नचाउनका लागि नाचेका मान्छे – Janata Live
  • Sunday, February 5, 2023

नचाउनका लागि नाचेका मान्छे

  • जनता लाइभ
  • चैत १६, २०७५

नचाउनका लागि नाचेका मान्छे

ओपन हार्ट सर्जरी गरेको छ महिना भयो । माइल अट्याक्ट भएको थियो । डाक्टरले मद्यपान/धुम्रपान गर्न मनाइ गरेका छन् । तर राजु शाह कहिलेकाहीँ ‘तलतल’लाई रोक्न सक्दैनन् र चुरोट सल्काउँछन्, ‘डाक्टरले धेरै पो नखानु भनेका हुन् ।’ धुवाँको मुस्लो फुक्दै भन्छन् ।

२०२१ फागुन १५, मा जन्मिएका राजु ‘राजेन्द्र शाह’ हुन् । तर नेपाली सिने क्षेत्रले उनलाई कोरियोग्राफर ‘राजु शाह’ बनायो । सानैदेखि नाच्न रुचाउने राजु शाहले नेपालका सबै कलाकारलाई नचाइसके । अहिले पनि फिल्म लाइनमा कुदिरहेका छन् । साँच्चै नचाउन नाचेका राजु शाहका संघर्षका दिनहरू कस्ता थिए त ?

एकेडेमीले जागिर दिएको ठिटो
चालिसको दशकमा राम्रो नृत्य गर्नेहरूको खोजी गरिन्थ्यो । त्यस्तै खोजीमा थियो प्रज्ञा प्रतिष्ठान । नेपालमा बेलायती रानी एलिजावेथ आउँदै थिइन् । उनको स्वागतका खातिर प्रज्ञा प्रतिष्ठानले नेपाली लोक नृत्य र झाँकी देखाउन चाह्यो । गतिलो नाच्नेहरूलाई खोज्यो । त्यो खोज राजु शाहसम्म पनि पुग्यो ।

कुपण्डोलको अमर शिशु विद्यालयले एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा तुलसी घिमिरेको पनि अतिथि थिए । बम्बैबाट फर्किएपछि उक्त विद्यालयमा पार्टटाइम नृत्य सिकाउथे । राजुले डान्स सिकाएका विद्यार्थीको नाच हेरेर तुलसी घिमिरेले राजुलाई तुरुन्तै खोजे । दुई थोपा आँसुनामक फिचर फिल्ममा ब्रेक दिए । जुन गीतमा राजुका विद्यार्थीहरूले कोरस नाचे । र राजु कोरियोग्राफर भए ।

राजु शाह प्रज्ञा प्रतिष्ठानले खोज्नु अगाडि सामान्य कल्चरहरूमा नाच्थे । उनी एकेडेमी आए । त्यहाँ भव्य तयारी थियो । त्यो तयारीमा सहभागी हुन पाए उनी । खासमा एकेडिमीले ‘कन्ट्याक्ट’मा ल्याएको थियो राजुको समूहलाई । रहरमा नाचिरहेका तान्नेरी राजुलाई प्रतिष्ठित संस्थाले अफर ग¥यो— नेपाल एकेडेमी

उनले एकै दिनमा चारओटा गीतमा रिर्हसल गरे । लोक सांस्कृति झल्किने चारै गीतको नृत्यले आयोजक उत्साहितसमेत भए । उनी सम्झदै भन्छन्, ‘मेरो उर्जाले नै एकेडेमीले जागिर दिएको थियो ।’
२०४० सालतिर प्रज्ञा प्रतिष्ठानमा कुलपति लेखक नैनसिंह वाङदेल थिए । उपकुलपति कवि माधवप्रसाद घिमिरे, सचिव नाटककार विजय मल्ल थिए । त्यस्ता ऐतिहासिक धरोहरको माँझमा उनले आफ्नो प्रस्तुति गर्न पाए । त्यही प्रस्तुति आजसम्मको जग भइदियो उनको नाचमा ।

