हामी राइटिस, लेफ्टिस्ट होइनौं, फ्रन्टिस्ट हौं – Janata Live
  • Friday, May 14, 2021

हामी राइटिस, लेफ्टिस्ट होइनौं, फ्रन्टिस्ट हौं

  • जनता लाइभ
  • फागुन २१, २०७५

हामी राइटिस, लेफ्टिस्ट होइनौं, फ्रन्टिस्ट हौं

निमा लामा
केन्द्रीय संयोजक, अल्पसंख्यक राष्ट्रिय परिषद्
निमा लामा नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय बन्दै आएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत सहभागी भएका लामा २०५६ मा नेकपा एमालेमा आवद्ध थिए । तर, त्यसको १ वर्षपछि माओवादीमा प्रवेश गरेका थिए । उनी २०६४ मा ह्योल्मो राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत भएका थिए । नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद् सदस्य हुन् । उनी नयाँ शक्तिकै अल्पसंख्यक राष्ट्रिय परिषद् केन्द्रीय संयोजक पनि हुन् । प्रस्तुत उनीसँग गरेको कुराकानी :

तपाईं नयाँ शक्तिको जिम्मेवार सदस्य हुनुहुन्छ । नेपालको पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अहिले नेपालसामु विभिन्न समस्या देखापरेका छन् । राजनीतिक अस्थिरता बढेको छ । जसका कारण पनि जनता निराश बन्दै गइरहेका छन् । जनताले परिवतनको महसुस गर्न पाएका छैनन् । जनताले आफूले राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार पाउने अपेक्षा गरेका थिए । तर, विभिन्न राजनीतिक दलमा देखापरेका समस्या र अन्तर्राष्ट्रिय परिस्थितिका कारण जनताले अपेक्षा गरेअनुसारको काम हुन सकेन । नयाँ संविधान जारी भएको छ । तर, अझैसम्म पनि जनताले नयाँ संविधान पाएको अनुभूत गर्न सकेका छैनन् । त्यही भएर पनि जनताले वैकल्पिक शक्तिको आवश्यकता देख्न थालेका छन् ।

हामीले १६ औं शताब्दीको इतिहास हे¥यौं । माओले चीनमा के गरे भन्ने पनि हरेर त्यसलाई लागू गर्न खोज्यौं । काल माक्र्सले गरेको कुरालाई नेपालमा हुबहु लागू गर्न खोज्यौं । बीपीको इतिहासलाई हेरेर त्यसलाई लागू गर्न खोज्यौं । त्यो नै अवैज्ञानिक थियो ।

लामो समयसम्म वाम राजनीति गरेको व्यक्ति, तपाईं कसरी नयाँ शक्तिमा लाग्नुभयो ?
ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सवालमा हरेक कुरा हुने गर्छन् । विकास हुँदै जाने कुरा हो । वामपन्थी राजनीति हिजोको आवश्यकता थियो । आजको आवश्यकता भनेको देशको आर्थिक विकास गरेर समृद्धितर्फ लैजाने हो । २०३६ देखि लामो समयसम्म वामपन्थी विचार प्रधानको समय थियो । अहिले २०७२ देखि नयाँ शक्तिले विकासलाई प्रधानता बनाएको छ । देशले विकास खोजेका कारण पनि म नयाँ शक्तिमा लागेको हुँ ।

विकासका लागि सत्ता अनिवार्य छ । नयाँ शक्ति भर्खर गठन भएको छ । यसले देशको विकास गर्न सक्ला भनेर कसरी विश्वास गर्ने ?
विकास भनेको जादूको छडी होइन । सत्तामा नपुगी विकास गर्न सम्भव छैन । तर, सुरुमै सत्ताको सपना देख्नु पनि हुन्न । फेरि सत्तामा पुग्न सम्भव छैन भन्ने पनि होइन । सकारात्मक अभियान बढाउँदै गर्दा पक्कै पनि जनताको मत पाउन सकिन्छ । जनताबाट मत पाएपछि सत्तामा पुग्नु स्वाभाविक पनि हो । विगतमा नेपाली जनताले नयाँ पार्टीलाई साथ दिएको इतिहास पनि छ । अहिले नेपाली जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने एजेन्डालाई सम्बोधन गर्ने विषय उठाएका छौं । त्यसकारण ढिलोचाँडो नयाँ शक्ति सत्तामा पुग्छ । सत्तामा पुगेपछि मात्र नेपाली जनताले चाहेको कुरा पूरा गर्न सक्छौं ।

