संघर्षले बनायो सफल व्यवसायी – Janata Live
  • Saturday, February 4, 2023

संघर्षले बनायो सफल व्यवसायी

  • जनता लाइभ
  • फागुन १९, २०७५

संघर्षले बनायो सफल व्यवसायी

कामी शेर्पा
पर्यटन व्यवसायी

बाल्यकाल

सोलुखुम्बु जिल्लाको गोली गाविसमा गोम्बु शेर्पा र दालेकी शेर्पाको कोखबाट कामी शेर्पाको जन्म भएको हो । बुबाको पालमा आर्थिक अवस्था मजबुद भए पनि प्राकृतिक कारण उत्पादन घट्दै जानाले उनको पालामा आर्थिक अवस्था कमजोर हुँदै गयो । हुन त नभएको पनि होइन गाउँको सबैभन्दा ठूलो चौंरी गोठ उनकै घरमा थियो । चौंरी गोठबाटै आर्थिक आम्दानीको स्रोत बनेको थियो । गाउँमा रहेको गेप्चु प्राविबाट उनले औपचारिक शिक्षा सुरु गरे । गेप्चु प्रावि हिलारीले खोलिदिएका हुन् ।

गाउँमा हिलारी आउँदा कामी शेर्पा सानै थिए । हिलारीले उनलाई माया गरेर गालामा सुमसुम्याउँथे । उक्त विद्यालयमा छत्रवृति भएका कारण कापी कलम निःशुल्क पाइन्थ्यो । तर, ६ महिनामा एउटा कापी पाइने भएकाले उनी घरैमा बसेर धुलोटो पाटीमा लेख्ने गर्थे । आज उनी त्यो दिन झलझली सम्झन्छन् । कक्षा ५ सम्म उनले गेप्चु प्राविमा नै अध्ययन गरे । त्यसपछि काठमाडौं प्रवेश गरे ।

काठमाडौंको ठहिटीस्थित शान्ति निकेतनमा कक्षा ६ देखि अध्ययन सुरु गरे । उनी १४ वर्षका हुँदा उनका बुबाको मृत्यु भयो । भाइ बहिनी सानै भएका कारण उनकी आमालाई सघाउनुपथ्र्याे ।

त्यसपछि उनी पुनः गाउँमा नै गए । गाउँ गएपछि उनो पढाइ बिग्रियो । त्यसवेला उनका ठूला दाइ काठमाडौंमा बस्थे । बाबाको मृत्युपछि परिवार अपांग जस्तै भयो । घरको व्यवहार सम्हाल्ने मान्छे नभएपछि ठूलो समस्या पर्न थाल्यो । तर, उनलाई त्यही समस्याले समाधानको बाटो पनि सिकायो ।

उनले अथक मिहिनेत र संघर्ष गर्दै गए । गाउँ नजिकै हिमाल चढ्न जानेको लर्काे देख्थे । सगरमाथा आरोहरण गर्न त्यही बाटो हुँदै सयौं मानिस ओहोर दोहोर गर्थे । हिलारी उनको गाउँ हुँदै आउने जाने गर्थे । त्यही क्रममा उनले हिलारीलाई देखेका थिए ।

०३६ सालमा भएको जनमत संग्रहमा पनि उनी सक्रिय थिए । त्यसवेलाको आन्दोलनमा सोलुखुम्बुका बलबहादुर केसीलाई लैनचौरस्थित अस्कल क्याम्पस अगाडिबाट मोसो दलेर लखेटिएको थियो । त्यसवेला मोसो दल्नेमा कर्मा गेल्जेङ शेर्पा र कामी शेर्पा नै थिए ।

