खादाको महत्व: खेन्पो कमल भण्डारी – Janata Live
  • Friday, February 3, 2023

खादाको महत्व: खेन्पो कमल भण्डारी

  • जनता लाइभ
  • फागुन २१, २०७५

खादाको महत्व: खेन्पो कमल भण्डारी

खादा जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजापाठ, भेटघाट तथा स्वागत, विदाई कार्यक्रममा प्रयोग गरिने वस्त्र हो ।

खादालाइ शुभ संकेतको रूपमा लिइन्छ । यति मात्रै नभएर आजकल हरेक धर्मलम्बीहरु बौद्ध, हिन्दु, क्रिस्चीयन, मुसलमान लगायतले खादाको प्रयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । पुष्प मालाहरु बाह्रैकाल, बाह्रै महिना सबैस्थानमा नपाइने भएकोले यसको प्रयोग भएको हो ।

खादाको प्रयोग कहाँ र कसरी शुरुवात भयो ?

खादा जसरी हाम्रो देशमा तराइ पहाड़ हिमाल भएको कारण हिमाली भेगमा पुष्प नभएको र एकदिन साथीको मृत्यु पश्चात त्यस दुस्खद आत्मालाइ शान्ती मिल्नको लागी खाता चडाइएको हो । ७ औं शताब्दीदेखी क्रमशः विकास र विस्तार हुँदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन् ।

खादाको धार्मिक अर्थ

खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यतय सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएका देख्न सकिन्छ । सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो ।

त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो ।

खादामा अष्ट मंगलमको चित्र पनि राखेका छन् । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।

१] धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ । २] माछा अर्थात सुनको माछा यसको अर्थ शुभ सायिदको प्रतीक हो ।

३] भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो । ४] कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।

५] शङ्ख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो । ६] स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो । ७] ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो ।
८] धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।

त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार यस प्रकार रहेको छ । १] निलो को अर्थ आकाश २] पहेँलो को अर्थ जमीनरमाटो ३] रातो को अर्थ अग्नी
४] सेतो को अर्थ बादल ५] हरियो को अर्थ जङ्गल हो भन्ने बुभिन्छ ।

माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्ध धर्मको झण्डा बनेको हुन्छ । जसको संकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र संकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविस्कार मानिन्छ । तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने प्रयोग नगर्ने कार्यहरु भइरहेका छन् ।

वास्तविक अरुको दाँजोमा खादा सस्तो र कुशल कर्मको लाभ दायिक भएकोले धेरै भन्दा धेरै प्रयोग गर्नु जरूरी देखिन्छ । साथै यस कार्यमा सबै साथ दिएर अगाडि बढ्नुपर्ने हुन्छ । (लेखक खेन्पो कमल भण्डारी, नेपाल बौद्ध महासंघ महासचिव)

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...