के खातक (खादा)मा राजनीतिक नारा लेखेको हुन्छ ? – Janata Live
  • Wednesday, February 8, 2023

के खातक (खादा)मा राजनीतिक नारा लेखेको हुन्छ ?

  • रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ
  • फागुन १८, २०७५

के खातक (खादा)मा राजनीतिक नारा लेखेको हुन्छ ?

हिजोआज सामाजिक संजालमा खातक (खादा) प्रयोगको बारेमा जुन खालको बहस चलिरहेको छ त्यस तर्फ सम्पूर्ण नेपाली जो खादा प्रयोग गर्ने नगर्ने सबैको ध्यान आकर्षित भईरहेको छ । यस सन्दर्भमा हामी (जो खादा प्रयोगलाई धार्मिक र सांस्कृतिक रूपमा मान्नेहरु) स्वयम् अन्यौलमा भएको महसुस गरिरहेका छौं । साँचिकै भन्नुपर्दा हामीलाई इतिहासको कुनै कालखण्डले गर्दा आफ्नो सांस्कृतिक विशेषता तथा शैक्षिक ज्ञानबाट समेत बन्चित हुनुपरेको कारण हामी साधारण व्यक्तिहरुमा लामा लिपिको ज्ञान र आफ्नो संस्कृतिमा चलिरहेको खादाको रङको बारेमा समेत ज्ञान नभएको कारण अहिले खादा प्रयोगको नकारात्मक प्रभावहरुको बिरोध गरि रहँदा हामी टुलुटुलु हेर्ने र सुन्ने बाहेक केही गर्न नसक्दा सार्है नमिठो लागि रहेको छ । दोष बिरोध गर्नेको मात्रै हैन हाम्रो कमजोरी पनि हो कि हामिले यसको बारे प्रचार–प्रसार र परिचय कसैलाई गरिएन !

१) के सचिँकै खादामा लेखिएको अक्षरमा तिब्बतको राजनीतिक नारा लेखिएको हुन्छ ?

२) के खादाले साँचिकै हाम्रो धर्म र संस्कृतिको प्रतिनिधित्व गर्दैन ?

३) कुन रङको खादाले कस्तो खालको विषय अङ्कित/सुचित गर्छ ?

४) कुन रंगको खादा कस्ता कामको लागि प्रयोग गर्न सकिन्छ ? (स्वागत, विवाह, पूजापाढ)

तपाईं बौद्ध धर्मसँग अरु बौद्धमार्गी भन्दा अलिक बढि नजिक हुनु भएको र छ्योइमा भएको लिपि पनि तापईंको अध्ययनको विषय भएको कारण यी मेरा प्रश्नको उत्तर पक्कै पनि तपाईंबाट पाउन सकिन्छ कि भनेर आशा राखेर तपाइँ समक्ष मेरो विचार राखेको छु । यदि तपाईंले यस विषयमा प्रष्ट पार्नु भए धेरै आभारी हुनेछु ।

रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ

अति नै महत्त्वपूर्ण जिज्ञासा अनि प्रश्नको लागि यहाँ प्रती आभार प्रकट गर्दछु र गर्न चाहान्छु । समय र यहाँको प्रश्नको मध्य नजर राख्दै खादाको बारेमा एकदमै छोटकरीमा यहाँ र यहाँ जस्तै सम्पूर्ण शुभ–चिन्तकहरुको लागि यहाँ केही लेखहरु लेखेको छु । आशाबादी छु कि यस मेरो छोटो लेखले यहाँ जस्तै धेरै जना शुभ– चिन्तकहरुको जिज्ञासा मेट्नेछन् ।

१. खादामा कुनै पनि ‘फ्री टिबेट, फ्री टिबेट, फ्री टिबेट’ चाहियो भनेर आदि इत्यादि जस्ता तिब्बतको राजनीतिक नारा लेखिएको छैन र हुँदैन पनि । २. बौद्ध धर्ममा अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठको ठूलो महत्व हुन्छ । खादामा यी नै अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठ लेखिएको हुन्छ । अष्ट मङ्गल चिन्ह र सुभ मङ्गल पाठ नै आम बौद्धहरुको पहिचानको प्रतिक हो । त्यसैले खादाले बौद्ध धर्म र संस्कृतिको धेरै ठूलो प्रतिनिधित्व गर्छ ।

३. बौद्ध धर्ममा बिशेष गरि खादा (पन्च रङ) अर्थात् पाँच वटा रङको आधारमा बनाइएको हुन्छ । निलो रङ, पहेलो रङ, रातो रङ, सेतो रङ र कलेजी रङ, अहिले सम्म कालो रङमा खादा बनाइएको छैन । किन कि (कालो) र कालो रङलाई हामी बौद्धहरु अशुभको रुपमा लिन्छौं र लिने गछौं । त्यसैले कालो रङको खादा छैन, हुँदैन र देखिँदैन । निलो रङ र निलो रङको खादा भगवान बुद्धको (केश)शिर माथीको चुग्तोर र स्वच्च्छताको प्रतीक हो ।

पहेलो र रङ र पहेलो रङको खादा भगवान बुद्धको चिवर, (बस्त्र), मैत्री र करुणाको प्रतीक हो।रातो रङ र रातो रङको खादा भगवान बुद्धको रगत (खुन) र शान्तिको प्रतीक हो । सेतो रङ र सेतो रङको खादा भगवान बुद्धको दात, हड्डी र पबित्रताको प्रतिक हो । कलेजी रङ र कलेजी रङको खादा भगवान बुद्धको हृदय, मध्यम मार्ग र आर्य अषटगिक मार्गको प्रतीक हो ।

४. बिशेष गरि खादा प्रयोग गर्दा गुरु भगवानहरुको आ–आफ्नो रुप र रङ अनुसार प्रयोग गर्नु पर्दछ । आफ्नो दक्ष गुरु र भगवान बुद्धहरुको लागि पहेलो र कलेजी रङको खादा प्रयोग गर्नु पर्दछ । तारा (डोल्मा),बज्र योगिनी, डकिनि आदि इत्यादीको पूजा पाठ र उहाँहरुलाई चढाउनको लागि निलो रङको खादा प्रयोग गर्नु पर्दछ ।

(यीदाम)इष्ट देब, भैरब, महाभैरब, (छ्योइ क्योइ) धर्मपाला आदि इत्यादिको पूजा पाठ उहाँहरुको अर्पणको लागि रातो रङको खादा प्रयोग गर्नु पर्दछ । गुरु बर्गहरुले शुभ कार्यमा, खुसियालीमा आशिष स्वरुप अर्थात् शुभ मङ्गलम स्वरुप आफ्नो शिष्यहरुलाई शुभ मङ्गलम प्रदान गर्दा सेतो खादा प्रयोग गर्नु पर्दछ । हामी जस्तो सर्व साधरण मान्छेहरुले पनि कोहि कसैको आफ्नो होस् या पराइको स्वागत तथा शुभ कार्यमा र शुभ कार्यको खुसियालीमा आदि इत्यादीमा केही शुभ मङ्गलम प्रकट गर्नु पर्दा सेतो रङको खादा प्रयोग गर्नुपर्दछ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...