धर्म र राजनीति – Janata Live
  • Sunday, February 5, 2023

धर्म र राजनीति

  • एसटी शेर्पा
  • चैत ०१, २०७५

धर्म र राजनीति

आजभन्दा एक सय वर्ष अगाडिका समाजशास्त्री इमाइल दुर्खाइमका अनुसार धर्म र देवताबाट मानिसको सृष्टि हुने होइन । बरू मानिसले आफ्नो उतपादन पद्धति र जीवनचार्या अनुसार धर्म र देवताको आविस्कार गरेको हो । त्यस्तै बुद्धले ज्ञान र कर्मको पद्धतिबाट बौद्ध धर्मको आविस्कार गरेका थिए । बुद्धको विचार, वाणी र शब्दको जगमाथि ज्ञान, कर्म र शब्दले आर्य अवलोकितेश्वर सँगै गुरू पद्मसंभवले क्रोध र करूणको देवी देवताको आविस्कार गरेका थिए । त्यस्तै पूर्व तानाशाह ज्ञानेन्द्र शाहका पुर्खा जैत खान र जैत पुत्र सूर्य खान, सूर्य खान पुत्र मिचाँ खान तथा खाँचा खान, खाँचा पुत्र सतहुँ र गरहुँ थिए भने मिचाँ खान पुत्र भक्ति खान र विचित्र अर्थात कुलमण्डन खान थिए । यी नै कुलमण्डनका पुत्र नरराज खान र यशोव्रह्म खानको पालामा नरराज खानले खान उपाधी परित्याग गरि शाही उपाधि चलाएपछि यशोब्रम्ह शाहीका छोरा द्रव्य शाह माहिलाले अलगौर मुस्लिम अस्तित्वको अवशान गरेर शाह चलाउँदै हिन्दु राजतन्त्रको आविस्कार गरेका थिए ।

खानबाट शाह कालसम्म आइपुगेका अन्तिम तानाशाह ज्ञानेन्द्रले हिन्दु सम्राट घोषणा गरेका थिए भने अर्को पुर्खाहरू हिन्दु देवता विष्णुका अवतार मानिन्थे । शासकीय जीवन पद्धतिले हिन्दु धर्मको आविस्कार महाभारत साहित्य हुँदै खान–शाहहरूले गरेका थिए नेपालमा । मनुका छोरा इक्ष्वाकुको राजतन्त्र टिकाउन श्रीकृष्णले अर्जुनलाई ‘जिते हस्तिनापुरको राज, मरे चपरी मुनिको बासु लड्नै पर्छ युद्ध भनी प्रेरित महाभारत साहित्यमा गरेको देखिन्छ ।

धर्म र राजनीति इतिहासमा सापेक्ष थियो राजतन्त्रको बलियो जग र स्थायित्वको लागि राजधर्म हुने भएकोले राजतन्त्रहरू धर्म निरपेक्ष हुन सकेन । तर, नेपालमा २०१९ सालमा मात्र हिन्दु अधिराज्य बनाइयो तिब्बतमा आठौं शताब्दिको प्रारम्भमा बोन धर्मलाई त्यागेर बौद्ध धर्मलाई राजधर्म अंगाल्यो । भुटान, थाइल्यण्ड र साउदी अरब बौद्ध राजतन्त्रात्मक मूलुकको पहिचान आज पनि छ । धर्मले कहिल्यै राजतन्त्र वा गणतन्त्रको वकालत नगरेता पनि राजा वादशाहहरू धर्मको आडभरोसामा राज्य सत्ता टिकाउने परम्परा पाइन्छ । जस्तै ज्ञानेन्द्र शाहले हिन्दुहरूको बाहुल्यता भएको नेपालमा पशुपति नाथको भरोसामा आफूलाई हिन्दु सम्राट घोषणा गरेका थिए । तर, महान हिन्दु जनताले ज्ञानेन्द्रलाई विष्णुको अवतार होइन स्वतन्त्रता र लोकतन्त्र विरोधी गध्दार ठहर गर्दै सत्ताच्युत गरेका थिए । हिजो धार्मिक राज्यको युग थियो । आज राजनीति र धर्मलाई अलग राख्नुपर्ने दर्शनको विकास गरेको छ । प्राचीन कालमा कुलीनतन्त्रबाट राजतन्त्र प्रारम्भ भएको थियो । धार्मिक आस्था र साधानाको ठूलो चाङ आवश्यक थियो राजनीतिमा सबै जनता धर्म परिवर्तन गराउने, धर्म परिवर्तन गरेर जात, गोत्रलगायत जमिन र रोजगार दिने र खोस्ने शक्ति भएको राजा र शासनले धर्म र राजनीतिसँगै हुने गर्दै समाज आजको निरपेक्षसम्म विचार र वाणीको युगमा आइपुगेका छौं । राजनीति र धर्मलाई नबुझ्ने वा बुझेर पनि व्यक्तिगत स्वार्थ पूरा गर्न धार्मिक र जातीय राज्य आदिको माग गर्ने व्यक्ति समूहको नाटकहरू मञ्चन भइरहेको देखिन्छ ।

हिन्दु राजतन्त्रले दिएको लामो शासनको खराव परिणामा हो यो सबै राजनीतिक तथा आर्थिक दुर्गतिको संरचनाहरू । हाम्रो जनताको खुसीको लागि फलानो संरचना, राजनैतिक तथा आर्थिक परिवर्तनको लागि गौरवशाली संरचना जसको कारण जनता समृद्धशाली र खुसी छन् भनेर मूल्यङ्कन गर्ने ठाउँ कहीँ पनि छैन आज । राजा र वामपन्थी खुसी भएको पञ्चायती अर्थात महेन्द्र कम्युनिज्मको आधारमाथि बनेको उपरि संरचनाको पञ्चायती सामन्ति युग राणाशासनको अन्त २००७ सालको क्रान्ति पछि प्राप्त लोकतन्त्रलाई २०१७ सालमा ‘कुु गरेपछि नेपाली जनता सामन्ति अर्थतन्त्रको चरम गरिवी र वहिस्करणमा फस्यो । सामन्ति अर्थतन्त्रमा स्वास्थ्य, शिक्षामा पहुँच, रोजगार, कृषिमा नगद अर्थतन्त्र, विकास तथ निर्माण सामन्ति हुकुममा चल्ने भएको हुँदा हाम्रो समाजमा खासै परिणाममुखी भएन । बरू यसले दिएको वितृष्णा र उत्पीडनले २०४६ सालको जनआन्दोलनको जग निर्माण गरेको मानिन्छ । सन् १९९० तिर युरोप लगायत संसार भरी कम्युनिस्ट तानाशाह ढल्दै लोकतन्त्र आउने क्रम अगाडि बढ्यो । नेपालमा पनि महेन्द्र कम्युनिज्म ढल्यो उता सोभियत संघ विघटन भयो । लोकतन्त्रमा लोतान्त्रिक विचार र वाणीको शक्ति हुन्छ । लोकतान्त्रिक शक्तिको विरूद्धमा वामपन्थी रूप र शक्ति असफल प्रयास मात्रै हो । संसार भरी वादशाह ढल्दै जनताको शासन आउने लहर चल्ने क्रममा नेपालमा पनि गणतन्त्र स्थापना भयो वि. सं. २०६२/२०६३ मा ।

चिनियाँ मोडेलको छापामार युद्धबाट सत्ता आरोहण गर्न सफल आजकोे विभिन्न थरिको माओवादीहरू सन् १९४९ तिर चीनमा सम्पन्न गृहयुद्धको प्रतिफलबाट साम्यवादीहरूले सरकार निर्माण गरेका थिए । माओवादीरएमाओवादीहरूलाई नेपालमा लेनिन् राष्ट्रियताको मोडेलका वामपन्थी जातिवाद र हिन्दु अतिजातिवाद सबै गृह युद्धतिर जाने र यसको जगमाथि भविष्यमा वामपन्थीहरूले लोतन्त्रवादीहरूको विरूद्धमा सरकार बनाउने उद्देश्यबाट देशलाई जातीय तथा धार्मिक रूपमा लडाई गृहयुद्धको तयारी भइरहेको छ । नेपाली जनताले मूर्त रूपमा महसुस गर्ने समय आएको छ कि सन् १९४९ को चीनको राजनीतिक परिवर्तनको पैभाव नेपाली राजनीतिमा ६ दशक पछि पनि भइरहेको छ जुन प्रभाव र विश्वासको भ्रममा नेपाली माओवादी–एमाओवादीहरू छन् । तत्कालीन समयमा जापानको पञ्जाबाट अमेरिकाले चीनलाई मुक्रि दिलाएको थियो तर, साम्यवादी सरकार निर्माण गरेपछि अमेरिकसँग चीनको सम्बन्ध कमजोर भयो र जापानलाई अमेरिकाले पुनर्निर्माणमा सहयोग तथा सुमधुर सम्बन्धको विकास प्रारम्भ भयो । सन् १९३५ मा रूस–चीन सम्झौता भयो कि जापानको विरूद्धमा लड्न । नेपालमा जारी वामपन्थी जातिवाद र अति हिन्दु जातिवादी द्वन्द्वमार्फत चीनमा झैं साम्यवादी सरकार निर्माणको दिवा सपनाको भ्रममा नेपाली माओवादी–एमाओवादीहरू मनोवैज्ञानिक युद्धमा छन् । यसले हिन्दु अतिवादी शासहरूलाई पैतिगमन तथा राजनीतिक वातावरणलाई अन्यौलमा पारेर लोकतन्त्रलाई कमजोर बनाउन ठाउँ प्राप्त भएको छ । राजनीतिक चेतनाको गरिवी र बहिस्करणममा शेर्पा, तामाङ, गुरूङ, मगर, राई तथा लिम्बु आदि आदिबासी जाजातिहरूलाई कडा पार्टी अुनुशासन तथा विचारको लगाममा ‘कुु गरेर राज्यहरू समुदाय नै पछि पछि दाताको रूपमा प्रस्तुत हुनु राजनीतिक दलहरूको अदुदर्शिता र कुविचारको परिणामस्वरूप देश गृहयुद्धको संघारमा पुगेको अवस्थामा छ । लोतन्त्रवादी शक्तिहरू पनि अति हिन्दुवादीको छायाँमा परेको अवस्थामा पुगेको महसुस नेपालीजनता जार्दनको तहमा पुष्टि भएको देखिन्छ । अति हिन्दूवादी पर्खाल र वामपन्थी जातिवादी पर्खालले हामीलाई गृहयुद्धको मुखतिर पु¥याउने प्रयास गर्दैछन् । त्यसैले गृहयुद्धलाई टार्न दुवै जातिवादी पर्खाललाई ध्वस्त पार्न सबैको लागि लोकतन्त्र अभियान जरूरी छ ।

