मायाँ गर्छु भन्नाले… – Janata Live
  • Sunday, February 5, 2023

मायाँ गर्छु भन्नाले…

  • जनता लाइभ
  • चैत ०८, २०७५

मायाँ गर्छु भन्नाले…

एक समयमा कासी (काँसी) राज्य, पाटली शहरमा अस्सक भन्ने एउटा राजा थिए। राजाको उपरी भन्ने नाम गरेएकि असाध्यै राम्री सुनदरी एउटी रानी थिइन्। राजाले रानी उपरी लाई असाध्यै धेरै माया (जीवितप्रेम) गर्दथ्ये।

-रानी उपरी चाहिँ सानै उमेर भएकि हुँदा आफ्नो राम्रो स्वरूप सौन्दर्यता को प्रति घमण्ड पनि धेरै थियो। त्यस पश्चात सबै मान्छे लाई आफु संग मेल नखाने, नसुहाउने जस्तो संगतको बर्ताब गर्ने गर्दथिन्। राजा अतिरिक्त बाँकि रहेका अरु सबैलाई उच्चपदस्थ लिँदै दवाब मा राखेर हेप्दै जबर्जस्ती आफ्नो जीत हासिल गर्न तुच्छ व्यवहार गर्ने गर्दथिन्।

प्रत्येक मान्छेहरु संग जबर्जस्ती आफ्नो जीत हासिल गर्ने रानी …..

-मृत्युराज संग चाहिँ- जीत हासिल गर्न सकिनन्।

सानै उमेरमा नै, कलिलो उमेरमा नै मृत्युराज को आमंत्रित शन्देश अनुसार पछि लागेर जानु प-यो।

-मृत्यु पश्चात् पछि उनको अकुसल कर्महरु को कारणले राजाको उद्यान (बगैँचा) मा गोबर लाई छेंड्ने गोबरे कीरा (स्री गोबरे कीरा) भवमा पुग्नु प-यो। अभिमान को अन्तिम टुङ्गिने बाटो चाहिँ- चार अपाय हो भन्ने कुरा लाई रानीले थाहा पाएको जस्तो देखिँदैन।

राजा चाहिँ आफूले असाध्यै धेरै माया (जीवन भर प्रेम) गर्ने रानी बितेर गएको ठुलो चिन्तामा खानु न सुत्नु भएर प्रेममा घाइते भएर….

संसगै एक साथमा छँदा गरिएका कुरा, हिँडेको ठाउँहरु लाई रुपाकृति चित्र विकल्पना गर्दै भावुकतावश पागल प्रेमी बने।

रानीको मृतक शरीर लाई दाह-संस्कार नगरिकन दिनहुँ रानीको मृतक शरीर लाई हेर्दै रुँदै बसेर राजकाजको कामहरु पनि गर्न नसक्ने भए।

-त्यस समयमा बोधिसत्व मुनी चाहिँ हिमालय वन बाट झान अभिञ्ञा शक्ति द्वारा राजाको उद्यान बगैंचा भित्रमा पाल्नु भयो।

राजा कि रानी चाहिँ त्यस बगैँचा भित्र गोबरमा हुने कीरा भएको हुनाले….

-भनेर बताएको लाई सुनेता पनि- राजाले विश्वास गरेनन्।

यसले गर्दा बोधिसत्व ले वहाँको बलशक्ति द्वारा त्यस (स्री) गोबरे कीरा (रानी) लाई बोलाउनु भयो।
त्यस पश्चात् राजाले सुन्ने गरि ….

-तिमी- को हौ ? भनेर सोध्नु भयो।

उपासिका पहिला भवको रानी उपरी हो महापुरूष हजुर भनेर (स्री) गोबरे कीराले उत्तर दिइन्।
राजा पनि आश्चर्यचकित भए।

त्यस पश्चात् बोधिसत्वले- “तिम्रो पहिला भावका राजा र अहिले भावका गोबरे कीरा पति दुई जना मध्ये कस्लाई धेरै माया लाग्छ”भनेर सोध्दिनु भयो।

“अहिले को भवमा हुने गोबरे कीरा लाई बढी माया लाग्ने बिषय लाई प्रष्ट गरि, यदि पति गोबरे कीरा लाई त्यस राजाको घाँटिको रगतले खुट्टा धुन इच्छा गरेमा इच्छा बमोजिम धुवाइ दिने मन छ भन्ने बिषय लाई” स्पष्ट उत्तर दिइन्।

-यसरी रानी गोबरे कीरा ले भनेको कुरा लाई स्पष्ट सुन्ने राजा असाध्यै झस्किए। त्यस पश्चात मायाँ के रहेछ भन्ने कुरा लाई थाहा पाए। आलिङ्गन गरेर राखेको मायाँ भन्ने त वास्तवमा केही पनि रहेन रहेछ भन्ने कुरा लाई जाने पछि रुन बन्द भयो। मायाको निम्ति समय नष्ट पारि खेर जान दिन सक्दिनँ।

