एक दिनको नारी दिवस – Janata Live
  • Sunday, February 5, 2023

एक दिनको नारी दिवस

  • जनता लाइभ
  • फागुन २३, २०७५

एक दिनको नारी दिवस

८ मार्चको दिनमा अन्तर्राट्रिय नारी दिवस मनाइयो । विश्वभरि यो दिवस मनाइदै आएको सबैलाई थाहै छ । नेपालमा भने तीन दशकदेखि नारी दिवस मनाइदै आइएको छ । महिला हिंसाविरूद्ध र महिला मुक्तिका आन्दोलनहरूलाई चर्काउन यस दिवसले एक खालको भूमिका निर्वाह गरेकै हो । तर ३ सय ६५ दिनमा जम्मा एकदिन अन्तर्राष्ट्रिय दिवस मनाउँदैमा देशमा महिला हिंसा कम भएको छ त ?

नेपालमा धेरै कुरीति र अन्धविश्वसका कारण नेपाली महिलाहरूले यातना भोगिरहेका छन् । छाउपडी प्रथा, बोक्सी प्रथा, बालविवाह, देउकी प्रथाजस्ता परम्परागत विश्वासमा अल्झिएका प्रथा र चाडले महिलाहरू यो २१ औं शताब्दीमा पनि बलात्कारी भइरहेका छन् । आखिर महिला हिंसाको सिलसिला क्रमिक बढिरहेका बेला यो अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको औचित्य के हो त ?

महिलाहरू पिसिएर, हेपिएर, होचिएर, काम गरिरहेको बेला ८ मार्चका दिन भने प्लेकार्ड लिएर नारा लाउँदैमा महिलामाथि हुने दमन कम भएको छ त ? भाषण गर्नु, महिलाहरू जम्मा पारेर पुरुषहरूमाथि शब्दवाण प्रहार गर्नु कत्तिको जायज छ ? के नारी दिवसका दिन नै हो त महिलाहरूको बोल्ने अधिकार ? अथवा आफ्नो पीडा सुनाउने अवसर । महिलाहरू कसरी बुझ्छन् यसलाई । सहरका सुकिलामुकिला हुने महिलाहरू मात्रै यस विषयमा बोल्छन् कि ग्रामीण भेगका महिलाहरू नि आवाज उठाउछन् त ? यसै दिन सामाजिक सञ्जालभरि शुभकामना तथा बधाईको आदनप्रदान गर्छन् । यो फेसन हो या, कल्चर बनाइँदै छ ?

८ मार्चको दिनमै किन मनाइन्छ त नारीदिवस भन्ने कौतुहल लाग्न सक्छ । खासमा क्लारा जेटकिनले महिला दिवस मान्नका लागि कुनै तारिख फिक्स गरेकी थिइनन् । त्यस्तैमा १९१७ मा युद्धको कारण रूसमा महिलाहरूले खाना र शान्तिका माग राखेर हडताल गरेका थिए । यो हड्ताल देखेर स्रमाट निकोलसलाई पद छोड्न बाध्य बनायो । र अन्तरिम सरकारले महिलाहरूको मतदानको लागि अधिकार दियो ।

के तपाइलाई थाहा छ त अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइदै आइएको छ । र यो मान्ने प्रचलन कहिलेदेखि सुरु भयो । खासमा यसलाई मान्दा हुने फाइदा के ? के यो समारोह हो ? कि गोष्टी हो । या महिलाहरू जम्मा भएर कचरी गर्ने दिन हो । यो दिवसलाई विश्वव्यापी बनाउन कसरीसम्भव भयो होला त ?

विश्वभरि महिलाहरू हेपिएका छन् । नारीपुरुष समान भने पनि घरदेखि नै महिलाहरूलाई दोस्रो दर्जामा उभ्याउछन् । खासमा महिला दिवस मजदुरहरूको आन्दोलनको उपजको रूपमा हेरिएको छ । यसको बीजारोपण सन् १९०८ मा भएको थियो । १५ हजार महिलाहरू मिलेर न्युयोर्क सहरमा मार्च निकालेर नोकरी गर्ने समयाअवधि कम गर्न माग गरेका थिए । साथसाथै उनीहरूको माग अर्को थियो– पुरुष सरहको ज्याला/तलब तथा मतदान गर्ने अधिकार पनि दिइयोस् भन्ने । माग अन्तिमा पूरा पनि गरियो । र, एक वर्षपछि अमेरिकाको सोसलिष्ट पार्टी आफैंले यस दिनलाई पहिलो राष्ट्रिय महिला दिवसको रूपमा घोषित ग¥यो । त्यो नै अन्तर्राष्ट्रिय महिला दिवसको पहिलो जग थियो । जसलाई आज संसारका महिलाहरूले मान्दै आएका छन् ।

नारी पुरुष बराबर,
महिला अधिकार हनन् नगर,
महिला पनि देश चलाउन सक्छन् !

