छिमेकीलाई फकाएर चीन ‘एसियन युग’ निर्माणमा गर्ने अभियानमा – Janata Live
  • Sunday, February 5, 2023

छिमेकीलाई फकाएर चीन ‘एसियन युग’ निर्माणमा गर्ने अभियानमा

  • पत्रपत्रिका
  • चैत १७, २०७५

छिमेकीलाई फकाएर चीन ‘एसियन युग’ निर्माणमा गर्ने अभियानमा

काठमाडौं, १७ चैत । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ ।विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो ।

अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कुटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ ।

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो।

छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’

चिनियाँ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’

चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहुँच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ।

छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...