इतिहास र दृष्टान्तहरुको विकासमा शिक्षा

‘‘नेपाली समाज अहिले ‘मसिनो चेतना, ठूलो उत्तेजना,’ ‘थोरै शिक्षा, धेरै महत्वकांक्ष’बाट विघटित छ ।’’ –एसटी शेर्पा
१. पृष्ठभूमि
हाम्रो देश नेपालले शिक्षामा क्रान्ति गर्न नसकेता पनि इतिहास निर्माण गरेको छ । इतिहाससँगै विभिन्न उकाली–ओरालीका दृष्टान्तहरु पनि निर्माण गर्न सफल भएको यथार्थ भने छ शिक्षाका । राणा शासनमा राणाहरुले विदेशमा गई शिक्षा लिने र राजाहरुले शिक्षित हुने अवसर समेत नपाएको तीतो पृष्ठभूमिमा महेन्द्र शाहले एसएलसी, वीरेन्द्र शाहले आईए र ज्ञानेन्द्र शाहले वीए सम्म अध्ययन गरेको देखिन्छ । दरवारमा पढाउने शिक्षकहरुका अनुसार महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र समेत पढ्ने रूची नभएका बुद्धु विद्यार्थीका रूपमा लिने गरेको देखिन्छ । राजकीय सत्ता सञ्चालन गर्ने वंशानुगत सीप, क्षमता र ज्ञान समेत अभाव भएकै कारण राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दाहरुमा दरवारले कुनै नयाँ विचार, सैद्धान्तिक धारणा तथा कार्यक्रम लागू गरेको पाइन्न । केवल पशुपतिनाथले कल्याण गरून् बाहेक केही नीतिगत तथा विधागत रूपमा शिक्षामा क्रान्तिकारी अभियान पाइएको छैन राजसंस्थाको प्रयासको सन्दर्भमा ।
नेपालको शिक्षा पद्धतिको इतिहास एक जाति, एक भाषा तथा एक धर्ममा आधारित थियो हिजो । आज समावेशी पाठ्यक्रम र पाठ्यपुस्तकको माध्यमबाट अध्यापन-अध्ययन प्रारम्भ राज्यले गरेको सन्दर्भमा शिक्षाले जनताको जीवन र जगतलाई जोड्ने उद्देश्य लिएको अवस्थामा हामीले सामूहिक तथा संस्थागत चिन्तन गर्नु सबैको वास्तविक दायीत्व हो । इतिहास बनाउने क्रममा परम्परागत ढृष्टान्तहरुमा परिवर्तन भइ बहुभाषिक तथा बहुजातीय-आदिवासी जनजातीयताको माग र चेतनाको विकाससँगै शिक्षाले बहुभाषिक पाठ्याक्रम लागू गरेसँगै शिक्षाको पद्धतिमा क्रमभङ्ग भएको छ । यही क्रममा विश्वसमुदायमा प्रभावकारी रूपमा स्थापित बौद्ध दर्शन तथा शिक्षा प्रणाली सरकारी निकायबाट कार्यन्वयन हुने यात्रा प्रारम्भ भएको छ । गोन्पा शिक्षा, पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक अध्यापन-अध्ययनले समावेशी शिक्षाको उद्देश्य पुरा गर्दै लोकतान्त्रिक राष्ट्रियता तथा धार्मिक सहिष्णुता सहितको बौद्ध दर्शनको विकासमा योगदान पुराउन सकिन्छ ।
२. ऐतिहासिक दृष्टान्तहरु
जीवन र जगतलाई जोड्ने थलो स्कुल तथा विश्वविद्यालय हो । यो थलोबाट जातजाति समाज, आदिवासी-जनजाति समाजलगायतको समाजशास्त्र तथा मानवशास्त्र बुझ्न जरूरी छ बदलिँदो नेपाली समाजमा । जसको लागि ऐतिहासिक वृहत् कालखण्डीय दृष्टिकोणबाट मानव समाज निर्माण, विघटन र पूनर्गठनलाई विश्लेषण गर्न जरूरी हुन्छ । सामाजिक आन्दोलन तथा राजनैतिक आन्दोलनको इतिहासबाट समाजको ऐतिहासिक पृष्ठभूमि र चुनौतिहरु पहिचान गर्दै नयाँ युग र समाजको समस्या समाधान गर्न सकिन्छ । नेपाली शिक्षाको समावेशी पाठ्यक्रमले समावेशी लोकतान्त्रिक सिद्धान्तमा टेकेर ‘सबैको लागि लोकतन्त्र’को सवालमा आफ्नो नयाँ दृष्टिकोण अगाडि प्रस्तुत् गर्न जरूरी छ । वर्तमानको समस्या र समधानको जरा पहिल्याउन मात्र इतिहास होइन, भविष्य देख्न पनि इतिहास चाहिन्छ । त्यसैले नेपाली समाजको जातजाति तथा दलित जाति, आदिवासी-जनजाति तथा पछाडि पारिएको क्षेत्र वर्गहरुको भाषा, संस्कार, संस्कृति, समाजशास्त्र तथा मानवशास्त्र, आदिवासी ज्ञान र सीपको इतिहास अध्ययन गर्नुपर्छ ।
