थाङ्का आर्टबाट कमाएको पैसाले मुर्ति स्थापना गरे – Janata Live
  • Friday, May 14, 2021

थाङ्का आर्टबाट कमाएको पैसाले मुर्ति स्थापना गरे

  • जनता लाइभ
  • फागुन १६, २०७५

थाङ्का आर्टबाट कमाएको पैसाले मुर्ति स्थापना गरे

सोनाम छिरिङ ह्योल्मो
समाज सेवी तथा धर्म गुरू

सोनाम छिरिङ ह्योल्मो सन् १९६७ अक्टोबर १८ मा हेलम्बु निङ्गाले ताक्पाखर्कमा जन्मेका हुन् । थाङ्का व्यवसायमा संलग्न उनी समाजसेवामा पनि सक्रिय छन् । गुम्बा निर्माणमा विशेष चासो राख्ने सोनामले थाङ्का आर्टबाट कमाएको ५० प्रतिशत रकम समाजसेवामा खर्चिदै आएका छन् । थाङ्का आर्टकै क्रममा उनले कास्की, गोरखा, पोखरा, चितवन र भारत लगायतका स्थानमा पुगेर काम गरिसकेका छन् । पाँच कक्षासम्मको औपचारिक शिक्षा लिएका उनलाई गाउँलेले खेम्पोका रूपमा चिन्छन् । भुटानका बुर्निस मास्टरसँग समेत काम गरिसकेका सोनाम आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानका साथै सामाजिक कार्यमा पनि लागि पर्ने बताउँछन् । धर्म गुरू सोनामसँग गरेको कुराकानीः

केमा व्यस्त हुनुहुन्छ ?
भरखर अमेरिकाबाट आएको केही दिनमात्र भयो । हेलम्बुको सेर्माथाङमा गुरू रिन्पोछेको मुर्ति प्रतिस्थापन गर्दै छु । सम्पूर्ण ह्योल्मोहरूले गुरू रिन्पोछेमा आस्था राख्ने गर्दछ । गुरू रिन्पोछेको मुर्ति प्रतिस्थापन भएको ठाउँमा लामा गुरू बस्नका लागि घर (छम्खाङ) र गार्डेनका लागि तयारी हुँदैछ । विगत एक वर्षअघिदेखि बन्दै आएको हो । मेमे आम्जी गुरू रिन्पोछेलाई बुवाले हेलम्बुमा निमन्त्रणा गरी बोलाएका रहेछ । अहिले यहीँ मुर्ति प्रतिस्थापन गर्नमै व्यस्त छु ।

हेलम्बुमै गुरू रिन्पोछेको मुर्ति प्रतिस्थापन गर्नुको कारण ?
मुख्यतः बुवाले मुस्ताङबाट निमन्त्रणा गरेका मेमे आम्जी गुरू रिन्पोछेमा ठूलो शक्ति छ । हेलम्बु क्षेत्रका बौद्ध धर्ममा आस्था राख्ने अनुयायीहरूलाई थप शिक्षा प्राप्त होस् भन्ने उद्देश्यले मैले हेलम्बु किउल गाविस–६, ताक्पाखर्कमा गुरू रिन्पोछेको मुर्तिलाई प्रतिस्थापन गर्न पुगेको हो ।

१३ फिटको मुर्ति प्रतिस्थापन भएको छ, गुरू रिन्पोछेको मुर्तिलाई कसरी पु¥याउनु भयो ?
हो, त्यहाँ पु¥याउन हामीलाई निकै गा¥हो भएको थियो । एक वर्ष अघि मोटर बाटो सडक निमार्ण भएको थिएन । त्यसैले मुर्तिलाई हेलिकोप्टरबाट पु¥याए ।