कार्यक्रम सकिएपछि प्रज्ञाले जागिर खान अनुरोध ग¥यो । उनले त्यो अफरलाई सहजले स्वीकारे । मासिक ११ सय रूपैयाँ तलब थियो । भिआईपीहरूको स्वागतका लागि मात्रै बृहत तयारीमा लाग्नुपथ्र्यो । जागिरे हुँदाताका नै उनले माधवप्रसाद घिमिरेको ‘मालती मंगले’ नाटक पनि खेले । ‘मालती मंगले’ ले उनलाई पहिलोपटक अभिनयको रस पनि चखायो । उनी प्रज्ञाका दिनहरू सम्झदै भन्छन्, ‘एज अ डान्सरको रूपमा जागिर खाएको थिएँ ।’

फिल्मको दुनियाँले उनलाई लोभ्याइरहेको थियो । तर उनी परिपक्क भने थिएनन् । तर उनले जागिर खाँदै आफ्नो डान्सलाई पनि तिखार्दै लगे । बिस्तारै उनलाई थाहा भयो, ‘डान्स मेरो रौं–रौंमा छ ।’
उनलाई नाचको नशा गज्जबले लाग्यो । आफूले जानेको सीप दुनियाँसामु देखाउन चाहे । त्यसको लागि फिल्म लाइनमा लाग्नुपथ्र्यो । तर नेपालमा अत्यन्तै न्यून फिल्म बन्थे । जहाँ अवसर पाउनै गाह्रो हुन्थ्यो ।

२०४० देखि ४५ सम्म उनी एकेडेमीमा जागिरे भए । एउटा जागिरे ठिटो क्रमशः आफ्नो नृत्यलाई चिन्दै गए । एकेडेमीको जागिरले उनको नृत्यको बाटोलाई छेक्न सकेन । सीमित नाचेर राजु अघाएनन् । उनलाई थप डान्सको भोक लाग्न थाल्यो । भोकाएको बाघले आहरा खोजेझै राजु पनि आफ्नो नृत्यलाई बढुवा दिन बम्बै सोच्न थालें ।

सोचेः बम्बै जानुपर्छ
चालिसको दशकमा हिन्दी फिल्मको प्रभाव नेपाली युवा मनमा पर्दै गइरहेको थियो । त्यसैको नक्कल गर्दै एकादुई फिल्म वर्षेनी नेपालमा बन्न थाले । त्यही सुटिङको छेको पारेर ‘म्याक्सीमम्’ राजु शाह सुटिङ हेर्नु पुग्थे । दिनभरि सुटिङ हेरेर घर फर्किन्थे । सुटिङको नक्कल गर्दै आफ्ना हातगोडा नचाउथे अनि क्यामराको एंगल बुझिटोपलिन्थे । त्यसैलाई सपना बनाएर लागे राजु । र सोचे, ‘एकदिन फिल्ममा निर्देशन गर्नेछु ।’

यो उनको ‘यम’ थियो । यही यमले उनलाई बम्बै नगरीले तानिरह्यो । ४५ सालमा उनी बम्बै पुगे । तर उनले सोचजस्तो थिएन बम्बै । इन्डस्ट्रीभित्र कसरी पस्ने भन्ने चिन्ताले उनलाई पीर प¥यो । गोपाल वालीसँग उनको पहिलो भेट भयो । त्यो भेट पनि संयोग थियो । सुनिल दत्तको भान्जा गोपाल वालीको भेटले उनलाई बम्बै फिल्म नगरी चिन्ने ठूलो अवसर दियो । बालीकै संगतले बम्बैका गल्लीहरू छिचोल्न थाले ।

पाली नाका पुगेपछि सुटिङ स्पोर्टमा जाने । डान्स डाइरेक्टरहरूसँग संगत गर्ने । निरन्तर चिनजान बढाउने अभियानै चलाए । फिल्मको डान्स डाइरेक्टर बन्न— क्यामराको एंगल, फोकस, सर्टब्रेक, थिम, फ्रेम, रिल, एक्सन/कटजस्ता टेक्निकलतिर चासो दिन थाले । र विनोद प्रधानसँग उनले क्यामराका बारे सिक्दै गए ।

