बुद्धधर्ममा ‘मार’को अर्थ के हो ? बुद्धको वचनले तपाइँको जीवन बदल्न सक्छ – Janata Live
  • Sunday, February 5, 2023

बुद्धधर्ममा ‘मार’को अर्थ के हो ? बुद्धको वचनले तपाइँको जीवन बदल्न सक्छ

  • जनता लाइभ
  • चैत ०६, २०७५

बुद्धधर्ममा ‘मार’को अर्थ के हो ? बुद्धको वचनले तपाइँको जीवन बदल्न सक्छ

मार भनेको शत्रु हो । यसलाई राक्षस वा बाधा भनेर पनि चिनिन्छ । यो आफ्नै आत्मग्राहको उपज हो अर्थात कर्मक्लेश र अज्ञानताका कारण उत्पन्न भएका हुन् ।

जवसम्म मनमा क्लेश बोकिरहन्छ तबसम्म शत्रु पनि आफैले आफैभित्र बोकिरहन्छ । साथै जब सम्म राग, द्वेष, मोह, माया र बन्धनले बाँधिरहन्छ तबसम्म मारले हामिलाई सताईरहन्छ ।

क्लेशआवरण र ज्ञेयआवरण दुबै निर्मुल नपारे सम्म बुद्धत्व प्राप्त गर्न सकिदैन तव सम्म मारको बशमा परिरहन्छ । यसलाई नष्ट गर्ने उपाय भनेको पुदगल नैरात्म (म) र धर्मनैरात्म (मेरो) को भावनाबाट पूर्णरूपमा पार भए मात्र मारको शिकार बाट मुक्त भईन्छ ।

मार चार प्रकारका छन् । १. देवपुत्रमार २.मृत्युपतिमार ३.क्लेशमार ४.स्कन्धमार

देवपुत्रमार (ल्हाईबु दु) वर्ण सेतो, दिशा पूर्व१)

एकाग्र चित्त भई कुशल कर्म तथा धार्मिक सद्कर्म गर्दा मनमा अनेक कामराग, ईच्छा,तृष्णा र रमाईलोपनले मनलाई विचलित बनाई कुशलकर्म बाट छुट्याई अकुशलकर्म तर्फ मोड्ने काम देवपुत्र मारको हो ।

मृत्युपतिमार (क्षिदाकि दु) वर्ण कालो, दिशा दक्षिण२)

मनुष्य लगायत हरेक प्राणिको जायजन्म भएपछि जुनैपनि अबस्था चाहे बृद्ध होस चाहे बालक या युवा जुनसुकै अवस्थामा मृत्यु निष्चित छ । यो हामीले प्रत्यक्ष देखिआएको कुरा हो ।

यो एक ध्रुवसत्य र सर्वव्यापी हो किनकि हामि भवसागरमा छौ। । यसबाट राजा, रङ्क, धनि, गरिब, सानो, ठुलो, अब्बल, दुर्बल, विद्वान, सुन्दरी जोकोहि पनि यसको शिकारबाट बच्न सकिदैंन । सांसरिक माया मोह वन्धनमा परि त्यसकै समस्या दुर गर्दा गर्दै जिवन सकेको पत्तै पाउँदैन र मृत्युको क्षणमा मात्र पत्तो हुन्छ कि मैले गरेको सबै कर्म व्यर्थको खेल भएछ । मृत्युदेखि डराउँछ भाग्ने कोसिस गर्छ मर्न चाँदैन तर यमराजको सेना मारदेखि उ बन्चित हुनै सक्दैन ।

क्लेशमार (ञोन्मोङकि दु) वर्ण रातो, दिशा पश्चिम३)

आफ्नै चित्तमा राग, द्वेश, मोह, लोभ, घमण्ड, ईर्ष्या हुनु नै क्लेश मार हो । यसले चित्तलाई मैलो र धमिलो बनाउछ । शरिर र वचनको कर्म अकुशल बनाउछ जसको फलस्वरूप चोरि, डकैती, हत्या हिंसा, व्यविचार र झुटो जस्ता अमङगल अकुशल कार्यले यो जिवनमा पनि दुख पैदा गराई भावी जन्मजन्मातर जिवनमा पनि दुर्ग्ति प्राप्त गर्दछ ।

स्कन्धमार (फुङ्पोई दु) वर्ण पहेलो, दिशा उत्तर४)

मनमा म र मेरो भन्ने भावना पैदा गराई म (आफु) मात्र राम्रो, सुख, सम्पन्न हुनुपर्ने । मेरो शरिर, मेरो सन्तान, मेरो परिवार जस्ता भाव उत्पन्न हुन्छ । संसारको सबै चिज आफ्नो बनाउन खोज्छ र त्यसको लागि जस्तोसुकै हतकण्डा अपनाउन उ तयार हुन्छ यतिसम्म कि कुकर्म गर्न पनि पछि पर्दैन। त्यस्ता अपुर्ति अतृप्त कामनाको कारण उ दुखित भई अनमोल जिवन सकेको पत्तै हुँदैन र उसको अकुशल कर्मले दुर्गती तर्फ धकेल्दछ ।

त्यसैले बुद्धिमानी व्यक्तिले बुद्धको ज्ञानलाई आजैबाट आफ्नो क्षमता अनुसार बुझेर अभ्यास गर्दै गए अमुल्य रत्नतुल्य मनुष्य चोला पाएकोमा सागरको पिंधमा पुगि मोति विनाको खालि हात नफर्केको सुखानुभव हुनेछ । पढेर सेयर गर्नु नै धर्म हो । सबैलाई सेयर पनि गरौं । अरु कसैको जिवन बदल्न सक्छ कि ? सर्वकल्याणम् ।।।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...