एल्बममा कतै न कतै ईश्वर अटाए । एउटा समय यस्तो पनि आयो, ईश्वरले नगाएको कलेक्सन एल्बम नै निस्किएनन् ।

उनले ०४७ सालको आधुनिक गीत प्रतियोगितामा द्वितीय पुरस्कार नै चड्काए । त्यस वर्ष रेडियो नेपालको आयोजना गरेको गायन प्रतियोगितामा पवित्रा सुब्वा प्रथम भएकी थिइन् । हाल यी दुवैजना नेपाली संगीत क्षेत्रमा राम्रै चर्चा र सफलता आर्जन गरेर बसेका छन् । उनले जीवनमा भाग लिएका प्रतियोगितामध्ये सबैभन्दा ठूलो ०५३ सालको शास्त्रीय गायन प्रतियोगिता हो । यसमा उनले प्रभुराज ढकालसँग संयुक्तरूपमा द्वितीय पुरस्कार हात परेका थिए । त्यस वर्ष प्रथम भने सुमन सचिन भएका थिए ।

उनलाई माया गर्ने अग्रज पुस्ताका संगीतकर्मीहरू गोपाल योञ्जन, दिव्य खालिङ र भक्तराज आचार्यलाई उनी सम्झिरहन्छन् । रविन शर्मा, फत्तेमान र नातीकाजीको सहयोग पनि उनी बिर्सिन सक्दैनन् । उनका समकालीन साथीहरूमध्ये आनन्द अधिकारी, न्ह्यु बज्राचार्य, लक्ष्मण श्रेष्ठ, लक्ष्मण शेष, नारायण खतिवडा, अमुल कार्की ढलीसँग प्रायः अचेल पनि भेट गरिरहन्छन् ।

उनले संगीत विषय लिएर डिप्लोसम्मको पढाइ अघि बढाए । तर, पढाइ कारणवश रोकियो । उनीसँग आफ्ना र संगीत क्षेत्रका बारे खासै ठूला गुनासा छैनन् । किनभने संगीतलाई नै व्यवसाय बनाउन सक्ने साधकमध्ये एक हुन् उनी । यस अर्थमा उनले त्यति धेरै दुखमनाउ गरिरहनुपर्ने जरुरी पनि छैन । उनलाई सबैभन्दा गुनासो लाग्ने कुरा भनेकै ब्रेल लिपिमा संगीत नोटेसन नहुनु हो । उनी भन्छन्, ‘संगीतमा ब्रेल लिपीको नोटेसन छैन । त्यसैले सुनेरै चिन्नुपर्ने हुन्छ ।’ उनको अर्को एउटा गुनासो पनि छ । गोपाल योञ्जनले उनलाई गीत गाउन दिन्छु भनेका थिए । तर उनले गोपाल योञ्जनको संगीतमा गाउन पाएनन् ।

मदन भण्डारीले पनि प्रयोग मात्रै गरे
नमुछे आमा दहीमा टिका नराखे जमरा….. ।
प्रायः हरेक वर्ष दशैंमा गाइने यो गीत मौसमी गीत होइन । तै पनि छुट्दैन । किनभने यस गीतले नेपाली समाजको एउटा अलग्गै चित्र खिचेको छ । यसमा विभिन्न कारणले परिवारबाट बिछोडिनुपर्ने बाध्यताको साङ्लोले शताब्दिऔँदेखि बाँधेको हामी नेपालीको आर्थिक अवस्थाको खाका निकै राम्रोसँग कोरिएको छ ।

