नादिङ भाका गाउँदैः सोनाम – Janata Live
  • Friday, February 3, 2023

नादिङ भाका गाउँदैः सोनाम

  • जनता लाइभ
  • फागुन १६, २०७५

नादिङ भाका गाउँदैः सोनाम

त्यसो त शेर्पा समुदायबाट संगीत क्षेत्रमा लाग्नेको संख्या निकै कम छ । तर जति छन् नाम चाहीँ चम्काएकै छन् । शेर्पा समुदायका वरिष्ठ गायक लाक्पा शेर्पा र मिङ्मा शेर्पा यसको उद्वाहरण हुन् । अब उनीहरुले बनाएको बाटोलाई अझ फराकिलो पार्ने दौडमा मिसिएका छन्, सोनाम शेर्पा ‘कोशिस’ । हालसालै ‘अल्लारे जोवन’ नामको एल्बम सार्वजनिक गरिसकेका सोनाम सांगीतिकरुपले भने अल्लारे लाग्दैनन् । पुतलीसडक स्थित अभिनव कला मञ्जरीमा ४ वर्ष जति सांगीतिक ज्ञानलाई धरिलो बनाए पछि मात्रै उनले एल्बम निकालेका हुन् । प्राय संगीत क्षेत्रमा लाग्नेहरुको सोच हुन्छ–नामसँगै दाम पनि होस् । सोनामलाई पनि यस्तो चाहना अलि–अलि छ तर, त्यो भन्दा पनि बढि संगीतको माध्यमबाट आफ्नो समुदाय भित्र रहेको सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्ने इच्छा छ ।

उनले गरेका पनि त्यस्तै छन् । आफ्नो पहिलो एल्बम ‘अल्लारे जोवन’का सबै गीतहरु उनले शेर्पा समुदाय भित्रको प्रचलित नादिङ भाकामा बनाएका छन् । तर यो भाका हराउँदै गएको चिन्तित बनेका सोनाम भन्छन्–‘नादिङ पनि सेलो जस्तै एक विशेष प्रकारको भाका हो ।’ त्यसैले पनि उनले यो भाका जोगाउने प्रयासस्वरुप आफ्नो पहिलो एल्वमका गीतहरु यसै भाकामा आधारित भएर तयार गरेको स्पष्ट पारे । ६ वटा गीत रहेको उक्त एल्बममा स्वर मात्रै होइन उनले शब्द समेत आफुले लेखेका हुन् । माली–१ दोलखाका सोनामको रुची सानैदेखि गीतसंगीतमा थियो । उनी यतिबेला सम्झिन्छन्–‘रेडियोमा गीत बज्यो कि मलाई सँगसँगै गाउनै पर्ने ।’ बाल्यकालको त्यही स्वभावले नै डो¥याउँदै सांगीतिक क्षेत्रमा ल्याई पु¥याएको उनी बताउँछन् । घरमा बुवाआमाले पनि राम्रै सहयोग गरेका छन् उनलाई । यता कार्यक्रमका लागि जहाँ पुग्छन् त्यही राम्रो ग¥यौ भन्ने हौसला पाएपछि त उनलाई संगीतमा अझै डटेर लाग्ने उर्जा प्राप्त हुने गरेको छ । यस्तै–यस्तै हौसलाका कारण उनी अर्को एल्बम पनि चाँडै सार्वजनिक गर्ने तयारीमा लागि सकेका छन् ।

आफ्नो समुदायको कलासंस्कृतिको प्रवद्र्धनमा लागि परेका सोनाम अब शेर्पा भाषामा गीत गाउँदै छन् । पहिलो एल्बम ‘अल्लारे जोवन’मा रहेका दुई युगल गीतमा उनलाई गायिका पेम्बा छोटी शेर्पाले पनि साथ दिएकी छिन् । त्यस्तै लाक्पा शेर्पा ‘अमोद’ले पनि एउटा गीतमा स्वर दिएका छन् । लाक्पा शेर्पाको संगीत रहेको उक्त एल्बमलाई अभिनव कला मञ्जरीले मार्केटिङ गरेको छ । आफ्नो एल्बममा रहेका गीतहरुको बारेमा चर्चा गरिरहेका सोनामले अन्त्यमा उत्साहित हुँदै भने ‘अब म नादिम भाकाको व्यापक अनुसन्धानमा पनि लाग्ने छु ।’

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...