कपाल हेरेरै थाहा हुन्छ महिलाको स्वभाव – Janata Live
  • Friday, February 3, 2023

कपाल हेरेरै थाहा हुन्छ महिलाको स्वभाव

  • एजेन्सी
  • फागुन १६, २०७५

कपाल हेरेरै थाहा हुन्छ महिलाको स्वभाव

भनिन्छ महिलालाई बुझ्न निकै गाह्रो छ । त्यहि गाह्रो भएर होला, उनलाई चिन्न अथवा उनको बारेमा थाहा पाउने अनेकौँ उपायहरु खोजिन्छ । आँखाको रङ, अनुहारको बनोट, मुखमा भएको कोठी या जे सुकैले होस् महिलाको स्वभावको बारेमा थाहा पाउने तरिकाहरु अहिले धेरैलाई थाहा होला ।

महिलाहरुको स्वभाव थाहा पाउने तरिकामा अर्को एउटा तरिका पनि थपिएको छ, त्यो हो, कपालको रङ र प्रकार । समुन्द्र शास्त्रमा कपालको बनावट र त्यसको रंगको चर्चा उल्लेख गरिएको छ जसलाई हेरेर कुनै पनि महिलाको व्यक्तित्व वा स्वभाव निकै सजिलो तरिकाले पत्ता लगाउन सकिन्छ ।

– जो महिलाको कपाल जन्मजात नै सुनौलो हुन्छ उनीहरु आफ्नो दुर्बल र कमजोर शरिरप्रति चिन्तित हुने गर्दछन् । यद्यपी यस्ता महिलाहरु ज्ञानी र स्वभावमा निकै सरल हुने गर्दछन् ।

– जसको कपाल प्राकृतिक रुपमा नै सिधा अथवा स्ट्रेट छ उनीहरुको बिचार निकै स्पष्ट हुने गर्दछ । उनीहरुलाई कुनै पनि कुरा घुमाउरो तरिकाले भन्न आउँदैन र उनीहरु यस्तो कुराहरु बुझ्दा पनि बुझ्दैनन् । उनीहरु जे सोच्छन् त्यो कुरालाई आफ्नो वरिपरिको मानिसहरुलाई पनि भन्ने गर्छन् । उनीहरु सरल र खुल्ला बिचारका हुन्छन् ।

– जुन महिलाको कपालको रङ चम्किलो रातो छ उनीहरु प्रायः तीक्ष्ण बुद्धि भएका हुन्छन् । कसैले केहि बोल्नुपूर्व नै उनीहरुको दिमाग बोल्ने मानिसको भन्दा टाढा पुगिसकेको हुन्छ ।

– जो महिलाको कपालको रङ कालो र घुम्रिएको हुन्छ उनीहरु जिन्दगीमा आशावादी हुने गर्दछन् । स्वभावमा संकोची यी महिलाहरु अप्ठेरोमा कहिले पनि नडराउने खालका हुन्छन् । जीवनमा खुसी भएर उनीहरु अघि बढ्न चाहन्छन् ।

– खैरो कपाल भएका महिलाहरु निकै संवेदनशील र रोमान्टिक किसिमका हुन्छन् । मायामा धोका पनि यिनिहरुलाई नै हुने गर्दछ । जीवनमा खुल्ला तरिकाले बाँच्न उनीहरुलाई मनपर्छ । आफ्नो जिम्मेवारीलाई निकै राम्रो ढङगले पुरा गर्ने गर्दछन् ।

– रातो कपाल हुने महिलाहरु निकै साहसी र केहि झगडालु हुने गर्दछन् । यस्ता महिलाहरु प्रत्येक कुरामा रिसाउने गर्दछन् । उनीहरु कठोर स्वभावका हुने गर्दछन् ।

– जुन महिलाको कपाल निकै खैरो र नरम हुन्छ उनीहरु धेरैजसोको रोजाई हुने गर्दछन् । कसैलाई पनि आफुतर्फ आकर्षित गर्ने उनीहरुमा गजबको क्षमता हुन्छ । उनीहरुमा आत्मविश्वास पनि धेरै हुने गर्दछ र उनीहरु समझदार हुने गर्दछन् ।

– बाक्लो र लहराउँदो कपाल भएकी महिलाको स्वभाव जिद्दि हुने गर्दछ । कुनै पनि काम गर्दा उनीहरु त्यसमा सोच बिचार नै गर्दैनन् । आफ्नो मनमा जे लाग्यो त्यहि गर्ने स्वभाव यिनिहरु कामुक प्रवृत्तिका हुन्छन् ।

– पातलो र हाँगा फाटेको कपाल भएका महिलाहरु जीवनदेखि असन्तुष्ट हुने गर्दछन् र आफ्नो स्वास्थ्यका कारण सधैँ तनावमा रहने गर्दछन् ।

– हल्का घुम्रिकाएको कपाल भएकी महिला निकै तेज र चलाख किसिमका हुन्छन् । स्वभावमा उनीहरु रोमान्टिक हुने गर्दछन् र यीनिहरुलाई केहि काम गर्न र बोल्नमा धेरै समय लाग्ने गर्दैन ।

– नरम, सिल्की र पातलो कपाल भएका महिलाहरु मनबाटै साँचो र सरल बुद्दि हुने गर्दछन् । उनीहरुको मनमा कसैप्रति पनि नराम्रो सोच पैदा हुँदैन । सबैलाई मद्दत गर्न यिनिहरु हरदम तयार हुने गर्दछन् ।

– जो महिलाको कपाल रुखो छ उनीहरुमा सानो सोच हुने गर्दछ । उनीहरुसँग दया भन्ने कुरा पटक्कै हुँदैन । यद्यपी उनीहरु जीवनमा आइपर्ने विपरित परिस्थितिको सामना कुशलतापूर्वक गर्ने गर्दछन् ।

– जसको कपाल बाक्लो र सल्सलाउँदो छ उनीहरु निकै कर्मठ र धैर्यशाली हुने गर्दछन् । आफुले जे सोचेको छ त्यसलाई उनीहरुले जसरी पनि पुरा गर्ने गर्दछन् र उनीहरु कुनै पनि कुरामा सम्झौता गर्न चाहँदैनन् ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...