नेपाललाई माया गर्ने नेपालीका साथी – Janata Live
  • Saturday, February 4, 2023

नेपाललाई माया गर्ने नेपालीका साथी

  • जनता लाइभ
  • फागुन ११, २०७५

नेपाललाई माया गर्ने नेपालीका साथी

ली ही बुङ
३६५० एसिसटेन्ट गभर्नर, रोटरी क्लब (दक्षिण कोरिया)

ली ही बुङको जन्म दक्षिण कोरियाको सोउलमा भएको हो । सामान्य परिवारमा जन्मेका उनी ट्रेकिङको सिलसिलामा २ सयपटक भन्दा बढी नेपाल आइसकेका छन् । उनका बुवाआमाको आर्थिक अवस्था सामान्य थियो । उनीहरूले सानोतिनो व्यापार व्यवसाय गर्दै आएका थिए । ली पनि अहिले कोरियामा व्यापार व्यवसाय गर्दै आएका छन् ।

पहिलो नेपाल भ्रमणको क्रममा नै नेपालले उनको मन लोभ्याएको छ । त्यसैले नेपालमा विभिन्न क्षेत्रका संघ संस्थाहरूलाई उनले सहयोग गरिरहेका छन् । नेपालमा विभिन्न क्षेत्रमा समाज सेवाको काम गर्दै आइरहेका लीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफूले गरेका समाज सेवाबारे यसरी सुनाए :

दक्षिण कोरियाको सोउलमा १९५६ जुन ३ मा मेरो जन्म भएको हो । मेरो परिवार गरिब थियो । गरिब परिवार भएकाले हामीलाई बाँच्नका लागि नै संघर्ष गर्नुपर्ने अवस्था थियो । मैले कोरियाको आलोमिक युनिभर्सिटीबाट औपचारिक शिक्षा लिएँ ।

म सानैदेखि चञ्चल स्वभावको छु । यही स्वभावले पनि ममा धेरै नयाँ ठाउँ घुम्ने रहर हुन्छ मनमा । त्यसैले म १९८५ ताका पहिलोचोटि नेपाल भ्रमण गर्न आएँ । माउन्टेन हिमालयको एक्सपिडिसनबाट नेपाल आएको हुँ । मेरो भ्रमण दोलखा गौरीशंकर हिमालसम्म थियो । गौरीशंकर हिमाल चढ्ने प्रयासमा धेरै विदेशीहरूले ज्यान घुमाइसकेका रहेछन् । त्यसैले हिमाल चढ्ने अवसर मिलेन । भ्रमणलाई सहजै रूपमा लिएँ, आफ्नो देश फर्कें । सबै मान्छेको असफल समिटपछि त्यो हिमालामा जान रोक लगाइएको रहेछ । हामी गौरीशंकर हिमालसम्म गयौं । त्यसपछि भ्रमणकै क्रममा दास्रोपटक पनि नेपालमा ट्रेकिङकै सिलसिलामा भ्रमण आएँ । त्यसयता गौरीशंकर हिमाल, च्यो–ओयु हिमाल, लोबुचे, गोजम भञ्ज्याङ्गजस्ता धेरै हिमालहरू चढिसकेँ । अहिलेसम्म २ सयपटक नेपाल ओहोरदोहार गरिसकेँ होला ।

यदि म गरिब परिवारमा नजन्मेको भए ममा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सेवाको भावना हुँदैनथियो होला । र, मलाई कसैले पनि चिन्दैन होला । म गरिब परिवारमा जन्मेँ, त्यसैले गरिबको दुःख मर्का बुझेको छु ।

नेपाल आउने जाने क्रममा थरीथरीका व्यक्तिहरू सहयोग माग्न आए । धेरै गरिब मानिस पनि देखेँ । चितवनको होटलमा बस्दा एकजना वृद्ध व्यक्ति चन्दा सहयोग माग्न आउनुभयो । स्कुलका लागि सहयोग माग्न आउनुभएको रहेछ । वृद्धलाई देखेर मेरो मन कुँडियो । त्यसैले मैले आफ्नो व्यक्तिगत सहयोग गरेँ । अहिले चितवनको स्कुलमा ताम्रपत्रको शिलामा मेरो नाम लेखेको छ । मलाई स्कुलले सम्मान पनि गरेको छ । मैले स्कुलको ३ वटा कोठा बनाइदिएँ । ३ सेट कम्प्युटर र तीन हजार डलर आर्थिक सहयोग दिएँ ।

