भगवान् बुद्धको उपदेशले विश्वमा शान्ति ल्याउँछ – Janata Live
  • Sunday, February 5, 2023

भगवान् बुद्धको उपदेशले विश्वमा शान्ति ल्याउँछ

  • शास्त्री रिग्जीन शेर्पा
  • फागुन १५, २०७५

भगवान् बुद्धको उपदेशले विश्वमा शान्ति ल्याउँछ

प्राचिनकालदेखि नै मानिसहरु अनेक संघर्षहरु गर्दै शान्तिमय जीवन विताउने साधनहरूका खोजीमा लगनशील रहेको पाइन्छ । जानी नजानी कुनै न कुनै ढंगबाट हर मानिस सुःख शान्ति कसरी पाइएला भनेर लागिरहेकै हुन्छन्, सोचिरहेको हुन्छ । गहिरिएर विचार गर्ने हो भने हरजीवले जे जस्तो गरिरहेका छन् । सुःख शान्ति प्राप्तिकै लागि गरिरहेको हुन्छन् । राम्रो लगाउनु, खानु, ठूलो घरमा बस्नु, देश विदेशमा गएर सम्पत्ति कमाउनु, पठन पाठन गर्नु, धर्मकर्म, विहावारी यावत् कुराहरूको उद्देश्य हेर्ने हो भने सुःख लागेकोले समय र श्रम खेर फाल्नुको साथै दुःख चिन्ता र अशान्ति थुपार्न पुगेको छ ।

तर यदि मानिस जातिले भगवान् बुद्धको मात्र एक पंक्तिको अभ्यास गरेमा विशवमा सुःख र शान्ति ल्याउन सकिन्छ । त्यो हो ‘अहिंसा परमो धर्म’ अरुलाई दुःख पीडा, दिनुलाई नै हिंसा भनिन्छ । हिंसा तिन प्रकारले हुन्छ । मनले, वचनले र शरीरले ।

शरीरले गरिने तिन प्रकारका हिंसा १.हत्या (प्राणतिपात) २. चोरी (अहतादान) ३. व्याभिचार (मिध्याचार) वचनले गरिने चार प्रकाका हिंसा १. अनृत (झुटो वचन) २. चुगली (पैशुन वचन) ३. कटुवचन .पुरुष वचन) ४. व्यर्थ वचन (संलाप) मनले गरिने तीन प्रकारका हिंसा १. लोभ (अभिध्य) २. प्रतिहिंसा (व्यापाद) ३. असत्यज्ञान (मिध्या दृष्टि) शरीरिक हिंसा तीन वचनबाट हुने हिंसा चार र मनबाट हुने हिंसा तीन गरी दश प्रकारका हिंसा हुन्छन् । जसलाई हामी दश अकुशल कर्म भनिन्छ । दश अकुशल कर्मलाई त्याग्नु नै दश कुशल कर्म हुन् ।

दश कुशल कर्म यस प्रकारका छन्ः

१. अ–हत्या २. अ–चौर्य ३. अ–व्यभिचार ४. अ–झूट ५.अ–पुरुषवचन ६. अ–चुगली ७. अ–व्यर्थवचन ८. अ–लोभ ९. अ–प्रतिहिंसा १०. अ–मिथ्यादृष्टि यी दश कुशल कर्महरू हुन् । हामी शारीरिक रुपले गरिने तीन अकुशल कर्मबारे थोरै विचार गरौं ।

१. हत्या (प्राणतिपात)

पहिलो प्राणि हत्या गर्ने मान्छेको हृदयमा मैत्री र करुणाले बास गर्दैन र जसको मनमा मैत्री करुणा हुँदैन । यस्तो मानिसहरुले कुनै पनि बेला जो सुकैको पनि हत्या गर्न सकिन्छ । यस्तै मानिसहरुले आफ्नो मुटु जस्तो एक्लो छोराको हत्या गरेर एउटा आमालाई जिउँदै नरकिय दुःखको आगोमा जिउँदै जलाई दिएको छ ।

पत्निको हत्या गरिदिएर कुनै नारीले विधुवा जीवन विताउनु परिरहेकी छिन् । आमा, बाबुको हत्या भएर कुनै छोरा छोरीले वेसाहारा भएर अलपत्र जीवन विताइ रहनु परेका छन् । कसैको बाबुले हत्या गरेको कारणले हत्याराको छोरा छोरी भनेर उसको छोरा छोरीले समाजको अपहेलना सहनु परेको छ । स्कुलमा जाँदा हत्याराको छोरा, छोरी माग्न जाँदा हत्याराको घरमा हाम्रो छोरीलाई पनि मान्दैनन् ।

