द्वन्द्वकालमा सेनालाई स्याब्रु सिकाएँ – Janata Live
  • Sunday, February 5, 2023

द्वन्द्वकालमा सेनालाई स्याब्रु सिकाएँ

  • जनता लाइभ
  • फागुन ०९, २०७५

द्वन्द्वकालमा सेनालाई स्याब्रु सिकाएँ

निमा नोर्बु बेला–बेलामा जीवनलाई यसरी बुझ्ने गर्छन्ः जीवन भनेको संघर्ष मात्र रहेछ । संघर्षका लागि नै मान्छेको जन्म हुँदो रहेछ । निमाको मानसपटलमा उब्जन्छ, सहरे मैदानमा जन्मन र हुर्कन पाएको भए म र हाम्रो समुदाय विकसित हुन्थ्यो होला ! शिक्षा क्षेत्रमा राम्रो दखल हुने थियो ।

सामान्य किसान हुन् निमा नोर्बु । २०२८ सालमा सोलुखुम्बु बुम चेरेममा जन्मिए । सोलुखुम्बु पर्यटकीय क्षेत्रले परिचित ठाउँ हो । तर उनको गाउँ भने पर्यटकीय रूपमा चिनिँदैन । सोलुखुम्बुको मध्यपहाडी क्षेत्रमा पर्छ बुम चेरेम । उनी लामा परिवारका हुन् । गाउँमा उनका बुवाले लामाको काम गर्छन् । बुवा लामा भएकाले घरमै उनले केही लामा शिक्षा पाएका थिए । गाउँमा विद्यालय नभएकाले निमाले १४–१५ वर्षसम्म औपचारिक शिक्षा लिन पाएनन् । खेतीपाती गर्ने र गाई–भैंसी चराएर बिताउनुपरेको थियो ।

किसान भए पनि उनको बुवा टाठाबाठा थिए गाउँको । बुवाले भन्ने गर्थे, छोराछोरीलाई स्कुल पठाउनुपर्छ, शिक्षित बनाउनुपर्छ । छोराछोरी कम्तीमा सामान्य लेखपढ गर्न सक्ने भए हुन्थ्यो भन्ने बुवाको सोचाइ थियो । यही सोचाइले गर्दा उनका बुवाआमाले केही समय गाउँ छाडेर निमालाई भारतको सिक्किम पु¥याए । ४ वर्षसम्म सिक्किममै बसाइ भयो । त्यही ४ वर्षभित्र उनले केही शिक्षा पाए । सामान्य शिक्षापछि परिवार फेरि गाउँ फर्कियो । गाउँ फर्किएपछिको कथा यसरी सुनाउँछन् निमा :

त्यो बेलामा ट्रेकिङ व्यवसायको माहोल थियो नेपालमा । सगरमाथा हिमाल सोलुखुम्बुमै पर्ने भएकोले गाउँका अधिकांश मान्छेहरू ट्रेकिङ पेसामा नै लागेका थिए । गाउँमा एकजना टे«किङ व्यवसाय गर्ने चिनजानको व्यक्ति हुनुहुन्थ्यो । २०४७ सालमा ट्रेकिङ व्यवसायको सिलसिलामा म पनि काठमाडौं आएँ । आफूसँग धेरै शिक्षा थिएन । त्यसैले पहिलो ट्रेकिङ भारी बोकेर सुरु गरेँ । ट्रेकिङ पेसाको सुरुवातमा आखिर सबैले कुल्लीबाट नै काम गर्नुपर्छ । ट्रेकिङ जोखिमपूर्ण पेसा भएकोले काम नकिसिकीकन र ट्रेनिङ नगरी हिमाल चढ्न सकिँदैन । म कामलाई सिरियस्ली लिने गर्थेँ । त्यसैले काम सिक्न समय लागेन । एकपटक मात्र कुल्ली भएर काम गरें । दोस्रोपटकदेखि एसिस्टेन्ट शेर्पा गाइडमा काम गर्ने अवसर मिल्यो । ४ वर्षसम्म गाइड भएर काम गरेँ । त्यसपछि एकजना साथीसँग मिलेर एक्को नेपाल ट्रेकिङ भन्ने कम्पनी दर्ता गरें । नेपालमा माओवादी पार्टीले द्वन्द्व चर्काइरहेको थियो । नेपालमा कुनै पनि विदेशीहरू आउने अवस्था थिएन । त्यसैले केही समय त आफ्नै खल्तीको पैसाले ट्रेकिङ अफिसको भाडा तिर्नुप¥यो । नेपालको अराजक परिस्थितिको कारणले नै मेरो संयोग मिलेन । ट्रेकिङ व्यवसाय केही समयपछि नै बन्द गर्नुप¥यो ।