यो २००७ सालमा भएको कुरा हो । त्यो मेरो पहिलो सहयोग थियो । जेम्स स्कुलमा १८ जना विद्यार्थीलाई पनि पढाउँदै आएको छ । नेपालमा धेरै ठाउँमा मैले भ्रमण गरेँ । जति ठाउँ मैले भ्रमण गरेँ त्यति ठाउँमा गरिबी र विकास नभएको देखेँ । त्यसैले मैले कोरियामा पुगेर आफ्नो रोटरी क्लबमा सबै साथीहरूलाई सुनाएँ । सबैले मेरो आग्रहलाई स्वीकारेर नेपालका विभिन्न ठाउँमा सहयोग गर्दै आएका छन् । हाम्रो सहयोग हाम्रो कोरियाका रोटरी क्लबबाट मात्र हुँदैन हामीले विभिन्न देशमा गएर सहयोग जुटाई सहयोग गर्नेछ ।

पहिलोपटक नेपाल आउँदा मलाई धेरै रमाइलो लागेको थियो । नेपाल आइसकेपछि धेरै विषयमा अध्ययन गरेँ । ‘नेपाल धेरै सुन्दर देश छ’ किन विकास हुन सकेन ? मनमा खुलदुली जाग्यो । नेपालका मान्छे सबै लगनशील पनि देखिन्छन् । किन नेपालका मान्छेहरू गरिब भएको होला ? भन्ने प्रश्न उठ्छ, मेरो मनमा । मैले पछि बुझेँ, यो कारण रहेछ, नेपालको राजनीतिक अस्थिरता ।

नेपालका धरै ठाउँ घुमेर विभिन्न ठाउँका मान्छेहरूको अध्ययन र अनुसन्धन गर्न भ्याइसकेको छु । नेपालका मान्छेले एक भई काम गरेको खण्डमा नेपालमा चाँडै विकास हुने मेरो विश्वास छ । तर नेपालीहरूमा त्यस्तो व्यवहार देखिएको छैन । त्यसैले त उनीहरू धेरै गरिब छन् । विकास हुन समय लागेको छ ।
मैले नेपाललाई विगत पाँच वर्षअघिदेखि विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छु । केही समयपछि नेपालमै बसेर बिजनेस गर्ने सोच रहेको छ ।

धर्ममा विश्वास गर्छु म । दक्षिण कोरियामा बौद्ध धर्ममा आस्था राख्ने मान्छे धेरै छन् । मेरो विचारमा धर्म भनेको मन हो । मन भयो भने त्यत्तिकै धर्म हुन्छ । कोरियामा बौद्ध धर्मावलम्बी लामाहरू धेरै छन् । कोरियाको सबैभन्दा ठूलो शक्ति लामामा छ । त्यसैले कोरिया द्वन्द्वबाट धेरै टाढा छ । अहिले दुई कोरियाबीच अमेरिकाले द्वन्द्व गराउनका लागि उक्साइरहेको छ । शान्तिको कामना गर्दै हालै कोरियाका धर्मगुरू शम्भु हेज्जाले नेपालबाट अखण्ड शान्ति द्वीप लिएर आइसक्नुभएको छ ।

मैले विभिन्न राष्ट्रमा गएर काम गरेँ, सबै ठाउँको काममा राम्रै सफलता हासिल भयो । म सधैं राम्रो सोच्दछु । नराम्रो कामप्रति त्यति ध्यान नै जाँदैन । त्यही भएर पनि होला । सबै मान्छेहरूले जुनै काम गर्दा पनि अध्ययन गरेर ग¥यो भने कहिलै दुःख पाउँदैन । केही नबुझी काम थलानी ग¥यो भने दुःख पाइन्छ । मेरो सोच छ, जबसम्म शरीरमा क्षमता हुन्छ तबसम्म आफ्नो समाज र अन्य राष्ट्रका गरिब तथा उत्पीडनमा परेका व्यक्तिहरूलाई सेवा गरिराख्नेछु ।