–हेलम्बु क्षेत्रका बौद्ध धर्ममा आस्था राख्ने अनुयायीहरूलाई थप शिक्षा प्राप्त होस् भन्ने उद्देश्यले मुर्ति स्थापना गरेको हो
–धेरै मान्छेले अन्दविश्वासमा बुद्धिष्ट धर्मको परिचय दिने गरेको छ । बुद्ध धर्मको सिद्धान्त बुझेको हुँदैन् ।
–मुर्तिप्रतिस्थापन गर्न भन्दा अघि धर्मका नाममा बज्र गुरू मन्त्र जब गर्ने कार्य हुँदैन् थियो ।
–मैले विदेश र स्वदेशमा कमाएको ५० प्रतिशत रकमले काम गर्ने हो ।

तपाइँले गाउँ मुर्ति प्रतिस्थापनमा लगानी गर्नुको उद्देश्य के हो ?
म पनि बौद्ध धर्मको अनुयायी हुँ । अब समय परिवर्तन भएको छ । गाउँठाउँका मान्छेहरू बौद्ध धर्ममा बढी केन्द्रीत भएको पाइन्छ । पहिला–पहिला मान्छेहरु बढी मात्रमा आस्था राख्ने गर्थे । र, बुद्धिष्ट भएको कारणले पनि हो । तर, धेरै मान्छेले अन्धविश्वासमा बुद्धिष्ट धर्मको परिचय दिने गरेको छ । बुद्ध धर्मको सिद्धान्त बुझेको हुँदैन । मान्छेहरुले हजारौं काल्पानिक सोँचाइहरु सोचिरहेको हुन्छ । त्यस वेला मनले शान्ति पाइरहेको हुँदैन । र, सोँच्न पनि सक्दैन् । अहिले धर्म पनि ‘मोर्डन’ भएको छ ।

बौद्ध धर्ममा आस्था राख्ने पाइदैन । र, त्यहाँका स्थानीयहरु गाउँबाट बाहिरिएपछि गाउँको ‘सो’ विग्रन्छ । रिन्पोछेको मुर्तिलाई आकर्षक बनाएर गाउँका मान्छेहरूलाई गाउँ फर्काउनका लागि पनि रिन्पोछेको मुर्ति बनाएको हुँ । ह्ल्योल्मो जातिको संस्कृति नविर्सन र सुधारका लागि यो उद्देश्य अपनाएको हो ।

यो मुर्तिप्रतिस्थापन गर्नका लागि स्थानीयको कतिको सहयोग पाउनु भयो ?
सबैबाट सहयोग पाएको छ । स्थानीयको सहयोगमै मैले मुर्ति प्रतिस्थापन गर्न सफल भएको हो । उहाँहरूको सहयोग विना काम गर्न सकिदैन थियो । मुर्ति प्रतिस्थापन गर्नुभन्दा अघि धर्मका नाममा बज्र गुरू मन्त्र जब गर्ने कार्य हुँदैन थियो । तर, अहिले वार्षिक रुपमा हुँदै आएको छ । यो प्रचलन गर्न थालेको सात वर्ष भएको छ । स्थानीयले यसलाई सकरात्मक रूपमा हेर्ने गरेको छ ।

काल्पनिक रूपमा सोँच्न नसक्नुको कारण ?
मान्छे सधै व्यस्त हुन्छ । सबैमान्छेमा हजारौं कल्पनाहरू सृजना भइरहेको हुन्छ । र, मान्छेले सोँच्न वाध्य हुने भएकाले मान्छेले सोच्दैन । शान्ति नपाएका बेला सुन्दर रमणीय ठाउँहरु अनि एकान्त ठाउँ भयो भने हामीले सोँच्न सक्छौं ।

त्यस ठाउँमा अरू मुर्तिलाई पनि राख्न सकिन्छ होइन र ?
सकिन्छ, तर ह्योल्मो समुदायले बढी मात्रमा गुरू रिन्पोछेलाई दर्शन गर्ने भएकाले यसलाई प्राथमिकता दिएको हो । उहाँहरूले गुरु रिन्पोछेकै पूजाआजा गर्नु हुन्छ । यो गुरू रिन्पोछेको मुर्ति बनाउनुका तीन कारणहरु छन्, शाक्यमूनिकाल पछि रिन्पोछे मान्छेको रुप लिएर आएको, उहाँकै पालामा गुरू रिन्पोछे स्वयम् त्यस स्थलमा आउनु भएको थियो । बुद्ध धर्ममा पनि ४ वटा सम्प्रदायहरु छन्, शाक्य, गेलुक, ञिङमापाहरु हुन् । त्यसमध्ये हामी चाहीं ञिङमापाको अनुयायी भएको कारणले पनि यसलाई प्राथमिकता दिएको हो ।

