३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध छानबिन – Janata Live
  • Wednesday, February 8, 2023

३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध छानबिन

  • पत्रपत्रिका
  • चैत ०५, २०७५

३३ किलो सुन प्रकरणमा गलत आदेश दिने आठ न्यायाधीशविरुद्ध छानबिन

काठमाडौं । ३३ किलो सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेबारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि बृहत छानबिन हुने भएको छ ।

न्यायापरिषद् बैठकले बृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ । यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानबिनको जिम्मा दिइएको थियो । खतिवडा समितिको ४५ दिन लामो अनुसन्धानपछि सुन प्रकरणमा बृहत् छानबिनका लागि परिषद्समक्ष प्रस्ताव गरेपछि अर्को शक्तिशाली समिति बनाइएको हो ।

मुद्दाका सबै पक्षमाथि वृहत् जाँचबुझ गर्नुपर्ने अवस्था देखिएको भन्दै खतिवडा समितिले प्रस्ताव गरेपछि प्रधानन्यायाधीशसहित सोमबार बसेको परिषद् बैठकले सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा अधिकार सम्पन्न समिति गठन गरिएको छ । समितिमा सर्वोच्चकै न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।

परिषद्ले सुन प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटामाथि जाँचबुझ आयोग ऐन २०२६ को अधिकार प्रयोग गरी बृहत् अनुसन्धानको अख्तियारी तोकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...