महान् हिन्दुहरू तीन पुस्तादेखि राजाको विरूद्धमा लडाइँ र त्याग गरेको गौरवशाली इतिहास छ । हिकन्दुहरूले दशैं नमनाउन नपाएर वा विदा नपाएर हिन्दु राज्यको माग गरेको हुन् त रु हिन्दु भाइहरूले तिहारमा भाइटिका गर्न पाएको छैन रु हिन्दु चेलीहरूले तीज पर्व, बाबु र आमाको मुख हेर्न औंसी पर्वदेखि एकदशी आदि पर्व मनाउन नपाएर हिन्दु राज्यको माग गरेको हो त रु होइन महान हिन्दु जनता बडा दशैं र तिहार लगायत हिजो जसरी चलेको थियो आज पनि निरन्तर चले कै छ । फरक यति हो पूर्व तानाशाहहरू सत्ता बाहिर गुमनाम छन् । लोकतन्त्रवादीहरू आमुल परिरवर्तनको सवालमा व्याफक छलफलमा छन् ।

लोकतन्त्र, संघीयता, जातजाति र आदिवासी जनजाति लगायत सबै धर्मावलम्वीहरूबिचको सामाजिक भाइचारा तथा धार्मिक सहिष्णुताको एकताको आदर्शको राष्ट्र निर्माणको अभियानको प्रमुख पात्रहरूको विरूद्धमा अतिहिन्दुवाद र वामपन्थी जातिवाद एक ठाउँमा आउने खतरा पनि नभएको भने होइन । २०५२ सालमा विरेन्द्र शाह र माआोवादी सम्झौता सबैतिर जीवित नै छ । तराई–मधेसतिरको राजनीति पहाड विरोधी अनि पहाडी राजनीति हिमाली विरोधी अनि भूगोल भर्सेस भूगोल राजनीतिक समस्यामा लगानी गर्नेहरूतिर दोस्रो संविधानसभा तथा राजनीतिक दलहरू सचेत हुनै पर्छ । कालो बादल भित्र चाँदीको घेरा हुन्छ नै । गणतन्त्रको सफलता र असफलताको परीक्षण गरेर कारण खोज्ने बेला होइन आज त एकोहोरो रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र निर्माणको प्रारम्भिक युग हो । जतिबेला पूर्व तानाशाहहरूलाई एक ठाउँ प्रहार गर्दा एक हजार ठाउँ भत्काउने समर्थन जनताले गरिरहेको अवस्था छ । त्यसैले लोकतन्त्रवादीहरूले सहमति, सहकार्य र एकता अधिक भन्दा अधिक राजनीतिक शक्तिहरूसँग तत्काल नतिजामूखी कार्य गर्न जरूरी छ कि जसले सय वर्षको यात्रा र भविष्य सुनिश्चित गरोस् । जसले कमा, फुलिस्टपकै कारण आउने समस्यालाई समेत ध्यान दिएर विश्व वैज्ञानिक दृष्टिकोणको ‘फ्रेमवर्कुभित्र चिटिक्क देखियोस् कि नेपाली जनताको बुद्धि बुद्धको झैं चम्केको छ । यो सबै विश्लेषणहरू वामपन्थी शक्ति र पूर्व तानाशाहको वरिपरिको खराब धराप पक्षहरूको सवालमा भयो । यि यावत सवालहरूमा होसियारी अनि भविष्यप्रति वैज्ञानिक विचाार निर्माण गर्नु राम्रो हुनेछ । नेपाली राजनीतिमा नेपालीको खुसी पक्क–टक्क आफ्नै साझा चेतनाको प्रयोगबाट प्राप्त हुने छ । संघर्ष गरियो राजनीतिक तथा आर्थिक परिवर्तनको खातिर लामो राजतन्त्रको जग फाल्न तिन पुस्ते जनआन्दोलनबाट उखलेर संघीय लोतान्त्रिक गणतन्त्रको निर्माणमा धार्मिक सहिष्णुता र जातजाति र आदिवासी जनजाति तथा तराई मधेसी एकताको आदर्श समाज बनाइ राष्ट्र र राष्ट्रियता वफदार रही लोकतन्त्रप्रति÷जनताप्रति जनचाहना अनुसार इमान्दार भइ नेपालको राज्यको पूर्वसंरचना गरिएमा दिगो र वैज्ञानिक निश्चित रूपमा हुन्छ ।

हो, हाम्रो समाजमा कसैलाई हिन्दुत्व नै सबै आधार सत्य होला । कसैलाई हिन्दु भएर पनि धर्म कर्मलाई राजनीति भन्दा अलग राख्नु वैज्ञानिक र धार्मिक सहिष्णुता देखिएला । तर राजनीति र धर्मलाई एउटै थालीमा हाली धर्मलाई दुषित बनाउने काम महान हिन्दुहरूले चाहना नराखेकै कारण २०१९ देखि २०६३ सम्म मात्र नेपाल हिन्दु अधिराज्य रहेको हो । त्यो भन्दा अन्य समय नेपाल धर्म निरपेक्ष राज्य नै थियो र आज पनि निरपेक्ष छ । जनता खुसी थिएनन् राजतन्त्रसँग । त्यसैले लगणतन्त्र आयो हिन्दु सम्राट र हिन्दु अधिराज्य राजा वादशाहसँग जडित भएकोले पीडित जनता खुसी थिएनन् । जनताको खुसीको सम्बन्ध संघीयता र गणतन्त्र सहितको लोकतन्त्रसँग छ । भौतिक विकास, आर्थिक विकास तथा मनाव विकास आजको मान्छेको आत्मिक न्याय र भौतिक न्यायको चोटिलो मुद्दाहरू हो । त्यसैले खुसीशास्त्रीय दृष्टिकोणबाट अब नेपाली जनताको नयाँ गौरवशाली इतिहास र समृद्धशाली देश नेपाल निर्माण गर्ने सन्दर्भमा खुसीशास्त्रको विकास पहिलो शर्त हो । लोकतन्त्र भनेको सामाजिक तथा राजनीतिक संरचनाको दर्शन हो जसले हरेक व्यक्तिलाई अधिकतम् स्वतन्त्रता र अधिकतम् जिम्मेवारी सुम्पेको हुन्छ । लोकतन्त्रले साधरणतः त्यस्ता संस्थाहरूलाई संकेत गर्दछ जसको माध्यमबाट हरेक व्यक्तिहरूलाई कमसेकम समय–समयमा नेताहरू, राजनीतिक व्यवस्था र कार्यक्रमको छनौट गर्ने संभावना रहन्छ । जटिल समाजमा लोकतन्त्रलाई यसतो राजनीतिक व्यवस्थाको रूपमा परिभाषित गर्न सकिन्छ, जहाँ उच्च अहोदाका सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा परिवर्तन गर्न सकिने संवैधानिक संभावना छ । त्यस्तो सामाजिक यन्त्रको रूपमा परिभाषित गर्न सकिन्छ । जहाँ बहुमतले आफूले चुनेको राजनीतिक जीवनका महत्वपूर्ण निर्णय लिने गर्दछन् भन्ने ठम्याइको वकालत अमेरिकी समाजशास्त्री सेमोर मार्टिन लिपसेटको छ ।

