निर्वाचन आयोग प्रमुखको नाम सिफारिसको विषयमा भट्टराई र कार्कीबीच घोचपेच – Janata Live
  • Friday, February 3, 2023

निर्वाचन आयोग प्रमुखको नाम सिफारिसको विषयमा भट्टराई र कार्कीबीच घोचपेच

  • पत्रपत्रिका
  • चैत २०, २०७५

निर्वाचन आयोग प्रमुखको नाम सिफारिसको विषयमा भट्टराई र कार्कीबीच घोचपेच

काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिसको विषयलाई लिएर जुहारी चल्न थालेको छ । मंगलबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा सदस्यहरूबीच यसै विषयमा जुहारी चल्यो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीबीच त घोचपेच नै चल्यो । सांसद् भट्टराईले प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई सजिलो होस् भनेर नै परिषद् बैठकमा नआउनुभएको हो कि भन्दै व्यङ्ग्य गरे । देउवा काठमाडौंमा भएर पनि परिषद बैठकमा नआएको नेकपाको आरोप छ ।

‘केही गुनासा भए बैठकमा आएर राख्न सकेको भए राम्रो हुन्थ्यो’ भट्टराइले भने ‘असहमतिलाई देउवाजीले वैधानिक हिसावले दर्ज गर्नुभएको भए त्यसको सान्दर्भिकता बढने थियो, देउवाजीको प्रक्रिया गलत भयो ।’ भट्टराइले बोलिसकेपछि बोल्ने पालो पाएका कांग्रेस सांसद कार्कीले संवैधानिक परिषदलाई ‘रबरस्टाम्प’ बनाउन खोजिएको आरोप लगाए ।

संवैधानिक परिषदको महत्व नबुझिएको हो कि जस्तो लाग्छ, परिषद अध्यक्ष प्रधानमन्त्री ओलीले हिँडेको बाटो पूर्णरुपमा गलत छ’ कार्कीले भने ‘सरकार सबै निकायलाई ‘क्याप्चर’ गर्न लागेको छ, वैधानिक रुपले सभापति देउवाले बैठकमा आउन सक्दिन भनेपछि बैठक बोलाइहाल्नुपर्ने तत्काल कुनै बाध्यता थिएन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...