आर्मीले मेरो कोठामा गाडी लिएर आउने गर्थे । त्यो देख्दा छरछिमेकले कुरा काट्थे । कहीं कतै काम बिगारेर यसरी आर्मीले समातेर लगेको त होइन भन्ने शंका गर्थे । मलाई सधैं ४ तिर मेसिनगन बोकेका आर्मीले सुरक्षा दिएर घरबाट लाने र पु¥याउने काम गर्थे । त्यो बेला माओवादीको द्वन्द्व उत्कर्षमा थियो । मलाई कुनै दिन माओवादीले देख्यो भने सिध्याउँछ भन्ने डर थियो ।

म टे«किङ पेसाबाट पछि हटेँ । सिलाजित र घर छाउने ढुङ्गा सप्लाईको व्यापार गर्न थालें । एउटा संयोग मिलेको थियो । पहिला–पहिला सँगै ट्रेकिङ गरेका एकजना कोरियन साथीसँग भेट भयो । कोरियन साथीको पहलमा सन् १९१९मा दक्षिण कोरिया जाने अवसर मिल्यो । विदेश यात्रा र व्यापार संयोगले गर्दा सँगसँगै सुरु भयो । कोरियाका साथी ली ही बुङ रोटरी क्लबको हुनुहुन्थ्यो । त्यसैले उहाँले मुना रोटरी क्लबको सदस्य बनाइदिनुभयो मलाई । संस्थाको कामले विभिन्न देश जाने अवसर पनि मिल्यो । अहिले विदेशमा भएका राम्रा सामानहरू नेपालमा सप्लाई गर्ने पनि गरेको छ संस्थाले । बेलायत, जापान, अमेरिका र क्यानाडाजस्ता ठाउँमा व्यापार गरिरहेको छ । अहिले दक्षिण कोरियाबाट ट्रेकिङ क्षेत्रमा प्रयोग हुने सामान नेपालका ठूला–ठूला कम्पनीमा सप्लाई गर्छौं ।

पहिलोचोटि राजधानी आउँदा न आफन्त, न चिनजानको साथी नै थिए । त्यसताका कुनै क्षेत्रमा कामको दख्खल पनि थिएन । काममा दखल नभए पनि मैले कसैको आड लिएर बसिनँ । आफैं डेरा लिएर बस्न थालेँ । यस्तो संघर्ष नगरेको भए म यो अवस्थामा पुग्ने थिइनँ होला । म जे काम गर्छु सोचेर र इमानदारीपूर्वक गर्छु । कुनै क्षेत्रमा सफलता हासिल गर्नु छ भने जानेर बुझेर मात्रै काममा हात हाल्नुपर्छ । ममा आत्मविश्वास भएकाले नै मैले राम्रो काम गर्न सकेँ ।

हिमाल र शेर्पा एक रथका दुई पांग्रा हुन् । विदेशीले नेपाललाई राम्रोसित चिन्दैनन् तर नेपाल नचिन्नेले पनि शेर्पा र हिमाललाई सबै देशका विदेशीले चिन्छन् । कुनै दिन म ट्रेकिङ क्षेत्रमा काम गर्दाताका हिमाल चढ्ने रहर थियो । त्यही क्षेत्रमा काम गरिरहेको छु र पो त्यस्तो मनासाय भयो । ट्रेकिङ गर्दाको बेला हो । राम धौलागिरीको ट्रेकिङ थियो । नयाँ गाइड रहेछ । उनले राम्रो ट्रेकिङको व्यवस्थापन गर्न सकेको थिएन । पाँच दिनसम्म हिउँसँगै खान र सुत्नुपरेको थियो । धन्न कठिन यात्राबाट बाँचेर आएँ ।

हाम्रो समुदाय भाषा, धर्म र संस्कृतिमा धेरै धनी छ । त्यसैले म गाउँ हुँदा शेर्पा जातिको स्याब्रु नृत्य राम्रो आउ“थ्यो । काठमाडौंमा रहेको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा ७ वर्षसम्म विभिन्न ठाउँबाट आएका शेर्पाहरूलाई मुख्य रूपमा प्रशिक्षण दिएको थिएँ । म संस्थाको केन्द्रीय सदस्य पनि थिएँ । त्यसताका २०५५ सालको कुरा हो । गाउँ असाध्यै विकट । स्कुल पनि थिएन । मान्छेहरूको बढी आउजाउ गर्ने पैदल स्थल मार्ग पनि बन्दै थियो । गाउँमा परापूर्वकालदेखि गर्दै आएका स्याबु्र नृत्यहरू प्रस्तुत गर्ने चलन थियो । ममा स्याबु्र गर्दा सामान्य कमी कमजोरी हुने गथ्र्यो । सोलुका पाङबोचेका ल्हाक्पा नोर्बु दाइ परफेक्ट हुनुहुन्थ्यो । उहाँबाट मैले सिकें ।