नेपाली समाज र शिक्षाको सवालमा हामीले राष्ट्रिय योजना आयोगतिर फर्केर हेर्ने प्रयास गर्नुपर्छ । प्रथम पञ्चवर्षीय योजना २०१३–२०१८ देखि दशौं पञ्चवर्षीय योजना २०५९–२०६४ सम्म तथा त्रिवर्षीय योजनाहरु २०६४–६७ तथा २०६७–७० सम्मको योजनाहरुलाई विश्लेषण गर्न सकिन्छ । २०१० सालमा पहिलो शिक्षा आयोग बनेपछि नेपालमा व्यवस्थित र संस्थागतरूपमा शैक्षिक अभियान शुरू भयो । र, २०२८ सालमा लागू भएको नयाँ शिक्षा योजनापछि शिक्षा र साक्षरताको प्रसार भयो ।
नयाँ शिक्षा योजनाले पहिलोपटक नेपालभरि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक लागू ग¥यो । यसबाट न्यून राष्ट्रिय चेतनाको विस्तार भयो । व्यापक अर्थमा समावेशी शिक्षा र विकासमा भने जुन जोगी आए नि कान चिरेकै भयो । हो शिक्षाले जीवन र जगतलाई जोड्ने काम गर्छ । एकल भाषामा आधारित पाठ्यक्रम र पाठ्यपुस्तकले बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाज र जीवनलाई अगाडि बढाउन मद्दत गरेन । जनतामा राजनैतिक चेतनाको अभाव रहेको तत्कालीन अवस्थामा नेपाली जनताले रैतीको रूपमा पनि रहनुप¥यो । केही यात्रापछि रैतीबाट प्रजा हुनुप¥यो । रैती र प्रजाले सामाजिक, आर्थिक तथा राजनैतिक हैसियत निर्धारण गरेको थियो नेपाली जनताको तत्कालीन निर्दयी परिस्थितिमा । राजनीतिक रूपमा वैज्ञानिक अनि आर्थिक रूपमा वैज्ञानिक राज्यको संरचनाको परिकल्पना जनताले गरेको भएता पनि २ सय ३७ वर्षे शासनकालमा बनेको सामाजिक आधार र राजनीतिक आधार पनि विभेद् रहित लोककल्याणकारी थिएन ।
मानव विकास व्यक्तिले हाशिल गरेको औपचारिक तथा अनौपचारिक शिक्षाले प्राप्त गरेको सीप र क्षमताको आधारमा आफ्नो रोजाईहरुलाई बढाउने प्रक्रिया हो । मानव क्षमता र कार्य कुशलतालाई विस्तृत् पारेर मानिसका रोजाइहरुलाई बढाउन सकिन्छ । विकासको सबै तहमा मानव विकासका लागि नभइ नहुने तीन वटा क्षमताहरु; १) स्वस्थ र दीर्घ जीवन बाँच्ने, २) सिक्ने र ज्ञान प्रदान गर्न सक्ने, ३) इज्जत्पूर्ण जीवन बाँच्नको लागि चाहिने स्रोतसम्म पहुँच । यदि यी आधारभूत क्षमताहरु हासिल गर्न सकिएन भने धेरै रोजाइहरु वा विकल्पहरु गुमाउनु पर्ने र अवसरबाट बञ्चित हुनुपर्छ । २ सय ३७ वर्षको अवधिमा राज्यले सीप र क्षमताको आधारमा रोजाइलाई अगाडि बढाउन भन्दा पनि हिन्दू वर्ण व्यवस्थामा आधारित आरक्षण र नियन्त्रण लागू गरेको पाइन्छ । आदिवासी जनजातिलाई गाली गर्दथे मतुवाली भनेर । आदिवासी जनजाति भनिन्न थियो । मधेसीलाई नेपाली नै ठानेको अवस्था थिएन ।
हिन्दू दलित अछुत थिए । सिक्ने र ज्ञान प्रदान गर्ने ठाउँ होइन, अपमान थियो । इज्जत्पूर्ण जीवन बाँच्नका लागि चाहिने स्रोतसम्म पहुँच होइन, मतुवाली तथा अछुत जस्ता घृणाको विशेषणको हिंसा थियो । यो सबै प्रणाली हिन्दू राजतन्त्रको आडमा चलेको थियो । मानव विकासको प्रक्रियामा सिमित बाहुन र क्षेत्री जाति थियो ।
