ङवाङका परोपकारी पाइला

‘यो हामी धेरै साथीहरूको क्याम्पेन हो,’ ‘म पनि यसमा साथीहरूसँग सहयोगी हातमात्र मिलाउन खोजिदिएको हुँ ।’ ङवाङ योन्तेन स्टाटस लेख्ने र त्यसैमा रमाउनेहरूका लागि नमुना बनि रहेकाछन् किनभने उनी फेसबुक, ट्वीटर र ब्लग परोपकार र सामाजिक सेवाका लागि उपयोग गर्छन् ।
ङवाङ योन्तेन ग्याछो शेर्पा, यूके
जीवन एउटा यात्रा हो । त्यसैले त जीवनमा केही आनन्द केही कठिनाइहरूको समिश्रण भएको हुन्छ । आम मानिसजस्तै ङवाङ योन्तेन ग्याछोलाई पनि त्यस्तै लाग्छ, जीवन केही कठिनाइ र खुशीको मिश्रणजस्तो । ३५ वर्षीय जीवनको उकाली/ओरालीका पानाहरू पल्टाउँदा उनले यस्तै महसुस गर्ने गरेका छन् ।
पूर्वी नेपालको खोटाङ जिल्लाको फेदी–८ मा मध्यमवर्गीय परिवारमा जन्मेका ङवाङ योन्तेन बाल्यकाल त्यही बित्यो । ‘किसान परिवारमा जन्मेकाले बस्तुभाउ चलाउने, मेलापात गर्ने घरेलु कामहरूमै बाल्यकाल बित्यो,’ उनी २७ वर्षअधिको आफ्नो विगत सम्झन्छन्, ‘गाउँको स्कुलमा पढाइ पनि सँगसँगै अगाडि बढाए ।’ उनले गाउँको स्थानीय गौरीशंकर प्राथमिक विद्यालयबाट प्राथमिकस्तरको पढाइ सके । विकट गाउँ, मध्यम वर्गीय किसान परिवार एउटा सानो संसार । त्यहाँ ङवाङ योन्तेनको दिमागमा पनि कुनै ठूलो सपना देख्ने परिवेश नै थिएन । ‘सपना र भिजन निर्माणका लागि सामाजिक परिवेशको ठूलो महत्व हुँदो रहेछ,’ उनी आफ्नो बुझाइ सुनाउँछन्, ‘गाउँमा त्यतिबेला यो बन्छु । उ बन्छु भन्ने कुनै सपना देख्ने परिवेश नै थिएन् ।’ भनिन्छ, समयको रफ्तारमा खुट्टा राखेर पदचापहरू अगाडि बढाउन थालियो भने गन्तव्यमा अवश्य पुगिन्छ । बुवा दाजङ लामा शेर्पा स्थानीय राजनीतिमा पनि सक्रिय थिए । त्यसैले उनलाई धेरथोर शिक्षाको महत्व थाहा थियो । जसको फाइदा उनका सन्ततीको रूपमा ङवाङ योन्तेनले पाए । ङवाङ योन्तेन पढाइमा उकेरा लाउने काम उनका बुवाको प्रयास त्यसैको उदाहरण थिए । दाजङले छोरालाई निमावि पढनका लागि छिमेकी गाविस खारतम्छामा पठाए । उनी गाउँबाट डेढ घण्टा ओरालो झरेर स्कुल पुग्थे । निम्न वर्गीय किसान परिवारकै भएकाले उनलाई फुलटाइम पढ्ने वातावरण थिएन । त्यसैले उनी घाँस, दाउरा गरेर स्कुल जान्थे ।
खारतम्छाको श्री कुहुँडाँडा ङवाङ योन्तेन कक्षा ७ सम्मको पढाइ सके । यसले उनको धारणालाई केही फराकिलो त पारेको थियो । तर, अझै पनि उनी ठूलो सपना देख्ने भइसकेका थिएनन् । २०४६ सालदेखि नै कांग्रेस राजनीतिमा स्थानीय तहमा सक्रिय रहेका उनको बुवा दाजङ स्थानीय समितिको अध्यक्ष समेत बनिसकेका थिए । गाउँमा खानेपानी र स्कुल निर्माणका सामाजिक कामहरूको पनि अगुवा गरिसकेका । दाजङले पछि दिक्तेलमा घर किने ङवाङ योन्तेनलाई