नेपालमा स्वतन्त्र बौद्ध विश्वविद्यालयको आवश्यकता

बौद्ध धर्मका प्रवर्तक अहिंसा र शान्तिको महानायक तथा सत्य, सदाचार र सहिष्णुताको प्रतिक शाक्यमुनि बुद्ध नेपालमा जन्मनु भएको कुरा आज भन्दा ई.सं पूर्व २४५ मा सम्राट अशोकले आफ्नो गुरु उपगुप्तसँग कपिलवस्तुको भ्रमण गर्ने क्रममा वर्तमान नेपालको लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको प्रमाण स्वरूप अशोक स्तम्भ खडा गरी प्राचीन ब्राम्ही लिपिमा ‘हिद बुद्ध जाते सक्या मुनीति’ अर्थात् यहाँ बुद्ध शाक्यमुनिको जन्म भएको हो, भनि लेखिएको अभिलेखले प्रमाणित गर्दछ । संयुक्त राष्ट्रसंघको युनिस्कोले पनि सन् १९९७ मा यस स्थानलाई बुद्धको जन्म स्थल लुम्बिनी भनी विश्वसम्पदा सूचीमा सूचीकृत गरी सकेको छ । यसको साथै मायादेवी मन्दिरको जीर्णोद्वार गर्दा त्यस स्थानमा भगवान् बुद्धका जन्मस्मारक शिला पाएको थियो जुन अझै पनि त्यसै स्थानमा नै रहेको छ । साथै विभिन्न देशका पुरातत्वविद्हरूले पनि लुम्बिनीको विषयमा अध्ययन गरेर बुद्ध लुम्बिनीमा जन्मेका थिए भन्ने अनुसन्धान प्रतिवेदनहरू तयार गरेका छन् ।
अब हामीले बुद्धको जन्म नेपालमा भएको हो भनेर जप्नु भन्दा पनि प्राचीन बौद्ध गोन्पा÷विहार, चैत्य, कला आदि जस्ता अमूल्य पुरातात्विक सम्पदालाई व्यवस्थित ढंगले संरक्षण गर्न‘ पर्ने आवश्यकता देखिन्छ । बौद्ध धर्म–दर्शनको विशेषताहरू बुझी राज्यपक्षले नेपालमा स्वतन्त्र बौद्ध विश्वविद्यालयको स्थापना गरी त्यसमा बौद्ध धर्म–दर्शनको साथै तुलानात्मक दर्शन र आधुनिक शिक्षाहरूको कक्षा सञ्चालन गर्न‘पर्दछ ।
यस प्रकारको शिक्षाले देशमा नयाँ मोड ल्याउनको साथै आफ्नो विशाल परम्परागत बौद्ध शिक्षालाई आत्मसात् गर्नमा मदत पु¥याउन सकिन्छ । नेपाल प्राचीन बौद्ध गोन्पा÷विहार, चैत्य तथा बौद्ध कला आदि सम्पदाहरूले सुसज्जित भएको देश भन्ने कुरा सर्वविदितै छ । यति मात्र नभई विश्वले १८ औं शताब्दीमा नेपाललाई संस्कृत बौद्धग्रन्थहरूको भण्डार भनेर चिने पनि यस्ता ज्ञानवद्र्धक, अमूल्य ग्रन्थहरूको ज्ञानार्जनबाट नेपालका बौद्धानुयायीहरू वञ्चित भएका छन् । जापान, चीन, भारत, कोरिया, थाईल्याण्ड, ताइवान, श्रीलंका आदि देशहरूका प्रायः सबै विश्वविद्यालयहरूमा बौद्ध धर्म तथा दर्शन अध्ययन गर्ने विभागहरूको साथै स्वतन्त्र बौद्ध विश्वविद्यालयहरू पनि स्थापना भईसकेका छन् ।
आज जुन देशमा बुद्ध जन्मेका थिए त्यस देशमा बौद्ध धर्म–दर्शनमा अध्ययन अनुसन्धान गर्ने विद्यालय, विश्वविद्यालयहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सकेको अवस्था छैन । त्यसै कारण बुद्धभूमि नेपालका बौद्ध अनुयायीहरू बौद्ध धर्म–दर्शन अध्ययन गर्न विभिन्न देशमा धाउनु पर्ने बाध्यता रहेको छ । उनीहरूका दुःख–पीढ़ाहरू राज्यपक्षले अहिलेसम्म बुझ्न सकेको छैन र देश विदेशका गोन्पा÷विहारहरूबाट बौद्ध दर्शनमा उच्चास्तरीय शिक्षा हासिल गर्नु भएका बौद्ध विद्वानहरू अन्य मुलुकहरूमा सुप्रसिद्ध भए तापनि उनीहरू आफ्नै देशमा राज्यपक्षबाट तिरस्कृत भएका छन् । नेपालमा परम्परागत रूपमा बौद्ध धर्म अपनाउदै आएका समुदायहरू धेरै छन् र उनीहरूको संस्कार, संस्कृति, कला आदि कुराहरू बौद्ध धर्म–दर्शनमा आधारित रहेका छन् ।