समय बलवान हुन्छ । सधैं एउटै परिस्थितिबाट समाज र शिक्षा अगाडि बढ्दैन । पहिलो पटक एकल भाषा र धर्ममा आधारित भए पनि नयाँ राष्ट्रिय शिक्षा योजनामा शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको थियो । एकल भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको अध्यापन तथा अध्ययन भएकै कारण शिक्षा बजारमुखी उत्पादन नभएर असफल बन्यो । आज गरीवी र निमुखा यसैको परिणाम हो जीवन र जगतप्रति साक्षरताको अभावमा । नयाँ शिक्षा योजनाले बेरोजगार उत्पादन ग¥यो । नयाँ शिक्षा योजनाले तयार गरेको जमिनमा २०४१ सालपछि व्यापक अभियानकै रूपमा देशभरि प्राथमिक विद्यालय खुले । ९० प्रतिशत बालबालिका हिडेर आधा घण्टाभित्र विद्यालय पुग्ने अवस्था बन्यो ।
यो परिस्थितिको शिक्षाले उत्पादन गरेको केही शिक्षितले राष्ट्रक सेवक कर्मचारी र शिक्षक बन्ने अवसार पाए । केही बेरोजगार र राजनीतिक चेतनावालाले राजनीति गरे । यही वर्ग नेपाली राजनीतिमा हावी रह्यो । त्यस कारण राजनीति, समाज, शिक्षा, उत्पादन र राष्ट्र सेवामा खस आर्य भाषिक समुदायले प्रगति गरेको छ भने आदिवासी जनजातिहरु राजनीतिक, आर्थिक तथा शैक्षिक जगतमा पिछडा, गरीव, निमुखा भएर समावेशी लोकतन्त्रको अभ्यासको अभावमा प्रताडित भएको परिस्थिति छ आज । त्यसैले पनि जीवन र जगत बुझ्न स्थानीय भाषा, संस्कार, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, आदिवासी ज्ञान र सीपको परीक्षण पाठ्यक्रम र पाठ्यपुस्तकले गर्न सक्नुपर्छ ।
३. अहिलेको नयाँ दृष्टान्त; गोन्पा शिक्षा, पाठ्यक्रम तथा पाठ्यपुस्तक
प्राचीनकालदेखि हालसम्म विभिन्न कालखण्ड पार गर्दै बौद्ध शिक्षा कायमै रहिआएको छ । बौद्ध शिक्षाको विशिष्ट मौलिक परम्परा रहेको छ । सम्भोटा लिपिमा लेखिएका बौद्ध ग्रन्थलाई आधार मानेर मूलतः नेपालका ‘मङ्गोल्वाइड’ आदिवासीहरुले गोन्पा शिक्षा प्रणाली अवलम्बन गर्दै आएका छन् ।
प्राचीनकालदेखि नै गोन्पा शिक्षा प्रणाली निरन्तर रूपमा अगाडि बढ्दै आएको छ । यो शिक्षा पद्धतिले मूलत; बौद्ध दर्शनमा आधारित ज्ञान, सीप र अभिवृद्धिको विकासमा महङ्खवपूर्ण योगदान प्रदान गर्दै आएको छ । गोन्पा शिक्षामा धार्मिक अनुष्ठानका अतिरिक्त मानिसको जीवनमा अति आवश्यक पर्ने औषधोपचार विधि, खगोल शास्त्रसम्बन्धी ज्ञान, चित्रकला र मूर्तिकलाका साथै मानव मस्तिष्कलाई संसारिक विषयवस्तुबाट हटाई आध्यात्मिक विकासमा जोड दिइन्छ । परापूर्वकालदेखि गोन्पाहरुमा परम्परागत रूपमा लेखिने थाङ्का (पौभा) चित्रकलामा विशेषगरी बौद्ध धर्म दर्शनलाई दृश्यात्मक प्रविधिद्वारा साकार चित्रहरुमा व्यक्त गरी सामान्य जनजीवनमा समेत स्पष्ट रूपमा बुझाउने गरिएको पाइन्छ । यसरी बुद्ध धर्म दर्शनमा आधारित गोन्पा शिक्षाले धर्म अनुशासनलाई अक्षुण राख्दै बुद्ध धर्मका ग्रन्थरत्नहरुको अध्ययन अध्यापनका माध्यमबाट शैक्षिक क्षेत्रमा महङ्खवपूर्ण योगदान पु¥याउँदै आएको छ । यसै पृष्ठभूमिलाई दृष्टिगत गर्दै आधुनिक समयानुसार गोन्पा शिक्षा अध्यापन गराउने मूल उद्देश्यले निम्नि अनुसारको पाठ्यव्रmम विकास गरिएको छ ।
३.१ गोन्पा शिक्षामा आधरभूत तह कक्षा १–८ पूरा गरिसकेका विद्यार्थीबाट निम्न उद्देश्य प्राप्त हुुने अपेक्षा गरिएको छ
क. राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराउने
ख. बौद्ध धर्म संस्कृतिप्रति आस्थावान् भइ बौद्ध धर्म संस्कृति अनुसारका आधारभूत अनुष्ठान गर्ने ज्ञान तथा सीपको विकास गराउने
ग. नागरिकमा नैतिकता, अनुशासन र स्वालम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्ने
