शेर्पा संस्कृति र समाजसेवामा छिरिङ – Janata Live
  • Sunday, February 5, 2023

शेर्पा संस्कृति र समाजसेवामा छिरिङ

  • जनता लाइभ
  • फागुन ३०, २०७५

शेर्पा संस्कृति र समाजसेवामा छिरिङ

छिरिङ शेर्पा
अध्यक्ष, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र

समाजसेवासँगै व्यावसायिक यात्रामा शेर्पा समुदायबाट पछिल्लो समय चर्चामा पुगेका छन्, छिरिङ शेर्पा । राजनीति र व्यवसायलाई मात्र उनले ध्यान दिएनन्, शेर्पा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् उनले । यतिवेला उनी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छन् । सो केन्द्रका माध्यमबाट शेर्पा समुदायको पहिचान र शेर्पा संस्कृतिको संरक्षणका लागि विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

शेर्पा समुदायको उत्थान एवं परम्परा र संस्कृतिको पहिचानका लागि उनले सांस्कृतिक पहिचान मात्र दिएका छैनन्, भारत सरकारको सहयोगमा नेपाल भारत (दिल्ली–काठमाडौं) सिधा बस सञ्चालनसमेत गरेका छन् । जसले सर्वसाधारणलाई सहज सुविधाको अनुभूति दिलाएको छ । त्यसका साथै छिरिङको समाज सेवामा पनि उत्तिकै योगदान रहेको देखिन्छ । भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा उनको योगदान विशेष चर्चायोग्य छ । गाउँको विकासका लागि निरन्तर लागिपरेका छिरिङको सक्रियतामा गाउँमा सडक पनि बनेका छन् ।

राजनीतिक हिसाबले उनी नेपाली कांग्रेसका कार्यकर्ता भए पनि उनलाई राजनीति गर्न सहज भएन । उनी माओवादीको सशस्त्र द्वन्द्वको सिकार बन्न पुगे । गाउँमा जनचेनता बढाउने काम गरिरहँदा माओवादीले उनलाई निशाना बनाए । स्वदेशमा नै केही गरौं भन्ने उनको सोच थियो । समाजमा जनचेतना पैmलाउने र समृद्ध समाजको परिकल्पना बोकेका छिरिङ तत्कालीन माओवादी लडाकुका कारण विदेशिन बाध्य भए ।

बाल्यकाल: सिन्धुपाल्चोकको फुलपिङकट्टी गाउँका पासाङ शेर्पा र डोल्मा शेर्पा (काली) को कोखबाट २०३१ सालमा भारतको हिमाञ्चल प्रदेशमा छिरिङ शेर्पाको जन्म भएको हो । उनका बाबु पासाङले भारतमा ठेक्कापट्टाको काम गर्ने गरेका थिए । उनी उतै डेरा गरी बसेका थिए । छिरिङको जन्म पनि त्यही भएको हो ।

छिरिङको बाल्यकाल अरूको जस्तो दाउरा घाँसमा बितेन । उनी विद्यालय जाने आउने खेल्ने यस्तै यस्तै … । उनले त्यहाँ हिमालयन बरान हाईस्कुलबाट २०५४ एसएलसी उत्तीर्ण गरे त्यसपछि प्लस टु पास गरेर बी.कम. पढ्दै थिए । उनलाई वैदेशिक रोजगारको कुरा आयो । राम्रो कमाइ हुने भनेपछि उनले वैदेशिक रोजगारीको लागि कुवेत जाने निर्णय गरे । तर, कुवेत पुगेपछि उनलाई काम गर्न गाह्रो भयो । सोचे अनुसारको भएन । उनी घरपरिवारमा कुनै दुःख कष्ट नभोगेको मान्छे । फेरि दुःख कस्तो हुन्छ भन्ने थाहा पनि थिएन । त्यसैले कुवेतको मरुभूमिमा काम गर्न उनलाई निकै गाह्रो भयो । उनी कुवेत पुगेको ६ महिनामा नै नेपाल फर्किए ।

