‘सफल हुन मिहिनेत गर्नुपर्छ’ – Janata Live
  • Saturday, February 4, 2023

‘सफल हुन मिहिनेत गर्नुपर्छ’

  • जनता लाइभ
  • फागुन १८, २०७५

‘सफल हुन मिहिनेत गर्नुपर्छ’

खोटाङ जिल्लाको दिप्लुङ गाविसमा जन्मेकी मीना राई बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने गर्थिन् । आफ्नो इच्छा र चाहनामा निरन्तर लागिपरेकी उनी फलस्वरूप यतिवेला चर्चित गायिकाको रूपमा चिनिएकी छन् । उनै मीना राईसँग गरेको कुराकानीः

तपाईं प्राय कस्ता खालका गीत गाउनुहुन्छ ?
यस्तै भन्ने छैन । एउटा कलाकार भएपछि यो त्योे गीत भन्ने हुँदैन । त्यसैले मैले प्राय सबै गीत गाउने गरेको छु । लोक आधुनिक, पूर्वेली सबै गाउछु । तर, आफू पूर्वेली भएकाले अलि बढी पूर्वेली गीत नै गाएकी छु ।

तपाईं संगीत सिकेर आउनुभएको छ, कत्तिको गाह्रो छ संगीत सिक्न ?
मैले संगीत सिकिरहेकी छु, केही कुरा गाह्रो छ केही कुरा सजिलो पनि छ । कुनै पनि क्षेत्रमा सफलता पाउन मिहिनेत गर्नै पर्छ त्यसैले संगीतमा आउन पनि मिहिनेत र धैर्यता गर्नै पर्छ । संगीत सिक्नलाई गाह्रो भयो भनेर अगाडि बढिएन भने त प्रगति गर्न सकिँदैन जस्तो लाग्छ । संगीत सिक्दा केही गाह्रो भए पनि सजिलो पनि छ ।

पहिलो पटक गीत रेकर्ड गर्न स्टुडियोमा छिर्दा कस्तो अनुभव भयो?
कस्तो होला भन्ने चाहिँ अलिकति रहर थियो । तर, मलाई खासै अनौठो चाहिँ लागेन । किनकि पहिलो पटक स्टुडियोमा छिर्दा कति नर्भस भएको भन्ने पनि सुनेकी थिएँ । तर, मलाई त्यस्तो भएन । बरु आनन्दको महसुस गरें । किनभने त्यो मेरोे इच्छा शौख पूरा भएको जस्तो
लागेको थियो ।

तपाईंकै गीत ‘डाको छोडी रुन मन लाग्यो’ भनेजस्तै तपाईं कत्तिको रुनुहुन्छ ?
दुःखमा म रुदिनँ बरु रिस उठ्यो भने चाहिँ रुन्छु । किनकि रिस थाम्न नसकेर होला । त्यो एउटा आफूलाई कन्ट्रोल गरेको पनि हुन सक्छ जस्तो लाग्छ मलाई ।

गीतसंगीतबाट कत्तिको आम्दानी गर्नुभएको छ ?
मेरो भर्खरकै सुरुवाती भएकाले यसै हो भन्न सकिन्न । तर, हामीभन्दा सिनियरहरू धेरै गीत गाउनेले संगीतबाटै आम्दानी गर्नुहुन्छ रे भन्ने सुनेको छु । उनीहरूको आम्दानी पनि राम्रै हुन्छ भन्छन् । तर, आपूmले खासै आम्दानी गर्न सकिएको छैन ।

संगीतको क्षेत्रमा लागेर नाम कि दाम कमाउन चाहनुहुन्छ ?
साच्चै भन्नुपर्दा त दुई वटै भइदिए हुन्थ्यो जस्तो लाग्छ । तर, दुईमध्ये एक किसिमले सबैले चिनेको राम्रो हो । सबैले चिनेर नाम कमाइयो भने पछि दाम पनि कमाउन सकिन्छ । आफूले कर्म ग¥यो भने फल त अवश्य पनि पाइन्छ जस्तो लाग्छ ।

अबको जीवन कतातर्फ मोड्ने योजना बनाउनुभएको छ ?
अब व्यावसायिक रूपमा भन्ने चाहिँ मैले केही नै गरेको छैन । गीतसंगीतलाई नै ध्यान दिइरहेको छु । जहाँ मेरो एउटा शौख पूरा गर्नुको साथसाथै दर्शक श्रोताको माया पनि पाइरहेकी छु । यो माया र साथलाई मैले समेट्नुपर्छ भन्ने सोचेकी छु ।

अन्तमा तपाईंकै शब्दमा
मलाई जति पनि माया गरेर मेरा गीत सुनिदिनु, हेरिदिनु भएको छ । सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...