सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने – Janata Live
  • Sunday, February 5, 2023

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

  • पत्रपत्रिका
  • चैत २३, २०७५

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

काठमाडौं । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् ।

लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए । ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’  यो खबर अन्नपूर्ण दैनिकमा लेखेको छ ।

यो पनि पढ्नुहोस्
‘महापुरूषमा हुनुपर्ने चार गुणहरू’
भगवान बुद्धले त्यो समयमा ब्रह्मविहार अर्थात् उत्तम जीविकाको बारेमा उपदेश दिने गर्नुहुन्थ्यो । यी गुणहरु हुन् –मैत्री, करुणा, मुदिता र उपेक्षा । यी चार गुण जुन व्यक्तिमा हुन्छ ऊ ब्रह्मा नै हो भनि गौतम बुद्धले भन्नु भएको छ ।

१) मैत्री –अर्थात् प्रेम, दया, सदइच्छा र परोपकार शब्दहरुबाट व्यक्त हुन्छ यसलाई मित्रता र प्रेम पनि भनिन्छ तर मैत्री र मित्रता तथा प्रेममा धेरै भेद छ । कुनै बखत व्यक्ति व्यक्तिबीच भेटघाटहुनासाथ चिनजान र परिचय हुन्छ अनि मित्रता हुन्छ । यो मित्रता जस्तो शुद्ध र बलियो हुँदैन । उदाहरणका लागि कांग्रेस राप्रपाको समीकरण अथवा नेकपा एमाले , कांग्रेस समीकरण एकथरी मित्रता हो । तर यो शुद्ध मित्र भने होइन । मैत्री भनेको हृदय नरम, स्वच्छ विश्वास, स्वच्छ सहयोग र दयापूर्ण गुण हो ।
देखावटी गुण होइन् । मित्रता देखावटी गुण हो । शुद्ध हृदय को चिन्ह होइन । स्वार्थको चिन्ह हो ।

परोपकारको शुद्ध रुप होइन । आफ्नो मतलब पुरा भएन भने मित्रता असहयोगमा परिणत हुन्छ ।
साधारणतया शान्तमयजीवन यापनको लागि मैत्री गुण मानिसमा हुनुपर्छ । यो मानवीय गुण हो । मैत्री हराएमा मानिसमा क्रोध उत्पन्न भएर दानवरूप लिन सक्छ । तसर्थ मैत्री महा पुरुषको गुण हो ।

२) करुणा –दुःखी अनाथप्रति सहानुभूति, दया र माया पूर्ण भावना जाग्ने स्वभाव हो । अरुको दुःख पिडा देखेर मनमा दुस्खको अनुभव हुने सहानुभूति हुने लक्ष्यलाई करुणा भनिन्छ । यो ब्रहमविहारको दोस्रो गुण हो । अर्काको दुःख आपत विपत देख्नासाथै उसलाई कसरी दुस्ख मुक्त गर्न सकिन्छ भन्ने चिन्तन मनमा आउने भावना नै करुणा हो । हामी अखबारमा समय समयमा छापिएका समाचार पढ्छौं । खोलामा बगिरहेको मानिसलाई उद्दार गर्दा कतिपयको ज्यान गुम्छ । कसैको घरमा आगो लागेको बेलामा आगो निभाउने र सामान बचाउने प्रयास गर्दा ज्यान गुमाउनेहरु पनि छन् ।

यो करुणा भएको ब्यक्तिको उदाहरण हो । करुणा र मैत्री दुवै पवित्र हृदयको चिन्ह हो । यहाँ प्रजातन्त्र र साम्यवादको भेदभाव हुँदैन । भोकमरीले पिडित राष्ट्रका लागि अन्तर्राष्ट्रिय खाद्द सहयोग दिनु करुणा हो । कुनै कुनै राष्ट्रले मानवताको नाताले आर्थिक सहयोग दिने गर्दछ । यो शुद्ध मैत्री र करुणा भावले दिएको ठहरिँदैन । यहाँ एउटा स्मरणीय कुरा के छ भने आफ्ना खराब बानी भएका छोराछोरीहरुलाई आमाबुवाले केटाकेटीको भलो चिताएर नै गाली र सुझाव दिन्छन् । रचनात्मक सुझाब मैत्री करुणा गुण समावेस भएको छ । ध्वंसात्मक र आक्रोशमा गरेको गतिविधिमा मैत्री करुणा हुँदैन ।

