सडकमा मात्रै गुञ्जिन्छन् यिनका गीत – Janata Live
  • Friday, February 3, 2023

सडकमा मात्रै गुञ्जिन्छन् यिनका गीत

  • जनता लाइभ
  • चैत २१, २०७५

सडकमा मात्रै गुञ्जिन्छन् यिनका गीत

काठमाडौं : सात वर्षको उमेरमा आँखाको दृष्टि गुमाएका काभ्रे देउपुरका ४० वर्षीय गोपाल बिक २ वर्षयता राजधानीका सडकमा गीत गाएर जीविकोपार्जन गरिरहेका छन् । बिहानैदेखि सडकपेटीमा बसेर गीत गाउनु र साँझ परेपछि डेरा फर्किनु उनको दिनचर्या नै बनिसकेको छ ।

उनका केही सपना छन् र केही चाहना पनि । त्यसैले त घामपानी, धुँवाधुलो नभनी खटिरहन्छन् सडकमा माइक बोकेर । सानो बाकसजत्रो साउन्ड बक्सका माध्यमबाट केही म्युजिक ट्र्याकमा गीत गाएर यात्रुलाई मन्त्रमुग्ध पार्दै आम्दानी गर्न खप्पिस छन् उनी । उनलाई सडकमा गीत गाउन सहयोग गर्छिन् उनकी श्रीमती आरतीले ।

आरती पनि आँखा कम देख्छिन् तर मनको आँखाले संसार देख्छ यो जोडी । यो दृष्टिविहीन जोडीको संगीत मोह र लगावप्रति कसैको प्रेम छैन, छ त केवल अलिकति दया र सहानुभूति । दयालुहरू ५/१० रुपैयाँ सहयोग गर्छन् र बाटो लाग्छन् । यसरी दाताले दिएको सानो रकम बिक दम्पत्तिका लागि भने धेरै हुन्छ ।

भूकम्पपछि प्रगति
भूकम्पअघिसम्म गाउँमा मागेर खाने यो जोडी भूकम्पमा घर भत्किएपछि बेवारिसे जस्तै बन्यो । त्यसपछि दुई बच्चाको पालन पोषणको जिम्मेवारीका साथ राजधानी हान्नियो यो जोडी । त्यसै पनि राजधानीमा कोठा पाउन गाह्रो छ । कोठा खोज्ने क्रममा यो जोडी गोकर्ण पुग्यो । राजधानी आउँदा यसरी सहज रूपमा दैनिकी चल्छ भन्ने उनीहरूले सोचेका पनि थिएनन् । गाउँमा मेलापात गर्दा मात्रै गीत गाउने उनलाई राजधानीमा त्यही गीत कमाइ गर्ने माध्यम बन्ला भन्ने लागेको थिएन ।

‘आखाँले साथ नदिए पनि गलाले साथ दिएको छ, कला भएको मान्छे भोकै नमर्ने रहेछ,’ उनले भने, ‘काठमाडौं आएर निरन्तर गीत गाउन थालेपछि त निक्कै सहज पो भयो ।’ अहिले उनी गीत गाएरै दिनमा १५ सयदेखि २५ सय रुपैयाँसम्म आम्दानी गर्छन् । तर, गीत गाएर जिविकोपार्जन गर्न त्यति सहज भने छैन । चर्को घाम होस् या मुसलधारे पानी, धुलोधुँवा र हुरी नभनी अनवरत गीत गाइरहेका हुन्छन् ।

सपनाको बाधक धुलो
गीत गाउन वातावरण चाहिन्छ । काठमाडौंमा पछिल्लो समय धुवाँधुलो अति छ, त्यसमाथि चैतको हुरीबतासले उनीहरूको सपानामाबा बाधा हाल्न खोजिरहन्छ । मिठो गीत गाउन उनीहरूलाई धुलो र धुवाँले अवरोध गर्ने गरेको छ । कहिलेकाहीँ धुलोका कारण गलामा समस्या आउँछ । उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि गलाको अवस्था ठिक हुनुपर्छ, नत्र कसरी कमाउनु पैसा अनि कसरी पूरा गर्नु सपना ?’

उनको सपना अरूको भन्दा बेग्लै छ । केही आम्दानी गरेर परिवार पाल्नु मात्र उनको सपना होइन । उनले आफूजस्तै दृष्टिविहीनको उत्थानका लागि आर्थिक संकलन गरी कोष निर्माण गर्ने लक्ष्य लिएका छन् । त्यही उद्देशयले केही महिनाअघि मात्र ‘दृष्टिविहीन अपांग अनाथ समाज नेपाल’ नामक संस्था स्थापना गरेका छन् ।

कसले बुझ्ने मर्म ?
राजधानीका अधिकांश सडकपेटीमा गीत गाएर ६० भन्दा बढी दृष्टिविहीनले जिविकोपार्जन गर्ने गरेका छन् । उनीहरूको गीत–संगीतले हरेक दिन सडक गुञ्जायान बनेको हुन्छ । तर, राज्यले संगीतको झंकार सुन्दैन, सडकका यात्रुले सडकमा बज्ने गीतको मर्म बुझ्दैनन् । यस्ता गुनासो धेरैको छ ।

१० वर्षदेखि न्युरोडको सडकमा गीत गाउँदै आएका नुवाकोट डाँडाँगाउँका रमेश गिरीले दुखेसोे पोखे । राज्यले आफ्नो कलाको अबमुल्यन गरेको उनी बताउँछन् । विक र गिरी सडकपेटीमा गीत गाउने दृष्टिविहीन कलाकारका प्रतिनिधि पात्र मात्र हुन् । नेत्रहिन महिला संघकी सीता सुवेदीका अनुसार, पहिले विभिन्न रोधीघर तथा दोहोरी साँझमा गीत गाउने दृष्टिविहीनहरू त्यहाँबाट राम्रो आम्दानी हुन नसकेपछि सडकमा आएर गीत गाउन थालेका हुन् । सडकमा गीत गाउनु उनीहरूको बाध्यता रहेको सीताको भनाइ छ ।

केही महिनाअघि संघको पहलमा दृष्टिविहीनका लागि तीन महिने संगीत प्रशिक्षणसम्बन्धी तालिम पनि दिइएको थियो । सो तालिममा ८० भन्दा बढी दृष्टिविहीन सहभागी थिए । त्यहाँबाट संगीत सिकेका दृष्टिविहीन काठमाडौं उपत्यकाबाहेक अन्य शहरमा पुगेर गीत गाइरहेका छन् । तर, राजधानीको तुलनामा अन्य जिल्लामा कम देखिएको सुवेदीको भनाइ छ ।

संस्था मात्रै धेरै
दृष्टिविहीनका लागि खुलेका ती संस्थाले उनीहरूका लागि खासै प्रभावकारी काम गर्न नसकेको गुनासा बेलाबेलामा नआएका पनि होइनन् । दृष्टिविहीनको हक–हित र संरक्षणका लागि राजधानीमा मात्रै १० वटा संस्था कार्यरत छन् । तर, उनीहरूका संस्था पनि सरकारीजस्तै बनेका छन् ।

उनीहरूका नाममा खोलिएका ती संस्थाहरूले स्वयम् उनीहरूको संरक्षणमा भने कुनै काम गर्न सकेको पाइँदैन । त्यसका अलावा दृष्टिविहीनका सीप, कला र क्षमतालाई सरकारले पहिचान गरी उचित संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो । तर, यसतर्फ राज्य भने उदासिन देखिन्छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...