पद्मसम्भव : जसले तिब्बतमा तान्त्रिक बौद्धबादको सुरुवात गरे – Janata Live
  • Sunday, February 5, 2023

पद्मसम्भव : जसले तिब्बतमा तान्त्रिक बौद्धबादको सुरुवात गरे

  • जनता लाइभ
  • चैत १४, २०७५

पद्मसम्भव : जसले तिब्बतमा तान्त्रिक बौद्धबादको सुरुवात गरे

पद्मसम्भव बौद्धाचार्य अथवा गुरु रिम्पोचे तिब्ब्तीमा “लोब पोन”  (आचार्य) या “पद्म जुड” ले (कमलबाट उत्पन्न) पनि भन्नेवाला एक पौराणिक भारतीय बौद्ध रहस्यबादी, जसले तिब्बतमा तान्त्रिक बौद्धबादको सुरुवात गरे तथा जसलाई त्यहाँ पहिलो बौद्ध मठ स्थापना गर्नेको श्रेय दिइन्छ ।

परम्पराको अनुसार, पद्मसंभव उद्यान (बर्तमान स्वात, पाकिस्तान) का निवासी थिए । यो क्षेत्र आफ्नो तान्त्रिक विद्याका लागि बिख्यात थियोे । त्यहाँ एक तान्त्रिक र योगाचार पथका सदस्य थिए तथा भारतको एक बौद्ध अध्यायन केन्द्र, नालन्दामा पढाउथे । ७४७ मा उसलाई राजा ठि स्त्रीङ देचनले तिब्बतमा आमन्त्रित गरे । त्यहाँ उसले कथित रुपले तन्त्र-मन्त्रद्वारा ती सैतानलाई भगाए, जसले भुकम्प उत्पन्न गरेर एक बौद्ध मठको निर्माणमा बाधा उत्पन्न गरिरहेको थियोे । उसले ७४९ मा बौद्ध मठको निर्माण कार्य पुर्ण हुन्जेलसम्म त्यसको रेखदेख गरेका थिए ।

तिब्बती बौद्ध पंथ ञिङ्गमा पा (पुरातन पथ)का सदस्य पद्मसंभवको तान्त्रिक क्रीया, पुजा तथा योगका शिक्षाको पालना गर्ने दावा गर्दछ । पन्थका शिक्षाको मौलिक पाठ्य सामग्री, जसको बारेमा भनिन्छ कि पद्मसंभवले त्यसलाई गाडी दिएका थिए । ११२५ को आसपासमा भेटिन थालियो । उसले कयौं तान्त्रिक पुस्तकको मुल संस्कृतबाट तिब्बती भाषामा अनुबाद पनि गराएका थिए ।

पौराणिक मान्यता:-

भारतको पश्चिममा ओड्डियान नामक एक स्थान छ । इन्द्रभुती नामक राजा त्यहाँ राज्य गर्दथे । अनेक रानी हुँदा पनि उसको कुनै सन्तान थिएन । उसले महादान गर्यो । याचकहरुको इच्छा पूरा गर्नका लागी स्वर्ण दिपमा स्थित नागकन्याबाट चिन्तामणी रत्न प्राप्त गर्नका लागि उसले महा समुन्द्रको यात्रा गरे । फर्किने समयमा उसले एक दिपमा कमलको भित्र स्थित लगभग अष्टबर्सिय बालकलाई देखे । उसले ती बालकलाई आफ्नो साथमा ल्याए राज्याभिषेक गरे । राजपुत्रको नाम सरोरुहवज्र राखियो । राज्यप्रति अरुचीका कारण उसले त्रिसुल र खडग लिएर, अस्थिहरुको माला धारण गरि नागो शरीर भएर ब्रताचरण आरम्भ गरे । नृत्य गर्ने समयमा उसको खडगबाट एक मन्त्रीका पुत्रको मृत्यु भयो । दण्डस्वरुप उसलाई त्यहाँबाट निष्कासन गरियो । उ ओड्डियानका दक्षिणमा स्थित शितबन नामक शमशानमा बस्न थाल्यो । त्यहाँ बस्दा बस्दै उसले मन्त्रचर्याको बलले कर्म – डाकिनीलाई आफ्नो बशमा गरे र लोकले उसलाई “शान्तरक्षित” नाम दिए ।

त्यहाँबाट उ जहोर प्रदेशको आनन्दवन नामक शमशानमा गए र विशिष्ट चर्याका कारण डाकिनी मारजितद्वारा अभिषेकका साथ अधिष्ठित गरे । तदन्तर त्यहाँबाट पुनः त्यस दिपमा गए, जहाँ उ पद्यमा उत्पन्न भएका थिए । त्यहाँ उसले डाकिनिका संकेतानुसार गृह्रातन्त्रका साधना गरे र बज्रबाराहीको दर्शन गरे । त्यही उसले समुन्द्रीय डाकिनीलाई वशमा गरे र आकासीय ग्रहमा अधिकार प्राप्त गरे । डाकिनीहरुले उसको नाम “रौद्रव्रबिक्रम” राखे ।

एक पटक उसको मनमा भारतीय आचार्यबाट बौद्ध एवं बौद्धत्तर शास्त्रका अध्यायनको इच्छा उत्पन्न भयो । तदनुसार जहोर प्रदेशका भिक्षु शाक्यमुनिका साथ आचार्य प्रहित भएको ठाउँमा पुगे । त्यहाँ उसले प्रब्रज्या ग्रहण गरे र उसको नाम “शाक्यसिंह” राखियो ।

तदन्तर उ मलय पबर्तमा निबाँस गर्नेवाला आचार्य मन्जुश्रीमित्रका साथमा गए । तिनीहरुले उसलाई भिक्षुणी आनन्दी भएको ठाउँमा पठाए । भिक्षुणी आनन्दीले उसलाई अनेक अभिषेक प्रदान गरिन् । भिक्षुणीको सानिध्यमा उसलाई आयुविद्या एवं महामुद्रामा अधिकार प्राप्त भयो । तदन्तर अन्य आचार्यसग उसले प्रब्रकिलबिधी, पद्यवाग्विधी, शान्त(क्रोध माया धर्म एवं उग्र मन्त्रका श्रवण गरे ।

तदन्तर उ जहोर प्रदेश गए र त्यहाँको राजकुमारीलाई वसमा गरेर पोतलक पर्बत गए । त्यस पर्बतको गुफामा उसले अपरिमितायु मण्डललाई प्रत्यक्ष दर्शन गरेर आयु साधना गरे, तीन महिनाको साधना अनन्तर वैरोचन अमितायु बुद्धको साक्षात दर्शन गरे । त्यसपछि उ जहोर र ओड्डियान गए र त्यहाँका लोकलाई सद्धर्ममा प्रतिष्ठित गरे । उसले अनेकौं तैर्थिकलाई शास्त्रार्थमा परास्त गरे तथा नेपाल गएर महामुद्राका सिद्धी गरे । प्रस्तुति: सुर्य घिसिङ, स्रोत: भारतकोश

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...