घ. भोट, नेपाली र अङ्ग्रेजी भाषाका भाषिक सीपका साथै आधारभूत गणितीय सीपको विकास गर्ने
ङ. विज्ञान, सूचना प्रविधि, वातावरण र स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान तथा जीवनोपयोगी सीपको विकास गर्ने
च. बौद्ध कला संस्कृतिप्रति अभिरूचि जगाई सिर्जनशील सीपको विकास गर्ने
छ. बौद्ध धर्म संस्कृतिलगायत विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र क्षेत्रप्रति समभाव जगाई शान्तिपूर्ण समावेशी समाजको निर्माणमा सहयोग पु¥याउने
ज. मानव अधिकार तथा सामाजिक मूल्य मान्यताप्रति सचेत भई आध्यात्मिक आचरणको विकास गर्ने ।
३.२ प्राथमिक शिक्षाको ढाँचा
३.२.१ पूर्व प्राथमिक शिक्षाको ढाँचा
क. चार वर्ष उमेर नभएका बालबालिकालाई शिशु विकास केन्द्र वा गोन्पाबाट धार्मिक, शारीरिक, सामाजिक, संवेगात्मक वा बौद्धिक प्रकारको सरल शिक्षा दिन सकिने छ ।
ख. चार वर्षको उमेर पूरा भइसकेका बालबालिकालाई एक वर्षको पूर्व प्राथमिक शिक्षा दिन सकिने छ । पूर्व प्राथमिक शिक्षाका लागि गोन्पा स्वयम्ले राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुरूप आवश्यकता अनुसारको पाठ्यक्रम र पाठ्यसामग्री तयार गरी प्रयोग गर्नसक्ने छ ।
३.२.२ प्राथमिक शिक्षा अन्तर्गत कक्षा १–३ र कक्षा ४–५ मा निम्नानुसारको पाठ्यक्रम ढा“चा लागू हुनेछ ।
टेबल १
पाठ्यक्रम ढाँचा (कक्षा १–३)
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क
१. नेपाली ६ १००
२. अङ्ग्रेजी ५ १००
३. गणित ६ १००
४. सामाजिक अध्ययन
तथा सिर्जनात्मक कला ६ १००
५. विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा ५ १००
६. स्थानीय विषय–भोटभाषा ६ १००
जम्मा ३४ ६००
टेबल २
पाठ्यक्रम ढाँचा (कक्षा ४–५)
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क
१. नेपाली ५ १००
२. अङ्ग्रेजी ५ १००
३. गणित ५ १००
४. सामाजिक अध्ययन ५ १००
५. विज्ञान ५ १००
६. स्वास्थ्य, जनसङ्ख्या तथा
वातावरण शिक्षा ४ १००
७. भोट भाषा ५ १००
८. बौद्ध शिक्षा ५ १००
जम्मा ३९ ८००
टेबल ३
पाठ्यक्रम ढाँचा (कक्षा ६–८)
क्र.सं. विषय पाठ्यभार पूूर्णाङ्क
१. नेपाली ५ १००
२. अङ्ग्रेजी ५ १००
३. गणित ५ १००
४. सामाजिक अध्ययन (जनसङ्ख्या,
नागरिक, नैतिक शिक्षा समेत) ६ १००
५. विज्ञान (वातावरण शिक्षा समेत) ५ १००
६. स्वास्थ्य शारीरिक शिक्षा ३ ५०
७. मातृभाषा–भोट भाषा ५ १००
८. स्थानीय विषय – गोन्पा शिक्षा ५ ५०
जम्मा ३९ ७००
द्रष्टव्यः स्थानीय विषय-गोन्पा शिक्षाका रूपमा कला-पेसा-व्यवसाय-प्रविधिसम्बन्धी विषयहरु पर्ने छन् । योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, कम्प्युटर, थान्का, दीप–धूप निर्माण, काष्ठकला, मूर्तिकला, वस्तुकला, कृषि, पशुपालन, वाद्यवादन र सङ्गीत मध्येबाट एक विषय चयन गर्न सकिने छ ।
४. पाठ्यक्रमको प्रयोग र पाठ्यपुुस्तकको अनुकुलन
क. माथिको पाठ्यक्रम ढाँचामा व्यवस्था भएका विषयमध्ये सामाजिक अध्ययन तथा सिर्जनात्मक कला र स्थानीय विषयका रूपमा भोट भाषाका छुट्टै पाठ्यक्रम यस पाठ्यक्रममा समावेश गरिएको छ ।
ख. नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक विषयका पाठ्यक्रम साधारणतर्फका प्राथमिक शिक्षाकै पाठ्यक्रम तथा पाठ्यपुस्तकहरु प्रयोग हुनेछन् । तर, पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गर्दा बौद्ध धर्म, संस्कृति अनुसार विषयवस्तुमा आवश्यकता अनुसार अनुकूलन गर्न सकिने छ ।