नेपाल आएपछि उनी व्यवसाय र समाजसेवा गर्न थाले । गाउँगाउँमा युवा सशक्तीकरण अभियान सुरु गरे । समाजमा अवार्डनेसका काम सुरु गरे । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा लागे । साथै गाउँमा चेतना फैलाउने काम त थियो नै । त्यतिवेला माओवादी सशस्त्र द्वन्द्वकाल थियो । गाउँमा जनचेतना जगाउँदै हिँड्ने मान्छे त्यसमा पनि सबैले मान्ने मान्छे भएकाले माओवादीको तारो उनी बने । उनलाई माओवादीबाट विभिन्न दबाब आउन थाले फलस्वरूप उनी विदेश पलायन हुन बाध्य भए ।

नेपालमा बसेर केही गरौं भन्ने उनको उद्देश्य थियो तर, गर्ने अवसर नपाएपछि उनी विदेश जाने निर्णय गरेको छिरिङ बताउँछन् । उनले भने ‘गाउँमा नै बसेर केही व्यवसाय गरेर समाजसेवा गर्ने मेरो सोच थियो तर, गाउँमा बस्ने अवस्था नभएका कारण मैले विदेश जाने निर्णय गरें ।’ त्यसवेला उनलाई कि भारत पलायन हुनुपर्ने बाध्यता थियो कि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था थियो । जसका कारण उनले केही पैसा पनि कमाइ हुने भएपछि दुबई जाने निर्णय गरे । पहिलोपटक कुवेत पुगेका उनी काम गर्न गाह्रो भएपछि नेपाल फर्केका उनलाई दोस्रोपटक भने काम गर्न सहज भएको बताउँछन् । काम पनि सजिलै थियो । दुबईमा उनले इन्क जेट प्रिन्टरमा काम गरेका थिए ।

उक्त कम्पनीको कामबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् । केही वर्ष दुबईमा काम गरेर उनी नेपाल फर्किए । नेपालमा राजतन्त्रविरोधी ०६२/०६३ को जनआन्दोलन सुरु भयो नेपाली कांग्रेसले आह्वान गरेको राजनीतिक गतिविधिमा उनी संलग्न हुँदै गए । त्यसवेला उनी एक हप्ता मात्र घरमा बसेका थिए । लगत्तै उनी काठमाडौं आए । काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर अनि गौशाला चावहिल लगायतका स्थानमा आयोजना हुने आन्दोलनमा उनी सहभागी हुने गरेका थिए । आन्दोलनमा सहभागी हुँदै गर्दा एकपटक नयाँ बानेश्वरमा प्रहरीको धरपकड भयो । त्यसवेला उनलाई प्रहरीले समातेर भ्यानमा राख्न खोज्यो तर साथीले उनलाई प्रहरीबाट छुटाए ।

१९ दिनसम्म आन्दोलन जारी रह्यो । १९ दिनपछि राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फिर्ता गरे । आन्दोलनको उपलब्धि हात पा¥यो । शान्ति सम्झौता भयो । माओवादीले हतियार बिसाए । मुलुकमा आमूल परिवर्तन पनि भयो । अब व्यापार व्यवसाय गर्न सहज हुने भयो भनेर उनले व्यापार सुरु गरे । यातायात व्यवसायबाट विजनेस सुरु गरे । उनको पहलमा काठमाडौं दिल्ली सिधा बस सञ्चालन सुरु भयो । त्यसवेला नेपालबाट २ वटा र दिल्लीबाट २ वटा बस दैनिक रूपमा छुट्ने गरेका थिए । यो सेवा निकै प्रभावकारी थियो । उनले भारतीय सरकारसँगको सहकार्यमा सेवा सुरु गरेका थिए । उनी काठमाडौं–दिल्ली बस व्यवसायी संघको उपाध्यक्षसमेत हुन् ।

देशमा शान्ति आएपछि शेर्पा पुनः गाउँमा विकास र जनचेतना फैलाउने काममा सक्रिय हुँदै गए । गाउँमा सडक सञ्जाल पु¥याउन सके गाउँको विकास द्रुत गतिमा अघि बढ्ने भएकाले गाउँलाई सडक सञ्जालमा जोड्न उनले पहिलो प्राथमिकता दिए । उनको अगुवाईमा तातोपानी दश किलो भ्यान पार्किङ गोलेपा पाङसेपु हुँदै घिसिङ डाँडा छेताङ जोड्ने हिमालयन शेर्पा ग्रामीण कृषि तथा पर्यटकीय मार्ग निर्माण भयो । उक्त सडक ०६५ सालदेखि सञ्चालनमा आएको छ । उनी उक्त सडक निर्माण समितिका अध्यक्ष हुन् ।