३) मुदिता –यो ब्रह्मविहारको तेस्रो हो । मनको प्रा फुल्लता, प्रसन्नता, शुद्ध आनन्दको अवस्था मुदिता गुण हो । संकीर्ण र संकुचित तथा इर्ष्या भावनारहित चित्तको अवस्थामा मुदिता गुण हुन्छ । अरुको र विजय तथा राम्रो काम देखेर मनमा आउने आनन्द र हर्ष हुने अवस्थालाइ मुदिता चित्त भनिन्छ ।
अपवाद स्वरूप मानिसहरुले अनैतिक ढंगमा झेल काम गरेर उन्नति र विजय गर्ने पनि छन् । त्यस्तो अवस्था देखेर मुदिता अर्थात् आनन्दको अनुभव हुन गाह्रो छ । मुदिता चित्तको उल्टो गुण हो ।
उपयुक्त उत्तम तीन गुण महा पुरुषमा हुने र हुनुपर्ने गुणहरु हुन् । शान्त वातावरणको उपयोगी गुणहरु हुन् । साधारण मानिसहरुलाई मैत्रीगुण हुने आशा गर्नु राम्रो कुरा भए पनि ब्यबहारमा देख्ने दुर्लभै छ ।

साधारणतय मानिसहरु अर्काको हानी अवनति देखेर खुसि र सन्तुष्ट अनुभव गर्दछन् । कसैले नराम्रो काम गरे पतन हुने त्यो अर्कै कुरा हो । निर्दोष व्यक्तिमाथि कुभलो चिताउने राम्रो गुण होइन । मैत्री चित्त र मुदिता चित्त उत्पन्न गरिरहनेलाई अप्ठ्यारो के छ भने सधै आफु मात्र सुखी हुने, आफु मात्र सज्जन बनी अधार्मिक काम गर्ने मानिसहरुबीच बस्नुपर्दा, अटेरी र मिचाहा प्रवृतिसँग बस्नुपर्दा मैत्री, करुणा तथा मुदिता चित्त हराएर जान्छ । त्येसैले बुद्धले उपेक्षा गुणको उपदेश दिनु भएको छ ।
४) उपेक्षा –यो ब्रह्मविहारको चौथो गुण हो । यसलाई व्यवहारमा अपनाउनु गाह्रो भए पनि अति नै उपयोगी र काम लाग्ने चिज हो तर साधारण व्यवहारमा नराम्रो भएको मानिसको व्यवहारमा सुधार ल्याउन लागि तिरस्कार, अनादर, बहिस्कार गरेर दण्ड दिनुपर्ने रहेछ । भगवान बुद्धले पनि आफ्नै साथी छान्न सारथी भिक्षु बनिसकेपछि उसको अहंकारपन हटाउनको लागि बहिस्कार गर्ने ब्रह्मदण्ड (ठूलो दण्ड) दिनु भएको थियो । कमलको फूल हिलोमा उत्पन्न भएर हिलोबाट अलग्गै फुलेजस्तै अशिष्ट र मिचाहा स्वभावका मानिसहरुसँग अलिप्त र अनाश्क्त भई बस्नु बेश छ । यहि उपेक्षा गुण हो । उपयुक्त चार गुण ब्रह्मविहार (उत्तम व्यवहार) गुण धर्म अर्थात् उत्तम जीवन बिताउनलाई आवश्यक गुण हुन् । हार–जीतबाट केहि असर नपर्ने अवस्थालाई उपेक्षा भनिन्छ । –भिक्षु अश्वघोष महास्थविर

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...