क्रिश्चियनको भीडमा बौद्ध धर्म

आइत लामा
एक व्यक्तिको सानो प्रयासले पूरा समाजको मुहार फेर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् आइत लामा । हुन त उनी पढाइ लेखाइमा शून्य नै हुन् । प्रस्टसँग नेपाली भाषासमेत बोल्न जान्दैनथे । तर, पछि शिक्षा लिएर उनी साधारण लेखपढ गर्न सक्ने भएका छन् ।
उनको एकल प्रयासबाट धादिङ जिल्लाको तिप्लिङमा एउटा विद्यालयको स्थापना भएको छ जहाँ स्थानीय गाउँका बालबालिका निःशुल्क रूपमा पढिरहेका छन् । गाउँमा उनले विद्यालय मात्र खोलेनन, नयाँ कुरा सिक्ने अवसर पाए । हिजो गाउँमा लामाहरूको सक्रियता नहुनु उचित शिक्षाको कमीका कारण गाउँका सबै क्रिश्चियन भएको अवस्थामा आइत लामाको प्रयासबाट अहिले गाउँका केही वडाका मानिसहरू बुद्ध धर्मप्रति आस्था राख्न थालेका छन् ।
गाउँमा शिक्षा दीक्षा दिने कुनै विद्यालय थिएन । जसका कारण पढाइलेखाइमा त्यहाँका मानिस कमजोर थिए । उनी भन्छन् ‘हाम्रा पालामा विद्यालय थिएन, हामी आफ्नो समुदायको भाषाबाहेक नेपाली बोल्न पनि सक्दैथ्यौं ।’
गाउँमा विद्यालय नहुँदा गाउँका पछिल्लो पुस्ता पनि आफ्नो भाषाबाहेक अरू कुनै भाषा बोल्न जान्दैथे । त्यही अवस्थालाई चिर्नका लागि उनले गाउँमा एउटा विद्यालयको खाँचो देखे र विद्यालय स्थापना गरेर गाउँका बालबालिकालाई निःशुल्क शिक्षा दिन योगदान पु¥याएका छन् ।
उनले विद्यालयको स्थापना गरेपछि अहिले ३० जना विद्यार्थीले निःशुल्क रूपमा अध्ययन गर्ने मौका पाएका छन् । त्यसका साथै १० जनाले भने खाने बस्ने सुविधासहित अध्ययन गरिरहेका छन् ।
बाल्यकाल
धादिङ जिल्लाको तिप्लिङ गाविसमा बुबा फुर्पा लामा र आमा कन्या जोम तामाङबाट आइत लामाको जन्म भएको हो । उनको पारिवारिक अवस्था कमजोर थियो । खान लाउन नै निकै गाह्रो अवस्था थियो । लामा भनेको गाउँमा घेवा गर्ने र लास फाल्नेका रूपमा हेरिन्थ्यो । पढ्ने विद्यालय पनि थिएन त्यसैले न त उनका बुबाले नै अध्ययन गर्ने अवसर पाए न त उनले नै । सामान्य लामा शिक्षा लिए पनि विद्यालय स्तरको शिक्षा लिनबाट भने उनी वञ्चित थिए ।
विवाह
उनका आफन्त रसुवामा थिए । रसुवा आउने जाने चलिरहन्थ्यो त्यही क्रममा उनले रसुवामा नै विवाह गरे । त्यतिवेला उनी १८ वर्षका थिए । बिहे गरेपछि उनी त्यहीँ बसे । करिब ८ वर्षको रसुवाको बसाइमा उनका एक छोरा एक छोरीको जन्म भएको थियो तर, उनलाई भाग्यले ठग्यो । दुवै जना छोराछोरीको मृत्यु भयो । त्यसको केही समयपछि उनकी श्रीमतीको पनि मृत्यु भयो ।
परिवारका सदस्यको मृत्यु भएपछि केही गरौंला, सुन्दर घर बनाउँला भन्ने उनको सोचाइ सपनामा मात्र सीमित भयो । उनका छोराछोरीको मृत्यु त भयो नै तर, उनलाई सुख दुःखमा साथ दिने श्रीमतीको नै मृत्यु भएपछि उनलाई रसुवामा बस्न मन लागेन । उनका बुबाले उनलाई धादिङमा नै ल्याए ।