यस गीतका गायक हुन्, कृष्णभक्त राई । उस गीतका बारेमा राई भन्छन्, ‘यो गीतले मलाई चिनायो, मैले यो गीतलाई चिनाएँ ।’ खासमा उनी काठमाडौँ छिर्दा यो ‘भर्जिन’ नरहेको गीत गाउन आएका थिएनन् । कलाकारितामा लागेर नाम र दाम कमाउने अभिलाषा बोकेर आएका थिए ।
नारायण रायामाझीले पहिल्यै गाएको गीत ‘नमुछे आमा’ ०५७ सालमा गाएका हुन् उनले । पहिले रायमाझीको स्वरमा खासै नचलेको गीत राईले गएपछि हिट भयो । राई स्वीकार्छन्, यो गीत र गायकी उनको ‘भर्जिन’ होइन ।

खासमा उनी चर्चित गायक शम्भु राईलाई भेट्न आएका थिए । उनी भन्छन्, ‘शम्भु राईबाट ‘आशा’ गरेअनुसारको ‘व्यवहार’ नपाएपछि म निरास भएँ ।’ कसैले पनि सोचेको सहयोग नगरेपछि उनी घर फर्कने सोचमा पुगेका थिए । ठीक त्यसै बेला ‘लैबरीको भाकैमा’ र ‘दाहिने सलाम सालीलाई’ आदि चर्चित गीतका गायक विष्णुकुमार जोशीसँग उनको भेट भयो । त्यसपछि भने उनले सांगीतिक जीवनको गतिलो अभिभावक पाए । जोशीकै सहयोगमा काठमाडौँमा टिके, कृष्णभक्त । त्यसपछि उनको भेट नारायण रायामाझी, रत्न बानियाँसँग भयो । रायामाझी र बानियाँसँगको भेटपछि भने उनको सांगीतिक यात्रा थप उचाइमा पुग्यो ।

०२६ सालमा धनकुटामा जन्मिएका हुन्, कृष्णभक्त राई । संयोग नै मान्नुपर्छ, उनी बाजा पनि २६ किसिमको बजाउँछन् । बाँसुरी, हारमुनियम, गितार, तबला, मादल, आदि अचेल प्रयोग हुने सबै बाजा बजाउन जान्दछन् । उनले ०४७ सालदेखि धरानबाट संगीत सिक्न सुरु गरेका हुन् । ‘गुरुदेव कामतको ‘प्रस्तर’ एल्बम सुनेरै संगीत सिकेको हुँ’ उनी भन्छन् ।

उनी सुरुमा जनसाँस्कृतिक मञ्चसँग आबद्ध थिए । त्यतिखेर उनले ‘खोइ हाम्रो जिन्दगी के जिन्दगी’ बोलको जनवादी गीत पनि गाएका थिए । उनी भन्छन्, ‘एमालेका मनमोहन अधिकारी, ध्यानबहादुर राई आदिलाई हामीले गीतै गाएर जिताएका हौँ । तर उनीहरूले हामीलाई कुहिएको आलुको दर्जामा राखिदिए ।’ उनलाई नेपालका त कम्युनिष्ट पनि विकसित देशका जस्ता लाग्दैनन् ।

त्यस्तै मदन भण्डारी महासचिव भएको बेला राईको समुह धरानबाट गीत लिएर आएका थिए । ‘हिमायती जनसाँस्कृतिक परिवार’ धरानबाट । उनी भन्छन्, ‘मदन भण्डारीकै पालामा पनि हामीलाई प्रयोग मात्रै गरियो ।’

काठमाडौँ आएपछि रेडियो नेपालमा सुन्दर राई र जीवन भट्टराईको शब्द र संगीतमा ‘हुँ म एउटा विवश यात्री’ गीत रेकर्ड गराए । रेडियो नेपालजस्तो सरकारी ठाउँमा पनि पछि पारिएको दृष्टान्त दिन्छन् राई । ‘रेडियो नेपालकै इतिहासमा एक मात्र दृष्टिविहिन जागीरे गायक छन्, मधुबाबु थापा । दृष्टिविहिन भएकै कारण कयौँ प्रतिभा अवसरबाट वञ्चित छन्,’ राई भन्छन्, ‘भाग्यले त ठग्यो–ठग्यो, देशले पनि ठग्यो ।

