अनुहार हेरेर भाव बुझ्ने प्रविधि – Janata Live
  • Saturday, February 4, 2023

अनुहार हेरेर भाव बुझ्ने प्रविधि

  • एजेन्सी
  • चैत २२, २०७५

अनुहार हेरेर भाव बुझ्ने प्रविधि

तपाईंको अनुहारले के भनिरहेको छ ? त्यो बुझ्न पक्कै पनि गाह्रो होला । तर, एक नयाँ प्रविधि यस्तो छ, जसले अनुहार हेरेर व्यक्ति खुसी छ कि उदास भनेर थाहा पाउन सक्छ । अहिले यस प्रविधिको प्रयोग गरी अनलाइन विज्ञापन कम्पनीहरूले विज्ञापन पेज हेर्नेहरूले कस्तो प्रतिक्रिया दिन्छन् भन्नेबारे बुझ्ने काम गरिरहेका छन् । यो प्रविधिको प्रयोग गर्नुपूर्व कम्पनीले जसको भाव बुझ्न खोजिएको हो, त्यसको अनुमति लिनु आवश्यक छ । यसपछि बायोमेट्रिक ट्याकिङको लागि विशेष वेबक्यामबाट अनुहारको भावलाई रेकर्ड गरिन्छ ।

यो प्रविधिको प्रयोग अहिले ठूलो बजेटको विज्ञापन लन्च गर्नुअघि गर्न थालिएको बताइन्छ । विज्ञापन हेर्नेहरूले कस्तो प्रतिक्रिया दिन्छन्, त्यसबारे बुझ्ने काम भइरहेको छ ।

बीबीसीले यो प्रविधिको विकास गर्ने रियलआइजसँग मिलेर आफ्नो रेडियो–४ का स्रोता समक्ष प्रोग्राम ‘यु एन्ड युयोर्स’ रिलिज गर्नुभन्दा अघि अनौपचारिक प्रयोग गरेको थियो । यस प्रयोगमा रेडियो–४ का एक सय ५० स्रोताको भावनाबारे पत्ता लगाइएको थियो । रेडियो प्रोग्रामको राम्रो संगीत सुन्ने क्रममा हाँसो र मुखको बनाउने सानो सानो भावना हेरिएको थियो । प्रोग्राम सुन्नेलाई द आर्चर्स र सेलिङ बाइको लोकप्रिय धुन र गड सेभ द क्विनको धुन पनि सुनाइएको थियो । रियलआइजका प्रबन्ध निर्देशक मिखाइन जैटमा भन्छन्, ‘कम्प्युटर प्रोग्रामबाट मानिसको मुख र आँखाको गति हेर्न सकिन्छ ।

विश्वव्यापी स्तरमा ६ भावना हुन्छ, जुन सबैका लागि समान हुन्छ । त्यसमाथि भौगोलिक क्षेत्र तथा उमेरको कुनै भावना हुँदैन । हामी फेस मेसिनबाट भावना पढ्न पनि सफल भएका छौं । यसबाट भविष्यमा विज्ञापनलाई उपयुक्त, कम खर्चालु र राम्रो बनाउनमा सहयोग पुग्ने आशा गर्छौं ।’ यस प्रयोगमा खुसीबाहेक द्विविधा, रिस, आश्चर्य र अरुचिको भावनाको पनि मूल्यांकन गरिएको छ ।

Loading...
Loading...
Loading...