डा. बाबुराम भट्टराईले सांसद पद त्याग गर्नुभयो । नयाँ पार्टी बन्दा सांसदविहीन थियो । तर, अहिले फेरि संसद्मा प्रवेश पायो । के अब नयाँ शक्तिले संसद् नै रोजेको हो ?
हिजो डा.बाबुराम भट्टराई सदनमा हुँदाहुँदै पनि सांसद त्यागेर नयाँ शक्तिको अवधारणा अघि सार्नुभएको हो । तर, पार्टी विस्तारका क्रममा विभिन्न पार्टीसँगको एकता र विभिन्न व्यक्तिले पार्टी प्रवेश गर्ने क्रम बढेको छ । अहिले थरुहट पार्टीसँग एकता भएको छ । त्यो पार्टीका एक जना सांसद हुनुहुन्थ्यो । उहाँको प्रतिनिधित्व भएका कारण नयाँ शक्तिले अब संसद्मार्फत पनि आफ्ना कुरा सदनमा उठाउनेछ ।

नेपालका आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यक समुदायलाई राज्यले हिजोदेखि नै अधिकारविहीन बनाइएका छन् । उनीहरूलाई अधिकारको आवश्यकता छ । त्यसलाई स्थापित गराउन जरुरी छ ।

नेपालमा नयाँ पार्टी जन्मिँदा निकै ठूला कुरा गर्ने अनि सत्तामा पुगेपछि फेरि उही ताल देखाउने प्रचलन छ । यसबाट नयाँ शक्ति विचलित हुँदैन भनेर कसरी विश्वास गर्ने ?
हामीले १६ औं शताव्दीको इतिहास हे¥यौं । माओले चीनमा के गरे भन्ने पनि हरेर त्यसलाई लागू गर्न खोज्यौं । कार्ल माक्र्सले गरेको कुरालाई नेपालमा हुबहु लागू गर्न खोज्यौं । बीपीको इतिहासलाई हेरेर त्यसलाई लागू गर्न खोज्यौं । त्यो नै अवैज्ञानिक थियो । नेपाली जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने, लाभदायक र उत्पादकमूलक काममा समय खर्चन सकेनौं । हामीले अहिले राजनीतिक शक्तिको वैकल्पिक शक्ति यस अर्थमा भन्दै आएका छौं कि नेपाली जनताको हितमा सार्वभौम सत्ता जनतामा निहित बनाउँदै जनतालाई विकासको बाटोमा डोहो¥याउनु हाम्रो कर्तव्य हो । त्यसका लागि कुराले होइन, कामले मात्र सम्भव छ । समुन्नत राष्ट्र निर्माण गर्न देश समृद्ध बन्नुपर्छ । हिजोका विरासत वा इतिहासलाई हेरेर होइन, आजको आवश्यकतालाई नीति बनाउन सक्नुपर्छ । हामीले विज्ञानलाई टेकेर मात्र अघि बढ्न सक्छौं । त्यसैले पनि त्यो काम नयाँ शक्तिले मात्रै गर्न सक्छ । हामी कुनै पनि वाद वा सिद्धान्तमा विश्वास गर्दैनौं । त्यही भएर अबको निकास आर्थिक विकास भन्ने एकसूत्रीय नारा नयाँ शक्तिले अघि सारेको हो ।

नयाँ शक्ति न वामपन्थी, न प्रजातान्त्रिक पार्टी । कुन विचारमा अँगाल्नुहुन्छ त तपाईंहरू ?
अहिले यसरी नै आरोप लगाउने गरिएको छ । त्यसरी आरोप लगाउनका पछाडि वैज्ञानिक तर्क छ कि छैन भन्ने कुरा मुख्य हो । न वामपन्थी, न प्रजातान्त्रिक न राजावादी, कुन खालको पार्टी बनाउनुभयो भनेर सबैले भन्ने गरेका छन् । कतिपयले विभिन्न विचार समूहका मान्छे भेला पारेर राम्रो हुँदैन भन्ने पनि गरेका छन् । तर, विभिन्न शक्ति र विचारले नै नयाँ सिद्धान्तको प्रतिपादन गर्छ । अहिले त विभिन्न वाद र विचार समूहकै कारण नेपालको राजनीतिक अवस्था तहसनहस भएको छ । पुँजीपति वर्गबाट आएका मान्छेले पुँजीपति धार अपनाउँछन् र वामपन्थी विचारबाट आएका मान्छेले वामपन्थी लाइन नै समात्छन् भन्न आम बुझाइ छ । यी दुई कित्तामा बाँडिँदा देश विकास हुँदैन भन्नेमा हामी ढुक्क छौं । अहिले हामीले कुनै वाद वा विचारलाई भन्दा पनि कसरी देश विकास गर्न सकिएला, कसरी जनताको आर्थिक विकास गर्न सकिएला भनेर लागेका शक्ति हौं । हामी वामपन्थी पनि होइनौं, पुँजीपति पनि होइनौं र प्रजातान्त्रिक पनि होइनौं । हामी त राइटिस पनि होइनौं, लेफ्टिस्ट पनि होइनौं । हामी त फ्रन्टिस्ट हौं । किनकि वामपन्थी र प्रजातान्त्रिक समूहले लिएको सही विचारधारालाई विकसित बनाएर अँगाल्ने र नयाँ वैज्ञानिक विचारलाई आत्मसात् गर्ने पार्टी हौं । नेपाली जनताको हित हुन्छ भने कुनै पनि सिद्धान्तलाई सँगै ल्याउनुपर्दैन, आफैँ पनि त्यो सिद्धान्तलाई प्रतिपादन गर्न सक्छौं भनेर स्थापना भएको पार्टी हो ।