उनीहरूले बौद्ध धर्म–दर्शन अध्ययन गर्न नपाएका कारणले नेपालका अधिकतर बौद्धानुयायीहरू बुद्धको उपदेशबाट टाढा हुँदै गएको पाइन्छ । त्यसैले आधुनिक नेपालमा बौद्ध धर्म–दर्शन, संस्कार, संस्कृति, कला आदि सम्पदाहरूको लोप हुँदै गएको देखिन्छ । यदि राज्यपक्षले यस विषयमा पूर्णरूपले समयमै संरक्षण गर्न नसके भविष्यमा यस देशबाट बुद्धको अस्तित्व नामेट नहोला भन्न सकिन्न । अतः उक्त विषयहरूको उचित संरक्षणको लागि यो देशमा स्वतन्त्र बौद्ध अध्ययन केन्ुको व्यवस्था गरी सुचारू रूपमा कक्षाहरू सञ्चालन गर्न‘ पर्ने आवश्यक देखिन्छ ।
समष्टिगत रूपमा भन्नु पर्दा शान्तिको महानायक तथा राष्ट्रिय विभूति भगवान् शाक्यमुनि बुद्धको जय–जय गर्नु भन्दा पनि राज्यले बुद्ध जन्मेको देशमा स्वतन्त्र बौद्ध अध्ययन केन्द्रको स्थापना, बुद्ध धर्म–दर्शनसँग सम्बन्धित पत्रपत्रिकाहरूको प्रकाशन, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना आदि कार्यक्रमहरू सञ्चालन गरी बुद्धशिक्षालाई जनजन तक फैलाउनु पर्दछ । सरकारी कार्यालयहरूमा पनि बुद्धका उपदेश श्लोकहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा लेखेर टाँस्नु पर्दछ, जसले गर्दा राष्ट्रिय विभूतिको सम्मान हुनुको साथै त्यहाँ कार्यरत कर्मचारीहरूमा दैनिक सकारात्मक सोच पैदा हुनेछ । अन्य राष्ट्रिय विभूतिलाई झैं राष्ट्रिय विभूति शाक्यमुनि बुद्धको जन्मजयन्ती (बुद्ध जयन्ती) लाई देशव्यापी रूपमा मनाउँनका लागि राज्यबाट विशेष बजेटको व्यवस्था मिलाउनु पर्दछ ।
विद्यालयको पाठ्यक्रमहरूमा बुद्ध उपदिष्ट जीवनमा अति उपयोगी उहाँका उपदेश पञ्चशील र आर्याष्टांगिक मार्ग जस्ता विषयहरूलाई समावेश गर्नु पर्दछ । जसले गर्दा देशमा दिनानुदिन बढी रहेको चोरी, डकैती, बलात्कार जस्ता अमानविय व्यवहारलाई कम गर्नमा सहयोग पुग्दछ ।
बुद्ध, बौद्धमार्गीहरूको मात्र हैन, शान्तिका महानायक तथा राष्ट्रिय विभूति पनि हो । त्यस कारण सञ्चारकर्मीहरूले पनि सकारात्मक सोचका साथ बुद्ध सम्बन्धी टेलिश्रृङ्खलाहरू निर्माण गरी समय अनुकुल र बुद्ध जयन्ती जस्ता बुद्धका पवित्र दिनहरूमा गरिएका कार्र्यक्रमहरूको सक्दो प्रत्यक्ष प्रशारण गर्न सक्नु पर्दछ ।
हामीले यति गर्न सके मात्र बुद्ध नेपालमा जन्मेको हो भनेर गर्व गर्न उचित हुनेछ । अन्यथा बुद्ध नेपालमा जन्मेको हो भन्ने सडकीय नारा जुलुसले मात्र केही हुनेवाला छैन । अहिलेसम्म केही टाठा–बाठा नेताहरूले बुद्धलाई आफ्नो स्वार्थी पुरा गर्न कमाई खाने भाँडाको रूपमा मात्र लिएकोले राष्ट्रिय विभूति शाक्यमुनि बुद्धको सम्मान हुना सकेको छैन ।आचार्य सार्की शेर्पा, sersher333@gmail.com