हामी अब ‘सबैको लागि लोकतन्त्रु तिर यात्रा गर्ने बटमलाइनमा छौं । विद्यमान लोकतान्त्रिक अभ्यासको मूल्यांकन जनताले प्राप्त गरेको मौलिक हकको सुनिश्चितता र तिनीहरूको निर्वाध प्रयोगबाट नै गर्न सकिन्छ । लोकतान्त्रिक सभ्यता तव मात्र विकसित हुन्छ जव नागरिकहरूको मौलिक हक पूर्ण रूपमा सुरक्षित र संरक्षित हुन्छ इतिहासमा मौलिक हकको सवालमा बेलायतलाई सम्मान दिइन्छ । बेलायतमा नागरिकहरूलाई हक अधिकार दिइनुपर्छ भन्ने धारणाको कानुनी मान्यता सन् १२१५ मा पारित म्याग्नाकार्टाबाट शुरू भएको हो । यस क्रममा पेटिसन अफ राइटस् (petiton of Rights) बन्दी प्रत्यक्षीकरण संहिता (Heabeaus Corpus Act, 1670) तथा विल अफ राइट्स (Bill of Rights 1681)लाई मौलिक हक सम्बन्धि महत्वपूर्ण कानुन मानिन्छ । जसले बेलायतका नागरिकहरूलाई मौलिक हकको सुनिश्चितता प्रदान गरेको छ । जुन अधिकारहरू अरू देशको संविधानले प्रदान गरेका भन्दा कम छ भन्न मिल्दैन ।

बेलायतमा जस्तै अमेरिकामा पनि मौलिक हकको विकास Common law system अन्तर्गत नै भएको देखिन्छ किन भने सन् १७८७ मा संविधानको निर्माण हुँदा मौलिक हकको व्यवस्था गरिएको थिएन । र यसले गर्दा सो संविधानको ठूलो आलोचना भयो । यो संवैधानिक कमिलालाई सन् १७९१, १५ डिसेम्बरमा पारित Bill of Rights द्वारा पूर्ति गरियो । जसमा धर्म सम्बन्धि हक, वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण रूपमा भेला हुन पाउने जस्ता अधिकारको व्यवस्था गरियो र यि अधिकारहरू कटौति गर्ने गरि कांग्रेसले कानुन समेत पारित गर्न नसक्ने व्यवस्था गरी उक्त हकको सुनिश्चितता र संरक्षणको व्यवस्था गरियो ।

संविधानमा लिपिबद्ध हुँदैमा मौलिक हक प्राप्त हुने भए चीन र रूसको संविधानमा पनि मौलिक हकहरू लिपिबद्ध गरिएका छन् र अझ रूसको संविधानको धारा १२५ र त्निको संविधानको धारा ३८ ले स्वतन्त्रताको हक ९वाक प्रकाशन सभा सम्मेलन, प्रदर्शन सम्बन्धि० यति निर्बाध रूपमा उपलब्ध हुने गरी उल्लेख गरेको पाइन्छ कि अन्य संविधानले जस्तो विशेषण वा प्रतिबन्धात्मक वाक्यांश पनि जोडिएको छैन । तर पनि त्यहाँ ती हकहरू प्राप्त छैनन् किन भने त्यहाँ न्यायलय स्वतन्त्र र निष्पक्ष छैन । र, अदालत सरकारकै एक अंगको रूपमा रहेको छ । अदालत पनि सरकाको नीति नै अवलम्वन गर्न वाध्य छ । अदालतले सरकार विरूद्ध कुनै फैसला गर्न सक्दैन । त्यसैले यी देशहरूमा संविधानद्वारा प्रदत्त हकहरू जनताले उपभोग गर्न पाउने निश्चित छैन र ती हकहरू कार्यपालिकाको दयाको रूपमा मात्र प्राप्त हुन्छन् ।

हाम्रो जस्तो धर्म र जातजातिबीच शीतयुद्ध चलेको अवस्थामा लोकतन्त्रको अभ्यासमा संघीयता चोटिलो वहसको मुद्दा बनेको छ । जातजाति भर्सेस आदिवासी जनजाति तथा तराई मधेसी राजनीतिका शीतयुद्दमा धर्मको घोडामा सवार छन् कोही अतिवादी साम्प्रदायिक खेमाहरू । त्यस्तै नयाँ जातिवादी बोक्ने वामपन्थी जातिवादीहरू दोस्रो अतिवादी खेमाहरू देखिएको देशमा दुबै खेमाले अगाडि नर्माण गरेको पर्खाल भत्काएर ‘सबैको लागि लोकतन्त्रु तिर हाम्रो बटमलाइन हो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरङ्कुश राजतन्त्रको विरूद्धमा आन्दोलन चल्दै गर्दा मैले पत्रकारको रूपमा लोकतन्त्र र संघीय गणतन्त्रको लागि कलम चलाएर गिरफ्तारी तथा प्रहरी हिरासत बसेको अनि पार्टी जिम्मेवारीमा रहेर तथा आदिवासी जनजाति संयुक्त संघर्ष समिति केन्द्रीय जनआन्दोलन परिचालन कमिटीमा रहेर २०६२/६३ को जनआन्दोलनमा क्रियाशील रहँदा धेरै गौरवशाली लोकतन्त्रवादी भएको अनूभूति थियो मलाई ।

संविधानसभा निर्वाचन २०६४ मा सम्पन्न भए सँगै देशमा हिन्दु जातिवादी र वामपन्थी जातिवाद बीचमा शीत युद्द प्रारम्भ भयो । आदिवासी जनजाति आन्दोलन वामपन्थी जातिवादी धरापमा फस्न पुगेपछि आफूलाई दुबै पर्खालको किनरामा उभिने नैतिक रूपमा साहस भएन । यो दुबै किनराहरू लोकतन्त्र विरोधी थिए । त्यसैले आदिवासी जनजाति आन्दोलनबाट विदा लिएर सबैको लागि लोकतन्त्र अभियानको विचार, वाणी र शब्दको खेतीतिर प्रवेश गर्ने क्रममा ज्ञान, कर्म र शब्दको असल सैद्धान्तिक यात्रामा ‘सबैको लागि लोकतन्त्रुको बहसलाई सामाजिकीकरण र मार्केटिङमा अभ्यस्त छु भन्नु राम्रो हुन्छ होला । म यहाँ न्युनतम रूपमा अमेरिकी समाजशास्त्री सेमोर मार्टिन लिप्सेटको वकालतमा सहमती राख्दै नेपालमा सबैको लागि लोकतन्त्र सुनिश्चित गर्न सामाजिकीकरण र मार्केटिङ गर्न सबैमा अपिल गर्न चाहन्छु कि आम जनताले धर्मलाई सुकन्य राखुन र राजनीतिले धर्मको बर्बाद नगरून् ।

धर्मले राजनीतिलाई सिउँदो सजाउने महिला वा पुरूषकै कर्ममा पनि, भूमिकामा अलग राखी धर्म र जातजाति तथा आदविासी जनजातिबीचमा द्वन्द्व ल्याउने अनि शतियुद्द माथि टेकेर गृहयुद्दतिर जाने प्रयासलाई रोक्न पर्छ । हाम्रो समाजको विकासको इतिहासलाई धार्मिक सहिष्णुता तथा एकतालाई अक्षुण रूपमा निरन्तर अगाडि बढाउनु पर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा हामीले शीतयुद्दलाई विसर्जन गरेर पर्खालहरूलाई भत्काएर अगाडि बढ्नु वैज्ञानिक हुन्छ । संघीयताको संख्या र शासक गणनाले देशलाई खासै ठूलो असर पर्दैन । तर संख्यामा द्वन्द्व भएमा नाइजेरिया कै हालत हुन्छ । सन् १९६७ मा १२ वटा संघीयताबाट सन् १९९६ सम्म आइपुग्दा ३६ वटा संघीय राज्यहरू स्थापना भए र असफल बन्यो । आर्थिक सामथ्र्यको अभावमा राजनीतिक तथा प्रशासनीक भार थपेर लोकतन्त्रको उच्चतम स्वरूप संघीय लोकतन्त्रको बदनाम गर्ने काममात्र भइरहेको छ । ठूलो भूगोल र जनसंख्या भएको देश पाकिस्तान ५ वटा प्रदेशको छ । हाम्रो देशमा गरिखानेहरूले नभई विगार्नेहरूलाई बढ्ता लोकतन्त्र चाहिएको छ ।

लोकतन्त्रवादीहरूलाई भन्दा पनि गैरलोकतन्त्रवादी शक्तिलाई बढ्ता लोकतन्त्रको ओठे भाषामा बोडी ल्याङग्वयजमा अग्रताका मृगतृष्णको राजनीति गर्दैछन् । यसको सबै सारमा विश्लेषण गर्ने हो भने राजावादीहरू पूर्व तानाशाहलाई हिन्दु सम्राटको गद्धि आरोहणको धार्मिक प्रेतात्मा सवार भइरहेको छ भने उग्र वापन्थीहरू दुबै पर्खालको गृहयुद्दको जग माथि टेकेर तहस नहस् भएको देशमा वामपन्थी जातिवादी अध्याँरो छायाँमा साम्यवादी सरकार निर्माण गर्ने चिनिया कम्युनिष्ट भूत प्रेतात्माको घोडामा सवार भएको छ भन्ने वस्तुगत विश्लेषण्को निष्कर्ष हो ।