तपाईं अल्पसंख्यक राष्ट्रिय परिषद्को संयोजक पनि हुनुहुन्छ । नेपालमा रहेका अल्पसंख्यक समुदायको सवालमा तपाईंको पार्टीको धारणा के हो त ?
नयाँ शक्तिले नेपालको धरातलीय यथार्थलाई बुझेर वैचारिक शक्तिको रूपमा उदाएको शक्ति हो । कुनै पनि पार्टी विचारले मात्र विकसित हुने होइन, त्यसभित्र संगठन पनि हुन्छ । त्यसको संरचना हुन्छ । संगठन निर्माण गर्दा क्ल्टस्टरवाइज हुनुपर्छ । हामीले पनि संगठनको चरित्रलाई क्ल्टस्टरवाइज गरेका छौं । हामीले एक तिहाईभन्दा बढी जनसंख्या भएकालाई राष्ट्रिय परिषद्को मान्यता दिएका छौं । एक तिहाईभन्दा कम जनसंख्या भएका समुदायलाई राष्ट्रिय मान्यता नदिने अवस्था पनि छ । राष्ट्रिय परिषद्को मान्यता दिन नसके पनि यी समुदायको बेग्लै पहिचान छ । हिजो राज्यले दमन गरेर पहिचान गुमाएका समुदायलाई एकीकृत बनाउँदै उनीहरूका हक अधिकारलाई सुनिश्चित गराउनुपर्छ । अल्पसंख्यक राष्ट्रिय परिषद्ले अल्पसंख्यक समुदायको हक अधिकारका लागि आवाज उठाउने हो । नयाँ शक्तिले सधैं यस्ता समुदायको हक अधिकारको आवाज उठाउँछ ।

संघीयताका सवालमा तपाईंको धारणा के नि ?
नयाँ शक्ति विज्ञान र प्रविधिलाई स्विकार्ने पार्टी हो । त्यसकारण देशको आवश्यकतालाई सम्बोधन गर्ने सवालमा कुनै पनि कुरामा कन्ज्युस्याइँ गर्दैन । नेपालका आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यक समुदायलाई राज्यले हिजोदेखि नै अधिकारविहीन बनाएको छ । उनीहरूलाई अधिकारको आवश्यकता छ । त्यसलाई स्थापित गराउन जरुरी छ । त्यसका लागि केन्द्रीकृत शाषन प्रणालीबाट सम्भव छैन । त्यही भएर पनि संघीयताको अवधारणा अघि सारिएको हो । माओवादीले २०५२ देखि हतियार उठायो । त्यो अधिकारका लागि नै थियो । के त्यासो हो भने नयाँ शक्तिले त्यसलाई अँगाल्छ वा बिर्सियो भन्ने होइन । हामीले त आधा गिलास पानी छ, बाँकी रहेको आधा पानी भर्ने हो । अर्थात् त्यो १० वर्षे जनयुद्धले केही ऐतिहासिक जिम्मेवारी पूरा गरेको छ भने केही कुरा पूरा गर्न बाँकी छ । त्यसलाई केही कुरा संस्थागत गर्न पनि बाँकी छ । फेरि पनि प्रतिगामी शक्तिले टाउको नउठाउन् भनेर नयाँ संविधान जारी गर्न जरुरी थियो । तर, नयाँ संविधानले सबै जातजाति, वर्ग र समुदायका हकलाई सुनिश्चित गर्न सकेको छैन । त्यसका लागि पनि संघीय शासन प्रणालीलाई स्थापित गराउनुपर्छ । यो देशको विकास एकात्मक शासन प्रणालीमा सम्भव छैन । -प्रकाशितः २०७३ फागुन ९ सोमबार

Loading...
Loading...
Loading...

विश्वभर नै नयाँ–नयाँ भेरियन्टको प्रभाव देखिएको छ,यो चिन्ताजनक स्थिति हो : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख (अन्तरवार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको...