‘कुलत’ बाट सुरक्षित रूपान्तरण – Janata Live
  • Friday, February 3, 2023

‘कुलत’ बाट सुरक्षित रूपान्तरण

  • बसन्तराज कुँवर
  • फागुन २४, २०७५

‘कुलत’ बाट सुरक्षित रूपान्तरण

अहिले संसारमा तीन करोड मानिस ‘ड्रग्स’को दुव्र्यसनमा छन् । तत्काल उपचार नपाए उनीहरूको मृत्यु हुन्छ । तीमध्ये सबैभन्दा बढी मात्रामा दक्षिण एसियामा छन् । त्यसपछि अफ्रिका र दक्षिण अमेरिकामा । युरोप र अमेरिकामा सामाजिक सुरक्षाको सरकारी व्यवस्था राम्रो छ । त्यहाँ ‘ड्रग्स’ का् दुव्र्यसनमा परेकालाई सरकारले उपचार गर्ने या सहयोग गर्ने वातावरण छ । त्यहाँ परिवारले यसको खासै पीडा भोग्नुपर्दैन । तर दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकामा भने सरकारले केही नगर्ने हुँदा परिवार नै पीडित बनेको छ ।

दक्षिण एसियाको कुरा गर्दा सबैभन्दा बढी अफगानिस्तानमा त्यसपछि पाकिस्तान, बंगलादेश र भारत छन् । नेपाल भने वृद्धि भइरहेको तर प्रकोपको रूप भने धारण गरिनसकेको अवस्थामा छ । भुटान दक्षिण एसियामा अरू देशहरूभन्दा कम प्रकोपित छ ।

नेपालको कुरा गर्दा नेपालमा करिब दुई लाख ड्रग्स दुव्र्यसन भइसकेका छन् । जसमध्ये ३६ हजार महिला छन् । यिनीहरू तत्काल उपचार नपाए मृत्युको मुखमा पुग्छन् । ती दुई लाखबाहेक करिब २ लाख ८५ हजारको हाराहारीमा थप नयाँ युवाहरू ड्रग्स युजर भइसकेका छन् । यिनीहरूमध्ये अधिकांश कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू छन् । यस हिसाबले हेर्दा ड्रग्स लिने ५ लाख र छोड्न नसक्ने स्थितिमा पुगेकाहरू २ लाख छन् । यो निकै डरलाग्दो कुरा हो ।

यस्को कारणले गर्दा निकै ठूलो प्रभाव नेपालको समग्र क्षेत्रमा परिरहेको छ । यसमध्ये सोच्दासमेत अत्यास लाग्ने तथ्य के छ भने, नेपालबाट प्रतिवर्ष करिब २० देखि २५ अर्ब रुपैयाँ ड्रग्सको निम्ति बाहिरिइरहेको छ । यो हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकको लागि कति भयावह छ ? निकै डरलाग्दो प्रश्न हाम्रा अगाडि छ अहिले ।

नेपालमा घट्ने अपराधको ८० प्रतिशत कारक तत्व ड्रग्स हो । ९९ प्रतिशत घरयासी हिंसाको कारण पनि ड्रग्स नै हो । ६० प्रतिशत एचआईभी तथा हेपाटाइटिस सीको कारण पनि यही हो ।

एउटा मान्छेले ३ बर्षमा सरदर ९ जनालाई एडिक्ट बनाउँछ । पागल वा डिप्रेसन हुने ७५ प्रतिशत कारण पनि ड्रग्स नै हो । ८२ प्रतिशत मान्छेले ड्रग्स ८ देखि कक्षा १२ को बीचबाट लिन सुरु गर्छन् । ड्रग्स एडिक्सन भएको पाँच वर्ष नाघेको छ भने, ९० प्रतिशत आमाबाबुलाई उच्च रक्तचाप, सुगर र मुटुको रोग हुन्छ । लिभर सिरोसिसको मुल कारण पनि ड्रग्स नै हो । यसले गर्दा झनै चौतर्फी समस्या ल्याइरहेको छ ।

यस्तो समस्यामा आइपुग्दा पनि सरकार र नीति निर्माण तह चुप रहनुले, नेपालमा यसलाई रोक्ने को हो त ? भन्ने जटिल प्रश्न उब्जिएको छ ।

नेपाल सरकारको गृह मन्त्रालयमा ड्रग्सको एउटा शाखा छ । तर यसलाई १० देखि २० लाखवरिपरि बजेट होला । सरकारको नेतृत्वमा यसको रोकथाम र उपचारको लागि कुनै पनि कार्यक्रम छैन । यस्तो बेलामा एनजिओहरूका कारणले मात्र नियन्त्रण भइरहेको छ । एनजिओमा ड्रक्समा कुनै पनि पैसा आइएनजिओहरूबाट आएको छैन । तर ड्रक्स खुवाउनेहरूलाई पैसा दिइरहेको छ । हामी रिडक्सनको लागि चाहिँ ग्लोबल फन्डहरूले पैसा दिइरहेका छन् । त्यसकारण सरकारको कुनै कार्यक्रम छैन । अन्तरराष्ट्रिय डोनरहरू रोक्नभन्दा खुवाउन सक्रिय भइरहेका छन् । समाज यसप्रति सचेत नै छैन । यो कुराले आउने दिनमा नेपालको ड्रग्स एडिक्सन भयावह हुने देखिन्छ ।