संघीयतामा लोकतन्त्र र राजनीतिक स्थायित्वको लागि पहिचान साझा, र सामथ्र्य महत्वपूर्ण पक्ष हो । साझा पहिचान भएन त हिंसा, अशान्ति र असुरक्षाले द्वन्द्व निश्चित रूपमा बढ्छ नै । अर्को कुरा हो सामथ्र्य । राज्य प्रशासन तथा विकास प्रशासन सञ्चालन सामथ्र्य, उद्योग, जलश्रोत, उत्पादन, पर्यटन आदि विविध पक्षहरू छन् । अर्थात अर्थतन्त्रको सवाल सबै भन्दा बलियो पक्ष हो । हाम्रो देश स्वतन्त्र गुजारा खेती प्रणली हुँदै गुजारा खेती प्रणली सम्म आई पुग्दा सम्मको अनुभवमा उद्योग, कारखाना नाम मात्रको भएको इतिहास छ । उत्पादनको नाममा जिउनको लागि खेती पाती कृषि पेसा थियो । कृषि उत्पादनको नगद विनिमय सम्बन्ध थिएन । विसतारै २००७ सालको परिवर्तन पछि वसाइँ सराई, पेसा परिवर्तन, रोजगारीको लागि गाउँबाट सहर जाने क्रम चलेपछि नेपाली जनताको आर्थिक चेतनामा परिवर्तन आउन थालेपछि २०२१ सालको भूमिसुधार संहिताले नेपाली जनतालाई भूपति बनाइदिए पछि जमिन र उत्पादनको मालिक बनेको पाइन्छ । राजतन्त्रले जात, थर र गोत्रा दिने युगमा जमिन दिने र खोस्ने परम्पराको रैति अर्थतन्त्र महेन्द्र कम्युनिज्मले सामन्तवादी आर्थिक उत्पादन प्रणलीमा जनतालाई थला पारेको थियो । पञ्चायत अर्थात महेन्द्र कम्युनिज्मको अन्तसँगै सामन्ती अर्थतन्त्रको पनि विदाई भएकै हो । यसको केही अवशेषहरू शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा हलिया, कमैया, हरूवा, चरूवा तथा कम्लरी प्रथाको अन्तसँगै भएको हो । मानिस आफ्नो सामाजिक अस्तित्वमा अनिवार्य रूपले निश्चित उत्पादन सम्बन्धहरूमा प्रवेश गर्दछन् । जुन सम्बन्धहरू उत्पादनका वसतुगत शक्तिहरूको विकासको विद्यमान अवस्था अनुरूपका उत्पादन सम्बन्धहरू उसको इच्छाबाट स्वतन्त्र हुन्छन् । यि उत्पादन सम्बधहरूको समग्रताले समाजको आर्थिक संरचना वास्तविक आधार निर्माण गर्दछन् । जसमाथि एउटा कानुनी र राजनीतिक उपरी संरचना खडा हुन्छ र त्यसै अनुरूप सामाजिक चेतना निर्धारित हुन्छ । वसतुगत जीवनको उत्पादन पद्धतिले सामाजिक, राजनीतिक र बौद्धिक जीवनको सामन्य प्रक्रिया निर्धारण गर्दछ । मानिसको चेतनाले उसको अस्तित्वलाई निर्धारण नगर्न पनि सक्छ । बरू सामाजिक अस्तित्वले मानिसको चेतनालाई निर्धारण गर्दछ । अलग–अलग अन्तर्विरोधहरूको आधार चाहि अलग–अलग वर्ग समाज हो । सम्पूर्ण रूपले एकै प्रकारका वर्गहरू रहेको भिन्न भिन्न समाजहरूमा एकै प्रकारका अन्तर्विरोध हुन्छन् । त्यसैले समाजहरूमा एकै खालको सामाजिक क्रान्तिहरू हुन सक्छन् । तर भिन्न भिन्न वर्गहरू रहेका समाजहरूको अन्तर्विरोध र क्रान्तिहरू पनि अलग–अलग प्रकारका हुन्छन् ।

हामीले राणा कालिन समाजलाई राजनीतिक तथा सामाजिक रूपमा आमूल परिवर्तन गरिएकै हो । वीपीले हरेक किसानको घर, दुहुना गाई र हल गोरूको तस्वीर राष्ट्रिय योजनामा राखेता पनि २०१७ सालमा महेन्द्र ९पञ्चायत० कम्युनिज्मले नयाँ राजा–वाम सामन्तीवादले ३० वर्ष शासन गरेकै कारण हलिया, कमेया, हरूवा चरूवा तथा कम्लरी सामन्त प्रथाको कांग्रेस सरकारको समयमा वि।सं। २०५०–६० को दशकमा हटयो । राजा–वाम सामन्ती युगबाट हामी २०४६ सालमा मुक्त भएपनि २०५२ सालबाट दरवारसँग माओवादीको संझौता भएपछि राजा–माओवादी अर्थात हिजोको महेन्द्र–केशरजंग रायमाझीको ठाउँमा वरिेन्द्र–प्रचण्ड खाले राजा–वाम दोस्रो अध्ययकै रूपमा सशस्त्र कथित जनयुद्दले तहस नहस भएको आजको अवस्थामा हामी यो हाम्रो नेपाली समाजको पुँजीलाई कसरी, र राजनीतिक पुँजीलाई कस्तो विधिबाट बुझ्ने भन्ने संघारमा छौं जस्तो लाग्छ मलाई । एकपटक माक्र्सवादी अर्थतन्त्रको अर्थमा हेर्ने हो भने, ‘पुँजीले पुँजी जन्माउँछ । पुनरूत्पादन भनिन्छ यसलाई । पुँजीले बढी पुँजी, फेरी बढी पुँजीले झन् बढी पुँजी । यसरी आफूले श्रम नगरिकना अरूको श्रमको उपज पुँजीमाथि पुँजीपतिको अधिकार हुने व्यवस्था पुँजीवादी व्यवस्था हो । यो नै मानव समाजको गरिवी, वेरोजगार, भोकमारी र सबै दुर्भाग्यहरूको बाबु हो । थोरै पुँजीपतिहरूले धेरै श्रमिकहरूको श्रमको शोसन गर्ने हुँदा अत्यन्त धेरै संगठित श्रमिकहरूको प्रतिरोधले यो पुँजीवादी व्यवस्था समाप्त हुनेछ । यही नै हो कालमाक्र्सको पुँजीको जन्म कुण्डलीको सार कुरा । ‘माक्र्सले पहिलो पुँजी लगानीलाई पुरै वेवास्ता गर्छन् । पुँजीपतिको रिस्क र लगानीलाई शून्य बनाई मजदुरकै सरह बराबर श्रम लगानीसँग तुलना गर्छन् । कलकारखाना मजदुरको त हुन सक्दैन । कलकारखाना हुने मानिस मजदुर मालिक हो अर्थात आफै मजदुर र मालिक । केवल आदिम साम्यवादी चरमको समाजको काल्पनकि युगको परिकल्पनामाथि अर्थ व्यवस्थाको विश्लेषण एउटा खराव पक्ष हो । यो विश्लेषण आज वैज्ञानिक छैन । माक्र्स भन्छन्, पुँजीपतिहरूले श्रमिकलाई दिएको ज्याला नै श्रमको मुल्य हो भन्छन् । तर जबकी श्रमको मूल्य त विनिमयमा निर्धारण हुने मूल्य हो । पुँजीपतिले माल बेचेर प्राप्त हुने मूल्य हो । तर पुँजीपतिले जुन मूल्यमा माल बेच्छ, त्यो भन्दा कम मूल्य मात्रै मजदुरलाई दिन्छ । बाँकी मूल्य आफै राख्छ । मालको वास्तविक मूल्यमा श्रमिकलाई दिएको श्रमको मूल्य घटाउँदा जुन मूल्य बाँकी हुन्छ, त्यो अतिरिक्त मूल्य हो । जुन अतिक्ति मूल्य पुँजीपतिले आफ्नै अधिनमा राख्दछ, त्यो पुँजीपतिको नाफा हो । यसरी हाम्रो समाजमा आर्थिक तथा सामाजिक अध्ययनमा माक्र्सवादी दृष्टिकोण प्रयोग आलोचनात्मक प्रणालीबाट अगाडि बढेको देखिन्छ । तर माक्र्सवादी सामाजिक अध्ययन प्रणाली वैज्ञानिक प्रणाली हो भनिएत पनि आजका माक्र्सवादीहरूले समाजलाई आग्रहपूर्ण आँखीझ्यालबाट हेर्न बाहेक अन्य वैज्ञानिक विधि विकास गरेन कि आलोचनामा नै सकियो । जति–जति आलोचना कम भयो माक्र्सवाद पनि विज्ञानबाट अलग हुँदै गयो र अन्ततः विज्ञान र माक्र्सवादको सम्बन्ध टुट्न गयो । त्यसपछि कम्युनिष्ट आन्दोलनको आन्तरिक र बाह्य इतिहास मूलतः केन्द्रीकृत नेतृत्वको नोकरशाही तन्त्रको इतिहास बन्यो । यसरी आज समाजमा, सामाजिक व्यवहारमा तथा आर्थिक दुनियँमा मात्रै नभई राजनीतिक व्यवहारहरूमा माक्र्सवाद दिवंगत भई लोकतान्त्रिक पुँजीवादको उदय भएको छ ।