त्यसैगरी, फुल्पिङकट्टीमा श्री सेती देवी देउढुंगा कृषि तथा पर्यटकीय मार्ग ०६६ मा निर्माण गरिएको थियो । उक्त सडक निर्माण समितिको उपाध्यक्षका रूपमा उनले पाँच वर्ष काम गरे । छिरिङका अनुसार यो सडकबाट करिब चार हजार स्थानीय लाभान्वित भएका छन् ।

शेर्पा समुदाय, बौद्ध दर्शन अनि बौद्ध धर्मको प्रचार प्रसारमा पनि उनी उत्तिकै सक्रिय देखिन्छन् । गुम्बा निर्माण तथा सञ्चालनमा उनको विशेष योगदान रहेको छ । उनी ठक्कर छयोलिङ कानिङ गुम्बाका अध्यक्षसमेत हुन् ।

यसरी, स्थानीयस्तरमा विकासका कार्यक्रम सञ्चालन गर्दै सामाजिक कार्यमा लागेका छिरिङ शेर्पा आफ्नो समुदायको कला र संस्कृतिको संरक्षणमा पनि त्यत्ति नै सक्रिय रूपमा लागेका छन् ।हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा ०६५ सालमा सदस्य लिएका छिरिङ भर्खरै सम्पन्न भएको छैटौं महाधिवेशनबाट उनी अध्यक्षका रूपमा काम गरिरहेका छन् ।

उनले शेर्पाहरूको कला र संस्कृतिको जगेर्ना गर्नका लागि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमार्पmत सेब्रु र टुङनाको तालिम दिइरहेका छन् । भर्खरै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगितामा हिमालयन डेको दिन शेर्पा सांस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो । अहिले हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको विस्तार गर्ने योजनाअनुरूप पोर्चुगलमा केन्द्रको शाखा खोलिएको उनी बताउँछन् । त्यसैगरी, ओखलढुंगा जिल्लामा पनि शाखा विस्तार गरेर शेर्पा समुदायको संस्कृतिको प्रचारप्रचार गर्ने योजना रहेको उनले सुनाए ।

उनको योगदान यति मात्र छैन भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोक फुलपिङक कट्टी गाविस, तातोपानी गाविसका स्थानीयको उद्धार तथा राहतमा उनले उल्लेखनीय योगदान पु¥याए । त्यसवेला उनले तत्काल हेलिकोप्टरको माध्यमबाट त्यहाँका पीडितहरूलाई काठमाडौं ल्याएर बस्ने खाने व्यवस्था मिलाएका थिए । त्यसवेला विभिन्न संघसंस्था तथा सांसद तथा व्यक्तिको सहयोगमा उनले ७० परिवारलाई काठमाडौंको बौद्ध नजिकै टाउनप्लानिङमा क्याम्प राखेर उद्धार गरेका थिए । अझै पनि त्यो क्याम्प बसिरहेको छ । उनी फुल्पीङकट्टी भूकम्पपीडित क्याम्पको व्यवस्थापन समितिका अध्यक्ष रहेर काम गरिरहेका छन् ।

भूकम्पपीडितका बालबालिकालाई विभिन्न संघ संस्थासँगको सहकार्यमा उनले सुरुमा ८६ जना विद्यार्थीलाई निःशुल्क रूपमा पढ्ने व्यवस्था मिलाएका थिए । अहिले पनि उनको सक्रियतामा ६६ जना विद्यार्थीले निःशुल्क शिक्षा पाइरहेका छन् । उनी नेपाल बौद्ध धर्म सेवा संघका कोषाध्यक्ष रहेका छन् । त्यसैगरी नेपाल शेर्पा युवा संघका सल्लाहकार रहेका शेपा सहभागिता बचत तथा ऋण सहकारी संस्थाका महासचिव रहेर समाजमा आर्थिक विकास र आर्थिक सहकार्य गरिरहेका छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...