पूर्वको मान्छे भए पनि उनलाई पश्चिमका मान्छेसँगको सहकार्य फाप्यो । पछि आएर राजकुमार बगर र बिबी अनुरागीसँग काम गर्न थालेपछि उनको सांगीतिक जीवनले गति लियो । एकपछि अर्को गीत चर्चित भए । ‘हाम्रो माया चर्किएको ऐनासरि नफुटोस्’ धर्ती आकाशजस्तै भयौं हामी’ जस्ता गीतपछि उनी गाउनकै लागी देश विदेश घुम्न थाले । यस बीचमा उनी जापान, डेनमार्क, हङकङ आदि विभिन्न देश पुगिसकेका छन् गाउनकै लागी । ‘म कलाकारिता क्षेत्रलाई मागिखाने भाँडो सम्झिन्नँ,’ उनी भन्छन् ‘बरु राज्यलाई कर तिरेको छु रेमिट्यान्स भित्राएको छु ।’ हुन पनि हो । उनले हालसम्म सरकारले दिने अपांग भत्ता लिएका पनि छैनन् । ‘लाजमर्दो चिया खान पनि नपुग्ने पैसा लिएर के गर्नु ? गरिखान सक्छु किन लिनु ? आफ्नो श्रम र सीपले बाँचेकोमा सन्तुष्ट छु,’ राई निर्धक्क भन्छन् ।

उनले तीन चार महिना होटलमा पनि गाए । त्यतिखेर गजलको माहोल थियो । गजल गाए, ‘युगल महल’ त्रिपुरेस्वरमा । त्यसअघि उनले धरानकै ‘बेम्बो हाउस’मा ०४७ सालताकै गाएका थिए । उनी बरु रेष्टुरेन्टमा गाएकोमा सन्तुष्ट छन् । भन्छन्, ‘मलाई ९०० गीत कण्ठै थियो । दिन्छु भनेजति आनाकानी नगरी दिन्थ्यो । बरु हामी दृष्टिविहिन कलाकारलाई होटल र दोहोरी साँझले न्याय गरेको छ ।’

उनका बुबा किसान थिए । बुबाका आठ सन्तानमध्ये उनी सबैभन्दा कान्छा हुन् । सुन्दा पनि नपत्याउने घटना घट्यो उनको परिवारमा । बुबा, आमा, चार दाजु र एक बहिनी एउटै रोगका कारण सखाप भए । उनी र दुईजना दिदी मात्र जीवित छन् । जेठा दाजुको भने विवाह भएको थियो । अरु तीनजना दाजुको विवाह नै नभई मृत्यु भएको थियो । मृत्युको कारण कुनै ठूलो रोगव्याधि या प्रकोप थिएन । सबैजनालाई ‘क्षयरोग’ ले टिपेर लगेको थियो । त्यसपछि ०५२ सालभित्रमा बाँकी सबैको मृत्यु भयो । जेठा दाजु भने दुई वर्ष अघिमात्रै बितेका हुन् । राई भन्छन्, ‘क्यान्सर भइसकेको रहेछ ।’
उनलाई पनि ‘टिबी’ लाग्यो ०५२ सालमा । तर, उनले चाहिँ समयमै थाहा पाए । उपचार गराए । निको भए ।

यसै बीच आशा राईसँग उनी प्रेममा परे । ०४७ देखि ५३ सालसम्म चिठी आदानप्रदान भयो । त्यसपछि उनीहरू भागे दिनदहाडै । तर पारिवारिक जीवन पनि सुखद रहेन । पारिवारिक खटपटका बारेमा राई भन्छन्, ‘प्राविधिक गडबडी गरिन् ।’