यसप्रकारका नाराहरू अहिले चोकचोक र गल्लीगल्लीमा लगाउँदै हिडिरहेका छन् । र, १०८ औं नारी दिवस मनाइरहेका छन् । आयोजकहरू ठूल्ठूला ब्यानर बोकेर सडक ढाकेर माइकमा चिच्याइरहेका छन् ।

सुरुमा न्युयोर्कमा सीमित रहेको महिला दिवसलाई अन्तर्राष्ट्रिय कसरी बनाए त ? कसरी आयो त आइडिया ? यो आइडिया खासमा एक महिलाको थियो । क्लारा जेटकिनको । १९१० मा कोपेनहेगनमा कामकाजी महिलाको रूपमा काम गर्दै एउटा अन्तर्राष्ट्रिय कान्फ्रेसको कारण अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिए । त्यो बेला कान्फ्रेसले १७ मा देशमा १ सय महिलाहरू सहभागी थिए । तिनीहरू सबैले त्यस किसिमको सुझावलाई समर्थन गरे ।

सबैभन्दा पहिला सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै गएका थिए । १९७५ मा महिला दिवसको रूपमा आधिरकारिक मान्यता दिएको थियो– संयुक्त राष्ट्रले यसलाई वार्षिक रूपमा एउटा थिममा रहेर मनाउनेगरी । र, त्यो थिम थियो–

‘सेलिब्रेटिङ द पाष्ट, प्लानिङ फर द फ्युचर’ ८ मार्चको दिनमै किन मनाइन्छ त नारीदिवस भन्ने कौतुहल लाग्न सक्छ । खासमा क्लारा जेटकिनले महिला दिवस मान्नका लागि कुनै तारिख फिक्स गरेकी थिइनन् । त्यस्तैमा १९१७ मा युद्धको कारण रूसमा महिलाहरूले खाना र शान्तिका माग राखेर हडताल गरेका थिए । यो हड्ताल देखेर स्रमाट निकोलसलाई पद छोड्न बाध्य बनायो । र अन्तरिम सरकारले महिलाहरूको मतदानको लागि अधिकार दियो ।

त्यस समय रूसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । जुन दिन महिलाहरूले नै यो हड्ताल सुरू गरेका थिए । अथवा यो तारिख २३ फेब्रुअरी थियो । ग्रेगेरियन क्यालेन्डरमा यो दिन ८ मार्च थियो र त्यसै दिनलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय महिला दिवसलाई ८ मार्चका दिनमा मान्न थालियो ।

अब दुनियाँभरमा यो दिवसलाई कसरी मनाइन्छ भन्ने सोच पनि आउछ । कैयौं देशमा यो दिनलाई राष्ट्रिय छुुट्टी दिइन्छ । यस दिनमा फूल आदानप्रदान गरिन्छ । महिलापुरूष समान भएर विचार शेयर गरिन्छ । नेपालमा पनि महिलाहरूका लागि सरकारी छुट्टी दिइएको छ । अनि महिला दिवसको दिनमा महिलाहरू जम्मा भएर भव्य र सभ्य रूपले महिला हिंसाको विरुद्ध वकालत गरिन्छ । प्लेकार्ड लिएर सरकारको ध्यानाकर्षण गराइन्छ । अधिकारकर्मीहरू यसका लागि बोलिदिन्छन् र नयाँ योजनाहरू सुनाउँछन् ।

समय बदलिएको छ । तर, मान्छेको सोच फेरिएको छैन । त्यही सोचको उपजले निम्त्याएको महिला हिंसालाई एक दिनको अन्तर्राष्ट्रिय महिला दिवसले कत्तिको फेरबदल पार्ला र ?

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...