जमीन बाँझो राख्नेलाई कारवाही : सञ्चार मन्त्री बाँस्कोटा – Janata Live
  • Friday, February 3, 2023

जमीन बाँझो राख्नेलाई कारवाही : सञ्चार मन्त्री बाँस्कोटा

  • चैत २०, २०७५

जमीन बाँझो राख्नेलाई कारवाही : सञ्चार मन्त्री बाँस्कोटा

काभ्रे, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् ।

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्छ, आफ्नो बाँझो रहेको जमीन उत्पादनमूलक बाली लगाउनुस् ।’ उनले एक सय रोपनीभन्दा बढी जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्ने बताए ।

‘जमीन बाँझो राख्नेलाई कारवाही गर्न जमीन ऐन तयार भैइसक्यो’, उनले भने, ‘जमीनमा उत्पादनमूलक व्यावसायिक खेती गर्न सरकारले यस्तो नीति ल्याएको हो ।’ उनले व्यावसायिक खेती एवं पशुपालन गर्नेलाई सरकारले कृषि सहकारीमार्फत ऋण सहयोग गर्ने बताए ।

मन्त्री बाँस्कोटाले एक वर्षभित्र सामुदायिक माविलाई प्रविधिमैत्री बनाइने बताए । उनले भने, ‘सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीले एक वर्षभित्र आफ्ना पाठ्यक्रम कम्प्युटरमार्फत पढ्न पाउने वातावरण तयार गर्छौँ ।’

मन्त्री बाँस्कोटाले फरक प्रसंगमा तीनवटै सरकारले विकासका लागि ग्रामीण भेगमै बजेट लगाउने भएकाले प्राथमिकताका आधारमा विकासका काम थालिएको बताउँदै सोहीअनुरुप स्थानीय तहले आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्न आग्रह गरे ।

उनले भने, ‘जताततै सडक नखनौँ, प्राथमिकतामा एउटा योजना बनाएर त्यसैलाई गुणस्तर बनाउनुपर्छ, हामीले दिगो विकास चाहेका हौँ, क्षणिक हैन ।’ रासस

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...