माक्र्सवादी फ्ल्यास व्याकतिर हेर्ने हो भने तत्कालिक सोभियत संघको समाजवादी क्रान्तिपछि विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीको नेतृत्व भनेको नमरूञ्जेल सत्तामा बस्ने राजतन्त्रको भिन्न रूप मात्रै प्रमाणित हुँदै आएको छ । कथित जसको विचार उसैको नेतृत्वको नाममा अन्य विचार वा आन्दोलनलाई क्रुर दमन गरेर आफ्नै वर्ग बन्धुको रगत बगाएर कथित विचारको रक्षा गर्नु परेको उदाहरणको इतिहासमा कुनै कमी छैन । सोभियत समाजवाद र कम्युनिस्ट पार्टीभित्र लेनिनको मृत्यपछि स्टालिनको नेतृत्वसँगै जेजस्तो घटना भए त्यसको प्रभावले कुनै न कुनै रूपमा अहिले पनि कम्युनिस्ट पार्टीलाई छाडेको छैन । अन्तर पार्टी जनवादमा पनि वर्ग संघर्षकै क्रुर रूप अपनाउने शैली स्टालिनको पालादेखि अहिले सम्म पनि पुनराबृत्ति हुँदै आएको छ ।

लेनिनको मृत्युपछि सोभियत सत्ता र पार्टी नेतृत्वमा स्टालिन पुगे । र, तत्कालीन समयको युद्ध र आवश्यकताले संगठनको रूपलाई ज्यादै केन्द्रीकृत र फौजीकृत बनायो । तत्कालीन समयमा कोमिर्टनमा आवद्ध विश्वभरका कम्युनिस्टहरूबीचमा संगठनको तहगत प्रणालीमा रहेको लेनिनवादी संगठनात्मक ढाँचा स्टालिनको अधिभूतवादी सोचबाट अझ बिकृत बन्न पुग्यो । पार्टीभित्र भिन्न विचारलाई अन्तर विरोधहरूको समग्र आयममा नभएर एक मनोवादका रूपमा बुझ्न थालियो । त्यहीँबाट लेनिनवादी संगठनात्मक पद्धतिले खतरनाक नोकरशाही र अधिनायकवादी रूप अंगाल्न पुग्यो । सोभियत समाजवादी सत्ता हुँदै कोमिर्टन मार्फत विश्वभर स्थापित यस ढाँचा पार्टी भित्र देखिएका मतभेदलाई जनवादी तरिकाले समाधान गर्नुभन्दा अन्तर पार्टी जनवादमा बल प्रयोग गर्ने परिपाटीको जन्म गरायो । त्यस कारणको अधिनायकवादी, नोकर शाही र बल प्रयोगको तरिकालाई विश्वका कम्युनिस्टहरूले आदर्शको रूपमा ग्रहण गरेपछि कम्युनिस्ट पार्टीको नेतृत्व पनि तानाशाही र व्यक्तिवादी हुँदै गयो । संसारमा सुकुलगुण्डे माक्र्सवादको जन्म हुनामा यो भूमि उर्वर रहयो । अर्कोतिर कम्युनिस्टहरूले ‘आवश्यकता र स्वतन्त्रताु दुईवटा दार्शनिक प्रवर्गहरूद्वारा पनि पार्टी र नेतृत्वलाई हेर्ने गर्छन् । तर, त्यसको बुझाईमा रहेको समस्याले पनि नेतृत्वको प्रश्नमा विवाद रहँदै आएको देखिन्छ ।

माक्र्स र एंगेल्सले कल्पना गरेको ‘आवश्यकता र स्वतन्त्रताु को द्वन्द्वात्मक पार्टी वा राज्यको रूपलाई वर्ग विहिन वा राज्य विहिन साम्यवादी समजासम्म पुग्न प्रयोग गरिने एउटा संक्रमणकालीन साधानको रूपमा मात्र लिएको देखिन्छ । पछिल्ला समाजवादी पार्टी र सत्ताका रूपहरू भने जनताभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेताहरू, नेताहरू भन्दा माथि मुख्य नेतृत्व बस्ने र त्यसलाई स्थायी र बलियो नोकरशाही सत्तामा रूपान्तरण गर्ने प्रवृति देखा प¥यो । आवश्यकताको नाममा स्वतन्त्रताको दुनियाँमा जान पाइला नचाल्ने र स्वतन्त्रको नाममा आवश्यकतालाई बेवास्ता गर्ने अराजकतावादी प्रवृत्ति संसारभरका कम्युनिस्ट पार्टीहरूमा देखियो । स्वतन्त्रता आवश्यकताको चेतना भएता पनि त्यसले आवश्यकतालाई पनि बदाल्दै स्वतन्त्रता तर्फ लैजान्छ । त्यसैले फ्रेडरिक एंगेल्सले भनेका थिए ‘आवश्यकताको दुनियाँलाई बदालेपछि मात्र स्वतन्त्रताको दुनियाँमा छलाङ्ग मार्न सकिन्छ ।

हामी सामाजिक रूपान्तरणको वैज्ञानिक प्रक्रियाबारे अध्ययन तथा अनुसन्धान गर्दै नयाँ युग सुहाउँदो समाजशास्त्र निर्माण गर्न र समाजको गति बुझ्न संघर्षरत छौं । हाम्रो लागि इतिहास र वर्तमानको अध्ययन आवश्यक छ । जसले हामीलाई भविष्यको संभावनाहरूको बढी नजिक पु¥याउँछ । आजको समाजको स्पष्ट चित्र नउतारिकन भविष्यको वास्तविक चित्र कोर्न सकिन्न । बदलिँदो नेपाली समाजको सामाजिक तथा राजनीतिक व्यवहारहरू शान्ति र खुसीमा सबैको लागि लोकतन्त्रमा खुसीशास्त्रीय चिन्तन प्रणालीको सामाजिक अध्ययन प्रणालीमा नेपाली समाजशास्त्र निर्माण आज जरूरी छ । नयाँ समाजशास्त्रमा हाम्रो भविष्य दिगो र फलदायी आशा, विश्वास र प्रतिवद्धताका लागि वर्तमानको वस्तुगत अध्ययन गर्नु आवश्यक छ । नेपालको अर्थ राजनीतिमा थुप्रै मनोवादी मनगढन्ते चिन्तनलाई अगाडि प्रस्तुत् गर्दै माक्र्सवादी खास्टो ओढाउने अध्ययन प्रणालीको विकास भएको छ आज भोलि । माक्र्सवादी दुनियाँमा हरेक सामाजिक समस्याहरूको अध्ययन गर्ने र परिवर्तनका कारक तत्वहरूलाई बुझ्ने सामग्रीहरू विद्यमान छन् । त्यसैगरी त्यसता सामग्रीहरूलाई कर्मकाण्डका रूपमा बुझ्ने र व्याख्या गर्ने प्रवृतिहरू प्नि छन् ।

सामाजिक–आर्थिक क्षेत्रमा माक्र्सले गरेको योगदानहरूलाई समग्रतामा माक्र्सवादको खास्टो ओढाउने काम गरेका वाम बुद्धिजीविहरू चिन्तक तथा विश्लेषकहरू समाजको धरातलभित्र नपुगि कम्युनिस्ट विचार अंगालेकै कारण आपूmहरूले गर्ने हरेक कर्मकाण्डी चिन्तनलाई माक्र्सवादी खास्टोद्वारा लेपन गरेर बुद्धिजीवि भएको घोषणा गर्छन् । त्यसैले लेलिनवादी खास्टो र माओवादी खास्टो उत्पादन गरेर माक्र्सवादको रंगढंगमा सहज रूपान्तरण गरेको चर्चा बजारमा खुबै चल्छ । वर्गसंघर्ष र परिवर्तन शास्त्रीय रूपमा इतिहासको पानामा सजिएका छन् । व्यवहारमा सामाजिक तहमा तथा राजनीतिक तहमा धज्जी उडाएका छन् ।