ड्रक्सको एडिक्सनमा नेपालका रिहाबहरूले एकचोटिमा ११०० लाई उपचार गर्न सक्छन् । तर त्यसमध्ये ९५ प्रतिशतले फेरि खान्छन् । खाएकालाई उपचार गर्न सक्ने क्षमता नै छैन । त्यसमाथि नखाएकालाई खानबाट रोक्ने जिम्मा कसको त ?

एनजिओहरूले देशको जिम्मा लिनै हैन । ऊ सरकारको कार्यक्रममा सहयोग गर्ने निकाय मात्र हो । जसले सरकार या अन्यत्रबाट आवश्यक सहयोग जुटाएर सरकारलाई सहयोग गर्ने हो । अहिले ड्रग्स एडिक्सनको म्यानेजमेन्ट एनजिओमा अड्किरहेको छ तर वास्तवमा यसको म्यानेजमेन्ट सरकार र यसका निकायहरूले गनुपर्ने हो ।

नार्कोनन् नेपाल एनजिओ हो । जो ड्रग्सको रोकथाम र उपचारमा कार्य गर्छ । यसले आजसम्म कसैबाट आर्थिक सहयोग पाउँदैन । तर, यसले हरेक हप्ता टेलिभिजन कार्यक्रमबाट करिब एक करोडलाई सुसूचित गराइरहेको छ । २५०० स्कुल कलेजमा जागरण कार्यक्रम गरिसकेको छ । ४४०० मानिसहरूलाई नयाँ जीवन दियो । यसको उपचार पद्धति नार्कोनन् पद्धति हो । यस पद्धतिमा संसारमा ४० ओटा उपचार केन्द्र छन् । त्यसमध्ये एसियामा एउटा मात्र छ । त्यो नार्कोनन् नेपाल हो ।
यसको लाइसेन्स पाउन ज्यादै गाह्रो छ । अमेरिकाले दिन्छ । किनकि धेरैओटा आधारभूत कुरा पुरा गर्नुपर्छ ।

हामीले यसका निम्ति अथक मेहनत गरेका छौं । यो संस्था डोनेसनमा चल्छ । हरेक मान्छेले यहाँ बस्न २० हजार प्रतिमहिना मूल्य तिर्नुपर्छ । तर उसले आफ्नो शरीरमा रहेको ड्रग्स शरीरबाट निकाल्ने कार्य आफैँ गर्नुपर्छ । सँगसँगै आफ्नो शरीरमा अपुग भएको पैष्टिकतत्व जो उसको ड्रग्सले खत्तम गरेको हुन्छ त्यो आफैँले ग्रहण गर्नुपर्छ । आफ्नो स्वास्थ्यमा भएका प्रत्येक समस्या आफै समाधान गर्नुपर्ने हुन्छ । किनकि प्रत्येक मानिसको ड्रग्सको मात्राको आधारमा त्यो फरक फरक हुन्छ । त्यसैले त्यो दायित्व हामीले व्यक्ति स्वयम्लाई दिएका छौं ।

नार्कोनन पद्धति भन्नाले एउटा यस्तो पद्धति हो, जसले शिक्षाका माध्यमबाट व्यक्तिको बानी परिवर्तन गराइने गरिन्छ । यसका छुट्टै कोर्सहरू छन् । ती कोर्सहरूको माध्यमबाट हामी उनीहरूलाई समाजमा पुन फर्काउँछौं । कसरी नयाँ जीवनसहित घुलमिल हुने भन्ने विषयमा पढाइ हुन्छ यहाँ । त्यसैले नार्कोनान् सिद्धान्ततः ड्रग्स कसरी छाड्ने भन्ने विषयको कलेज हो ।

हामिकहाँ विशेषज्ञहरूले खराब साथी छाड्ने, स्थिर हुने, नैतिक हुने, आफ्नो अवस्थालाई माथि लाने, खुसी हुने र पढ्न मन लाग्ने कोर्स चरणबद्ध गरी गराउनुहुन्छ । यसको अवधि कम्तीमा एक वर्षको हुन्छ । त्यो व्यक्तिको अवस्था हेरिकन हुन्छ । जब उनीहरू उत्तीर्ण हुन्छन् त्यसपछि नयाँ जीवन प्राप्त गर्दछन् । हामी उनीहरूलाई प्रमाणपत्र दिन्छौं । सन् १९६२ बाट सुरुभएको नेपालको यो संस्थाले अहिलेसम्म ४४०० जनालाई सुरक्षित रूपान्तरण गरिसकेको छ ।

Loading...
Loading...
Loading...