मरेका व्यक्तिका नाममा गरेको दान कहाँ पुग्छ ? – Janata Live
  • Wednesday, February 8, 2023

मरेका व्यक्तिका नाममा गरेको दान कहाँ पुग्छ ?

  • अनुवाद – बिष्णु धनञ्जय
  • चैत १०, २०७५

मरेका व्यक्तिका नाममा गरेको दान कहाँ पुग्छ ?

मृत्यु भएर गएका व्यक्तिहरुलाई उदेश्य राखि, दान गर्ने हो भने, त्यो दानको कुसलपुण्य भागलाई मरेका व्यक्तिहरुले प्राप्त भोग गर्न सक्दछन् या सक्दैनन् ?

अङ्गुत्तरदसकनिपात् जाणुस्सोणिसुत्त मा भगवान ले उपदेश गर्नु भएको…….

कुनै एकदिन जाणुस्सोणि ब्राह्मणले भगवान को नजिक मा गएर एउटा समशस्याको समाधान निकाल्न बिन्ति चढाए…..

हे भगवान! हामी ब्राह्मण जातियहरुले आफ्नो नजिक, कुलमा भएका नातेदार व्यक्तिहरुको मृत्यु भयोभने, यो दान मरेका ती व्यक्तिहरुलाई मिलोस् भन्ने उदेश्यले दान गर्ने गर्दछौं। के त्यो दान मरेर गएकाहरुले पाउँछन, या पाउँदैनन् भन्ने कुरालाई प्रश्ट गरी भनेर बताई बक्सनु हवोस…… भनेर बिन्ती चढाए।

भगवानले – दान पुग्नसक्ने स्थानमा (ठाउँमा) पुगेका छन् भने मिल्न सक्छ, अन्यथा दान गरेको पुग्ननसक्ने स्थानमा (ठाउँमा) पुगेका छन् भने त्यो मिल्न सक्दैन, भनेर उत्तर दिनु भयो।

ब्राह्मणले- पुग्न सक्ने, पुग्न नसक्ने स्थान (ठाउँ) भनेको कस्तालाई भन्छन् भनेर पुनः विन्ति चढाउदा…
भगवान ले- मृत्यु भएका पृथकजन हरुको लागि पुग्ने स्थान (गति) पाँचवटा हरु मध्ये तिरच्छान (पशु), नरक, मनुष्य, देव भन्ने चार गतिमा पुगेभने, तिनिहरुले यो दानको लाभलाई परिभोग गर्न नसक्ने हुन्छन्। पेतगति भन्ने वेमानिक जस्ता प्रेत भवमा पुगेका छन् भने, यो दानको फल अवश्य परिभोग गर्न पाउने छन् भनेर उत्तर दिनु भयो।

ब्राह्मणले- यदि मृत्यु भएकाहरु प्रेत भवमा पुगेका छैनन् भने, यो दानको पुण्यलाई कसैले पनि भोग प्राप्त गर्न सक्छन् भनेर सोधे ……

भगवानले- ब्राह्मण ! अन्य सापेक्ष न्याति, सम्बन्धि पर्ने पितृ (प्रेत) हरुले, त्यसको भोग अवस्य प्राप्त गर्न पाउछन् भन्दै भन्नुभयो।

ब्राह्मणले- यदि कुनै प्रेत भवमा पनि, योदान लिनसक्ने न्याति, सम्बन्धि हरु छैनन् भने, यो दानलाई कस्ले चाहिँ परिभोग प्राप्त गर्न पाउँछ त? भन्दै सोध्दा ….

भगवानले- अनन्त (लामो) संसारको अवधि समय काल भरीमा, आफन्त, न्याति सम्बन्धी नपरेका व्यक्ति भन्ने कोहि पनि हुनै सक्दैनन्। एक भव (जन्म) मा आफन्त नपरेको भएतापनी, अन्य भवमा आफन्त परेको हुनै पर्दछ। यद्यपि प्रेत भवको सिमाना भित्रमा आफन्त पर्ने हुन् या नहुन्, दानको पुण्य भागलाई (प्रेत) पितृहरुले प्राप्त गर्न सकुन् या नसकुन्, दान गर्ने दानिदाता हरुले गरेको कुसल कर्मको फल दिनमा कुनै व्यर्थ (अलाभ) काम नलाग्ने भएर मफत मा जाँदैन। दान गर्ने दानिदाता को हुने अन्य हरएक भव (जन्म जन्म) मा ऐश्वर्य, धन सम्पत्ति विभिन्न प्रकारको लाभलाभा, पद,पन्चकामगुण हरु को सुख परिभोग प्राप्त गर्न सक्ने हुन्छन्। भद्दन्त – अग्गमहा सद्धम्मजोतिकधज

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...