व्यवहारमा धार्मिक सापेक्षता र जातीय सापेक्ष राज्यहरूको बहसले हामीलाई हाम्रो भविष्य छर्लङ्ग भइसकेको छ कि हामी धर्म र जातको नाममा गृहयुद्दको भुमरीमा माक्र्सवादी थाङ्नोको द्वन्द्वमा फस्दैछौ । वामपन्थी जातिवाद र हिन्दु जातिवादले निर्माण गरेको पर्खाल पनि पूर्वी जर्मनी र पश्चिम जर्मनी छुटाउने बर्लिन पर्खाल जस्तै छ । सोभियत संघको सल्लाहमा सन् १९६१ को १४ अगस्टको राति फाँसिवादबाट आफ्नो जनता जोगाउने काममा बर्लिन पर्खाल पूर्वी जर्मनी कम्युनिस्ट शासकले ३ दशमलव ६ मिटर ९१२ फूट० अग्लो एक सय ५५ मिटर ९९६ माइल० लामो पर्खाल निर्माण भयो । जुन पर्खालले २८ वर्षसम्म एक सय ३८ जनाको ज्यान लियो । लोकतान्त्रिक जर्मनीको विरूद्धमा बनाइएको उक्त पर्खाल २८ वर्ष पछि अक्टोबर ३, १९९० मा भत्काएर दुबै जर्मनी र जर्मनीका जनता एक भए । त्यहीँ वर्ष सन् १९९० मा सोभियत संघ धेरै टुक्राम विभाजित भयो । माक्र्सवादीहरू आलोचनको पर्खालमात्रै होइन देश टुक्राउने पर्खाल पनि निर्माण गरेको इतिहास बन्यो । हाम्रो देशमा लेनिन राष्ट्रियताको मोडल वामपन्थी जातिवाद र राजा–वामतन्त्रको हिन्दु सम्राट हिन्दु जातिवादी पर्खालले जातजाति र आदिवासी जानजातिको मध्य बीचमा बर्लिन पर्खाल झैं असहिष्णुताको पर्खाल निर्माण गरेको छ । यो पर्खालको निर्माता मालिक सामन्तवादीहरू र वामपन्थी जातिवादी दुबै शक्तिलाई शान्ति र खुसीको यात्रामा खुसीशास्त्रको सामाजिकीकरण र मार्केटिङमा सकुलिङ गर्नु राम्रो भविष्यको लागि हाम्रो सामाजिक दर्शन, हाम्रो राजनीतिक दर्शन र आर्थिक विकासको दर्शनको स्वमित्व ग्रहण गराउँनुमा उचित हुन्छ । खुसीशास्त्रको दार्शनिक पक्ष पनि यही हो कि हाम्रो समाज र जनतालाई द्वन्द्व र पीडाबाट मुक्त गरी राजनीतिक, सामाजिक तथा आर्थिक रूपमा लोकतान्त्रिक संघीयतामा रूपान्तरण र समायोजन गर्नु हो । हामीले खास्टोको चर्चालाई पुष्टि गर्नु छ यहाँ । धार्मिक खास्टो, माक्र्सवादी खास्टो, लेनिनवादी खास्टो तथा माओवादी खास्टो आदि हाम्रो समाजमा आन्दोलन र परिवर्तनसँगै आउने वाद र व्याख्याहरूभित्र समेटिएका अधिक बजार मूल्य हुँदै दिवंगत बजार मूल्य तिर पुगेका खास्टोहरू हुन् । उदाहरणको लागि एउटा चर्चा गरौंस

‘…जमिनको स्वतन्त्रता पूर्वक किनबेच जमिनमा पुँजीवाद हो । सामन्तवादमा जमिनको किनबेचको आम चलन हुँदैनथ्यो वा यसो भन्न सकिन्छ, जमिनको स्वतन्त्रतापूर्वक किनबेचको चारित्रिक विशेषता होइन । जमिनको खरिद विक्रीको लागि हो भने त्यो व्यपार हो । यदी त्यो जमिन उत्पादनको लागि खरिद गरिएको हो भने त्यसले कृषि उपजको रूपमा उपयोग मूल्य जन्माउँछ । उपयोग मूल्यलाई बजारले विनिमय मूल्यमा रूपान्तरण गर्छ । यसरी उत्पादनको प्रक्रिया जस्तो सुकै भएपनि विनिमय मूल्यको उत्पादान पुँजीवादी उत्पादनकोे अंग हो । त्यसैले जमिन पुँजीवादी सम्पत्ति हो । अब माथिको पंक्ति र नेपाली समाजमा विद्यमान पुँजीको चरित्रमा भिन्नता छैन । वाम बुद्धिजीवि, विश्लेषक तथा चिन्तकहरू समाजको वास्तविक धरातलमा प्रवेश नै नगरी तथानाम, वदनाममा राजनीतिक, आर्थिक चर्चा गर्छन् र त्यसैमा माक्र्सवाद खास्टोद्वारा अभिनन्दन गर्छन् । आफूहरूले राजनीतिमा प्रयोग गरेका बोडी ल्याङग्वइजलाई पनि लेनिनवादी, माक्र्सवाद तथा माओवादी खास्टो ओढाइदिएपछि जीन्दवाद । त्यसैले मदन भण्डारीले जनताको बहुदलीय जनवाद ‘जबजु को खास्टो लगाइदिएका थिए । रातभरिमा टन्न अरवपति बनेको कम्युनिस्ट अनि जमिनको मालिक कम्युनिस्टहरूले पुँजीवादको कमजोरी देख्नु र विघटन गर्ने सपना देख्नुमा कुनै तुक छैन । महंगो पलङमा सुत्ने सर्वहराको नेतृत्व ओठे भाषाको नयाँ खास्टो हो । यो आज माक्र्सवादी दृटिकोणबाट सामाजिक अध्ययन गर्नु पनि अब भ्रम हो ।

अर्को खास्टो हो धर्म । धर्म र राजनीतिक दुई विलकुल अलग ध्रुवहरू हुन् । तर सत्ताको लागि धर्मको खास्टो धारण गर्नेहरू नेपाली राजनीतिमा हिन्दु जातिवादमा आज भर्खरै नभएर वि। सं। २०१९ सालको राजा–वाम सत्ताको पञ्चायती संविधानबाट हिन्दु राज्य बन्यो नेपाल । धर्म र राजनीति विलकुलै फरक–फरक कुरा हुन् । यसले एक अर्कालाई प्रभावित गर्दैन भनेर कसैले बुझेको छ भने त्यो एकदमै गलत बुझेको छ । रामायण वा महाभारत राजनीतिक ग्रन्थ हुन कि धर्म ग्रन्थ भने र बहस गर्न थाल्ने हो भने त्यसको अन्त्य सजिलो छैन । जिसस क्राइस्टलाई तत्कालिन रोम सामराज्यका गर्भनर प्लोटियस पिलाटले निर्ममता पूर्वक क्रसमा टागेर मारेका थिए । त्यो धर्म थियो कि राजनीति थियो भनेर बहस गर्ने हो भने निकै ठूलो असजिलो सिर्जना हुने छ । इसाइहरूले प्रयोग चर्च र दरबारको शक्तिलाई फरक–फरक ‘गडु र ‘सिजरु को शक्तिलाई फरक–फरक गरेर बुझ्ने शब्द ‘सेक्युलारिज्मुलाई हामीले निरपेक्ष भनेर अनुवाद ग¥यौ, सायद त्यसको अनुवाद हाम्रो देशको सन्दर्भमा ‘धार्मिक स्वतन्त्रताु बनेको भए हिन्दुलाई बचाउन सजिलो हुने थियो ।

हिन्दुवादी राजनीतिमा विश्वास गर्नेहरू एकातिर पहिचानको विरूद्धमा चर्को रूपमा छन् अर्को तिर उनीहरूले गरिरहेको राजनीति पनि स्वयम पहिचानवादी हो भन्ने हेक्का राखि रहेका छैनन् । धर्म, संस्कृति, परम्परामा सबै राजनीति पहिचानवादी नै हो । जसको सैद्धन्तिकीकरण सम्यता संघर्ष हुन्छ । राजनीतिमा कतिपय मुद्दा यस्ता हुन्छन् जसको विषयमा खुलेर बहस गर्न सामाजिक संरचनाले सजिलो अनुभूति दिँदैन । त्यस्तो विषयमा बोल्दा, लेख्दा, केही न केही जोखिम त हुन्छ नै । सायद त्यही भएर भएर हुनसक्छ नेपालमा मेन स्ट्रीम डेमाक्तयाटस पार्टीहरू यस विषयमा त्यति खुलेर बहस गरिरहेका छैनन् । लोकतन्त्रवादीहरू यो वा उ तिर निरपेक्ष नै रहन्छन् । एक धार्मिक समुदायले अर्को धार्मिक समुदायको विरूद्धमा रोक वा निषेध गर्ने राजनीतिक दल लोकतन्त्रवादी हुनसक्दैन ।

सन् १८४८मा कम्युनिष्ट घोषणपत्र युरोपमा प्रकाशन भएको एक सय एक वर्ष पछि संसार राजनीतिक तथा आर्थिक रूपमा अलग–अलग लोकतान्त्रिक पुँजीवाद र साम्यवादी खेमामा सन् १९४९ मा विभाजित भयो । परस्पर विरोधि अमेरिका र जापन एकातिर अनि अमेरिकी सहयोगबाट स्वतन्त्रताको स्वास फेरेको जापनी शासनबाट मुक्तिपाएको चीन साम्यवादी खेमामा लाग्यो । दोस्रो विश्व युद्धपछिको ग्लोवल राजनीति तथा आर्थिक संरचनाको परिणामहरू थियो यो अवस्थाको विश्व परिस्थिति । त्यसपछिको साम्यवादी खेमाले नेतृत्व समूहको खास्टो धारीहरूले निर्माण गरेको वामपन्थी जातिवादी मोडेलले राजनीतिक तथा आर्थिक रूपमा गरिवी र बहिस्करणमा परेको समुदायमा आफ्नो पकड स्थापित गर्दै सत्तामा पुगेको पाइन्छ ।

