भेटिएको २० डलरले करोडपति – Janata Live
  • Sunday, February 5, 2023

भेटिएको २० डलरले करोडपति

  • एजेन्सी
  • फागुन २०, २०७५

भेटिएको २० डलरले करोडपति

आखिर मान्छेको भाग्य छ भने चाल्नोमा दूध अडिन्छ भनिन्छ । कसैको भाग्य चम्किनुछ भने ठूलो परिश्रम केही गर्नुपर्दाे रहेनछ, मात्र काकताली पर्नुपर्ने रहेछ ।

अमेरिकामा एक जना युवकको भाग्य एकाएक यसैगरी चम्किएको छ । सडकमा भेटिएको २० डलरको नोटले उनलाई एकाएक करोडपति बनाइदिएको छ ।

सनफ्रान्सिस्कोमा बस्ने ह्युबर्ट ट्यांग नामका युवक इन्टरनेसनल एयरपोर्टमा उभिएका थिए । तब उनको नजर सडक किनारामा कसैले खसालेर छाडेको २० डलरको एउटा नोटमा प¥यो । उनले तुरुन्तै त्यो नोट टिपे र गोजीमा हाले । त्यसपछि ढिलो नगरीकनै उनले सिधै चिठ्ठा पसलमा गएर २० डलरका २ वटा चिट्ठाका टिकट किने ।

सायद भेटाएको पैसाले अरू वस्तु किन्नुभन्दा चिठ्ठा किन्नु नै ठीक हुन्छ भन्ने उनले सोचे होलान् । भेटिएको पैसा लक्की हुन्छ भन्ने धारणा पनि छ । तर, यसरी उक्त पैसाले किनेको चिठ्ठाले आफ्नो भाग्य बदलिदेला भन्ने उनले सोचेका थिएनन् । ह्युबर्टले खरिद गरेका २ टिकटमध्ये एउटा तत्कालै साथीहरूका अगाडि नै स्क्र्याच गरे । उक्त चिठ्ठामा उनलाई १० लाख अमेरिकी डलर प¥यो । त्यसपछि के चाहियो ? एयरपोर्ट नजिकै बारमा काम गर्ने उनी एकाएक करोडपति बने ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...