खाइबा नेपालमा मात्रै – Janata Live
  • Saturday, February 4, 2023

खाइबा नेपालमा मात्रै

  • जनता लाइभ
  • फागुन १६, २०७५

खाइबा नेपालमा मात्रै

विदेशी पर्यटकले नेपालबाट चिनो स्वरुप लाने प्रमुख बस्तु भनेको पस्मिना र थाङ्का हुन् । पस्मिनाको नक्कल भारतीयहरुले गर्न थाले पछि यो व्यवशाय भने हाल अलपत्र परेको छ । तर थाङ्का चित्रकला भने सजिलै नक्कल गर्न नसक्ने भएकाले हालसम्म पनि यो व्यवशाय माथि भने नेपालीकै आधिपत्य रहेको छ ।

बौद्ध धर्मावलम्बीको पूजाकोठामा कम्तिमा एउटा थाङ्का राख्नु अनिबार्य मानिन्छ । थाङका बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट चित्रकला हो । यो चित्रकला निकै अप्ठ्यारो भएका कारण्ँ यसमा दख्खल हासिल गर्न कम्तिमा पनि १५ वर्ष अध्ययन गर्नुपर्छ । थाङ्का बनाउने मध्ये खाइबाको स्थान निकै उच्च रहेको छ । बौद्ध चित्रकलामा मास्टर्स गरे सरहको तह हो खाइबा ।

बौद्ध धर्ममा चार किशिमका दर्शन छन् । तन्त्र, इतिहास ज्योतिषशास्त्र र औषधी विज्ञान । यी चारवटै दर्शन राम्रोसँग अध्ययन गरेर त्यसलाई चित्रकलामा उतार्न सक्ने व्यक्ति नै खाइबा हुन्छ । यी चार दर्शन राम्रो सँग अध्ययन गर्ने मात्रै मानिस बौद्ध धर्मको गुरु हुन सक्छ तर चित्रकार हुन सक्दैन ।

साधारण चित्रकार खाइबा हुन सक्दैनन् । त्यसैले दर्शनको ज्ञान र त्यसलाई चित्रकलामा उतार्न सक्ने खुबी भयो भने मात्रै खाइबा हुन्छ । खाइबा एउटा उच्च कोटीको शिक्षक हो । लामाले अरुको दान स्वीकार गर्छन् तर खाइबाबाट दान लिदैनन् उल्टै खाइबालाई दान दिन्छन् । हाल विश्वमै जम्मा ६ जना मात्र खाइबा रहेका छन् । र, ती सबै नेपालमै छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...