नयाँ नोट आउँदै

काठमाडौं, २९ फागुन । दशैँ नजिकिँदा हाहाकार हुने नेपाली नोट यसपालि बेलैमा पाइने गरी काम शुरु भएको छ । त्यसका लागि दिइसकेको ठेक्का पनि रद्द गरेर अर्को कम्पनी छनौट गरिएको छ ।
पहिला चीन र बेलायतका कम्पनीहरू ठेक्का हात पार्न भिडेका थिए । चीनसँग पैसामा कुरा मिल्यो, उसले ठेक्का पनि पायो । राष्ट्रबैंकले २४० दिनमा नोट चाहिन्छ भनेको थियो । तर चिनियाँ कम्पनीले २८७ दिनभन्दा अगाडि दिन नसक्ने बतायो ।
त्यसअनुसार दशैँमा नोटको अभाव कायमै रहने भयो । यही कुरालाई मध्यनजर गर्दै चिनियाँ कम्पनीले पाएको ठेक्का रद्द गर्दा बेलायती र फ्रान्सेली कम्पनीको खुदो पल्टिएको हो । पहिला चीनले प्रतिनोट ३ रूपैयाँ ३१ पैसाका दरले छाप्ने भएको थियो । पछि पुनः टेण्डरका क्रममा प्रतिस्पर्धी बेलायतले २ रूपैयाँ ९९ पैसा कबुलेको छ । पहिला त्यही नोट फ्रान्सले ३ रूपैयाँ ४९ पैसामा छाप्छु भनेको थियो । चीन झरेर ३ रूपैयाँ २६ पैसासम्म पुग्यो । तर, बेलायतले छाप्छु भनेर चीनको हातबाट ठेक्का फुत्काउन सफल भएको छ ।
बेलायतले सबै काम आफैँकहाँ गर्छ । उसले पानीछापे कागज पनि आफैँ बनाउँछ भन्ने नाममा राष्ट्र बैंक बोर्डले निर्णय उल्टाएको बताइन्छ । अहिले नेपालले छपाई गर्न अर्डर गरेको नोट ४० करोड पिस छन् । त्यसअनुसार विभिन्न दरका एक सय २० करोड पैसा छाप्ने टेण्डरको कुरा हो यो । ५० रूपैयाँ दरको नोट छाप्ने काम फ्रान्सको ओबर्थर कम्पनीले गत हप्ता पाइसकेको छ, जसले नेपालको एमआरपी पासपोर्ट छापेको थियो । नेपालले २००२ सालदेखि कागजी नोट छाप्न थालेको हो । त्यतिबेला नोटमा रूपैयाँको सट्टा मोहर रु। अंकित गरिएको हुन्थ्यो ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...
इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप
काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...
इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने
इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...
कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...