वेटर हुँदै ट्रेकिङ

गाउँमा बस्दै आएका कामी शेर्पा पुनः काठमाडौं फर्किए । काठमाडौं आएपछि उनले ठहिटी क्वाःवहालमा तिब्बतीयनले खोलेको नाम्खादिंग रेस्टुरेन्टमा हेल्परको काम पाए । हेल्पर भए पनि उनले धेरै मिहिनेत गरे । जसको परिणामस्वरूप उनी ६ महिनामा वेटर भए । वेटर भएपछि उनको भाग्यको दिन खुल्यो । उनी निकै फुर्तिला थिए । जुनसुकै व्यक्तिसँग पनि सजिलै घुलमिल गर्न सक्थे । त्यही क्रममा माइक चिनी भन्ने विदेशी र पूर्ण लामासँग चिनजान भयो । उनीहरू शेर्पाको–अप्रेटिभ ट्रेकिङ कम्पनीका थियो । त्यसपछि उनी सोही अफिसमा काम गर्न थाले । त्यसपछि उनी वेटरबाट ट्रेकिङ काम सुरु गरे । काम सुरु गरेपछि उनी दुई जना क्यालिफोर्नियाली महिला पर्यटक लिएर लामोसाँघु हुँदै सगरमाथा गए । ट्रेकिङका क्रममा अनुभव आदानप्रदान भयो । पहिलो पटक २९ दिने ट्रेकिङ यात्रा पूरा गरे । ‘एक्पेडिसन जानु एउटा युद्धमा जानु जस्तै हो, पूर्व–तयारीविना गयो भने फर्केर आउने नआउने कुनै विश्वास हुँदैन’ यस्तै विचार राख्थे । विचारले पनि उनी हरेक कुरामा सफल बने । उनी निकै मिहिनेत र लगनशील थिए । त्यसैले पनि उनी अहिले निकै चर्चित छन् । राजनीतिमा होस् या पर्यटन क्षेत्रमा उनको चर्चा सधैं भइरहने गर्छ ।

मिहिनेत र संघर्ष

जतिले कामी शेर्पा भनेर चिन्छन्, त्यसको पछाडि उनको मिहिनेत र संघर्षले काम गरेको छ । उनले समिट ट्रेक कुपन्डोल तथा द ग्रेट हिमालय एडभेन्चर लगायतका ट्रेकिङ कम्पनीमा काम गरेको अनुभव संगालेपछि उनले सन् १९९१ मा चार जना साथीसँंग मिलेर नेपाल ट्रेकिङ एन्ड एक्पेडिसन खोलेका थिए । करिब ५ वर्ष जति उनले पार्टनरसिपमा काम गरे । फेरि उनले पाटनरविना अन्नपूर्ण ट्रेक्स एन्ड एक्पेडिसन चलाउन थाले । त्यसपछि उनीे पर्यटन व्यवसायीका रूपमा चिनिन थाले ।

०३६ सालमा भएको जनमत संग्रहको वेला पञ्चायतको विरोधमा भएका आन्दोलनमा सहभागी हुने क्रममा उनीमाथि गोली लाग्यो । राजाको विरोधस्वरूप काठमाडौंको लैनचउरदेखि इन्द्रचोक सम्ममा पुग्दा सेनाले उनीमाथि गोली प्रहार ग¥यो । गोली लागी उनी बेहोस हुन पुगे ।

शेर्पा एक्पेडिसन जानु एउटा लडाइँको रूपमा लिनुपर्छ भन्ने गर्छन् । एउटा सफल एक्पेडिसन गर्न टिम राम्रो हुनुपर्छ । कम्युनिकेसनसँगै प्रकृतिको भाषा बुझ्न जरुरी छ । हावापानी र प्रकृतिबारे जान्न नसक्दा धेरै प्रकारका समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यो वेला ज्यानसमेत जान सक्छ । त्यसैले ट्रेकिङ एक्पेडिसन जानु अगाडि धेरै कुरामा सोच पु¥याउनुपर्ने उनी बताउँछन् ।

राजनीतिक यात्रा

कामी शेर्पा राजनीतिमा पनि त्यति नै सक्रिय छन् । नेकपा एमालेको राजनीतिमा क्रियाशील शेर्पा राजनीति गर्ने साथीको संगतले राजनीतिमा लागेको बताउँछन् । उनी ०३५ सालमा जननेता मदन भण्डारीको भाषणबाट प्रभावित भई कम्युनिस्ट राजनीतिमा लागेका थिए । उनी काठमाडांैको बसाइसँगै देशमा चलिरहेको पञ्चायत विरुद्धको आन्दोलनमा क्रियाशील रहे ।