बम्बै नगरीले उनलाई फेरि सिकारु डान्सर बनायो । पुनः डान्स कलास जान थाले । जहाँ पाए— गोपीकृष्ण जस्ता डान्स गुरू । राष्ट्रपति पुरस्कार पाएका कत्थक डान्सका मसिहा, गोपीकृष्णबाट जब डान्सका स्टेपहरू गन्न थाले, राजुका दिनहरू क्रमशः सजिला हुँदै गए । ‘दास्तान’, ‘महेबुबा’, ‘उमराजान’, ‘नाचे मयुरी’ जस्ता चर्चित गीतका निर्देशक गोपीकृष्णलाई उनी आज पनि उस्तै सम्मान र मिस गर्छन् ।

घरकाले उनलाई कहिल्यै स्वीकारेनन् । खान्दानमै नगरेको काम उनले गरे । उनका अभिभावकहरू जहिल्यै उनलाई अन्य काम गर्न सल्लाह दिन्थे । तर उनले आफूलाई कहिल्यै अन्त मोड्न सकेनन् । ठूलो परिवारका उनलाई परिवारले सपोर्ट नगर्दा नगर्दै स्वीकारिए । आफैसँगैका साथीहरू डिआईजी भइसके । उनलाई देख्नेहरूले जहिल्यै राम्रो मान्छन् । त्यसमा पनि उनी गर्व गर्छन् ।

छ वर्ष उनले डान्स सिके । प्रज्ञा प्रतिष्ठानको जागिरे ठिटोले आफूलाई निखार्दै ल्याए । तर उनी डान्स मात्रै गर्थेनन् । बम्बैले उनलाई एडिटिङ पनि सिकायो । ‘सुबोध श्रीधर’सँग उनले एडिटिङ सिक्दै गए । त्यसपछि उनी भिएन मायाकरको असिस्टेन्ट हुन पाए । १९९० का बलिवुड फिल्म ‘अन्दाज अपना अपना’, ‘घायल’, ‘दामिनी’, ‘वास्तव’, ‘पुकार’ जस्ता हिट फिल्मका एडिटर भिएन मायाकारको असिस्टेन्ट भएपछि राजुले आफूलाई एडिटरमा पनि उभ्याउन सफल भए । ‘बैङ्कको चोर’, ‘वर्षात’ जस्ता फिल्म उनको आँखैअघि एडिट् भए । त्यसले पनि उनलाई सिक्ने उर्जा थपिदिइरह्यो । त्यही उर्जा बटुलेर उनी २०४९ सालतिर नेपाल आए ।

पहिलो फिचर फिल्म
जुन त लग्यो ताराले, मन त लग्यो मायाले…
यो चर्चित गीत ‘दुई थोपा आँसु’को हो । यस गीतको कोरियोग्राफी राजु शाहले गरेका हुन् । यसै गीतबाट नेपाली फिचर फिल्ममा राजुले प्रवेश गरे । त्यो अवसर जुटाइदिए निर्देशक तुलसी घिमिरेले ।
कुपण्डोलको अमर शिशु विद्यालयले एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा तुलसी घिमिरे पनि अतिथि थिए । बम्बैबाट फर्किएपछि उक्त विद्यालयमा पार्टटाइम नृत्य सिकाउथे । राजुले डान्स सिकाएका विद्यार्थीको नाच हेरेर तुलसी घिमिरेले राजुलाई तुरुन्तै खोजे । दुई थोपा आँसु नामक फिचर फिल्ममा ब्रेक दिए । जुन गीतमा राजुका विद्यार्थीहरूले कोरस नाचे । र राजु कोरियोग्राफर भए ।

अर्कोपटक पनि उनले तुलसी घिमिरेको ‘देउता’ पाए । देउताको ‘हुँदैन रेलिमाई च्याट्टै बिसर्न’ बोलको गीत पनि हिट भयो । सहरदेखि गाउँसम्म उक्त गीत बज्न थाले । त्यसपछि राजु शाह नेपाली निर्देशकको आँखामा पर्न थाले । उनलाई कामको ओइरो आउन लाग्यो । त्यही क्रममा उनलाई सडक फिल्मको गीतमा पनि कोरियोग्राफर गर्न अफर आयो ।