ग. नेपाली विषयको साधारण विद्यालयतर्फको पाठ्यक्रम नै यस गोन्पा (गुम्बा) शिक्षाका लागि पनि नेपाली विषयको पाठ्यक्रम हुने छ तर, पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गर्दा बौद्ध धर्म, संस्कृति अनुसार विषयवस्तु थप गरी अनुकूलन गर्न सकिने छ ।
घ. विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षाको साधारण विद्यालयतर्फका पाठ्यपुस्तक आवश्यकता अनुसार सम्भोटा लिपिमा वा अङ्ग्रेजी भाषामा अनुवाद गरी शिक्षण गर्न सकिने छ ।
५. पठनपाठनको माध्यम
क. गोन्पा शिक्षा अन्तर्गत दिइने प्राथमिक शिक्षामा मूलतः सम्भोटा लिपिमा भोट भाषालाई मातृभाषाका रूपमा शिक्षाको माध्यम बनाइने छ र अरू भाषा विषय तथा अन्य विषयको विषयवस्तुलाई दृष्टिगत गरी नेपाली, अङ्ग्रेजी तथा भोट भाषा गरी भाषिक माध्यमका रूपमा त्रिभाषिक नीति अवलम्बन गरिने छ ।
६. स्थानीय विषय
क. साधारण विद्यालयतर्फको आधारभूत तह कक्षा १–८ को पाठ्यक्रममा व्यवस्था भएबमोजिम गोन्पा शिक्षातर्फ आधारभूत तहमा पनि सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको २० प्रतिशत पाठ्यभारको पाठ्यक्रम तथा पाठ्यसामाग्री गोन्पा आफंैले निर्माण गर्न सक्नेछ । यस्तो पाठ्यक्रममा सामाजिक अध्ययनका लागि वार्षिक ३२ घन्टी, सिर्जनात्मक कलाका लागि १९ घन्टी र शारीरिक शिक्षाका लागि १२ घन्टी निर्धारण गरिएको छ । तथापि गुम्बा, विहारहरुमा विद्यार्थीहरु आवासीय रूपमा रहने भएकाले पाठ्यक्रममा समावेश नभएका धार्मिक क्षेत्रका प्रमुख विषयवस्तुहरु स्थानीय विषयका रूपमा विहान बेलुकीको समयमा पठनपाठन र अभ्यास गर्न सक्ने छन् ।
७. शिक्षण प्रक्रिया र समयावधि
क. प्राथमिक तहमा पढ्ने बालबालिकाको शारीरिक तथा मानसिक अवस्थालाई दृष्टिगत गरी यस तहमा अध्ययन अध्यापन गराउँदा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ व्रिmयाकलापमा जोड दिइनेछ ।
ख. बौद्ध शिक्षा परम्पराको विशिष्ट र मौलिक शिक्षापद्धति भएकाले औपचारिक शिक्षामा पनि बौद्ध शिक्षा परम्परालाई अनुशरण गर्दै शिक्षक (लामा)हरुले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट सिकाइ प्रभावकारी हुने, बालबालिकाहरुले व्यवहारिक तथा बौद्ध धर्म दर्शन अनुसार जीवनोपयोगी सीप आर्जन गर्न सक्ने र उनीहरुमा रहेको प्रतिभा प्रष्फुटनको सम्भावना रहने भएकाले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा सकेसम्म विद्यार्थी केन्द्रित र बालमैत्री शिक्षण विधि अपनाउनुपर्ने छ । औपचारिक रूपमा गरिने अति आवश्यक पूजा विधि बाहेक अन्य विषयवस्तुहरु विद्यार्थीले बुझ्ने गरी सरल तरिकाले शिक्षण गर्नुपर्ने छ ।
ग. सबै प्रकारका आवश्यकता भएका (अपाङ्गता, अशक्त, असहाय, कमजोर आदि) विद्यार्थीलाई समेट्ने गरी कक्षामा समावेशी शिक्षण प्रव्रिmया अपनाउनुपर्ने छ ।
घ. परम्परागत गोन्पा शिक्षामा मौलिक प्रकारको शिक्षण पद्धति रहेको परिवेशलाई गोन्पाको आवश्यकता, पाठ्यक्रमको व्यवस्था गोन्पा स्वयंले पठनपाठनको अवधि तय गर्नेछ । साधारणतया कक्षा १–३ मा वार्षीक ८ सय १६ घन्टा र कक्षा ४–८ मा ९ सय ३६ घन्टा पठनपाठन गरिनेछ ।
