मनुष्य कसरी बुद्ध हुन्छ ? – Janata Live
  • Sunday, February 5, 2023

मनुष्य कसरी बुद्ध हुन्छ ?

  • अनुबाद:-सुर्य घिसिङ
  • चैत ०६, २०७५

मनुष्य कसरी बुद्ध हुन्छ ?

कुनै मनुष्य बुद्ध कसरी हुन्छ ? कुनै मनुष्य अन्धकारमा कसरी उभिरहन्छ ? म एउटा बगैंचामा गएको थिएँ । एउटै किसिमको जमीन थियोे त्यस बगैंचामा । एउटै आकाश थियोे त्यस बगैचाको माथी, एउटै घामको किरण छरिन्थ्यो, एकै किसिमको हावा चल्थ्यो ।

एउटै किसिमको माली थियोे, उस्तै पानी झर्थ्यो । तर त्यस बगैंचामा सबै फूल अलग– अलग फुलेको थियोे । म सोच मग्न भएँ- हुनसक्छ कहिले कुनै बगैचामा जाँदा तपाईंलाई पनि यो सोचाइ उत्पन्न भएको होस् ।

जमिन एउटै हो, आकाश एउटै हो, घामको किरण एउटै हो, हावा एउटै हो, पानी एक हो, माली एक हो । तर गुलाफमा गुलाफको फूल छ, चमेलिमा चमेलिको फूल छ । सुगन्ध पनि अलग छ ।

उस्तै जमीन र उस्तै आकाश मुनि उस्तै घामको किरणले यो अलग अलग फुल, अलग अलग रंग, अलग अलग सुगन्ध, अलग अलग ढंग कसरी तानेर ल्याउछ ?

म त्यस मालीसँग सोध्न थालें । उसले भन्योस्- सबै कुराहरू एउटै हो तर तान्ने बिज अलग अलग हो ।

एउटा सानो बिजले त्यस्तो के तानेर ल्याउछ होला ?

एउटा सानो बिज यति व्यापक आकाश र यति ठुलो जमिन– सुर्य र यति बिघ्न हावालाई ‘…यी सबैलाई एकातिर फ्याकेर आफ्नै इच्छाको रंग भर्दछ !

यति ठुलो दुनियाँलाई एकतर्फ हटाएर एउटा सानो बिजले आफ्नै इच्छाको सुगन्ध तान्छ ! एउटा सानो बिजको सङ्कल्प यति ठूलो छ – जति आकाश छैन, जति पृथ्वी छैन ! एउटा बिज त्यहीँ हुन्छ जे हुन चाहान्छ । एउटा सानो बिज भित्र यस्तो के हुनसक्छ ?

हरेक बिजको आफ्नो इच्छा छ, आफ्नो सङकल्प छ । त्यो सानो बिजले त्यहीँ तान्छ जे तान्न चाहान्छ र सबै रहिरहन्छ, उसले त्यसलाई छुदापनी छुदैन ।

गुलाफ गुलाफ बन्दछ, चमेली चमेली बन्दछ । नजिकै चमेली बन्यो चमेली, नजिकै गुलाफ बन्यो गुलाफ । एउटै माटोबाट दुबैले ताकत तानेको छ । गुलाफको सुगन्ध अलग छ, चमेलीको सुगन्ध अलग छ, रंग– ढंग सबै कुराहरू अलग छ ।

जिन्दगीमा अनन्त सम्भावना छ । तर हामी त्यही बन्दछौ जे हामी ती सम्भावनाहरुबाट आफ्नो भित्र तानेर ल्याउछौ । अनन्त बिचारको बिस्तार छ, अनन्त बिचारको तरंग छ चारैतिर, तर हामी त्यहीँ बिचारलाई आफ्नो साथमा तान्छौ, जुन बिचारलाई तान्ने क्षमता, मैगनेट, जुन विचारलाई तान्ने Receptivity हाम्रो भित्र हुन्छ ।

यस दुनियाँमा एक मनुष्य बुद्ध बन्छन । र यसै दुनियाँमा हामी केही पनि हुँदैनौं- बन्दैनौ, केही नभएरै मेटिन्छौ – खत्तम हुन्छौं ।

जुन दुनियाँबाट तानिन्छ सम्पुर्ण चिज त्यो बिल्कुल एउटै हो – त्यो आकाश एक, त्यो जमिन एक, त्यो चारैतिर भएको हावा एक, त्यो घाम-चन्द्रमा-तारा एक, ती सबै कुराहरू एउटै तर हरेक मनुष्य अलग अलग कसरी हुन्छ ?

हाम्रो शारीरिक बनावट पनि एउटै छ, अनुहार उस्तै छ, हाम्रो हड्डी – मासु – मज्जा पनि एउटै छ ।

फरक कहाँ पर्दछ ? मनुष्यको ब्याक्तीत्व अलग अलग कहाँ हुन्छ ? केही मनुष्य बुद्ध कसरी हुन्छ ? कुनै मनुष्य अन्धकार मै कसरी उभि रहन्छ ? कुनै मनुष्य प्रकाशमा कसरी उठछ ?

त्यहीँ कुनै मनुष्यलाई लाखौं प्रकाश देखाउदा पनि अन्धबिश्वास, तृष्णा, आडम्बर र पाखण्डको सच्चाइलाई बुझ्दैनन, त्यसैलाई आफ्नो हित सम्झिन्छन । त्यहीँ कुनै मनुष्यलाई थोरै प्रकाश देखाइ दिदा उसले आडम्बर, तृष्णा, पाखण्ड, आडम्बरको जाललाइ बुझ्छ । साथै तृष्णाको जाललाई काटेर हिडने छ धम्मको मार्गमा ।

साभार:- मौर्य बाला अंशीका मौर्य ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...