छालामा रङको असर – Janata Live
  • Friday, February 3, 2023

छालामा रङको असर

  • जनता लाइभ
  • चैत १३, २०७५

छालामा रङको असर

भर्खरै होली सकियो । रङहरूको संयोजनले भरिएको होली पर्वलाई रंगिन बनाउँछ त रङहरूले नै । एकआपसमा रङ दलेर मनाइने यस पर्वका दिन हामी निचिने गरी अनुहारमा रङ दल्छौ । अन्य दिनहरूमा रङ लगाउन इग्नोर गर्नेले होलीको दिनमा सहजले रङ लगाउन दिन्छन् । तर रङ लगाउनाले छालालाई कति असर पर्छ भन्ने हामी हेक्का राख्दैनौ ।

पौराणिक कथा अनुसार होलिकाको अग्निदहकै दिन होली चाड भित्रिएको हो । होली पूर्णिमाको नाम दिइ मनाउदै आएको चाडलाई रङहरूको उत्सवले पनि परिचित छ । सामाजिक सद्भाव जोडिएको र आत्मियता बढाउने भएपनि यसमा प्रयोग गरिने सामाग्रीले स्वास्थ्यका लागि निक्कै हानिकारक हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

अहिलेको रंगमा केमिकल, रसायन जस्ता कुराहरु प्रयोग गरिने भएकाले ती रंग, अविरहरु स्वास्थ्य अर्थात विशेष गरेर छालाका लागि हानिकारक हुन बताउछन्, छालारोग विशेषज्ञ डाक्टर बिपिन भट्टचन ।

रंगमा भएको केमिकलले हाम्रो छालामा एलर्जी, चिलाउने, इरिटेसन हुने, सुन्निने जस्ता समस्या हुने गर्दछ । साथै सुख्खा छालामा अझै धेरै रंगले असर गर्दछ भने कपाल सुखा र टुक्रिने समस्या आउदछ ।

डा. बिपिन भन्छन्, ‘यसबाट बच्न हामीले रंग खेल्नु वा प्रयोग गर्नुभन्दा पहिला शरीर पूर्णरुपमा ढाक्ने कपडा लगाउने, आँखामा सन—ग्लासको प्रयोग गर्ने, कपालमा तेलको प्रयोग गर्ने, अनुहारमा भ्यासलिन वा सन—ब्लकको प्रयोग गर्ने, नङ्गमा नेल पोलिस् लगाउने जस्ता कार्य गरेर मात्र होली खेल्नु पर्दछ ।’

होली खेलिसकेपछि रंग सफा गर्न चिसो पानीले नुहाउने र वेवी साबुन वा सेम्फुको प्रयोग गर्ने जस्ता कार्य गरे केही हदसम्म रङ्गको जोखिमबाट जोगिन सकिने डा. बिपिन बताउछन् ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...