हिल नेपालको स्वास्थ्य केन्द्र हेलम्बुमा – Janata Live
  • Wednesday, February 8, 2023

हिल नेपालको स्वास्थ्य केन्द्र हेलम्बुमा

  • जनता लाइभ
  • फागुन २९, २०७५

हिल नेपालको स्वास्थ्य केन्द्र हेलम्बुमा

हेलम्बु । सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र हेलम्बुको ताक्पाखर्कका स्थानीयले अब गाउँमै स्वास्थ्य सेवा पाउने भएका छन् । हिल नेपालको विशेष पहलमा गएको हप्तादेखि उक्त स्थानमा स्वास्थ्य केन्द्रको निर्माण भएपछि स्थानीयले स्वास्थ्य सेवा पाउने भएका हुन् ।

अघिल्लो हप्ता एक कार्यक्रमको आयोजना गरी उक्त केन्द्रकोे उद्घाटन तथा स्वाथ्य शिविरसमेत सञ्चालन गरियो । शिविरमा आँखा तथा अन्य रोगको परीक्षण गरिएको थियो । शिविरबाट करिब डेढ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । कार्यक्रममा बोल्दै हिल नेपालका अध्यक्ष डा. पासाङ छिरिङ ह्योल्मोले धेरै समयअघि देखिको सपना पूरा भएको उल्लेख गरे । उनले भने,‘आज म धेरै खुसी छु, आज त्यो सपना पूरा भएको छ ।’ उनले चेतना कम भएकाले धेरै मानिसमा आफ्नो स्वास्थ्यको ख्याल गर्ने प्रचलन नभएको र रोग लागेपछि मात्र उपचार गर्न जाने बानी भएको उल्लेख गर्दै यो केन्द्र सानै भए पनि यसले स्थानीयलाई धेरै सहयोग पुग्ने बताए । साथै उनले स्वास्थ्य केन्द्रको स्थापना, उद्देश्य र भावी योजना प्रस्तुत गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

स्टिचिङ हल्यान्ड विल्डिङ नेपालको सहयोगमा हिल नेपाल र पाल्री पद्म होसाल्लिङ समितिको सहकार्यमा सो केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा सहयोगी संस्था, व्यवस्थापन समिति र स्थानीय गाउँलेको सहभागितामा रहेको थियो । कार्यक्रममा केन्द्रको निर्माण गर्न सहयोग गर्नेलाई कदरपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति मिस्टर एन्ड मिसेस राइन्डर्स स्थानीय बुद्धिजिवी तथा वरिष्ठ कलाकार सोनाम छिरिङ ह्योल्मोले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

पाल्री पद्म होसाल्लिङ समितिका अध्यक्ष छिरिङ लामा ह्योल्मोको सभापतित्व सम्पन्न सो उद्घाटन कार्यक्रममा ह्योल्मो सांस्कृति अनुसारको पूजापाठ पनि गरिएको थियो । सो अवसरमा सिन्धुपाल्चोकमा नै चर्चित याङरिमा विद्यालयका विद्यार्थीलाई कपडा र शिक्षण सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाको शुभकामना सन्देश वाचन गरिएको थियो । सन्देशमा मन्त्री थापाले उक्त केन्द्रले जनताको स्वाथ्यमा सुधार ल्याउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नेमा विश्वास लिएको बताएका छन् । यसैगरी, कार्यक्रममा वरिष्ठ कलाकार सोनाम छिरिङ ह्योल्मोले धार्मिक एवं सांस्कृतिक रूपले महत्वपूर्ण रहेको स्थानलाई स्वास्थ्य केन्द्रको स्थापनाले अझ अर्थपूर्ण बनाएको बताए ।

हिल नेपालका निर्देशक टासी लामा ह्योल्मोले आफ्नो बाल्यकालको महत्वपूर्ण समय बिताई नैतिक शिक्षा अध्ययन गरेको पूण्य भूमिमा यस स्वास्थ्य केन्द्र स्थापना गरी सामाजिक सहभागिता जनाउन पाउँदा हर्षित भएको बताए । साथै धर्मगुरु मेमे आम्चीको महत्वपूर्ण सिकाइको प्रतिफललाई प्रस्तुत गर्न पाएको समेत बताए । उक्त कार्यक्रम पाल्री पद्म होसाल्लिङ समितिका अध्यक्ष छिरिङ लामा ह्याल्मोको सभापतित्वमा सम्पन्न भएको थियो । –प्रकाशितः २०७३ पुस ४ सोमबार

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...