‘जहिलेदेखि तिमीसँग प्यार भयो’ यस गीतको लागि उनले भव्य सेटको निर्माण गरे । नेपाली फिल्ममा खिचिने डाडाकाँडाको परिधि तोडिदिए राजुले । त्यही प्रचलन आजसम्म पनि पछ्याइँदै छ । राजु सम्झदै भन्छन्, ‘सेटमा फिल्म खिच्न जोखिम थियो तर मैले पहिलोपटक खिचिदिएँ ।’
सायद राजु शाह, पहिलो नेपाली नृत्य निर्देशक हुन् जसले सेटमा फिल्म खिच्न लगाए ।

सेटमा फिल्म खिच्न निर्माता निर्देशक अन्कनाउछन् । फ्रिको लोकेसनमा खिचेको बानी खर्चिन डराइहाल्छन् । पहिलो सेटमा राजुले २ लाख खर्चन लगाए । तर बजारमा ५ लाखको हल्ला चलेको थियो । त्यही हल्लामा अर्को हल्ला बन्यो— राजु शाह सेटमा खिच्न रूचाउँछ ।’
२०४९ सालको अन्तिमतिर फेरि उनी बम्बै फर्किए । त्यहाँ स्थापित हुनु उनको धोको थियो । त्यसैले घरीघरी बम्बै तान्थ्यो उनलाई ।

शेखर कपुरले मागेको बच्चा
बम्बै पुरानै ठाउँमा पुगे । भिएन मायाकरसँग एडिटिङ असिस्टेन्ट गर्न थाले । एकदिन त्यही शेखर कपुरलाई भेट्न पाए । शेखर कपुरको नयाँ फिल्म आउँदै थियो— ‘मिस्टर इण्डिया’ । ‘जुन त लग्यो ताराले’ गीतको भिडियो देखाए । राजुको काम देखेर शेखर कपुर खुसी भए । त्यही खुसीमा शेखरले ‘जुन त लग्यो ताराले’ बोलको गीतमा नाच्ने कोरस बालिकाहरू ल्याउन भने । ती बालबालिका ‘मिस्टर इन्डिया’को आर्टिस्टका लागि खोजेका थिए ।

२५ वर्षीय राजुले शेखर कपुरले बच्चाको जिम्मा लिन नसक्ने कुरा राखे । शेखरले राजुलाई नै बच्चाको जिम्मा लिन अनुरोध गरे । तर उनले बच्चाको अभिभावक ल्याउन पर्ने कुरा राखे । पछि शेखर कपुरले त्यस किसिमको सर्त मान्न सकेनन् । २ वर्षपछि राजु फेरि केही गर्ने सोचले नेपाल आए । २०५१ सालतिर उनले साधनामा डान्स सिकाउन थाले । फिल्मको कामहरू पनि गर्न थाले ।

‘कर्जा’, ‘जन्मजन्म’ जस्ता फिल्म हातमा आउन थाल्यो । उनी फर्किन पाएनन् । आफूले निर्देशन गरेका गीतलाई आफै एडिट गर्न थाले । ५ वटा त प्रिन्टमै गरेका थिए उनले । टपले टेपले टाँस्नु पथ्र्यो । कोठाभरि नेगेटिभ हुन्थ्यो । साउण्ट र फिल्म अलग–अलग टेपमा चल्थ्यो । पहिलोपटक त उनले एडिटर भनेर चिन्थे कत्तिले । उनी हाँस्दै भन्छन्, ‘एडिटर पनि डान्स डाइरेक्टर हुन्छन् र ! भनेका थिए ।’ तर उनी डान्सरबाट एडिटर भएका थिए ।

राजश्रीले जन्माएकाहरू
पहिलोपटक ‘राजश्री डान्स कल्चर’ खोले बागबजारमा । ५१ सालदेखि २०६८ सम्म उनले राजश्रीलाई निरन्तरता दिए । कल्चर चलाउदै उनले नेपाली फिल्ममा कोरियोग्राफर पनि गर्दै गए । विनोद वलीलाई असिस्टेन्ट राखेर उनले दुवै काम गर्न थाले । राजश्रीले जन्माएका विद्यार्थी अहिले नेपालका चर्चित कलाकार, कोरियोग्राफर भएका छन् ।