गरिवी र बहिस्करणमा परेको कम्युनिस्ट समुदायहरूको सदस्यहरू शक्तिशाली, प्रभावशाली तथा ओजस्वीपूर्ण पारिवारिक नेतृत्वको अभावमा पूर्ण गरिवी र बहिस्करणमा परेको ठम्याइ छ किनकि साम्यवदी सरकार र पार्टीको नेतृत्व ओजस्वीपूर्ण रूपमा एकल नेतृत्वको तानाशाही विचारधाराद्वारा संगठित हुन्छ । यस्तो शैलीको सत्ताको लामो इतिहास पनि छैन । गरिवी र बहिस्करणमा परेका जनताको छोराछोरी सत्तामा नआएर कम्युनिष्ट शासककै सन्तान सरकार र पार्टी नेतृत्वको उत्तराधिकारी हुने चलन छ । जस्तैस हामीले उत्तरकोरीयालाई लीन सकिन्छ । उत्तर कोरीयामा किम इलसुङबाट निजको पुत्र किम जोङ उलमा बौद्धिक, शारीरिक तथा मानसिक क्षमताको अभावमा राजनीतिक तथा राज्य सत्ताको नेतृत्वमा पु¥याएका छन् । यसमा राजा वादशाह र कम्युनिष्ट तानशाहमा एकरपता पाइन्छ कि राजा सेनाधिपति हुन्छ र कमयुनिष्ट शासक पनि सेनाधिपति नै हुन्छ । सेनाको बलमा राज्यसत्ता र उत्ताराधिकारी सुनिश्चित गरेको हुन्छ । त्यसले गरिवी र बहिसकरणमा परेको जनमतको तथा समर्थनमा सेनको शक्तिमाथि कम्युनिष्टहरूले शासकी उपरि संरचना निर्माण गरेको पाइन्छ ।

नेपालमा लेनिन वादी खास्टो र माओवादी खास्टो उतारेर फ्याँकेपछि माक्र्सवादी छैन । कोही धर्म र कोही जातपातको लौरेले भैंसी धपाएर सत्ता आरोहण गर्ने वदनियत भन्दा अर्को सैद्धान्तिक आधारहरू शून्य प्राय छन् । लोकतन्त्रमा गुजारा खेती जीवन जीउनको लागि, जीवन धान्ने खेती तथा पशुपालनमा जनता कम्तीमा वैयक्तिक स्वतन्त्रताको प्रयोग गर्दै जमिनमाथिको पु“जीवादी हुन त पाइएको थियो । आज ग्लोबल सोसाइटीमा जनताले आफ्नो इच्छा शक्ति र निजी सम्पत्तिको व्यापक रूपमा विश्व सञ्जालमा व्यापार गरेर मुनाफा गरेको पाइन्छ । मालको विनिमय मूल्य र श्रमको सम्बन्धमा फराकिलो दायर निर्माण गर्दै विश्व बजारको व्यापारिक चरित्रमा पनि परिवर्तन आएको छ । त्यसैले बैदेशिक रोजगार तथा चेतनाले गरिवी र बहिस्करणमा परेको जनताहरू अर्थतन्त्र निर्माणमा सहभागिता तथा राजनीतिक रूपमा संगठित भई नेतृत्वमा आउने सवालमा वामपन्थीहरूतिर लोकतन्त्रवादीहरूतिरको चेत लिएर संगठित भएको पाइन्छ विश्व राजनीति चेतनाको जनमतको आधारमा ।

धर्म र राजनीतिसँगै विश्व बजारमा हामी प्रति कस्तो जनमत छ भन्ने सवालमा एउटा विश्व दृष्टान्तस ‘अस्ट्रेलियाको ब्रिसबेनमा आयोजित जी–२० सम्मेलनमा सहभागी राष्ट्ररसरकार प्रमुखहरूद्वारा आयोजित पत्रकार सम्मेलनमा टर्कीका प्रधानमन्त्री अहमेत ड्याभुटोक्लुले कम विकसित मुलुकहरूलाई पनि जी–२० मा सामेल गर्नु पर्ने प्रस्ताव राखे । त्यसमा नेपालको उदाहरण नै दिए । नेपाल आध्यात्मिक केन्द्र हो उनले भने, यस्ता देशलाई हामी कसरी छुट्याउन सक्छौ रु उनले दक्षिण अफ्रिका बाहेक जी–२०मा अफ्रिकाको आवाज आउन नसकेको बताए । यसमा हाल अर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापन, दक्षिण कोरीया, मेक्सीको, रूस, साउदी अरब, दक्षिण अफ्रका, बेलायत, अमेरिका र युरोपियन युनियन सदसय छन् । हाम्रो एजेन्डा आर्थिक मुद्दामा सिमित गराइए भने जी–२० चल्न सक्दैन । यसले अन्तर्राष्ट्रिय बैधानिकता पनि पाउन सक्दैन, उनले थपे, हाम्रै पालामा हामी सबैको बन्न चाहनु पर्छ । उनले पाँच स्थायी सदस्य राष्ट्रले भिटो प्रयोग गर्ने राष्ट्रसंघीय प्रणाली भन्दा बढ्ता लोकतान्त्रिक सहभागिता मुलक हुनु पर्नेमा जोड दिए ।

जी–२० सम्मेलनमा नेपालको चर्चा हुनुमा पूर्वीय दर्शनको महत्व झल्कनु हो विश्वले हाम्रो देश नेपालालाई आध्यात्मिक केन्द्रको रूपमा प्रस्तुत गर्नमा ठूलो अर्थ छ । बुद्धको जन्म भूमि र पशुपतिनाथको मन्दिर लगायत सगरमाथाको देश पनि हो । बुद्ध भूमि तथा शिव भूमिको पहिचान तथा पूर्वीय आध्यात्मिक दर्शनको पहिचान छ । अझ बौद्ध दर्शनलाई व्यवहारिक वैज्ञानिक जीवन दर्शनकै रूपमा बुद्धिजीवि तथा चिन्तक विश्लेषकहरूले स्वीकारेकै छन् । यो देशमा जात र धर्मको आधारमा सापेक्ष रूपमा बहस गर्नु वैज्ञानिक होइन । आज संसारमा उदयीमान आर्थिक शक्तिहरू बनेर चिनीने राष्ट्रहरू अधिकांश बौद्ध धर्मावलम्बीहरू बाहुल्यता रहेको देश छन् । केहीमा बाहेक पछिल्लो समय उच्च आर्थिक सम्पन्नता प्राप्त गरेको जापन, चीन, सिंगपुर, ताइवान, भियतनाम, दक्षिण कोरीया लगायत देशहरूमा बौद्ध धर्मावलम्बीहरू छन् । उनीहरूको आर्तिक प्गति अहिले विश्वको अन्य देशहरूको तुलनामा निकै उच्च छ । पछिल्लो समयमा आर्थिक प्रगतिलाई प्रतिविम्वन गर्ने सिर्जना गरिएको ‘टाइगर इकोनोमीु र ‘ड्राइगन इकोनोमीु भन्ने संज्ञा पाउने देशहरूमा यीनै पर्छन् । यिनीहरूको धार्मिक गुरू गौतम बुद्ध हुन् । हामीले देशलाई धर्म र राजनीतितिर नभइकन र अर्थ र राजनीतितिर बहस गर्नु व्यवहारिक बहस हुने छ ।

राष्ट्रिय एकता, अखण्डता र सबै धर्मलाई सम्मान महत्वका साथ नेपालले अन्तराष्ट्रिय छवि निर्माण गर्नु पर्छ शान्ति स्थापनाको लागि बौद्ध दर्शनलाई सबै नेपालीले व्यक्तिगत जीवनमा आत्मासात गर्नु पर्छ । हामीले दलाई लामाको जस्तो शान्ति र खुसीको सकारात्मक सोच बुद्धको निरपेक्ष वैज्ञानिक जीवन दशृन र आर्थिक विकासको लागि लोकतान्त्रिक स्थायी राजनीतिक वातारणलाई महत्वपूर्ण रूपमा जीवन दर्शनमा प्रस्तुत गर्नु पर्छ । हाम्रो जीवन र जगतलाई गोड्ने शास्त्रको विकासको क्रममा उत्पादन पद्धति र जीवचर्या अनुसार धर्मको आविस्कार भएको हो । महाभारतद्वारा वा रोम साम्रज्यद्वारा गरिएको राजनीतिक आविस्कारको अर्को नामको धर्मको आविस्कार गरिएको सत्य हो । धर्मको आविस्कार ज्ञान र सकारात्मक मनोविज्ञानद्वारा मानव लोक र स्वर्गलोकबीच जोड्ने कर्ममा आधारित व्याख्या हो भने राजनीति निर्वाचन प्रणाली र जनमतद्वारा स्टिममा निरन्तर जारी राख्ने लोकतान्त्रिक परिवर्तनशाली सामाजिक तथा आर्थिक मुद्दामा आधारितच आविस्कारको रूप राजनीतिक आविस्कार हो । नेपालले राजनीतिक आविस्कारको क्रममा सामाजिक तथा आर्थिक लोकतान्त्रिक पद्धतिमा धर्मलाई नचलाई सापेक्षतावादस“ग नाता नगासी संघीय लोकतान्त्रिक गणतन्त्रवाद नेपालको आविस्कार गर्नुपर्छ ।