त्यसपछि उनीहरू पाँच वर्ष अलग बसे । अहिले फेरि मिलेमतो छ । मिलेको चाहिँ डेढ वर्ष भयो । राईलाई लाग्छ, परिवार भनेको यस्तै हो । आगो फुक्न छोड्नुहुन्न, दाउरा ठोस्न छोड्नुहुन्न ।
उनले रेकर्डिङ स्टुडियो पनि चलाए । ‘कञ्चन’ स्टुडियो । पाँच वर्ष चलाएपछि ०६५ सालमा उनले स्टुडियो चलाउन छाडे । सुरुमा स्टुडियो एकदमै चल्यो । राई भन्छन्, ‘तीन महिनामै ऋण तिरेँ ।’ बिस्तारै साथीभाइसँगको लेनदेनमा खटपट पर्न थाल्यो । साथीभाइसँगको खटपटको भलबाढी परिवारभित्र छि¥यो । त्यही परिवारमा छिरेको लेनदेनको भलबाढी नै ‘प्राविधिक गडबडीको’ कारण बन्यो ।

१२६० वटा गीत गाएको दाबी गर्छन् उनी । ती गन्दा पनि सातो जाने संख्यामा गाएका गीत उनले प्राय सबै एफएममा पु¥याएका छन् । तर, एफएमका संचालक र कार्यक्रम प्रस्तोतासँग उनको गुनासो छ, ‘मिडियाका साथीहरू ! तपाईं पनि बाँच्नुहोस् । हामीलाई पनि बचाउनुहोस् । मेलिना राईहरूको पछि मात्र किन कुद्नुहुन्छ ?’

यति धेरै गीतमा स्वर दिए पनि गायन उनको पेशा हुन सकेन, ‘प्यासन’मा सीमित रह्यो । खासमा संगीत उनको कमाई खाने भाँडो भए पनि ‘ऐरेन्जमेन्ट’ र ‘वाद्यवादन’ले टिकाए । ‘गाउनु त कमाउनुभन्दा गुमाउनु ज्यादा भयो,’ उनी भन्छन्, ‘वाद्यवाद्यनमा त अरु दृष्टिविहिन पनि होलान् तर एरेन्जर त म मात्र हुँला । अरु देखेको छैन ।’ यो पेशामा पनि भाग खोसेर खाने खाले मान्छे छ्यासछ्यास्ती छन् । उनी ती तमाम भाग खोसेर खाने प्रवृत्तिसँग लडेरै टिकिरहेका छन् ।

एल्बम बिक्नै छाडेपछि कलाकारहरू स्टेजमा गाएर बाँचिरहेका छन् । ‘स्टेज पाउन पनि राजनीति हुन्छ । हत्तपत्त सम्झिँदैनन् । आयाजकले दृष्टिविहिनहरूलाई हेर्दैनन् । बरु हेप्छन्,’ राई भन्छन् ।
उनले केही फिल्ममा पनि गाए । निर्देशक निरज घिमिरेको फिल्ममा गाएको ‘प्रियसीलाई घर छोडी राप्तीको भेल तर्दा’ भन्ने गीत अहिले पनि बज्छ पश्चिमतिर । ‘निरुतालाई पनि खेलाउने कुरा थियो रे उक्त फिल्ममा,’ राई भन्छन् । गीत आयो फिल्म आएन । फिल्मी संगीतमा पनि झल्याकमिलिक ग्ल्यामर नै खोजिने देखेपछि उनी ‘फिल्मी’ गीतको मोहबाट पनि टाढिए ।

उनले गाएका गीतमध्ये केही उनलाई फेरि गर्ने धोको छ । ‘जरुर म पागल भएँ, स्वर्गबाट धर्तीमा झरेकी झैँ परी’ आदि गीत फेरि गर्छु,’ उनी भन्छन् । हाल उनी कोरियातिर बस्ने गीतकार हेमन्त माबो र खारिएको तर एकदमै कम चर्चा हुने संगीतकार कृष्णकुमार राईसँग काम गर्ने तयारीमा छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...