सामूहिक विष सेवन तर एकजनाको मृत्यु – Janata Live
  • Sunday, February 5, 2023

सामूहिक विष सेवन तर एकजनाको मृत्यु

  • पत्रपत्रिका
  • फागुन २९, २०७५

सामूहिक विष सेवन तर एकजनाको मृत्यु

वीरगञ्ज, २९ फागुन । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए । यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार र पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीले बताएको समाचार आजको नेपाल समाचार पत्रमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...