जिन्दगीको यात्रा तय गर्न अब झन सहज भयो । उनी दिक्तेलको सरस्वतीमा माविमा भर्ना भए । त्यहीबाट उनले एसएलसी गरे । पछि दिक्तेल क्याम्पसमा अरू थप शिक्षा हासिल गरे । क्याम्पस पढ्दै गर्दा उनी धरानमा बस्थे । त्यतिबेला उनको रूची गायन तर्फ पनि मोडियो । उनले भोकल सिके । गाउन थाले । उनलाई याद त्यो दिन जुन दिन उनले खोटाङमा आयोजित कन्सर्टमा पहिलोपल्ट ‘धरानैमाथि साँघुरोडाँडा…’ लाई ‘दिक्तेलैमाथि रत्नपार्कडाँडा…’मा बदलेर गाए । ‘यसले त्यो कन्सर्टमा राम्रो चर्चा पायो,’ उनी सम्झन्छन्, ‘तर, यो मेरो गाउनु मेरो प्रोफेसन नभई रहर मात्र थियो ।’ कार्यक्रममा भीषण मुकारूङ, रोशन गुरूङ्ग, सन्जीब प्रधान र शिरिष्मा अमत्यालगायत कलाकारहरू पनि दिक्तेल पुगेका थिए । उनीहरूले पनि ङवाङ योन्तेनलाई स्याबासी दिए । ‘निकै आनन्द लाग्दो रहेछ । अरूको प्रशंशा पाउँदा । यसले मेरो निकै चर्चा परिचर्चा पनि भयो ।,’ ङवाङ योन्तेन गायक बनेर सँगालोको अनुभूति सुनाउँछन् ।
जिन्दगी चलिरहेको थियो । खोटाङ र धरान गर्दै उकाली ओराली चहार्दै अनि साथीभाइसँग रमाइलो गर्दै । तर, ङवाङ योन्तेनलाई लाग्यो अब यसरी नै रूमल्लिएर केही हुँदैंन् । त्यसपछि उनी सपना देख्न थाले जीवनमा केही गर्ने ? तर, कसरी ? एकदिन उनको दिमागमा फु¥यो अब विदेश जान्छु । सन् २००१ मा यूएई हानिए उनी । सारजहा स्टेटमा रहेको मार्वेला रेसर्टमा काम गर्न थाले । उनले त्यहाँ तीन वर्ष बिताए । त्यसपछि उनलाई त्यहा पनि धेरै बस्न मन लागेन । नेपाल फर्किए र नयाँ गन्तव्यको खोजीमा लागे । यतिकैमा उनलाई कसैले सुनाइदियो । इराकमा राम्रो जागिरको ‘अफर’ छ । उनले त्यही जाने तयारी गरे । ‘त्यतिबेला इराकमा रि कन्सट्रक्सन सुरु भएको थियो । मैले हस्पिटालिटी क्षेत्रमै काम पाए,’ उनले इराक जानुको कारण सुनाएँ, ‘विभिन्न देशबाट आएका सुरक्षाकर्मीहरूलाई फुड सर्विस गरे ।’ उसो त उनलाई इराक जानुपूर्व त्यहाँका हिंसा र युद्धले चिन्तित न तुल्याएको पनि होइन् । तर, ५० जना साथीहरू सबैले आँट भरेपछि उनले पनि आफूलाई रोक्नै सकेनन् । तर, इराकका दिनहरू त्यति सहज भने थिएनन् ।
बम पडकिरहने, गोली चलिरहने । ‘५/१० मिनेट युद्ध भएपछि फेरि सामान्य अवस्था हुन्थ्यो । त्यति सहज भने थिएन । तर, हामी भान्सामा काम गर्ने भएकाले त्यति गाह्रो पनि थिएन ।’ एक वर्ष इराकमा बिताएर ङवाङ योन्तेन नेपाल फर्किए । परिवारले उनलाई फेरि त्यो ठाउँमा नजान दबाब सिर्जना ग¥यो । उनले पनि त्यो दबाबलाई किनारा लगाउन सकेनन् । त्यसपछि उनले अन्य कन्ट्रीका लागि ट्राइ गरे । अन्ततः सबैभन्दा राम्रो अवसर उनका अगाडि आयो । बेलायतबाट उनका आफन्तले राम्रो जागिरको अवसर भएको र इच्छुक भए एप्पलाई गर्नु भनि जानकारी दिएका थिए । ङवाङ योन्तेनले पनि यो अवसरका लागि अप्लाइ गरे । देशले यता गणतन्त्रको काचुली फेर्दै थियो । उता उनको जीवनमा नयाँ अवसरले काचुली फेर्ने क्रम सुरु ग¥यो । ‘सन् २००६ को कुरा हो । नेपालमा गणतन्त्र ल्याउनका लागि आन्दोलन चलिरहेको थियो म भने डकुमेन्ट तयार गरेर बेलायत हानिए ।’ उनी सपनाको देश बेलायत गए ।
यो नै ङवाङ योन्तेनको जीवनको टर्निङ प्वाइट बन्यो । बेलायतमा राम्रो जागिर पाएपछि उनको जीवनले पनि कोल्टो फेर्दै गयो । ‘त्यसपछि मेरो धारणा फराकिलो बन्दैं गयो,’ उनी आफ्नो दृष्टिकोण फराकिलो बन्नुको कथा सुनाउँछन्, ‘आर्थिक रूपमा बलियो बनेपछि नै धारणा र दृष्टिकोणहरू पनि बलिया बन्दोरहेछन् ।’
सन्तुष्टी के हो ? चियाको सुर्को लिइरहेका उनलाई छेवैमा नियालेर अर्को प्रश्न थपे, ‘सन्तुष्टी त्यो हो जो योग्यता र क्षमताका आधारमा मुल्यांक गरिनुपर्छ,’ उनले आफ्नो बुझाइ सुनाए, ‘क्षमता र योग्यता भन्दा बढी महत्वकांक्षा पालियो भने सन्तुष्टी प्राप्त गर्न सकिदैंन ।’ सफलता कसरी प्राप्त हुन्छ ? अर्को एक जिज्ञाशा उनलाई थपियो । ‘संघर्षबाट नै सफलता प्राप्त हुन्छन्,’ आफ्नो सफलताले सिकाएको उत्तर सुनाए, ‘त्यसैले संघर्ष गर्न छाड्नु हुँदैंन ।’ संघर्षका पसिनाहरूले सफलताको स्वाद चखाउँदैं गएपछि ङवाङ योन्तेन आफूमात्र होइन् । समुदाय, गाउँ र देशका बारेमा सोच्न सक्ने भएका छन् । ‘आफूलाई जीउन सहज भएपछि म समुदाय र समाजका बारेमा सोच्न सक्ने भएको छु,’ उनले भने, ‘मेरो धारणा परिवर्तन गर्नुमा टेक्नोलोजी र फेसबुक ट्वीटरजस्ता सोसल नेटवर्किङ साइटहरूको पनि भूमिका छ ।’ ङवाङ योन्तेन अब विभिन्न सामाजिक कार्यहरूमा पनि अग्रसर हुन थालेका छन् । च्यारिटी, पुस्तकालय निर्माण, विभिन्न परोपकारी कामका लागि हुने सहयोग संकलनहरूमा पनि उनको अग्रसरता रहने गरेको छ ।
उनी अहिले शेर्पा संघ युकेको महासचिवको रूपमा कार्यरत छन् । जसले शेर्पा समुदायका सामाजिक, साँस्कृति र परोपकारी क्षेत्रमा काम गर्छ । ‘मानिसहरू यसलाई जातीय संगठन भन्छन्,’ सन् २०१३ देखि शेर्पा संघको महासचिव बनेका ङवाङ योन्तेन भन्छन्, ‘तर, हाम्रो संस्था शेर्पा भाषा, रितिरिवाज, मर्दापर्दा सहयोग गर्नुका साथै आउँदो पुस्तामा आफ्नोपन जिउँदो राख्नु हो ।’ संस्थाले युकेभर रहेका करिब ४÷५ सय शेर्पाहरूलाई अप्ठ्यारो पर्दा त्यसलाई टार्नका लागि भूमिका खेलिरहेको छ । नेपालमा शेर्पा समुदायलाई कतै समस्या पर्दा बेलायतमा शेर्पा संघ युके सहयोगका लागि जुर्मुराउँछ । संघले क्यान्सर पिडित मेन्दो ल्हमुको आमा ल्हाक्पादिकी शेर्पालाई झण्डै तीन लाख भन्दा बढी सहयोग गरेको छ । उसले शेर्पा संस्कृति जगेर्ना गर्न क्रियाशील रहेको हिमालय शेर्पा साँस्कृति केन्द्र धरानलाई २० हजार सहयोग गरिरहेको छ ।