बिवाह गर्नका लागि छोरी माग्न जाँदा हत्यारको घरको हाम्रो छोरीलाई पनि मार्न सक्छ भनेर कसैले लाफ्नो छोरी दिन मान्दैन् । यदि कसैले हत्या गर्छ भने उसको परिवार साथीहरूलाई अरुले हत्याराको बाबु आमा छोरा छोरी दाइभाइ दिदी बहिनी साथी गाउँले भनेर भनेको हामीले सुनेका छौंं र देखेका पनि छौं । उनीहरुको मनमा के कस्तो अनुभव भइरहेको होला । यदि तपाईं हामी माथि पनि यस्तो घटना घटेको भए हामीलाई कस्तो हुन्थ्यो होला ? के हामी यस्तो हत्याराहरु भएको समाजमा सुःख र शान्तिले बस्न सक्छौं ? के हामी अरुको अगाडि आफ्नो शिर ठाडो पारेर हिड्न सक्छौं । तर एउटा ध्यानमा राद्यनपर्ने कुरा हामी सानो तिनो किरा, फट्याङ्ग्रा, भेडा, बाख्रा, चराचुरूङ्गीहरु मार्छौ र मार्नेलाई पनि हत्याराको रुपमा लिइदैनौं तर जस्ले पशु पंक्षिको हत्यागर्छ उसलाई मान्छेको हत्या गर्न सजिलो लाग्छ किनकी हरेक कुरा सानाबाटै सुरु हुन्छ । त्यसैले हामीले जति सक्दो आफ्नो छोरा छोरीहरुलाई किरा फट्याङ्ग्रा जस्तो सानो तिनो प्राणिहरु मर्नबाट पनि जोगाउनुपर्छ र आफु पनि जोगिनु पर्छ

२. चोरी (अदतादान)

चोरी भनेको धन सम्पत्ति नदिइकन लिनुलाई चोरी भनिन्छ । यदि तपाईंको छेउ छाउमा चोरी गर्ने मानिसहरु छ भने कहिल्यै सुःख शान्तिले बस्न सक्नु हुन्न । यस्तो समाजमा तपाईं घरबाट अलि टाडा पुग्ने वित्तिकै घरको हरेका चिजहरुको याद आउने गर्छ । ढोकामा ताल्चा राम्ररी लाग्यो कि लागेन भने चिन्ता लाग्त थाल्छ । अझ यदि देश विदेशमा गएर दुःख गरेर कमाएको धन घरमा राखेको छ भने दिन रात लुटेर लगिदिन्छ कि । नयाँ महंगो गहना लगाउनु पनि ज्यानको लागि खतरा हुन्छ । अरुको धन सम्पति नदिइकन खुसुक्क लानु मात्रै चोर होइन । छल कपट, ठरगनु, लुटनु भ्रष्टचार गर्नु आदि पनि चोरी गर्नु हो । चोर भएको देशमा समाजमा जुन सुःखको लािग भनेर जम्मा गरेको धन सम्पत्ति नै दुःख र चिनको कारण बन्न पुग्छ । दिनमा शान्तिले घुमफिर गर्नु र रातमा आरामले सुत्न पाउँदैनन् । यस्तो समाजमा बस्नु भनेको जंगली जनावरले भरिएको जंगलमा बस्नु जस्तै हो । हाम्रो देशमा पनि यस्तो मान्छेहरु भएको कारणले नै देशको दशा यस्तै भएको हो ।

३. व्याभिचार (मिथ्याचार)

