विप्लव विद्रोह र शान्ति प्रक्रियामा उपाय तेस्रो पाइलट – Janata Live
  • Sunday, February 5, 2023

विप्लव विद्रोह र शान्ति प्रक्रियामा उपाय तेस्रो पाइलट

  • एस टी शेर्पा
  • चैत ०८, २०७५

विप्लव विद्रोह र शान्ति प्रक्रियामा उपाय तेस्रो पाइलट

वाइडबडी नेकपाका अध्यक्ष प्रचण्ड र अध्यक्ष तथा उतुपोलिटक सरकारको प्रधानमन्त्री ओलीले वार्ता गरेर विप्लवलाई वाइडबडी नेकपाको तेस्रो पाइलट बनाउन जरुरत छ । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विद्रोही प्रचण्डसँग जंगलबाट ८० जना सांसदहरू मनोनयन गरी शान्ति प्रक्रियामा ल्याएझैं अहिले वाइडबडी नेकपा अध्यक्ष प्रचण्ड र उतुपोलिटक सरकारले नेकपाका १० जना सांसदहरूको राजीनामा गराउने र सो स्थानमा विप्लव पक्षबाट मनोनयन गरी शान्ति विघटन हुनबाट देश र शान्तिलाई बचाउने अचुक उपाय हो र कम्युनिस्ट केन्द्रको उद्देश्य पूरा हुने अवसर पनि छ । त्याग देखाउन जरुरत छ वाइडबडी पाइलटहरु र उतुपोलिटक सरकारबाट ।

माओवादी विद्रोह नेपालको अभ्यासमा नौलो होइन । चिनियाँ कम्युनिस्ट वार मोडेलका नाममा परिचित प्रचण्ड नेतृत्वको कथित दश वर्षे जनयुद्धको उपलब्धी शून्य प्राय छ । राजतन्त्रको बदलामा गणतन्त्र आएको छ । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सातदल र प्रचण्ड नेतृत्वको माओवादीबीच सम्पन्न शान्ति सम्झौताबाट राजनीतिक दल र दरबारको सिधा वारको परिष्थितिमा दरबारले बाटो छाडेपछि गणतन्त्र आएको हो । गणतन्त्रमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलको रुपमा निर्वाचित भयो । तर, संविधान दिन सकेन र दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल र माओवादी तेस्रो दलमा सिमित भयो ।

माओवादी सेना समायोजन र आर्थिक व्यवस्थापनमा तहसनहस हुँदै गयो । मोहन वैद्यको नेतृत्वमा माओवादी दल टुक्रन पुग्छ । समयको अन्तरालमा विप्लव नेतृत्वमा पनि अर्को माओवादी टुक्रन्छ । कम्युनिस्ट फुट्ने र झुट्नेमा कुनै नौलो होइन ७० वर्षमा १ सय २० कम्युनिस्ट ट्क्र भएको नेपालको इतिहास साच्छी छ । यस्तै शृङ्खलामा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र बन्यो । यसले पनि निर्वाचनमा तेस्रो दलको हैशियत मात्रै दियो । यसपछि प्रचण्डले कम्युनिस्ट केन्द्र बनाउने शरीर हल्लाउने तर्क छाडेनन् । अन्तमा संसदको दोस्रो सानो दल एमालेसँग मिलेर दुई जना अध्यक्ष सहितको वाइडबडी नेकपा बनाई निर्वाचनमा गयो र बहुमत आयो । तर, वाइडबडी नेकपामा विप्लव रहेनन् । दशवर्षे जनयुद्द वाइडबडी नेकपा करणीले विछिप्त हुन्छ । तत्कालीन माओवादीहरु एमाले करणीबाट सन्तुष्ट नभएको मौका छोपेर विप्लवले विद्रोही छापामार शैलीमा एनसेल टावर आक्रमण फाल्गुनमा गरेपछि जनयुद्दको औचित्य अझै छ भन्ने सन्देश दिएका थिए । सरकारले विप्लव माथि प्रतिबन्ध लगाए ।