बेलायत हयाम्पसपायर काउन्टीमा बस्ने ङवाङ योन्तेनको समाजसेवाको परिभाषा यस्तो छ, ‘अरूलाई खुशी बनाउन सक्नु नै समाजसेवा हो । समाजसेवा गरेर रिटर्न खोज्ने कुरा कुविचार हो ।’ त्यसैले उनी अब आफ्नो व्यवसायिक जीवनबाट बचेको धेरथोर समय समाज र परोपकारमा लगाउन चाहन्छन् । जसमा उनकै भनाइलाई मान्ने हो भने सन्तुष्टी छ र असली मानवता छ । त्यसैले नै होला उनले १० करोड अक्षयकोष निर्माण अभियान थालेको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको सहयोग जुटाउने अभियानमा समेत कोअर्डिनेटर बनेर काम गरिसकेका छन् । ‘सुर्य गुरुङ चिफ कोअर्डिनेटर हुनुहुन्थ्यो । मैले पनि कोअर्डिनेटर बनेर त्यसमा काम गरे,’ उनले भने, ‘मलाई यस्ता सामाजिक र परोपकारी काममा सहभागी हुँदा आनन्द आउँछ । त्यसैले म क्रियाशील हुन्छु ।’
ङवाङ योन्तेनको जीवनको अर्को रमाइलो पाटो छ । उनी सामाजिक र परोपकारलाई माध्यम बनाएर ब्लग लेख्छन् । यसको फाइदा उनलाई राम्रोसँग थाहा छ, ‘सबैसँग सजिलै पुग्न सकिने, न टिकट चाहिने न त्यति समय नै ।’ उनले परोपकारका क्षेत्रमा क्रियाशील टीएफसी नेपाल, बुक फर भिलेज लगायतका सोसल क्याम्पेनहरूमा पनि सहभागिता जनाएका छन् । जसले नेपालका स्कुलहरूमा पुस्तक वितरण र पढ्न नसक्ने विद्यार्थीहरूका लागि सहयोग जुटाउने काम गर्छ । ‘यो हामी धेरै साथीहरूको क्याम्पेन हो,’ उनी भन्छन्, ‘म पनि यसमा साथीहरूस“ग सहयोगी हातमात्र मिलाउन खोजिदिएको हुँ ।’ स्टाटस लेख्ने र त्यसैमा रमाउनेहरूका लागि ङवाङ योन्तेन नमुना बन्न सक्छन् किनभने उनी फेसबुक, ट्वीटर र ब्लग परोपकार र सामाजिक सेवाका लागि उपयोग गछ्र्रन् ।
बिल गेट्स, स्टीभ जब्सको बायोग्राफीबाट प्रभावित ङवाङ योन्तेन मान्छेलाई राम्रो काम गर्न डिग्री जरूरी पर्छ भन्ने कुरा मान्दैनन् । बरू, उनी सत्कर्म र सतविचारलाई मानिसको डिग्रीका रूपमा परिभाषित गर्छन् । भन्नैपर्छ, समाजमा ङवाङ योन्तेनकैजस्तै विचार पाल्नेहरूको जमात पनि छ, जो अरूको दुःखमा दुःखी बन्छ र अरूको हाँसोमा आफू पनि हाँस्न सक्छ । यसैलाई त भनिएको होला, मानवीयता । परोपकार र सामाजिक अभियानमा अग्रसर ङवाङ योन्तेनका पाइला सधैं मानवीयताको यही उचाइँतर्फको यात्रामा यात्रारत रहुन । हाम्रो शुभकामना ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...
सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश
काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...
राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...