व्यविचार भनेको अनैतिक यौन सम्पर्क गर्न हो, जन ठाउँमा व्याविचार कामुक व्यक्तिहरू भएको समाजमा नारीहरूका लागि विशेष असुरक्षित हुन्छ । जब मानिसले आफ्नै छोरी दिदी बहिनीसँग पनि र्द‘व्यावहार गर्ने गर्छ । यस्तै कम पुरुष भएको देश समाजमा स्त्रीहरुको इज्जतको कुनै सुरक्षा हुँदैन । स्कुल, अफिस, अस्पातलमा घरमा जगंलमा जुनै ठाउँमा कुनै पनि बेला उनीहरु माथि बलात्कार हुन सक्छ र हुने गर्छ । चाहे दिनमा होस या रातमा उनीहरु स्वतन्त्र रुपले हिडडुल गर्न पाउँदैन तपाईं आफ्नो छोरी पत्नीलाई छोडेर ढुक्कले कहि कतै जान सक्दैन यस्तै कामुक व्यतिmहरुको यौन तृष्णा पुरा गराउनेको लागि नै माहिलाहरुको वेचविखान हुने गर्छ हजारौ नारीहरुले यातना भोगिरहन परेको छ । अब तपाई भन्नुस व्यविचार हुने ठाँउमा सुख शान्ति पाउन सक्छ ?

दश अकुशल कर्मको कुरा छोडौं जुन देशमा समाजमा हत्या चोरी र व्याविचार शारिरीक तिन अकुशल कर्म गर्नेहरु छन् भने हाम्रो देश समाजको सुख शान्ति को बलात्कार गर्न काफी छ भन्ने झन दशै वटा अकुशल कर्म गर्ने व्यक्तिहरु छन् भने देश र समाजको हालत कस्तो होला ? तर यसको ठिक विपरीत जुन ठाउँमा मानिसहरुले दश अकुशल कर्मलाई त्यगेर दश कुशल कर्मको अभ्यास गर्छ, त्यस ठाँउमा तपाई दिनमा घुमोस या रातमा, घरमा सुत्दा या सडकमा घरमा ताला लगाओस या नलगायोस तपाईलाई कुनै चिन्ता र पिर हुदैन् । तर हाम्रो देशमा झैँ झगडा, चोरी डकैती स्कल कलेज बन्द चक्का जाम, नारा जुलुस जस्ता गलत तरिकाबाट शान्तिको खोजी गर्न तिर लागी परेका छौ ।

हिंसाको मार्ग अपनाएर कहिल्ये शान्ति प्राप्त हुदैन यदि पाए पनि त्यो शान्ति दिगो हुदैन तर हामी नेपालीहरुले भगवान बुद्धले देखाउनु भएको अहिंसाको मार्ग दश कुशल मार्गको अभ्यास गरेमा हाम्रो देश नेपालमा सुख र शान्तिको उदय निश्चित छ । कोही कसैलाई दश कुशल कर्मको त्याग दश कुशल कर्मको अभ्यासले सुख शान्ति पाउन सकिन्छ भने हामी नेपाली जनताले भगवान बुद्धले मार्ग दर्शन गरे अनुसार दश अकुशल कर्मको त्याग गरी दश कुशल कर्मको अभ्यास गरौ, यदि यसो गरेर पनि नेपालमा सुख आएन भने तपाई भन्नुस गलत थियो ! उसले भनेको कुरामा म विश्वस गर्दिन भनेर स्वयं बुद्धले भन्नु भएको छ । म तिमीलाई मुतिmको मार्ग देखाउन सक्छ । मुक्ति हुने र नहुनेमा तिमीहरुको हातमा छ ।

अहिंसा परमो धर्म अर्थात दश कुशल कर्मको अर्थ महासागर झैं गम्विर छ । तर मैले महासागरको एक थोपाको एक छे जति पनि भनेको छैन र भन्न सकिएको छैन, यदि केहि कसैले एक थोपा बराबरको अर्थ बुझन सक्यो भने पनि तपाई यो संसारमा धनी गरिब राम्रो नराम्रो कुनै गर्व अवस्थामा कुनै जन्मिने वितिकै कुनै युवाअवस्थामा कुनै वृद्ध अवस्थामा मृत्य किन हुन्छ ? एउटै बुबा आमाबाट जन्मेका दुई छोरा पनि एक पलिस र अर्काे चोर किन हुन्छ जस्ता प्रश्नहरुको उतरको बोध हुनेछ । तर यसको लागि तपाईले गम्विर रुपले अध्ययन र अभ्यास गर्न पर्छ ।

यदि हामीले भगवान बुद्धले दिन भएको अहिंसा परमे धर्म भन्ने मात्र एक पंतिको उपदेशको अभ्यासले हाम्रो समाजमा देशमा र विश्वमा सुख शान्ति निश्चित रुपले ल्याउन सकिन्छ ।
भवतु सर्वमङ्गलम्

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...