८. गोेन्पा शिक्षा माध्यमिक तह कक्षा ९–१२ पुरा गरिसकेका विद्यार्थीले निम्न उद्देश्यहरु प्राप्त हुने अपेक्षा गरिएको छ
क. देशको बहुसा“स्कृतिक र लोकतान्त्रिक मूल्यमान्यता प्रति गर्व गर्दै सकारात्मक धारणाको विकास गर्ने
ख. बौद्ध धर्म संस्कृतिप्रति आस्थावान् भइ बौद्ध धर्म संस्कृति अनुसारका आधारभूत अनुष्ठान गर्ने ज्ञान तथा सीपको विकास गराउने ।
ग. इमानदारी, आत्मानिर्भरता, रचनात्मकता, परिश्रमी, सहयोगी, समूहमा काम गर्ने बानी, जवाफदेहिता, आत्माविश्वास जस्ता गुणको विकास गर्ने ।
घ. दैनिक व्रिmयाकलाप र सामाजिक जीवनमा सक्रिय सहभागिताका लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सीपको विकासका साथै दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उपयुक्त ज्ञान तथा सीपको विकास गर्ने ।
ङ. बौद्ध शिक्षाका माध्यमबाट शान्ति शिक्षाका आधारभूत ज्ञान सीप प्रदान गर्नै देशमा दिगो शान्ति स्थापनाका लागि सकारात्मक दृष्टिकोणको विकास गर्ने ।
च. शान्तिको दूत भगवान गौतम बुद्धका ज्ञान, उपदेशको प्रचार–प्रसार र बौद्ध दर्शनको संवद्र्धन र प्रवर्धन गर्ने ।
छ. राष्ट्रिय विकासका लागि राष्ट्रिय एकता, सौहार्द र शान्ति कायम गर्न जातीय र सा“स्कृतिक विविधताको महङ्खव बोध गराउन राष्ट्रिय इतिहास, संस्कृति, भूगोल, अर्थशास्त्र र वातावरणसँग परिचित गराउने ।
ज. आत्मानिर्भर हुन जीवन निर्वाहका लागि आयआर्जन गर्न सक्ने क्षमता र सामान्य व्यावसायिक सीपको विकास गर्ने ।
झ. मानवअधिकार, सामाजिक न्याय, लोकतन्त्रको मर्म र भावना बुझी सोअनुसार अभ्यास गर्ने ।
ञ. लिङ्ग, अपाङ्गता, सामाजिक, आर्थिक, भौगोलिक, जातीय र साँस्कृतिक विविधताका आधारमा हुने वैयक्तिक विभिन्नताको सम्मान गर्ने र जातजाति, छुवाछुत जस्ता सामाजिक कुरीतिहरुप्रति सचेत रही समावेशी समाज निर्माणमा सक्रिय रहने ।
ट. रचनात्मक ज्ञान र सीपको विकास गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीहरुको सामना गर्न स्वतन्त्रता, समालोचनात्मक सोचाइ र विश्लेषणात्मक सीपको विकास गर्ने ।
ठ. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने ।
८.१ माध्यमिक तह (कक्षा ९–१०) को पाठ्यक्रम ढाँचा
माध्यमिक शिक्षाको अवधि दुई शैक्षिक वर्षको हुने छ । गोन्पा शिक्षाको माध्यमिक शिक्षा अन्तर्गत कक्षा ९–१० मा निम्नानुसारको पाठ्यक्रम ढाँचा लागुहुने छः
टेबल ४
पाठ्यक्रमढाँचा (कक्षा ९–१०)
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क
१. नेपाली ५ १००
२. अङ्ग्रेजी ५ १००
३. गणित ५ १००
४. सामाजिक अध्ययन ५ १००
५. विज्ञान ५ १००
६. स्वास्थ्य, जनसङ्ख्या तथा
वातावरण शिक्षा ४ १००
७. भोट भाषा ५ १००
८. बौद्ध शिक्षा ५ १००
जम्मा ३९ ८००
९. पाठ्यक्रमको प्रयोग र पाठ्यपुस्तकको अनुकुलन
क. विद्यालय शिक्षाअन्तर्गत माध्यमिक तहलाई कक्षा ९–१२ का रूपमा पुनसंरचित गर्ने नेपाल सरकारको वर्तमान नीति रहेकाले सो अनुसार पुर्नसंरचित नहुँदासम्म वर्तमान राष्ट्रिय स्तरबाट लिइने माध्यमिक तह उत्तीर्ण परीक्षा (एसएलसी)लाई समेत दृष्टिगत गरी माध्यमिक तहको साधारण विद्यालयतर्फ हाल अनिवार्य विषयका रूपमा रहेका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन र स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयका पाठ्यक्रम र पाठ्यपुस्तक नै यस गोन्पा शिक्षाको माध्यमिक तह (कक्षा ९–१०) मा समेत अनिवार्य विषयका रूपमा प्रयोग गरिने छ तर आवश्यकता अनुसार पाठ्यपुस्तक तयार गर्दा पाठ्यक्रम बमोजिम बौद्ध धर्म, संस्कृति अनुकूल हुने गरी विषयवस्तुमा आवश्यकता अनुसार अनुकूलन गर्न सकिने छ ।