०३६ सालमा भएको जनमत संग्रहमा पनि उनी सक्रिय थिए । त्यसवेलाको आन्दोलनमा सोलुखुम्बुका बलबहादुर केसीलाई लैनचौरस्थित अचकल क्याम्पस अगाडिबाट मोसो दलेर लखेटिएको थियो । त्यसवेला मोसो दल्नेमा कर्मा गेल्जेङ शेर्पा र कामी शेर्पा नै थिए । आन्दोलनका क्रममा डेन्डी लामा, चञ्चला देवी लगायतसँग राम्रै उठबस थियो । त्यसवेला यो दल त्यो दल भन्नेभन्दा पनि सबै दल मिलेर आन्दोलन गरिएको थियो ।

त्यसवेला पार्टीले एउटा गु्रपिङ गठन गरेको थियो । पञ्चायतविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको थियो । कामी शेर्पाले पनि त्यसअन्तर्गत आफ्नै गु्रप बनाएका थिए । उनीहरूको ग्रुपमा १२ जना थिए । एक दिन उनीहरूको ग्रुपले लैनचौरदेखि इन्द्रचोक सम्मका बाटोमा राखिएका चिम फुटाउने निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार उनीहरू १२ जनाको टोली चिम फुटाउँदै किलागलमा टोलमा पुग्नै लाग्दा सेनाले गोली चलायो । एक जनाको गोली लागि मृत्यु भयो । बाँकी भाग्यले बाँचे । सेनाले चलाएको गोलीको छर्रा उनको कम्मरमा लाग्यो । पहिले थाहा नपाए पनि एकछिनमा उनी बेहोस भए । त्यसपछि के भयो उनलाई थाहा भएन । होस खुल्दा उनी वीर अस्पतालका डाक्टरको घरमा पु¥याएको रहेछ । डाक्टरले राति नै आफ्नो कारमा राखेर वीर अस्पतालमा पु¥याए । अस्पतालमा लगेर ती डाक्टरले सबैको गोली निकालिदिए । डाक्टरले दुख्यो भने औषधि खाने, १०-१२ दिन आराम गर्नु तर अस्पताल नआउन सल्लाह दिएका थिए ।

त्यसवेला व्यापक रूपमा सिआइडी परिचालन गरिएको थियो । कुनै पनि वेला उनीहरूलाई पक्रन सक्ने अवस्था थियो । यसरी राजनीति संघर्षमा लागेका कामी शेर्पा नेपालको राजनीतिक घटना क्रमहरूमा सहभागी हुँदै गर्दा देशमा फेरि सशस्त्र आन्दोलनको सुरुवात भयो । पर्यटन व्यवसायी भएका कारण उनीसँग माओवादीले उनीलाई सहयोग मागे । त्यसपछि त उनको व्यापार व्यवसाय डामाडोल भयो । तर, पनि उनले हिम्मत हारेनन् । ०६२-६३ को जनआन्दोलनपछि उनी फेरि राजनीतिका सक्रिय भए । उनी एमालेले अञ्चल कमिटी सदस्य भए । त्यसवेला माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले उनलाई पार्टीको पूर्ण जिम्मेवारी दिएका थिए । अञ्चल कमिटीमा उनले ३ वर्ष पार्टीको निर्देशनअनुसार काम गरे । साथमा उनले व्यवसाय पनि सँगै लगे ।

यसरी व्यवसाय र राजनीतिमा सक्रिय रहेका कामी शेर्पा यतिवेला सामाजिक काममा पनि त्यत्तिकै चर्चित बनेका छन् । उनी शिक्षा क्षेत्रमा पनि सक्रिय भइरहेका छन् । उनले काठमाडौंमा १ सय ५६ जना र सोलुखुम्बुमा २४ जनालाई निःशुल्क शिक्षा दिँदै आएका छन् । घरैको रहन सहनमा बसेर अध्ययन गरिने व्यावहारिक शिक्षालाई उनी मान्यता दिन्छन् ।

आबद्ध संघसंस्था

उनी विभिन्न संघसंस्थामा रहेर सामाजिक अभियान सञ्चालन गरिरहेका छन् । उनी हाल पिके हिल सोसियल अर्गनाइजेसन, एजुकेसनल डेभ्लोप्मेन्ट फाउन्डेसन नेपालजस्ता संस्थामार्पmत उनी सेवा प्रदान गरिरहेका छन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...