हेलम्बु क्षेत्र पर्यटकीय स्थल पनि हो । यो गुरू रिन्पोछेको मुर्तिले झनै आकर्षक बनाएको छ । पर्यटकको ओइरो लाग्ला नि ?
हो, पहिलाको भन्दा अहिले मुर्ति बनाएको ठाउँमा बढी पर्यटकले अवलोकन गर्न थालेको छ । हेलम्बु आफैमा सुन्दर ठाउँ हो । त्यसैले पर्यटकहरू बढी मात्रामा आउने गर्दछ । झन अहिले त हेलम्बु किउलमा सुनमा सुगन्ध झैँ अर्को आकर्षण रिम्पोछेको मुर्ति पनि थपिएको छ । त्यसैले विदेशी पर्यटकमात्र नभएर अहिले स्वदेशका तिर्थयात्रीहरूको आगमन पनि बढेको छ ।

मुर्ति स्थापनाकै लागि अमेरिका जानु भएको हो ?
होइन, मेरा बुवा थाङ्काको आर्ट गर्नु हुन्थ्यो । बुवाले मलाई पनि थाङ्कामै व्यवसायिक बनाउनु भयो । यो बुवाबाटै प्रभावित भएको हो । म स्वदेशमै बसेर थाङ्काको काम गर्दै थिए । नेपालका चर्चित गुम्बा र मन्दिरहरूमा मेरै कला छ । मलाई यहाँ स्वदेशमै राम्रै आम्दानी आउथ्यो । यसैबाट आएको आम्दानीबाट मैले पचास प्रतिशत समाजका लागि छुटाएको छु । थाङ्का आर्ट गर्ने सिलसिलामा अमेरिका पनि पुगेको हो ।

अमेरिका पुगेपछि के काम गर्नु भयो ?
म थाङ्का आर्ट गर्नकै लागि गएका थिए । त्यहाँ थाङ्का र मुर्ति आर्ट गर्ने काम गरे । १५ वर्ष भयो अमेरिका पुगेको । र, म अमेरिकामा मात्र सिमित रहिन । क्यानडा, मेक्सिको, जर्मनी र अस्टे«लियालगायत धेरै देशमा थाङ्का पेन्टिङ गर्ने काम गरे । मेरो कला सबैले मनपराई दिनुहुन्छ । त्यसैले पनि विभिन्न देशहरूबाट सम्पर्क हुन्छ । मेरो विदेशमा आठ महिना मात्र बसाई हुन्छ । अरू वेला त नेपालमै हो ।

कहिले सम्ममा निर्माण कार्य सम्पन्न हुन्छ ?
मुर्ति राख्ने काम सकिसकेको छ । त्यसको वरीपरि गार्डेन र स्टेहरू निर्माण हुँदै छ । अझ स्थानीयहरूको सहयोग पाएमा २ वर्षभित्र निर्माण कार्य सम्पन्न हुन्छ । यसमा मेरो करोडौको लगानि गइसकेको छ । अभै धेरै पैसाको खाँचो छ । त्यसैले यो चाँडो निर्माण गर्नमा पनि आर्थिक कुरामै निर्भर हुन्छ । अहिलेसम्म जति काम गर्दै आएको छु त्यो मैले विदेश र स्वदेशमा कमाएको ५० प्रतिशत रकमले नै काम गर्दै आइरहेको छु ।

प्रकाशितः २०७१ असार ९ सोमबार

Loading...
Loading...
Loading...

विश्वभर नै नयाँ–नयाँ भेरियन्टको प्रभाव देखिएको छ,यो चिन्ताजनक स्थिति हो : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख (अन्तरवार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको...