प्रतिबन्धपछि जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष – Janata Live
  • Saturday, February 4, 2023

प्रतिबन्धपछि जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष

  • पत्रपत्रिका
  • चैत ०५, २०७५

प्रतिबन्धपछि जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष

काभ्रे । आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।
विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने।

फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए ।

‘हामी छलफकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं’, नेपालीले भने, ‘जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ ।’ तर नेपालीले कस्तो कारबाही भन्ने चाहिँ खुलाएनन् ।

पार्टी नीति बन्दै गरेकाले तत्काल के गर्ने भन्नेमा निर्णय भइनसकेको भन्दै सो समूहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...