‘दुःख खासै परेन तर मिहिनेत धेरै गर्नुपर्यो’ – Janata Live
  • Sunday, February 5, 2023

‘दुःख खासै परेन तर मिहिनेत धेरै गर्नुपर्यो’

  • जनता लाइभ
  • फागुन ३०, २०७५

‘दुःख खासै परेन तर मिहिनेत धेरै गर्नुपर्यो’

काठमाडौं जोरपाटी बेंसीगाउँका पारस शेर्पा यतिवेला गायन क्षेत्रमा अगाडि बढिरहेका छन् । उमेरले भर्खर १६ वर्षमा प्रवेश गरेका उनी ब्यान्डमार्फत विभिन्न स्थानमा आयोजना हुने इभेन्ट तथा कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिइरहेका छन् । उनै पारस शेर्पासँग गरेको कुराकानीको अंश…
अहिले के गर्दै हुनुहुन्छ ?
विभिन्न इभेन्टहरूका सांगीतिक प्रस्तुतिमा नै व्यस्त छु । विशेष गरेर ठमेलको पूmलमुन क्याफे, आइला लज, पाल्पासा लजमा हामीले इभेन्टहरू गरिहेका छौं ।

इभेन्टमा तपाईं के गर्नहुन्छ ?
विशेष गरेर हामी लेडिज नाइट, थ्याक्स गड इट्स फ्राइडे लगायतका इभेन्ट सञ्चालन गरिरहेका छांै । त्यस इभेन्टमा मैले गीत गाउने गर्छु । मेरो ब्यान्डका साथीहरूले इन्स्टुमेन्ट बजाउने गर्दछन् ।

तपाईंले कस्ता खालका गीत गाउनु हुन्छ ?
ठमेल एरिया विशेष गरेर पर्यटकीय क्षेत्र भएको र इभेन्टमा आउने सबै विदेशी हुने भएकाले उनीहरूलाई लक्ष्य गरेर मैले इंग्लिस, हिन्दी तथा नेपाली आधुनिक गीतहरू गाउने गर्छु ।

तपाईं शेर्पा समुदायको कलाकार अनि शेर्पा सेलो चाहिँ गाउनुहुन्न ?
गाउँछु । मैले शेर्पा समुदायको संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा म सेलो भाका पनि गाउछु ।

तपाईंको ब्यान्ड पनि छ ?
हो, हाम्रो एउटा ब्यान्ड छ । हाम्रो ब्यान्डको नाम ‘ब्यान्ड मिराइकल’ हो । यस ब्यान्डमा पाँच जना साथी छौं । जसमा लिड गितारिस्ट राजन श्रेष्ठ, वेस गितारिस्ट सञ्जय श्रेष्ठ, ड्रमर छिरिङ शेर्पा, किवर्ड रोजन सुवेदी लगायतको टिम रहेको छ ।

तपाईंले गीत पनि रेकर्डिङ गर्नुभएको छ ?
छ । मैले केही गीत रेकर्डिङ गरेर बजारमा ल्याएको छु । पछिल्लो समयमा अर्को गीत निकाल्ने तयारीमा छु । मैले आफ्नै ब्यान्डबाट निकाल्ने तयारीमा गरिरहेको छु ।

संगीतको क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि म गीतसंगीत सुन्ने गर्थें । विशेष गरेर मंगोलियन हर्ट भनेर चिनिने राजु लामाको ब्यान्डले गाएको गीत सुन्ने र हेर्ने गर्दथें । त्यही गीतहरू हेर्दै जाँदा आफूलाई पनि गीत गाउन मन लाग्यो । विस्तारै रेडियस म्युजिक क्लबमा संगीत सिक्न थाले करिब आठ महिना जति संगीत सिकेपछि मैले साथीहरूसँग सल्लाह गरेर ब्यान्ड खोले । त्यही ब्यान्डबाट अहिले गीत संगीतको क्षेत्रमा छु ।

कत्तिको दुःख गर्नुभयो ?
मैले दुःख खासै गर्नुपरेन तर, मिहिनेत चाहिँ धेरै गर्नुप¥यो ।

आगामी योजना के के छन् ?
अहिले मेरो अध्ययन पनि सँगसँगै भएका कारण परीक्षाको तयारीमा छु । परीक्षा सकेपछि विदेशमा हुने कार्यक्रमहरूमा सहभागी हुने योजना बनाएको छु ।

अन्तमा भन्नुपर्दा ?
मलाई संगीतको क्षेत्रमा लाग्न मेरो बुबाले धेरै सहयोग गर्नुभएको छ । उहाँप्रति आभार प्रकट गर्छु । त्यसैगरी मेरो ब्यान्डमा रहेका साथीहरूले पनि धेरै मिहिनेत गरेका छन् उनीहरूप्रति पनि आभार प्रकट गर्छु । -प्रकाशितः २०७३ मंसिर २७

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...