दोस्रो विश्व युद्धमा हराएको अमेरिकी हवाइजहाजको भग्नावशेष – Janata Live
  • Saturday, February 4, 2023

दोस्रो विश्व युद्धमा हराएको अमेरिकी हवाइजहाजको भग्नावशेष

  • एजेन्सी
  • चैत १४, २०७५

दोस्रो विश्व युद्धमा हराएको अमेरिकी हवाइजहाजको भग्नावशेष

अष्ट्रेलियाको पूर्वी कोस्टको करिब ८ सय किलोमिटर टाढा रहेको कोरल समुुन्द्रमा दोस्रो विश्व युद्धमा अमेरिकी जहाजको भग्नावशेष भेटिएको छ । ७५ वर्षपछि भेटिएको उक्त जहाज ३ किलोमिटर मूनी रहेको थियो । सन् १९४२ को मे ४ देखि ८ सम्म, कोरल समुन्द्रमा युद्ध भएको थियो । उक्त समयमा युएसएस लेक्ससिङ्टन जहाज प्रयोग भएको थियो । २ सयभन्दा बढी चालक दलको मृत्यृ भएको थियो । तर, उक्त जहाजलाई भने ननिकाल्ने धोषणा गरिएको छ । अमेरिकी नौसेनाले यसलाई विश्व युद्ध दोस्रोको चिहानको रूपमा लिई समुन्द्र मै दफ्नाउने निर्णय गरेको छ ।

सोही जहाजको भग्नावशेष गत आइतबार भुलक्यान कम्पनीले पत्ता लगाएको हो । अमेरिकी नौसेनाले उक्त खोज माइक्रोसफ्टका सहसंस्थापक पावल एलेनको नेतृत्वमा भएको थियो । यससँगै, एलेनको भुलक्यान कम्पनीले अहिलेसम्म ३५ मध्ये ११ वटा त्यस्ता जहाजहरूको भग्नावशेषहरू भेटाइसकेको छ ।

ऐतिहासिक रूपमा यस समुन्द्रमा भएको युद्धपछि जापानले प्रशान्त महासागर तर्फको युद्धलाई रोकेको थियो । जापानले टारपिडो र बमको आक्रमणपछि सो जहाज डुबेको थियो । २ सय १६ जनाका चालक दलहरूको मृत्यु भएको थियो । करिब २ हजार भने उद्धार गरिएको थियो ।
भुलक्यानका प्रवत्ता रोर्बट क्राफ्टका अनुसार दोस्रो विश्व युद्धको लेक्सिङ्टन जहाज हाम्रो प्राथमिकतामा थियो । यसकारण पनि यस जहाज भेटिनु ठूलो उपलब्धि भएको जनाए । गत वर्ष भूलक्यानले युएसएस ‘इन्डियानपोलिस्’ नामक जहाज पनि भेटाएको थियो ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...