उनले सिकाएका विद्यार्थीहरूमा विराज भट्ट, दिलिप रायमाझी, शुशिल क्षेत्री, रमेश उप्रेती, श्याम घिमिरे, किशोर खतिवडा, रमित ढुङ्गना, सुनिल श्रेष्ठ, करिष्मा मानन्धर, हरिश सिक्देल (आर्यन सिक्देल), पुजा चन्द, नन्दिता केसीजस्ता कलाकार छन् । प्रतिक श्रेष्ठ, दिनेश अधिकारीजस्ता चर्चित नेपाली फिल्ममा निर्देशन पनि गरिरहेका छन् । ५१ सालतिर प्रथेक रविद्यार्थीबाट २ सय शुल्क लिन्थे । उनी सम्झदै भन्छन्, ‘मेरो पहिलो डान्स विद्यार्थी पल्पसा डङ्गोल हुन् ।’
पल्पसा अहिलेकी चर्चित हाँस्यकलाकार हुन् ।

डान्स मास्टर, कपी मास्टर
आफूलाई जहिले ओझेलमा राखेर काम गरे राजुले । उनी काममा अति नै खटिन्छन् । राजु अहिले पनि कामबाहेक सबैसँग मिल्छन् । कसैलाई होच्याएर बोल्दैनन् । कामलाई जहिले केयर गरे । आज उनले बढी टाइम दिएका विद्यार्थीहरू नेपालका टप कलाकार भएका छन् । कत्तिले सिकेर कामलाई प्रोफेशनल बनाएका छन् ।

शानमिगेल फिल्म अवार्ड, गिताञ्जली सिने अवार्ड, नेपाली मोशन पिक्चर अवार्ड, गोर्खा दक्षिण बाहु र सिजि डिजिटल फिल्म अवार्डसमेत पाइसकेका छन् उनले ।

तन्नेरीमा प्रेम गर्ने मौका पाएनन् उनले । उनी हाँस्दै भन्छन्, ‘मेरो लक्ष्यमा डिस्टर्ब होला भनेर मैले लभसबमा ध्यानै दिइनँ ।’

कल्चरमा हिरोइन खोज्न धेरै डाइरेक्टर आए । उनलाई थाहा नदिइकन बाहिर—बाहिर हिरोइनको एग्रीमेण्ट गर्थे । निर्देशकलाई नि हतार थियो । कलाकारलाई नि हतार थियो । आठ सय जति गीतमा उनले कोरियोग्राफी गरिसके ।

फिल्महरूमा उनले जहिल्यै स्क्रिप्ट सुन्थे । गीतको थीम बनाउनुभन्दा अघि नै उनले फिल्मको कथा÷प्लट सुन्छन् । स्क्रिप्टमा बसेर पात्रको क्यारेक्टर कस्तो छ भनेर बुझ्थे । यो पाठ उनले बम्बैमा सिकेका थिए ।

उनी मनपर्ने निर्देशक दिपक रायमाझीलाई सम्झन्छन् । दिपक रायमाझीले जहिले नि ड्रेसमा ध्यान दिएको सम्झन्छन् । उनी आफै भन्छन्, ‘मलाई ड्रेसको ‘नलेज’ त्यति थिएन ।’ अझ हिरोइनको ड्रेसमा झन झण्झट मान्थे उनी । श्रीकृष्ण श्रेष्ठ सम्झदै भन्छन्— ‘जहिल्यै ड्रेसमा वाच गर्ने श्रीकृष्ण हो ।’
धिरेन शाक्य, राजेश हमाल, भुवन केसी, सौगात मल्लसम्मलाई उनले खुब नचाए । उनी भन्छन्, ‘सबैभन्दा बढी राजेश हमाललाई नचाएँ ।’

राजु लोकेसनमा चुजी छन् । सेटमा रूचि राख्छन् । ‘कसले चो¥यो मेरो मनमा’ उनले आफैले लोकेसन फिक्स गरे । त्यसको लागि उनले आफ्नै खर्च गरेर मिर्मि गएका थिए । कालिगण्डकी हाड्रोपावर लोकसनमा पुगेर आर्यन र रेखालाई नचाए । गीतको थिममा जहिल्यै पनि ‘कन्ट्युन्युटी टेक’ बनाउथे । ‘प्रिप्लान’ गरेर मात्रै ‘फ्लोर’मा जाने गर्छन् ।

९० प्रतिशत हिरोइनहरू सिकेर आएको थाहा छ उनलाई । तर हिरोहरूलाई खुट्टै उचाल्न आउँथेन । कति नायकहरू हिरो भएर नाच्न सिके । नेपाली फिल्ममा अझै पनि हेन्डसम् भएपछि हिरो भइन्छ भन्ने छ । पहिलोपटक भुवन केसीलाई नचाए । प्रत्येक टेक उनले राम्रो गराउथे । राजेश हमाललाई त रिर्हसल नै गराए । सरोज खानलजस्ता नाच्नै नजान्ने हिरोहरूलाई उनले क्यामरामा नचाए । आफूलाई अभागी ‘डान्स डाइरेक्टर’ भनेर पनि परिचय गराउँछन् । उनलाई भाग्यमानी नृत्य निर्देशक देख्छन्, बसन्त श्रेष्ठ, बसन्त जंग रायमाझी, शान्ता राई ।

१५० ओटाभन्दा बढी फिल्ममा काम गरे । पछिल्लो डान्स डाइरेक्टरहरू बढी कपी गरेको महसुस गर्छन् । डान्सै नसिकेका डान्स डाइरेक्टर भएर आएका छन् । उनी भन्छन्, ‘कपी मास्टरहरू आएका छन् ।’

गल्यामर दिने चक्करमा धेरै गीतहरू छाडापन बढेको देख्छन् उनी । ‘शो हो यो, शोमा कपी भएको छ । नृत्य नसिकेकाहरू डान्स मास्टर भए । ती कपी मास्टर हुन् । मान्छेलाई मन परेपछि चलेको हो ।
तर सिकेर आयो भने जहिले पनि नयाँ स्टेपहरू सिकाउन सक्छ । सिकेर आयो भने लय, ताल, स्टेप, फ्रेम, एंगल मिलाउन सक्छन् । कुन तालमा नाचिरहेको छ । वान टु थ्रि गो भन्न नआउनेहरू पनि छन् । त्यस्ता निर्देशकहरूलाई उनी ढुक्कले भन्छन्, ‘त्यो भनेको शोको दोकान हो ।’

नचाउन नाचेको मान्छे
घरकाले उनलाई कहिल्यै स्वीकारेनन् । खान्दानमै नगरेको काम उनले गरे । उनका अभिभावकहरू जहिल्यै उनलाई अन्य काम गर्न सल्लाह दिन्थे । तर उनले आफूलाई कहिल्यै अन्त मोड्न सकेनन् । ठूलो परिवारका उनलाई परिवारले सपोर्ट नगर्दा नगर्दै स्वीकारिए । आफैसँगैका साथीहरू डिआईजी भइसके । उनलाई देख्नेहरूले जहिल्यै राम्रो मान्छन् । त्यसमा पनि उनी गर्व गर्छन् ।

समय फेरियो । नयाँ नयाँ मान्छेहरूको आगमन भइरहेको छ । पूराना मान्छेहरू ओझेलमा परेका छन् । उनी समयको लिला भन्छन् । जीवनको हरेकपल रमाएर आधा शताब्दी कटाए । सकारात्मक सोच्न उनी पहल गर्छन् । दुःखी बन्न र बनाउन हुुँदैनन् भन्छन् । कसैलाई दुःखी बनाउनु हुादैन भन्ने सोच राखेका छन् उनले । प्रेमिल गीतहरूमा धेरै नचाए कलाकारलाई राजुले । तर समयले उनलाई नचाइरहेको देख्छन् । उनी प्रेमलाई कर्तव्य देख्छन् । उनी गमभीर भएर भन्छन्, ‘कर्तव्य पूरा गरेमात्रै प्रेम साँचो र गहिरो हुन्छ ।’
त्यस्तै प्रेम उनलाई नाचसँग भइदियो । -प्रकाशितः २०७४ फागुन १८

Loading...
Loading...
Loading...