गरिब तथा अभावमा पिल्सिएका व्यक्ति र उत्पीडनमा परेकालाई सहयोग गर्न पाइयो भने सदैव मलाई आत्मसन्तुष्टि मिल्नेछ । भक्तपुर हस्पिटलका डा. प्रकाशलाई कोरियामा लगेँ । २००९ मा रसुवाको लाङटाङमा लाङटाङ कालिका समुदायिक हस्पिटलको निर्माण गरिदिएका छौं । ‘अपरेसन स्माइल’ भन्ने अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित छ । हस्पिटलले विशेषगरी मुख च्यातिएका व्यक्तिहरूका लागि काम गर्छ । हामीले यस्तो हस्पिटल विश्वभरि स्थापना गरेका छौं । यसको हेड अफिस अमेरिकामा छ । शाखा संस्थाको सीईओको रूपमा म आफैं छु । मैले नेपालमा मोडेल हस्पिटलमा एक सयजना व्यक्तिलाई निःशुल्क रूपमा जाँच गर्न अभियान सञ्चालन गरेको थिएँ । त्यसमा ४६ जनाको मात्र उपस्थिति रह्यो । त्यसैगरी वेदनाममा ३ लाख यूएस डलर जम्मा गरी १ हजारजनालाई अपरेसनमा सहयोग गरिदिएको थिएँ । २०१२ मा चाइनामा छिन्ताओ उनिन हस्पिटलमा १ सय ३७ जना व्यक्तिलाई अप्रेसन गर्न सहयोग गरें । बेला बेलामा मेरो मनमा कुरा खेलिरहन्छ । यदि म गरिब परिवारमा नजन्मेको भए ममा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सेवाको भावना हुँदैनथियो होला । र, मलाई कसैले पनि चिन्दैन होला । म गरिब परिवारमा जन्मेँ, त्यसैले गरिबको दुःख मर्क बुझेको छु ।’ त्यही भएर म समाज सेवामा लागेको हुँ ।

१९९७ मा म कोरियाको मुन रोटरी क्लबको अध्यक्ष थिएँ । इन्टरनेसनल कम्युनिटी सर्भिसको अध्यक्षको रूपमा पनि काम गरेँ । नेपालको धापाखेलमा अपाङ्ग विद्यार्थीहरूका लागि १८ हजार यूएस डलर दिई सहयोग गरेको छु । भारतमा रहेका ३० देखि ५० हजारको हारहारीमा धर्मशालामा स्कुल बनाउनका लागि पनि सहयोग गरेँ ।

नेपालका ट्रेकिङ व्यवसायी तथा समाजसेवी निमा नोर्बु शेर्पासँग मेरो राम्रो सम्बन्ध थियो । हामी एक दिन बौद्धको एक रेस्टुरेन्टमा खाना खान सँगै बसेका थिए । अपाङ्ग पुनःस्थापना केन्द्रले सहयोगी दाताहरू खोजिरहनुभएको रहेछ । हाम्रो पनि त्यस्तै संस्थाहरूलाई सहयोग गर्ने लक्ष्य थियो । उहाँहरूले सहयोगको अपिल गर्नुभयो । मेरो नजिकको साथी निमा नोर्बु हुनुहुन्थ्यो । उहाँलाई लिएर संस्थाको गतिविधि हेर्न तत्कालै गएँ । बच्चाहरू र संस्था रहेका भवनको फोटो खिची लिएर गएँ । हामीले त्यस संस्थालाई १ वर्षभित्रमा एक तला भवन निर्माणका लागि कोरियामा रहेको रोटरी क्लबबाट ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएका छौं । हामीले नेपालमा यस्ता धेरै संस्थाहरूलाई सहयोग गरिसकेका छौं । यो संस्थाले राम्रो पारदर्शी रूपमा काम गरे निरन्तर सहयोग गरी नै रहनेछौं ।

गत साता नयाँपाटीस्थित अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष किपा शेर्पालाई म र कोरियाका गभर्नरले एक कार्यक्रम गरी अमेरिकी डलर १२ हजार हस्तान्तरण ग¥यौैं । अपाङ्ग पुनःस्थापना केन्द्रका लागि क्यालिफोर्नियामा रहेको रोटरी क्लबबाट १५ हजार अमेरिकी डलर केही समयपछि आउनेछ । रोटरीबाटै पैसा नेपालमा पठाउनुपर्छ । नेपालमा राम्रो रोटरी क्लब नपाएकाले समयमा क्यालिफोर्नियाका रोटरीबाट सहयोग आउन ढिलो भएको हो । हामीले त्यहाँ उठाएको सहयोग पनि चाँडै नेपालमा पठाउनेछौं । अन्त्यमा मेरो योजना छ नेपालमा केही समयपछि व्यवसाय गर्ने । बढीभन्दा बढी नेपाल आइरहनुपर्ने भएकाले यस्तो योजना बुनेको हुँ । केमा लगानी गर्ने टुंगो लागेको छैन । कुनै पनि क्षेत्रमा लगानी गर्न सक्छु ।
प्रकाशितः २०७० जेठ ३

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...