गाउँ सबै क्रिश्चियन
आइत लामा जन्मजातै बौद्ध धर्ममा आस्था राख्दै आएका थिए । तर, उनको गाउँमा उचित शिक्षाको अभाव र आर्थिक अवस्था कमजोर भएका कारण गाउँका प्राय सबै मानिस क्रिश्चियन भएका थिए । गाउँका सबै क्रिश्चियन भए पनि आइत लामाले भने धर्म परिवर्तन गर्नतर्पm लाग्नुभन्दा जस्तोसुकै दुःख कष्ट भए पनि आफ्ना बाबु बाजेले मान्दै आएको परम्परागत बौद्ध धर्मलाई नै निरन्तरता दिँदै आए । उनी त्यही वेला एक वर्ष जति गुफा बसे । बुद्धका वाणी अध्ययन गरे ।
त्यसपछि उनीमाथि एउटा आत्माविश्वास जाग्यो सम्पत्ति भनेको केही होइन सेवा नै धर्म हो भनेर । यही विचारलाई आत्मासाथ गर्दै उनले गाउँमा एउटा गुम्बा निर्माण गर्ने सोच बनाए । गुम्बा व्यवस्थापन समितिका मार्का तामाङले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएपछि उनले त्यही पैसाले धादिङको तिप्लिङमा गुम्बा निर्माण गरे । बौद्ध धर्ममा आस्था राख्दै आएका आइत लामा अब भने पूर्ण रूपमा बौद्ध धर्ममा लागे । उनले गुम्बाको प्रमुख लामा आफ्नै बुबालाई बनाएका थिए । उनका बुबाले गुम्बामा दैनिक पूजा पाठ गर्ने गरेका थिए ।
गाउँ सबै क्रिश्चियन भइसकेको थियो । क्रिश्चियनहरूको बीचमा गुम्बा निर्माण गर्नु र बौद्ध धर्मको प्रचार गर्नु निकै चुनौतीपूर्ण थियो । तर, पनि उनी कसैसँग पछाडि हटेनन् आफ्नो परम्परागत धर्मलाई निरन्तरता दिँदै गए । उनी भन्छन्, ‘मसँग आर्थिक कमजोर भए पनि पैसा कमाउछु भनेर बौद्ध धर्ममा लागेको होइन, परम्पगत बाबु बाजेले मान्दै आएको धर्मलाई आत्मसाथ गरेको हो ।’
विद्यालय निर्माण
गाउँमा उचित शिक्षा अभावका कारण गाउँका मानिसको सोचाइ फरक हुन थालेको थियो । यहाँका मानिसलाई शिक्षा दिन सकियो भने राम्रो हुने आइत लामाले देखे । गाउँमा एउटा पनि विद्यालय नहुँदा मानिस क्रिश्चियन भएको, गाउँलेसँग छोराछोरीलाई पढाउने खर्च नभएको स्थितिमा उनीहरुलाई निःशुल्क रूपमा शिक्षा दिनु आफ्नो धर्म ठानी उनले विद्यालयको अवधारणा ल्याए । उनले गाउँमा नै विद्यालय स्थापना गर्न विभिन्न व्यक्तिबाट सहयोग संकलन गरे र कक्षा तीनसम्म अध्ययनका लागि स्वीकृति पनि प्राप्त गरे ।
उनको एकल प्रयासमा धादिङ जिल्लाको तिप्लिङ–८ मा नमुना विद्यालय स्थापना भयो । उक्त विद्यालयको नाम साम्तेन छयोलिङ गोन्पा विद्यालय हो । उक्त विद्यालयमा अहिले कक्षा तीनसम्म पढाइ भइरहेको छ । कक्षा पाँच सम्मको अध्ययन सुरु गर्नेे तयारी तथा कक्षा आठ सम्मका कक्षा सञ्चालन गर्ने योजना रहेको आइत लामा बताउँछन् ।
