ब्ल्याक होल र स्टीफन हकिङग – Janata Live
  • Friday, February 3, 2023

ब्ल्याक होल र स्टीफन हकिङग

  • एजेन्सी
  • चैत १३, २०७५

ब्ल्याक होल र स्टीफन हकिङग

थ्योरी अफ कस्मोलोजीका विश्व चर्चित वैज्ञानिक ‘स्टफिन हकिङगको’ ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । प्रसिद्ध विज्ञानका पिता अर्लबटल आइन्सटाइनको जन्म दिनमा उनको निधन भएको छ । २१ वर्षको उमेरमा मोटर न्युरोन रोगबाट ग्रसित उनलाई रोग पहिचान भएको ३ वर्ष मात्र बाँच्ने भनिएको थियो । तर उनले ७६ वर्षको उमेरसम्म बाँच्ने सौभाग्य पाए । उनले जीवनको लागि संर्घष गरिरहे । संघर्षकै क्रममा विश्वलाई ठूलो योगदान पनि गरे । जो सुस्तमनस्थितिका थिए । बेलायती वैज्ञानिक हकिङलाई ब्ल्याक होल, रिलेटिभीटी र ‘अ ब्रिफ हिस्ट्र अफ टाइम’ जस्ता शब्दहरू उनको पर्यायभन्दा कुनै आपत्ति नहोला ।

रोगले केही वर्ष मात्र बाँच्ने आशंका साथ बाँचेका उनी ह्विल चिर्य र ‘भ्वाइस सिन्थेसाइजर’ को सहयोगले सबल र सक्षम व्यक्तिले भन्दा पनि ठूला कार्य गरेर देखाए । जुन उनी बाँचेको समयका मान्छेले समेत चिताएका थिएनन् ।

विश्व विज्ञानको क्षेत्रमा हकिङ चमत्कारी व्यक्ति थिए । उर्जाले भरिएका प्रतिभावान् हकिङ २१ वर्षिय उमेरमा अशक्त भए । उनलाई मोटोर न्यूरो व्यथाले च्याप्यो । उनी प्यारालाईज्ड भए । तर, पनि प्रतिभा लुकेर लुक्दैन भनेझंै उनले विज्ञानमा दिएको योगदान अतुलनीय छ । भौतिक शरीरले काम गर्न छाडे पनि उनको आफ्नो दिमाग र ज्ञानलाई सँधै विज्ञान र आधुनिक युगको विकासमा लगाए । जसले वर्तमान विश्वमा नयाँ आयाम थपिदिएको छ ।

उनको साहस र लगनशीलताले संसारका सबैलाई उत्साहित नै गर्नेछ ।
उनको बारेमा ‘द थ्योरी अफ एयाभ्रिथिङ्ग’ फिल्म समेत पनि बनेको छ ।
प्रोफेसर हकिङका केही थ्योरीहरू

ब्ल्याक होल
सन् १९६० र १९७० को दशकमा उनले ‘जेनेरल रिलेटिभिटी’ र विभिन्न थ्योरीहरू प्रतिपादन गरे । उनको सबैभन्दा महत्वपूर्ण ‘हकिङ रेडिएसन’ को प्रतिपादन गरेका थिए । यसबाट उनले ब्ल्याक होलमै पनि रेडिएसन फेक्ने बताएको छ ।

उनले आफ्नो सहकर्मी ‘रोगर पेनरोज’सँग मिलेर ‘अर्लबट आइन्सटाइन’ को जेनेरल थ्योरी अफ रिलेटिभीटिमा नयाँ र कमप्लेक्स मोडबाट नयाँ निष्कर्ष निकालेका थिए । उक्त थ्योरी अनुुसार यस ब्रह्माण्डको उदय बिग ब्याङ्ग र अन्त्य ब्ल्याक होलमा गएर हुने निकालेका थिए । खासमा, ब्ल्याक होल पूर्णरूपमा कालो नहुने उनले प्रष्ट पारेका छन् । यसले पनि ‘सब एयाटोमिक पार्लटिकलको’ फेल्ने उनले पुष्टि गरे ।

द बिग ब्याङ्ग थ्योरी
सन् १९८० मा उनले बिग ब्याङ्ग थ्योरी माथि नै प्रश्न उठाए । उनले भौतिकवादी जिम हार्टलसँगको सहकार्यमा उनले ‘नो बाउन्डरी प्रप्रोजल’ को विकास गरेका थिए । जसबाट ब्रह्माण्ड निश्चित भएको तर, यसको उदय भने एक निश्चित बिग ब्याङ्ग थ्योरीबाट मात्र नभएको उनले ठोकुवा गरे ।

भगवान्प्रतिको दृष्टिकोण
उनले आफ्नो प्रसिद्ध किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम ’ मा भगवान् भन्नु नै हाम्रो सोचाइको खेल हो भन्ने बताएका थिए । यसबाट उनले भगवान् प्रतिको विश्वास नभएको विचार दर्साए । तर, सन् २०१० को ‘द ग्राण्ड डिजाइन’मा भने उनले भगवान् नै नभए पनि केही तत्व रहेको छ जुन ब्रमाण्डभन्दा पृथक रहेको छ । तर, निरन्तर भइ रहेको सिर्जनाको लागि भने पक्के पनि केही तत्व रहेको उनले बनाएको छ ।

वार्निग एबाउट आर्टिफिसियल इन्टिलिजेन्स
उनले पटक पटक आर्टिफिसियल इन्टिलिजेन्सले ल्याउन सक्ने बारे चेतावनी दिदै आएका थिए । उनले गत वर्ष वायर्डको अन्तर्वार्तामा मलाई ए आइले मानवजातिलाई नै प्रतिस्थापन गर्न सक्ने भनेका थिए । सन् २०१६ मा उनले पुन ः एआईको विकासबाट मानव जाति र एआईको द्धन्द्ध हुनसक्ने बताएका थिए ।

बेलायती विज्ञान संघका प्रमुख, क्याथरीन मेथीनसन उनी आश्र्चयका व्यक्तित्व र सच्चा जिनियस थिए भनी जनाए ।

उनको योगदानले सम्पूर्ण विज्ञान क्षेत्रलाई ठूलो योगदान दिएका छन् । यसरी अपाङ्गता भएका व्यक्तिले पनि ब्रह्माण्डको बारे अध्ययन गरी आश्चर्य चकित गरेका छन् । यसबाट संसारका सबै सपांग र अपांग दुवैलाई प्रेरणा मिलेको छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...