ख. साधारण विद्यालयतर्फका पाठ्यपुस्तक आवश्यकता अनुसार सम्भोटा लिपिमा वा अङ्ग्रेजी भाषामा अनुवाद गरेर शिक्षण गर्न सकिने छ ।
१०. पठनपाठनको माध्यम :
क) गोन्पा-विहार शिक्षा अन्तर्गत दिइने शिक्षामा मूलतः गोन्पा शिक्षाको सम्भोट लिपिमा भोट भाषा र परियत्ति शिक्षाको देवनगरी लिपि पालि भाषालाई माध्यम बनाइने छ । अन्य भाषा तथा विषयवस्तुलाई दृष्टिगत गरी नेपाली अङ्ग्रेजी तथा भोट भाषा गरी भाषिक माध्यमका रूपमा त्रिभाषिक नीति अवलम्बन गरिने छ ।
ख) भाषा विषय बहेक अन्य विज्ञान, गणित, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा आदि विषयलाई भोट भाषामा अनुवाद गरेर पनि अध्ययन गराउँन सक्नेछ ।
११. परीक्षा प्रक्रिया
मानवको बौद्धिक विकासको स्तरलाई थाहा पाउनाका लागि परीक्षालाई माध्यमका रूपमा प्रयोग गरिन्छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेका पाठ्यक्रम अनुसार कक्षागत उपलब्धिहरु प्राप्त भए वा भएनन् भनेर हेर्नका लागि नेपालमा शैक्षिक सत्रको विभिन्न अवधिमा मूल्याङ्कनको रूपमा विद्यालयहरुमा परीक्षा लिने गर्दछ । यस्ता परीक्षाहरु विद्यालय स्तरमा, जिल्ला स्तरमा र राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएका छन् । राज्य शिक्षाको नीति अनुसार नै गोन्पा विद्यालयहरुमा पनि विद्यालयस्तरमा, जिल्ला स्तारमा र राष्ट्रिय स्तरमा परीक्षा लिनु पर्दछ । तर पनि गोन्पा-विहार विद्यालयहरु धार्मिक प्रकृतिको विद्यालय भएको कारणले यस प्रकारका विद्यालयहरुमा सञ्चालन हुँने जिल्ला र राष्ट्रिय स्तरका परीक्षा एसएलसी परीक्षाहरुलाई व्यवस्थित रूपमा सञ्चालनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, परीक्षा नियान्त्रण कार्यालय अन्तर्गत यसको छुट्टै बोर्ड गठन गर्नु पर्ने आवश्यकता देखिएको छ ।
१२. पाठ्यक्रम, पाठ्य पुस्तक सम्बन्धी विद्यमान समस्यहरु
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रबाट गोन्पा शिक्षाको पाठ्यक्रम कक्षा ६–८ र कक्षा ९–१० को निर्माण तथा लेखन कार्य सम्पन्न भए पनि हालसम्म बजेटको कारण प्रकाशन गर्न नसकिएको
गोन्पा शिक्षा कक्षा ११–१२ पाठ्यक्रम उच्चमाध्यमिक शिक्षा परिषद्बाट स्वीकृत भए पनि हालसम्म पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्य हुन नसकेको
पाठ्यक्रम कार्यन्वयनका लागि सम्बन्धित गोन्पा-विहारमा अध्यापन गर्ने शिक्षकहरुका लागि पाठ्यक्रम कार्यन्वयन परिचयात्मक तालिम सञ्चालन हुन नसकेको
पाठ्यक्रम अनुसार पाठ्यपुस्तक, सन्दर्भ सामग्री, अन्य थप शैक्षिक सामग्री गोन्पा-विहारहरुमा उपलब्ध हुन सकेको छैन ।
नेपाल सरकारका तर्फबाट निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति अनुदान शीर्षकमा प्रदान गर्ने गरिएको रकम गोन्पा-विहारहरुलाई अन्य सामुदायिक विद्यालय सरह उपलब्ध नगराएको