तिप्लिङ गाविस यस्तो ठाउँ हो जहाँ अधिकांश मानिस धार्मिक हिसाबले क्रिश्चियन धर्म मान्दछन् । क्रियश्चियनको भीडमा बौद्ध धर्मको प्रचारप्रसार गर्दै बालबालिकालाई शिक्षा दीक्षा दिनु निकै चुनौतीको कुरा पनि हो । तर, धर्मलाई चुनौतीभन्दा पनि बालबालिकाले उचित दिक्षादीक्षा पाउन भन्ने उद्देश्यले ०६९ सालमा विद्यालयको स्थापना गरिएको उनी बताउँछन् ।
विद्यालय स्थापना गरेपछि विस्तारै गाउँमा मानिस बुद्धिष्ट हुँदै गएका पाइएको छ । गाविसको वडा ८ र ९ मा भने बुद्धिष्टको बाहुल्यता भए पनि अरू वडामा सबै क्रिश्चियनको बाहुल्यता रहेकोे छ । शिक्षाको अभावका कारण गाउँका सबै जना क्रिश्चियन भएको र अहिले शिक्षा पाएपछि बौद्ध धर्ममा फर्किन थालेको आइत लामा बताउँछन् ।
लामा आफूले अध्ययन नगरे पनि लामा शिक्षाबाट अभिप्रेरित भई शिक्षा दिने उद्देश्यले विद्यालय स्थापना गरेको बताउँछन् । उनी आफ्नो जायजेथा केही नभनी सामाजिक कार्यमा लाग्दै आएका छन् । एक्लो प्रयासबाट विद्यालयको स्थापना भए पनि सञ्चालन गर्न गाह्रो हुँदै गएका कारण यसलाई निरन्तरता दिनका लागि सहयोगीको खोजीमा रहेको बताउँछन् ।
अहिले उक्त विद्यालयमा ३० जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । जसमध्ये १० जनालाई खानेबस्नसहित निःशुल्क शिक्षा दिइएको छ । ठूलो मान्छेलाई चेतना दिनुभन्दा सानो मान्छेलाई सानैदेखि शिक्षा दिन सक्यो भने उसलाई छिट्टै शिक्षित बनाउन सकिन्छ भन्ने उनको धारणा छ ।
संलग्न संघसंस्थाहरू
आफूसँग राम्रो आर्थिक अवस्था नभए पनि विभिन्न समाजिक कार्य गर्दै आएका आइत लामा यति वेला विभिन्न समाजिक संघसंस्थामा लागेर काम गर्दै आएका छन् । उनी दोङनाम्छयोली गुम्बा, साम्तेनछयोलिङ गुम्बाका प्रमुख लामा पनि हुन् । साम्तेनछ्योलिङ गोन्पा विद्यालयका संस्थापक हुन् ।
ञिङमा संघको क्षेत्रीय समितिमा रहेर विभिन्न सामाजिक काम गरिरहेका छन् । त्यस्तै तामाङ बौद्ध महासंघको जिल्ला अध्यक्षसमेत रहेका छन् ।
उनले गुम्बा र विद्यालय मात्र निर्माण गरेनन् धादिङ तिप्लिङ–८ मा जाङ्छु छुर्तेन, त्यसैगरी तिप्लिङ–९ मा याङदे छुर्तेन अनि ककनीमा खाङवा छुर्तेन निर्माण गरिसकेका छन । आइत लामा निरन्तर रूपमा बौद्ध धर्ममा नै लागेर जीवन बिताउने प्रण गर्छन् । उनको प्रयासबाट अहिले धादिङ तिप्लिङमा बौद्ध धर्मप्रति आस्था राख्ने मानिसको संख्या बढ्दै गएको छ । लामा यसरी नै सधै समाजको रक्षा गर्न आफूले पहल गर्ने बताउँछन् ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...
देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...
सत्यमोहनले इच्छाएको चक्रसंवर
जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...