-अस्सक राजाको रुन बन्द भएतापनि हामी पृथक जनहरु को चाहिँ-

-रुन बन्द भैसकेको छैन। माया छैन भने जीवन नै छैन जस्तो सोंची रहेका छौँ।

धेरैले बुझेको मायाँ चाहिँ आफ्नो इच्छाहरु पूर्ति गरि दिने हुन्छ। आफुलाई मानसिक सुख पूर्वक आनन्द राख्न सक्दछ। मेरो माया लाई मैले जसरी राख्छु त्यसरी बसोस्, मैले अह्राए अनुसार जानु पर्छ भन्ने आफ्नो तर्फ मात्र हेर्ने मतलबी खाले मायाँ हो।

उसको इच्छाहरु पूर्ण गराई दिन सक्ने बेलामा आफु प्रति मायाँको बर्षातको झरी बर्सिर आउने भएता पनि-

यसको बिरुद्धमा उसको इच्छाहरु पुरा गर्न नसकेको धेरै भएर आउँदा, उसको मन खुसी हुने गरि भरिपूर्ण पारेर राख्न नसकेको समयमा मायाँ भन्ने अघिको पानी जस्तै सुकेर हराउँछ।

केही जवान युवा-युवती हरु दुई मध्ये कुनै एकले छोडेर जाँदा मायाँमा बिछोड भै चित्त दुखेर धेरै पिडित भएको बेलामा, आफूले मायाँ गर्ने संग असुबिधा परेको बेलामा अस्सक राजाले जस्तै गरि जीवन लाई हार मानेर क्षति पु-याउन चाहन्छन्। त्यस बाट उम्केर बाहिर निस्किने प्रयास गर्नै चाहँदैनन्। मायाँको कारणवस परिदृश्य (पटकथा) विविधता भएको मा नै रुचि मानेर त्यसको स्वाद लिँदै बस्ने गर्दछन्। मायाँमा महावीर योद्धाको उपाधि (पद) प्राप्त गर्न लाई मात्र आनन्द मान्ने गर्दछन्।

आपुले मात्र भुल्नै नसकेर परित्याग (अवहेलना-तिरस्कार) गर्न नसकिएको हो नि,

एकातिर रानी उपरी जस्तै मरि सकेर गोबरको कीरा भै अर्कै संग रमाइलो मानेर सुखपूर्वक बस्न सक्ने पनि हुन्छन् नै होइन र ? आफुले मात्र निष्कपट इमान्दार निष्ठापूर्वक पर्खँदै प्रतिक्षामा बसेको होइन्छ, उता भने अर्को संग सुख सुविधा हुन सकेता पनि हुन सक्दछ।

मायाँ भन्ने रगत पिउने एउटा जुका जस्तै नै हो। आवाज सुनेर नजिक बाट टाँसिन आउन सक्ने स्वभाव छ। आफु संग दुर भएर उसलाई सुविधा हुन सक्ला र भन्ने कल्पना नदेख्नु। कल्पनाहरु ले मान्छे लाई सताएर थकाउँछ। मान्छे लाई जलाई दिन्छ।

-विशेष गरी- भन्न चाहेको चाहिँ- मायाँको कारणले जीवन लाई क्षति (नोक्शान) नपुगोस् भनेर, मायाँको कारणले भव जीवनको बाटो बन्द नहोस् भनेर, मायाँको निमित्त जीवन लाई पानिको प्रवाहमा फ्याँकेर बग्न नदिहुन् भनेर हो।

-भगवान बुद्धका- भाई आनन्द कुमार ले जनपदकल्याणी भन्ने नाम गरिएकि प्रेमीका संग दुर हुन परेर त्यस माँया कै निमित्त अनुपयुक्त अप्रशन्न उदासीनता हुनु परेको थियो। मायाँको कारणले जीवनको अर्थ शून्य जस्तो अनुभव गर्नु परेको थियो।

त्यस पश्चात राजकुमारी जनपदकल्याणी भन्दा अधिक देवपुत्री अथवाअप्सरा (परी) हरु लाई पनि देख्नु भयो । राजकुमारी लाई बिर्सेर अप्सरा बाट अप्सरा हुन जानु भयो। अप्सराहरु लाई चाहेको मन, अप्सराहरु लाई मन पराएको कारणले नै धर्मको पथमा फेरी पुग्नु भयो।

अप्सराहरु लाई मन पारिएको चित्तको निमित्त कुसल कर्महरु हुने राम्रा असल कर्म बन्न सक्ने आचारणहरु को थालनी गर्दागर्दै धर्मको पथको लहर माथि पुग्नु भयो।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...