लभको चक्करमा अलिक पर्न सकिएन – Janata Live
  • Wednesday, February 8, 2023

लभको चक्करमा अलिक पर्न सकिएन

  • जनता लाइभ
  • चैत ०३, २०७५

लभको चक्करमा अलिक पर्न सकिएन

खोटाङको खार्पा जन्मथलो भएकी गायिका मेनुका राईले सांङगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएकी छन् । उनले ‘चौंरी घुम्छ फूलको बोटैमा’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी हुन् । उनी अहिले निकै चर्चित अनि व्यस्त गायिकाका रूपमा परिचित हुन पुगेकी छन् । उनै गायिका मेनुका राईसँग गरेको कुराकानीको अंश…

एल्बम ‘लाइफ’ पछि अर्को एल्बमको कस्तो छ तयारी ?
यतिवेला त म एल्बम लाइफको प्रमोसनमा नै व्यस्त छु । त्यसैगरी अरू गीत रेकर्डिङ पनि गर्दै छु । ‘मेरो धड्कन तिमी’, ‘बाँसको चोयाले’ जस्ता बोलका गीत रेकर्डिङ गर्दै छु ।

तपाईंले तिज गीत पनि गाउनुभएको छ तपाईंलाई आफ्नो समुदायबाट कस्तो प्रतिक्रिया आयो ?
हाम्रो देश बहुजाति बहुभाषिक एवं बहुसंस्कृतिले भरिएको देश भइकाले गर्दा हामीले एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ । मैले अरूको संस्कारलाई सम्मान गरें भने पक्कै पनि अरूले पनि हाम्रो संस्कारलाई सम्मान गर्नेछन् । त्यसैले कुनै पनि जातिको सिंगो राष्ट्र हँुदैन । सबैको साझाजस्तो लाग्छ मलाई ।

अहिलेसम्म कति वटा गीत गाइसक्नुभयो ?
सुरुवातमा त धेरै जनताका गीत गाइयो त्यसको कुनै तुलना नै छैन । त्यसका साथै मैले आफ्नो तीन वटा एल्बम निकालेकी छु तर, अरूको एल्बममा तथा कलेक्सन एल्बमहरूमा गरी दुई अढाइ सयको हाराहारीमा गीत रेकर्ड गराइसकेकी छु ।

गीत रेकर्ड गर्नका लागि पहिलो पटक स्टुडियो छिर्दा कस्तो अनुभव भयो ?
त्यतिवेला मैले केही अनुुभव गर्न पाइनँ । किनकि त्यसवेला मेरो ध्यान रेकर्डिङतिर मात्रै थियो । मैले गीत गाउँदै छु भन्नेमा मात्र ध्यान केन्द्रित थियो । त्यसवेला म एकदम उत्साही थिएँ कि मेरो गीत रेकर्ड हुँदै छ भन्नेमा । त्यस्तो केही फिलिङ नै गरिनँ ।

तपाईं कसरी सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभयो ?
सांगीतिक क्षेत्रमा प्रवेश गर्र्नु मेरो गीत गाउने शौख थियो । त्यही शौखका कारण गीत गाउन थालें जसका कारण गायन क्षेत्रमा प्रवेश गरें । अरूले गीत गाएको देखेरभन्दा पनि म पहिले रेडियो नेपाल सुन्ने गरेको थिएँ । रेडियोमा बजेको गीत सुनेपछि आपूm पनि त्यसैगरी गीत गाएर अरूलाई सुनाउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । विस्तारै गीत सिक्दै गएँ अनि गाउन पनि थालें । अहिले यो ठाउँमा पुगेकी छु ।

कति वर्ष भयो संगीतमा लागेको ?
संगीत क्षेत्रमा लागेको १४/१५ वर्ष भयो ।

तपाईंको पहिलो गीत कुन हो ?
मैले गाएको पहिलो गीत लोक तथा दोहोरी थियो । ‘मौरी घुम्छ पूmलको बोटैमा, ए कान्छा घुम्न जाऊँ न नगरकोटमा’ बोलको गीत थियो । त्यस गीतमा आइसिंह लामासँँग युगल स्वर रहेको थियो ।

तपाईंको विवाह कसरी भयो ?
हाम्रो विवाहको प्रसंग अलि फरक छ । म पूर्व खोटाङको परें उहाँ पश्चिम धादिङको पर्नुभयो । हाम्रो एउटै कलेज तर, भेट चाहिँ काठमाडौंले नै गराएको त्यसमा मेरो साथी र मेरो माइजूहरूको उहासँगको पुरानो सम्बन्धले हाम्रो चिनजान भयो । त्यही चिनजानले हामीले एक अर्कालाई जान्दै बुझ्दै गयौं र विवाह बन्धनमा बाधियौं ।

आफ्नो श्रीमान्भन्दा अरू राम्रो लाग्छ भन्छन् तपाईंलाई अरू राम्रो लागेको त छैन ?
सबै मान्छे एउटै हो । विचारको आधारमा मान्छेको मूल्यांकन गरिन्छ । र वैचारिक रूपमा उहाँ परिपक्व हुनुहुन्छ त्यसैले आफ्नै श्रीमान् मन पर्छ ।

विवाहअगाडि लभ गर्नु भयो कि भएन ?
कसैलाई मैले मन पराएँ होला उसलाई म मन परेन होला, कसैले मलाई मन पराए होला उसलाई मैले मन पराइँन । त्यसैले होला लभको चक्करमा अलि पर्न सकिएन ।

पहिले लभ गर्नुभएन अहिले लभ गर्न मन लाग्दैन ?
लभ गेम होइन, जुन पढ्दा दुई अक्षर हुन्छ । तर, पनि त्यसमा जिन्दगीको लामो यात्रा जोडिएको हुन्छ । त्यसैले यो शब्दलाई सम्मानका साथ सबैले सोच्नु आवश्यक हुन्छ ।

लभ लेटरहरू कत्तिको आउथे ?
त्यो एउटा समय हो । जुन समयमा लभ लेटर आउने त भइहाल्छ नि तर, त्यसलाई कसरी लिने आपूmमा भर पर्ने कुरा हो । मलाई पनि आउन त आएका थिए ।

त्यसो भए तपाईंलाई मन पराउने त धेरै थिए होला हैन ?
खै त्यो अरूको मनमा पस्न सकिँदैन, धेरै हुनुहुन्थ्यो कि थोरै मलाई थाहा भएन ।

तपाईंलाई मन पर्ने मान्छेले डेटिङको अफर ग¥यो भने के गर्नुहुन्छ ?
खुसी लाग्छ, डेटिङ नगए पनि धन्यवाद भनेर खुसी व्यक्त गर्छु ।

अबको योजना के बनाउनुभएको छ ?
यत्रो वर्ष त सांगीतिक क्षेत्रमा समय समर्पित गरें भने अब त अर्को योजना बनाउने कुरै भएन । यसैलाई निरन्तरता दिँदै जानेछु ।

अन्तमा तपाईंका मनका कुरा ?
मेनुका राई भनेर चिन्नुहुन्ने तथा मेरा गीत सुनेर मलाई माया गरिदिनु हुने श्रोता तथा दर्शकहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै नेपाली गीत संगीतलाई माया गरी सुनिदिनु्होला अनि हेरिदिनुहोला भन्न चाहन्छु् ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...