नेपालमा २००६ सालमा कम्युनिष्ट उदय भयो । २००७ सालको क्रान्तिपछि कम्युनिष्टहरू दरवार नजिक भएकै कारण २०१७ सालमा महेन्द्र–केशरजंग रायमाझी, २०४६ सालको परिवर्तनपछि राजा र कम्युनिष्ट नजिक भएको समयमा वीरेन्द्र(प्रचण्ड र आज गणतन्त्रमा ज्ञानेन्द्र(बैद्य–बाबुराम–नेत्रविक्रम–दरवारले जन्माएको वामपन्थीहरू छन् । भोलि प्रचण्डको भूमिका पनि देखिने प्रवल संभावना छ । जब जब राजतन्त्र कमजोर हुन्छ तब–तब राजा–वाम एकता नै २००७ सालपछिको लोकतन्त्रविरोधी इतिहास हो । त्यसैले लोकतन्त्रको लागि खतरा धर्म र राजा–वामज्वाम हो । हाम्रो सन्दर्भमा लोकतन्त्र नयाँ पक्षसँग जोडिनुपर्छ । नयाँ पक्ष भन्नाले गरीवी र लामो समयदेखि बहिस्करणमा परेको समुदायलाई संगठित नेतृत्वमा भूमिका र विकास प्रशासन कार्यमा क्षमता सहितको सहभागिता आदिवासी ज्ञान र सीपको समेत प्रयोग गर्ने शर्तमा अगाडि सारिनु पर्दछ । सामाजिक क्षेत्रमा लोकप्रियता र भूमिका जातजातिगत उच्च र निचताको आधारमा निषेध नभई सहज लोकतान्त्रिक अवधारणा अनुसार समावेशी सिद्धान्त बमोजिम गरिनुपर्छ ।

आर्थिक क्षेत्रमा लोकतान्त्रिक कार्यदिशालाई योगदान पु¥याउन समाज कल्याण तथा आर्थिक अनुदान लगानी सहयोग मार्फत् सा–साना किसानलाई पुँजी निर्माणमा सहभागिताको वातावरण निर्माण गरी लोकतान्त्रिक पुँजीवादको अनुभूति जनतामा गराउनु पर्छ । यसरी नेपाली जनतालाई शान्ति र खुसीको रथमा खुसीशास्त्र निर्माणमा अग्रणी भूमिकामा स्थापित गर्न समृद्धशाली र गौरवशाली अर्थतन्त्र भएको देश निर्माणको चेतनाको विकास गर्न सकिन्छ । धर्म र राजनीतिक द्वन्द्वलाई विर्सिने यात्रामा धार्मिक सहिष्णुता र एकताको आदर्श समाज निर्माण आजको हाम्रो साझा अभियानमा ऐक्यबद्धता सहित हार्दिक प्रतिबद्धता जरूरी छ ।

केवल समाजको परिवर्तन आलोचनाबाट संभव छैन । जब–जब आलोचनाको चाङ्ग भासिदैं गयो माक्र्सवादको मार्केट भ्यालु पनि हराउँदै गयो । सन् १९४९ तिर विश्व लोकतान्त्रिक पुँजविादी किनार र साम्यवादी किनारामा विभाजित भएको चार दशक नपुग्दै सन् १९९० मा सोभियत संघ विघटनसँगै पूर्वी युरोपमा साम्यवाद ढलेर लोकतन्त्र आयो । सोभियत संघ युगोस्लाभिया, चेकोस्लाभाकिया र इथियोपिया लगायत थुप्रै देश विभाति भयो र ५० वटा भन्दा बढी देशमा पुँजीवाद लोकतन्त्र आयो । आलोचनाको राजनीति हिजो एक सय ४ वर्षे राण शासनको विरूद्धमा थियो । आलोचना लोकतान्त्रिक क्रान्तिको लागि थियो र २००७ सालको क्रान्ति सफल भयो । २०४६ सालको जनआन्दोलन राणा महेन्द्र शाह–वामपन्थी जनपक्षीय पञ्चहरूको पञ्चायत अर्थात महेन्द्र कम्युनिज्मको आलोचनामा निर्दलीय पञ्चचायतको विरद्धमा थियो र जनआन्दोलन सफल भएको थियो । जनआन्दोलनको वीरेन्द्र–माओवादी सम्झौताको जगमा अघि बढेको सशस्त्र द्वन्द्व र तानाशाह ज्ञानेन्द्रको शासनको विरूद्धमा संघीय लोकतन्त्रिक गणतन्त्रको पक्षमा थियो । त्यसैले सफल भयो । तर अबको आलोचना कसको विरूद्धमा, कसरी, कसको लागि हुँदैछ रु हिन्दूजातिवादको विरूद्धमा वामपन्थी जातिवादको लागि हो रु होइन, यि दुबै अतिवाद एकै ठाउँमा आउने यात्रामा छन् । यिनीहरूकै आलोचनाको खेती लोकतन्त्रको विरूद्धमा छ भने यो केवल विरोधको लागि हुनेछ जसको मार्केट भ्यालु छैन । हामीले अहिले त्रिकोणत्मक शक्ति देख्नु वैज्ञानिक हुनेछ ।

यहाँ A को विरूद्धमा B र C आउने गरेको इतिहास छ । B र C दुबै पर्खाल जनता विरोधी तथा लोकतन्त्रविरोधी शाक्तिहरू हुन् । आलोचना गरेर माक्र्सवादी द्वन्द्व र विज्ञानसँग सम्बन्ध राख्ने प्रयास विघटित छ र दिवंगत छ पनि । B र C एक ठाउँमा आएपछि A सँग सिधा संघर्ष हुने र A लाई दिवंगत अस्तित्वको B र C ले बाटो छोडेपछि ‘सबैको लागि लोकतन्त्रु प्राप्त हुनेछ । आलोचनाको चाङ्ग विकासद्वारा भत्काउन सकिन्छ । आलोचनाको विरूद्धमा परिणमुखी परिवर्तन र खुसीवाद हो । हामीले द्वन्द्वको विरूद्धमा सकारात्मक मनोविज्ञानबाट समाजलाई परिवर्तन गर्न सकिन्छ । र आम रूपमा जनतामा अनुभूति दिलाउन सक्छौं । लोकतन्त्रको विरूद्धमा आलोचना पुँजीवादमाथि विघटन हुन्छ भन्ने द्वन्द्ववादीहरूको खास्टो विश्लेषणवादमा सिमित छन् । लोकतन्त्रको विकल्प आम जनतालाई लोकतन्त्र नै हो समृद्धशाली अर्थव्यवस्था र गौरवशाली राष्ट्रियत सहितको शान्ति र खुसी जनता । नयाँ विचार निर्माण, मार्केट भ्यालु प्राप्तिको लागि प्रभावशाली वाणीको प्रस्तुति तथा ज्ञान र कर्मले सिंगारिएको शब्द संसार नै आजको वैज्ञानिक लोकतान्त्रिक समाजवादको यात्रा हो । यो वैज्ञानिक यात्रमा सबैको लागि लोकतन्त्रको विचार, वाणी र शब्द संसारलाई सामाजिकीकरण तथा मार्केट भ्यालुको लागि शान्ति र खुसीमा जनताको भूमिका महत्वपूर्ण हुनेछ ।

जनताको यो भूमिकालाई खुसीशास्त्रको ऐतिहासिक जगको रपमा परिचाषित गर्न सकिन्छ । यो खुसीमा श्रीमान्–श्रीमतीबीच, बाबु–छोराबीच, आमा–छोरीबीच, छोरा–बुहारीबीच, छोर–ज्वाईबीच, परिवार–परिवारबीच, नाता–नाताबीच तथा बैवाहिक सम्बन्धबीच अनि गाउँ–सहरबीच, देश–विदेशबीचको अन्तर्जालोमा समेतप्रभावशाली विचार शक्तिशाली जनता र ओजस्वीपूर्ण राष्ट्रिय एकताको आदर्शपूर्ण एकताको सूत्र ‘सबैको लागि लोकतन्त्रु प्राप्त हुनेछ । जसलाई २१ औं शताब्दी नेपाली राज्यक्रान्तिको रूपमा आम रूपमा जनताले गौरव गर्ने छ । यहाँ राजनीतिक परिवर्तनमा दृष्टिकोण A B C शक्ति सन्तुलन र परिवर्तनको श्रृखलामा …,

Loading...
Loading...
Loading...