शेर्पा समुदायको पहिचानका निम्ति स्थापित संस्था भएकोले हामीले निरन्तर रूपमा संस्कृतिलाई जोगाइराख्ने काम ग¥यौं । २००६ सालमा लन्डनमा बसोबास गर्ने शेर्पाहरूलाई दुःख पर्दा सहयोग गर्न संस्था स्थापना भएको रहेछ । मैले बेलायतमा बस्ने शेर्पाहरूका लागि अडियो र भिडियो बनाइदिएको थिएँ । उनीहरूले त्यसैबाट सजिलो तरिकाले गीतको रिदमबाट सिक्न सक्ने भिडियो बनाइदिए । म युवा अवस्थामा थिएँ । सिजनमा ट्रेकिङ हुन्थ्यो अरू बेला काम हुँदैन थियो । भरखर भरखर नेपालमा टेलिभिजन, रेडियो स्थापना भएको थियो । जातजातिको श्याबु्र नृत्य गर्ने अफर आएको थियो । म शेर्पा भाषाको कोअर्डिनेटरको रूपमा काम गर्थें । हामीले नेपाल टेलिभिजनमा स्याबु्र प्रस्तुत ग¥यौं । रेडियो नेपालमा गीत पनि गाइसकेका छौं । काठमाडौंमा रहेका विभिन्न ५ तारे होटलहरूमा समेत हामीले शेर्पा स्याब्रु नाच गरिसकेका छौं ।

२०६१ सालमा ज्ञानेन्द्रले राजसंस्था कब्जा गरेका थिए । राजनीतिक परिस्थिति डामाडोल थियो । माओवादीले द्वन्द्व गराइरहेको अवस्था पनि थियो । म हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा प्रशिक्षक थिएँ । सिंहनाथ गणबाट मेरो नाममा अचानक चिठ्ठी आयो । म झसङ्ग भएँ । पछि चिठ्ठी खोलेर हेर्दा नयाँ वर्षको कार्यक्रममा विदेशी कूटनीतिक नियोगहरूलाई विभिन्न जातजातिका सांस्कृतिक नृत्य देखाउने कार्यक्रम रहेछ । २ महिनासम्म गणका आर्मीहरूलाई प्रशिक्षण दिनका लागि अफर गरिएको थियो । मैले सो प्रस्ताव स्वीकारें ।

आर्मीले कोठामा गाडी लिएर आउने गर्थे । त्यो देख्दा छरछिमेकले कुरा काट्थे । कहीं कतै काम बिगारेर यसरी आर्मीले समातेर लगेको त होइन भन्ने शंका गर्थे । मलाई सधैं ४ तिर मेसिनगन बोकेका आर्मीले सुरक्षा दिएर घरबाट लाने र पु¥याउने काम गर्थे । सधैं उहाँहरूकै कमान्डमा जानुपर्ने । त्यो बेला माओवादीको द्वन्द्व उत्कर्षमा थियो । मलाई कुनै दिन मओवादीले देख्यो भने सिध्याउँछ भन्ने डर थियो । त्यसैले मैले केही समयपछि उहाँहरूलाई आफ्नै मोटरसाइकलमा आतजाते गर्ने कुरा गरेँ । उहाँहरूले हुन्छ भन्नुभयो । आतेजातेका लागि नियमित पेट्रोलको कुपन दिने गर्थे । २ महिनासम्म सिंहनाथ गणका आर्मीलाई स्याबु्र तालिम दिएँ । आर्मी अफिसरहरूलाई तालिम दिएपछि राजासँग भेटघाट गरेर खाना सँगै खाने अवसर मिल्यो । प्रशंसापत्र दिएर उहाँहरूले सम्मान पनि गर्नुभयो ।

म आफ्नै गाउँको कुलुङ शेर्वी किदुग संस्थाको पूर्वमहासचिव पनि हुँ । गाउँबाट आएका व्यक्तिहरू काठमाडौंमा बसोबास गर्दै आएकाहरूलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको थियो । त्यस संस्थाले ४–५ गाविसलाई समेटी राजधानीमा बसोबास गर्दै आएका शेर्पाहरूलाई एकीकृत गरी दुःख परेकालाई सहयोग गर्ने गरेको छ । भर्खंरै सोलुखुम्बुका बुम चेरेमको गाउँमा स्तूपा निर्माण पनि गरेका छौं । गरिब, अपाङ्ग, असहाय र उत्पीडनमा परेका व्यक्तिहरूलाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने गर्छ । नयाँ पाटीस्थित अपाङ्ग पुनःस्थापना केन्द्रलाई कोरियाका साथी ली ही बुङले रोटरी क्लबबाट वार्षिक रूपमा सहयोग आउने गरेको छ । त्यस संस्थालाई कामी शेर्पाको पनि ठूलो योगदान छ । म र कामी शेर्पाले अपाङ्ग पुनःस्थापनालाई संस्थामा रहेका बच्चाहरूले राम्रो सुविधा पाउन भनेर कोरियाको रोटरीबाट प्रोजेक्ट पारिदिएको हौं ।-निमा नोर्बु शेर्पा
सदस्य, मुना रोटरी क्लब (सोउल, दक्षिण कोरिया)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...