वाइडबडी नेकपा अध्यक्ष बेला न कुबेला भेनेजुएला पक्षधर काण्डमा अमेरिकासँग बार्गेनिङ, विप्लवलाई देखाउने र संभावित युद्द अपराधमा अन्तर्राष्ट्रिय अदालतसम्म उभिने भविष्यलाई जोडेर आफूलाई नयाँ साधु बनाउने खेल पनि आविष्कार गर्दै छन् कि आशंका उब्जेका छन् । कथित मधेसी जानकार तथा विश्लेषक भनिएका उतुपोलिटक आविस्कारको लाउड स्पीकरको काँधमा सिके राउत नामको विखण्डनकारी बम समेत पड्काउन सफल छन् यो सरकार । तर, विप्लवलाई प्रतिवन्ध गर्ने द्वन्द्व उद्यमी वाइडबडी नेकपाका पाइलटहरू नै हुन् । सरकारी अधिप्रयोगवाद र अध्यक्षको उतुपोलिटक व्यवस्थापन जिम्मेवार छन् ।

तत्कालीन माओवादीमा सामाजिकआर्थिक थिङ्कट्यांक राम्रै थिए प्रचण्डसँग बाबुराम, वैद्य र विप्लव समेत । तर, आज वाइडबडी नेकपामा खासै थिङ्कट्यांक छैनन् । स्टालिन र माओझैं शक्तिशाली, प्रभावशाली र ओजस्वीपूर्ण प्रचण्ड सोच अनुसार कम्युनिस्ट केन्द्र बनाई वैद्य, बाबुराम तथा विप्लवलाई सामान्य हैशियतमा राख्ने स्वाभावविरुद्ध थिङ्कट्यांकहरुले पार्टी फुटाउने र जन्माउने खेलकै शृङखलामा विप्लवलाई नयाँ विद्रोहीको रूपमा हेरिन थालियो र प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

अब विप्लवलाई वाइडबडी नेकपाका तेस्रो अध्यक्ष स्वीकार गर्नु वैज्ञानिक हुनेछन् । एमालेसँग थिङ्कट्यांक नहुनु र प्रचण्ड प्रवेशलाई विप्लव अवसरका रूपमा लिन्छन् । नेपाली मिडियाको पनि आफ्नै प्रायोजित थिङ्कट्यांकहरू छन् । कथित र प्रायोजित थिङ्कट्यांकहरू वास्तवमा वैज्ञानिकता भन्दा टाढा र सरकारको नजिक बसेर लाउड स्पीकरकै भूमिकामा देखिएका छन् नेताको बडील्याङ्ग्वाइज झल्किने दृश्यमा ।

सामाकिआर्थिक विकासका लागि राजनीतिक विकास पनि बदलिँदो नेपाली समाजको अपनत्वमा आधारित हुन आवश्यक छ । लाउड स्पीकर थिङ्कट्यांकहरूको वाइडबडी नेकपा सोचमा वामपन्थी राष्ट्रवादले पहाडी राष्ट्रवाद र मधेसी राष्ट्रवादको विकास गरेर सिके राउत जन्माए । सिके राउत फुटबलकै रूपमा ज्ञानेन्द्र शाहको कोटबाट वाइडबडी कोटमा गएको छ । भविष्यमा छिमेकीले गोल हान्दा सिके कसको कोटमा हुने छन् ? भविष्यले स्पष्टिकरण दिने छन् । दोलखाको फलाक नेपाली भूमि पञ्चायतमा तत्कालीन राजा महेन्द्रले चीनलाई बेचेका थिए । कहिले फिर्ता हुन्छ ? सगरमाथाको रोयल्टी चीनले अरबौं वर्षैपिछे खाइरहेका छन् । कुनै दिन सगरमाथा नेपालको होइन भन्ने होला । यता विप्लवले देख्दैन वा हेर्न मिल्दैन । यो कस्तो देश भक्ति हो ? भविष्यले स्पष्टिकरण दिने छन् । वाइडबडी नेकपाले हेर्न मिल्दैन र नदेखेझैँ गर्नु कर्तव्य हुन आउँछन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...