परियत्ति शिक्षा हालसम्म विभिन्न केन्द्र विद्यालय गरी जम्मा ७० केन्द्रमा सञ्चालित भए तापनि यस शिक्षाका लागि हालसम्म सरकारी तवरबाट पाठ्यक्रम, पाठ्यपुस्तक आदिको समुचित प्रवन्ध र यस कार्यका लागि सरकारी स्रोत उपलब्ध हुन नसकेको
१३. समस्या समाधानका विकल्पहरु
पाठ्यक्रम विकास केन्द्रबाट गोन्पा शिक्षाको पाठ्यक्रम कक्षा ६–८ र कक्षा ९–१० को अविलम्ब प्रकाशन गर्नु पर्ने
प्रत्येक गोन्पा-विहारका लागि एक एक सेट पाठ्यपुस्तकको प्रवन्ध सरकारले मिलाउनु पर्ने
गोन्पा-विहारहरुमा पढाउने प्रत्येक शिक्षकलाई पाठ्यक्रम कार्यान्वयन तालिमको प्रवन्ध अविलम्ब मिलाउनु पर्ने
धार्मिक विषय अनुसार पुस्तकालय शैक्षिक सामग्री सन्दर्भ सामग्री आदिको व्यवस्थापनका लागि एक मुष्ट अनुदानको व्यवस्था मिलाउनु पर्ने
निःशुल्क पाठ्यपुस्तक छात्रवृत्ति र Non Salary recurrent cost अनुदान शीर्षकमा गोन्पा-विहारहरुलाई समेत प्रदान गरिनुपर्ने
परियत्ति शिक्षणका लागि पाठ्यक्रम र पाठ्यसामाग्री आदिको समुचित प्रवन्ध मिलाउनु पर्ने
बुद्ध वचन पालि भाषाको संरक्षण, विकास तथा जगेर्नाका लागि विशेष प्रवन्ध गरिनुपर्ने
१४. भावी कार्यनीति निर्माणका लागि सुझावहरु
विद्यालय सञ्चलन गर्ने सबै गोन्पा-विहारलाई २०१५ सम्ममा अनिवर्य रूपमा पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई लागु गराउन नीतिनियम बनाउनुपर्ने ।
१५. निष्कर्ष
समावेशी लोकतन्त्रमा समावेशी पाठ्यक्रम तथा पाठ्यपुस्तकले समावेशी शिक्षाको माध्यमबाट आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रलगायत समाजको सबै अवयवहरुको समान दृष्टिकोणबाट सामाजिक वैज्ञानिक जीवन र जगतमा प्रवेश गर्न पक्कै मद्दत पुग्ने प्रयास हुनेछ । ‘सबैको लागि लोकतन्त्र’मा सबैको लागि शिक्षा, सबैको लागि शिक्षाले सबैको सर्वाङ्गीन विकास, बहुजातीय, बहुआदिवासी/जनजातीय तथा बहुधार्मिक राष्ट्रको साझा नेपाली राष्ट्रियता निर्माणमा योगदान पुग्ने छ ।
गोन्पा शिक्षा, पाठ्यक्रम तथा पाठ्यपुस्तकले समावेशी पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक अध्यापन-अध्ययनमा एउटा नविन यात्रा प्रारम्भ गर्दै आजको द्वन्द्व हटाउँदै सबैको पहिचान पहिल्याउदै ‘सबैको लागि लोकतन्त्र’मा प्रवेश गर्दै शिक्षा जीवन उपयोगी उत्पादनमुलक बनाउनमा राष्ट्रिय योगदान पुराउन सकिने छ । समावेशी लोकतन्त्रमा भोटभाषा तथा पालि भाषा समुदायको भाषा, संस्कार, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, आदिवासी ज्ञान र सीपको परिक्षणको उद्देश्य गोन्पा शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्यापन तथा अध्ययनबाट पुरा गर्न सकिने छ ।
गोन्पा-विहार शिक्षा, पाठ्यक्रम तथा पाठ्यपुस्तकले सम्भोटा लिपि तथा भोट-पालि भाषाबाट सूचना तथा सञ्चार एवं प्रविधिको विकासमा ज्ञान हाशिल गर्ने र समुदायले गोन्पा शिक्षाले उत्पादनमुलक अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्ने नागरिक तयार गर्न सक्ने छ । खुसीशास्त्र किताबबाट
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...
सत्यमोहनले इच्छाएको चक्रसंवर
जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...
जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...
सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्
सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...